Advertisement

हाम्रो बारेमा

बैतडीमा भेडाबाख्रा ओसारपोसार गर्दा निरोगी प्रमाणित हुनुपर्ने

बैतडीमा भेडाबाख्रा ओसारपोसार गर्दा निरोगी प्रमाणित हुनुपर्ने

Breaking News 1, ताजा अपडेट, बैतडी, समाचार, सुदूरपश्चिम
धनगढी- बैतडीमा भेडाबाख्रा र च्याङग्रा ओसारपोसार गर्दा अनिवार्य निरोगी प्रमाणित गर्नुपर्ने भएको छ। जिल्लाको डिलाशैनी गाउँपालिकामा भेडाबाख्रा र च्याङग्रा ओसारपोसार गर्दा अनिवार्य रुपमा निरोगी प्रमाणित गर्नुपर्ने भएको हो। पालिकाले आज एक सूचना जारी गर्दै महामारी रोग पिपिआर फैलन नदिन आफ्नो भेडाबाख्रा र च्याङग्रा ओसारपोसार गर्दा अनिवार्य रुपमा निरोगी प्रमाणित हुनुपर्ने भनेको छ । पञ्चेश्वर लगायतका क्षेत्रमा बाख्रामा लाग्ने महामारी रोग पिपिआर देखिएकोले त्यसबाट बच्न भेडाबाख्रा र च्याङग्रा ओसारपोसार गर्दा अनिवार्य रुपमा निरोगी प्रमाणित गर्न भनिएको पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शंकरबहादुर साउँदले बताए ।...
सुदूरपश्चिम प्रदेशमा भोलि सार्वजनिक बिदा

सुदूरपश्चिम प्रदेशमा भोलि सार्वजनिक बिदा

Breaking News 2, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी- सुदूरपश्चिममा भोलि शुक्रबार सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारले रानाथारू समुदायको परम्परागत ‘खखडेहरा पर्वको अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता आमोद दाहालका अनुसार मन्त्रिपरिषद्ले निर्णय गरेपछि प्रदेश राजपत्रमा नै चैत ८ गते प्रदेशभर बिदा रहेको उल्लेख छ । रानाथारू समुदायले परम्परागत होली पर्वको अन्तिम दिनलाई खखडेहरा पर्वका रुपमा मनाउने गरेका छन् । आफ्नो समुदायका नागरिकहरुको दीर्घायु, रोगब्याधी नलागोस् भनेर खखडेहरा पर्वमा गाउँबाहिर गएर परम्परागत शैलीमा पूजासमेत गर्ने चलन छ । राना थारू समुदायमा एक महिनासम्म होली मनाउने प्रचलन छ ।...
गेटा अस्पतालको निर्देशकमा डा. यादव नियुक्त

गेटा अस्पतालको निर्देशकमा डा. यादव नियुक्त

Breaking News 1, Breaking News 2, कैलाली, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी- कैलालीको गोदावरी नगरपालिकामा रहेको गेटा अस्पतालको निर्देशकमा वरिष्ठ कन्सल्टेन्ट डा. प्रमोदकुमार यादवलाई नियुक्त गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निर्देशकमा डा. यादवलाई नियुक्त गरेको हो । केही समययता रिक्त निर्देशक पदमा यसअघि ट्रमा सेन्टरको निर्देशक रहिसकेका यादवलाई मन्त्रालयको सचिव स्तरीय निर्णयका आधारमा जिम्मेवारी प्रदान गरिएको छ । यसअघि अस्पतालको निर्देशक डा. अशोक श्रीपाईली रहेका थिए । उनी निर्देशकमा नियुक्त भएको ३ महिनामै राजीनामा दिएर गएपछि विगत २ महिना देखि अस्पताल नेतृत्व विहीन थियो । हाल गेटा अस्पतालको निर्देशकमा नियुक्त भएका डा। यादव यसअघि जनकपुर प्रादेशिक अस्पतालमा समेत निर्देशकको रूपमा काम गरिसकेका छन् । सरकारले गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेको छ । हाल विश्वविद्यालय अन्तरगत रहेन गरी ५० शय्याको अस्पताल सञ्चालनमा रहेक...
बाजुराका भूकम्प प्रभावितलाई दोस्रो किस्ता दिइने

