कैलालीको चुरेमा पानीको हाहाकार: नागरिकलाई पानीकै दुख
Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
गर्मी याम सुरु हुनै लाग्दा कैलालीको चुरे क्षेत्रमा रहेका बस्तीमा खानेपानीको चरम अभाव हुनु थालेको छ । पानीका मुहान सुक्दै जान थालेपछि चुरे गाउँपालिका ६ का कुमैना, सिराडी, चौमासे लगायतका बस्तीमा पानीको अभाव हुन थाले पछि एक गाग्री पानी लिन एक घण्टासम्म हिँडेर मुहानसम्म पुग्नुपर्ने, त्यहाँ पालो कुरेर बस्नुपर्ने र फेरी फर्केर उकालो चढ्नुपर्ने बाध्यता छ ।
प्रत्येक घरबाट पानी लिनका लागि एक जना मान्छे दिनभर खटिनुपर्ने बाध्यता रहेको गुनासो गर्दै सिराडीका स्थानीय जयराज धामी भन्छन् ‘वरपर मुहान छैन एक घण्टा हिँडेर एक गाग्री पानी ल्याउनु पर्छ, बस्तुभाउका लागि र खानेपानी ओसार्दैमा दिन बित्छ ।’ नजिकैको मुहानको पानी खान प्रयोग गर्ने गरिन्थ्यौ तर अहिले मुहानको पानी सुकेपछि त झन् समस्या भएको छ । घर परिवारमा दुई जनाले पानी ओसार्ने काममा लागेपछि बालबालिकाको पढाइमा समेत असर पर्न थालेको छ ।
स्थानीय नव...












