पर्सामा आइतबार दिउँसो १२ बजेसम्म ‘कर्फ्यू’
जिल्ला प्रशासन कार्यालय पर्साले हनुमान जन्मोत्सवका अवसरमा शनिबार तनाव बढेसँगै जारी भएको ‘कर्फ्यू’ आदेश आइतबार दिउँसो १२ बजेसम्म जारी गरेको छ। वीरगञ्जको छपकैयाँमा हिन्दू र मुस्लिम समुदायबीच तनाव बढेपछि शनिबार साँझ साढे ६ बजेदेखि आइतबार बिहान १२ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले हनुमान जन्मोत्सवका अवसरमा तनाव भएसँगै शान्तिसुरक्षा र अमनचयन कायम गर्नका लागि कर्फ्यू आदेश जारी गरिएको बताएका हुन्। कार्यालयले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम जिल्लाको वीरगञ्ज महानगरपालिकाभित्र चार किल्ला तोकेर सिमानाभित्र कसैले आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यू आदेश जारी गरेको छ।
जसअनुसार पूर्वः भेडियाही चौक- वीरगञ्ज महानगरपालिका-१५, पश्चिमः सिर्सिया पुल-वीरगञ्ज महानगरपालिका-२५ सम्म कफ्र्यू आ...