बाजुराका भूकम्प प्रभावितलाई दोस्रो किस्ता दिइने

Breaking News 1, Breaking News 2, ताजा अपडेट, बाजुरा, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बाजुरा– जिल्ला विपद् व्यवस्थापन समिति बाजुराले भूकम्प प्रभावितको आवास निर्माणका लागि दोस्रो किस्ता पालिकालाई हस्तान्तरण गर्ने भएको छ । प्रमुख जिल्ला अधिकारी तथा विपद् व्यवस्थापन समितिका अध्यक्ष मेघनाथ पाध्याका अनुसार गृह मन्त्रालयबाट आएको रकम एक हजार चार सय ७३ जना भूकम्प प्रभावितलाई प्रदान गर्नेगरी पालिकालाई वितरण गर्ने निर्णय गरिएको हो । बाजुराका नौ पालिकामध्ये हिमाली र जगन्ना गाउँपालिकाको भूकम्प प्रभावितको तथ्याङ्क अद्यावधिक नभएकाले पालिकाका प्रभावितहरूका लागि भने रकम नआएको उहाँले बताउनुभयो । उहाँका अनुसार त्रिवेणी नगरपालिकाका लागि २८ लाख २५ हजार, बुढीगङ्गा गाउँपालिकाका लागि ८६ लाख र बुढीनन्दा नगरपालिकाका लागि १३ लाख ५० हजार रुपैयाँ आएकाे छ । त्यस्तै गौमूल गाउँपालिकाका लागि १३ लाख ७५ हजार, खप्तड छेडेदह गाउँपालिकाका लागि दुई करोड २४ लाख ७५ हजार र स्वामीकार्तिक खापर गाउँपालिकाका ल...
कञ्चनपुरमा जंगली हात्ती मरेको घटनामा पर्सियाका राना  पक्राउ

कञ्चनपुरमा जंगली हात्ती मरेको घटनामा पर्सियाका राना पक्राउ

Breaking News 1, Breaking News 2, कन्चनपुर, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- कञ्चनपुरमा जंगली हात्ती मरेको घटनामा एक जना पक्राउ परेका छन् । जिल्लाको लालझाडी गाउँपालिका-४ पर्सियामा जंगली हात्ती मरेको घटनामा पर्सियाकै ओमप्रकाश रानालाई पक्राउ परेका हुन् । फागुन ७ गते रानाकै खेतबारीमा वयस्क भाले हात्ती मरेको अवस्थामा भेटिएको थियो । अनुसन्धानका क्रममा विद्युतीय धरापमा परेर हात्ती मरेको रिपोर्ट आएपछि डिभिजन वन कार्यालय कञ्चनपुरले रानालाई पक्राउ गरेको जनाएको छ । हात्तीको पोस्टमार्टमपछि विद्युतीय धरापबाटै मरेको रिपोर्ट प्राप्त भएपछि रानालाई पक्राउ लालझाडी सब-डिभिजन वन कार्यालयका प्रमुख सहायक वन अधिकृत करुणाकर जोशीले जानकारी दिए । रानालाई मंगलबार पक्राउ गरि बुधबार ८ दिनका लागि जिल्ला अदालतबाट म्याद थप गरिएको छ । निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार वन्यजन्तु मारेको अभियोगमा ५ देखि १५ वर्ष कैद वा ५ देखि १० लाख सम्म जरिवाना तथा दुवै हुने व्यवस्था छ ।...
ट्रम्प र जेलेन्स्की बीच फोनवार्ता

ट्रम्प र जेलेन्स्की बीच फोनवार्ता

Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, ताजा अपडेट, समाचार
एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीसँग पनि फोनवार्ता गर्नुभएको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुरा गरेपछि उहाँले जेलेन्स्कीसँग फोन वार्ता गर्नुभएको हो । उहाँहरुबीच झण्डै एक घण्टा लामो फोन कुराकानी भएको र कुराकानी सकारात्मक भएको बीबीसीले जनाएको छ । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्ममार्फत युक्रेन र रुससँगको फोन वार्ता उनीहरूको अनुरोध र आवश्यकताको हिसाबले सकेसम्म मिलाउने उद्देश्यले भएको र युद्धविरामको प्रयास सकारात्मक हुनेतर्फ कामहरु अघि बढीरहेको उल्लेख गर्नुभएको छ । यसैबीच जेलेन्स्कीले पनि ट्रम्पसँगको कुराकानी सकारात्मक, स्पष्ट र धेरै सार्थक भएको प्रतिक्रिया दिनुभएको छ । उहाँले अमेरिकी सहयोगमार्फत यस वर्ष दिगो शान्ति प्राप्त गर्न सकिने विश्वास व्यक्त गर्नुभएको छ । जेलेन्स्कीसँगको कुराकानीमा ट्रम्मले रूसी नियन्त्रणमा रह...
आज देशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

आज देशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

Breaking News 1, Breaking News 2, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाण्डौ– पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक प्रभावले अहिले देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई ठाउँमा हल्का हिमपातको पनि सम्भावना छ । तराई क्षेत्रका धेरै ठाउँको मौसम सफा छ । प्रि मनसुनको समय भएकाले दिउँसोपछि देशका धेरै ठाउँमा हावाहुरी चल्ने र मेघगर्जनसहित चट्याङ पर्ने सम्भावना भएकाले सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।...
बझाङ केदारस्युँ घर भएका गोदावरीका एकजना २५३ ग्राम चरेससहित पक्राउ

बझाङ केदारस्युँ घर भएका गोदावरीका एकजना २५३ ग्राम चरेससहित पक्राउ

समाचार
  गोदावरी, कैलाली – बझाङ जिल्लाको केदारस्युँ गाउँपालिका निवासी ४५ वर्षीया गौरा गुरुधामीलाई २५३ ग्राम चरेससहित प्रहरीले पक्राउ गरेको छ। उनी हाल गोदावरी नगरपालिका–९ मा बस्दै आएकी थिइन्। प्रहरी स्रोतका अनुसार, गुरुधामीलाई गोदावरीस्थित आफ्नै घरबाट चरेससहित पक्राउ गरिएको हो। लागुऔषध ओसारपसार भइरहेको गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी निरीक्षक योगेश खत्रीको टोली र लागुऔषध नियन्त्रण ब्युरोको सहकार्यमा उनलाई पक्राउ गरिएको हो। प्रहरी निरीक्षक खत्रीले भने– “हामी लागुऔषध कारोबार नियन्त्रणका लागि निरन्तर निगरानी गरिरहेका छौँ। स्थानीय समुदायको सहयोगले यस्ता घटनामा संलग्न व्यक्तिहरू पक्राउ गर्न सहज भएको छ। अवैध लागुऔषध कारोबारमा संलग्न जो कोहीलाई कानुनी कारबाही गरिनेछ।” साथै, प्रहरी निरीक्षक खत्रीले “लागुऔषध अलिकति मात्र समातेको” भनेर जनमानसमा बुझाइ हुने गरे...
कैलालीबाट बझाङकी एक महिला चरेशसहित पक्राउ

कैलालीबाट बझाङकी एक महिला चरेशसहित पक्राउ

Breaking News 1, Breaking News 2, कैलाली, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- कैलालीबाट बझाङकी एक महिला चरेशसहित पक्राउ परेकी छन्। बझाङको केदारस्यु गाउँपालिका घर भई हाल गोदावरी नगरपालिका-९ बिजुलिया बस्ने ४५ वर्षीया गौरी गुरुधामी चरेशसशित पक्राउ परेकी हुन्। गुरुधामीलाई २५० ग्राम चरेशसहित वडा प्रहरी कार्यालय धनगढी र लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाइएको छ ।...
कैलालीमा सुस्त मनस्थितिकी किशोरी बलात्कृत, आरोपित पक्राउ

कैलालीमा सुस्त मनस्थितिकी किशोरी बलात्कृत, आरोपित पक्राउ

Breaking News 2, Breaking News 3, कैलाली, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी- कैलालीमा एक किशाेरी बलात्कृत भएकी छन् । बुधबार साँझ १५ वर्षीया सुस्त मनस्थिति भएकी किशोरी बलात्कृत भएकी हुन् । किशोरीलाई बलात्कार गरेको आराेपमा कैलारी गाउँपालिका-८ का १६ वर्षीय किशोरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक  (डीएसपी)  कबिन्द्र सिंह बाेहराले जानकारी दिए । अहिले पीडित किशाेरीलाई स्वास्थ परीक्षणका लागि सेती प्रादेशिक अस्पताल पठाइएको छ ।...
माध्यमिक शिक्षा परिक्षा एसइई सुरु

माध्यमिक शिक्षा परिक्षा एसइई सुरु

Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट, मुख्य समाचार, शिक्षा, समाचार
धनगढी- माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालन भइरहेको एसइई परीक्षाको पहिलो दिन विद्यार्थीले अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा दिँदै छन् । परीक्षा बिहान ८ बजेबाट सुरु भएको हो। १९ गतेसम्म सञ्चालन हुने परीक्षाका लागि पाँच लाख १४ हजार ७१ विद्यार्थीले परीक्षा फर्म भरेका थिए । परीक्षा सञ्चालनका लागि मुलुकभर दुई हजार ७९ परीक्षा केन्द्र निर्धारण गरिएको छ । एसइईमा सुदूरपश्चिम प्रदेशबाट ५८ हजार नौ सय ४३ जना सहभागी भएका छन् । यस पटक जापानबाट पनि २९ जना परीक्षार्थीले एसइईमा सहभागिता जनाउँदै छन् । जुन जापानमा सञ्चालित नेपाली भाषाको विद्यालयका विद्यार्थी हुन् ।...
नयाँ शैक्षिक सत्रका लागि चैत १२ गतेदेखि पुस्तक वितरण गरिँदै

नयाँ शैक्षिक सत्रका लागि चैत १२ गतेदेखि पुस्तक वितरण गरिँदै

Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट, मुख्य समाचार, शिक्षा, समाचार
काठमाडौं- नयाँ शैक्षिक सत्रका लागि चैत १२ गतेदेखि पुस्तक वितरण सुरु गरिने भएको छ । सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्रको गोदाममा रहेका किताब पाठ्यक्रम विकास केन्द्र र जनक शिक्षाको समन्वयमा वितरण सुरु गर्न लागिएको हो । पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक इमनारायण श्रेष्ठका अनुसार गत शुक्रबार बसेको बैठकले चैत १२ गतदेखि वितरण गर्ने निर्णय गरेको थियोे । ‘गत वर्ष चैत १५ गतेबाट पुस्तक वितरण सुरु गरिएको थियो । जनक शिक्षाको प्रबन्ध–निर्देशक नियुक्त हुन बाँकी रहेकाले आर्थिक पक्ष केही प्रभावित हुन सक्ने श्रेष्ठले बताए । तैपनि पुस्तक वितरण समयमै सम्पन्न गर्ने योजना रहेको उनको भनाइ छ। हाल कक्षा नौ र १० का लागि सात विषय, कक्षा चारदेखि आठसम्मका लागि ६ विषय र कक्षा एकदेखि तीनसम्मका लागि चार विषयका पुस्तक छापिएका छन् । तर, कक्षा एक, दुई र चारका केही पुस्तक भने जनक शिक्षाले यस वर्ष छापेको छैन ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज