Advertisement

ताजा अपडेट

काठमाडौं महानगरद्वारा राप्रपालाई एक लाख जरिवाना

काठमाडौं महानगरद्वारा राप्रपालाई एक लाख जरिवाना

Breaking News 2, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई एक लाख रुपैयाँ जरिवाना तोकेको छ। सार्वजनिक क्षेत्रमा जथाभावी फोहोरमैला गरी वातावरण प्रदूषण गरेको भन्दै राप्रपालाई जरिवाना तोकेको हो । महानगर प्रहरीले राप्रपा मुख्यालयका नाममा पठाएको पत्रमा ‘पार्टी कार्यालयबाट आयोजना गरिएको कार्यक्रममा सहभागी व्यक्तिहरुबाट एयरपोर्ट, तिलगंगा गौशाला लगायत सार्वजनिक क्षेत्रका सडक, सडकपेटी तथा आईल्याण्ड र सोमा रहेका विरुवाहरु साथै रेलिङ्गमा भौतिक क्षति र जथाभावी रुपमा फोहोरमैला समेत गरी वातावरण प्रदूषण गरेको’ उल्लेख छ । फोहरमैला व्यवस्थापन ऐन, २०६८, काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०५१ बमोजिम जरिबाना तोकिएको महानगरले उल्लेख गरेको छ । निर्वाचन आयोग, र काठमाडौं महानगरको प्रशासन विभागलाई बोधार्थ दिइएको उक्त पत्रमा नगर प्रहरी निरी...
रास्वपा दुर्गाथलिको सभापतिमा ओली

रास्वपा दुर्गाथलिको सभापतिमा ओली

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको दुर्गाथलि गाउँपालिका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा रवि ओली चयन भएका छन् । पार्टीको प्रथम अधिवेशनबाट ओलीको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिती सर्वसम्मत चयन गरिएको हो । पार्टीको उपसभापतिमा प्रेम जप्रेल चयन भएका छन् । यस्तै सचिवमा हंसराज रोकाया, कोषाध्यक्षमा दिपिका जप्रेल चयन भएका छन् । सदस्यमा प्रकाश खाती , धर्मराज खैर , दिलन बहादुर बोहरा ,सुरेस माड , हिरो जप्रेल , मदनराज जप्रेल र उजले बोहरा सर्वसम्मत चयन भएका छन् । जिल्ला बाट गएको पार्टीको टोलीले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिएको छ ।...
प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटका लागि सुदूरपश्चिमको टोली घोषणा, कप्तानीमा जोशी

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटका लागि सुदूरपश्चिमको टोली घोषणा, कप्तानीमा जोशी

Breaking News 1, खेलकुद, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशले टोली घोषणा गरेको छ। सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घले नारायण जोशीको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो।टोलीमा हेमन्त धामी, शेर मल्ल, विकास आग्री, टेक रावत, प्रकाश पाण्डेय, किरण ठगुन्ना, मिलन बोहरा, निश्चल क्षेत्री, सुनिल चन्द, सौर्य श्रेष्ठ, भोजराज भट्ट, खडक बोहरा, राहुल भण्डारी र अर्जुन विक छन्। वैकल्पिक खेलाडीमा वसन्त खत्री, हिक्मत महरा, सचिन भट्ट र गजेन्द्र भण्डारी छन्। प्रशिक्षकमा दीपेन्द्रबहादुर चन्द, व्यवस्थापकमा सन्तोष भट्ट र ट्रेनरमा साजन गौतम छन्। प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि लुम्बिनी प्रदेशमा हुँदैछ। रासस...
परिवर्तनको मोड

परिवर्तनको मोड

ताजा अपडेट, मनोरञ्जन, विचार
दिपेन्द्र धामी,बझाङ - जीवन आफैंमा एउटा चुनौतीपूर्ण यात्रा हो। सुख-दुःख, सफलता-असफलता, र निरन्तर परिवर्तनको क्रमले नै जीवनलाई गहकिलो बनाउँछ। जीवनको नयाँ अध्याय प्रारम्भ गर्दै गर्दा, यस यात्रामा आइपरेका विभिन्न कठिनाइहरू, भोगाइहरू, र सिकाइहरूले भविष्यलाई अझ परिपक्व बनाउनेछन्। यो यात्रा सधैं सहज थिएन। किशोर अवस्थादेखि नै विभिन्न सामाजिक, मानसिक, र भावनात्मक संघर्षहरूसँग जुध्नुपर्‍यो। जीवन कहिले आकाशजस्तो अग्लो लाग्थ्यो, कहिले धर्तीमा पछारिएको महसुस हुन्थ्यो। तर ती सबै भोगाइहरू नै मेरो परिवर्तनको जग बन्न पुगे। किशोरावस्था जीवनको संवेदनशील काल हो। यहि समयमा आत्मपहिचान खोज्ने प्रयास हुन्छ। यौनजन्य जिज्ञासा, सामाजिक दबाब, र व्यक्तिगत आकांक्षाहरूको संगमले जीवनलाई अझ चुनौतीपूर्ण बनाउँछ। समाजको आशा र आफ्नो चाहनाबीचको द्वन्द्व, परम्परागत मूल्य र आधुनिक सोचबीचको टकरावले कतिपय निर्णयहरू प्रभाव पा...
रुसद्वारा युक्रेनमा आक्रमण, २५ जनाको मृत्यु

रुसद्वारा युक्रेनमा आक्रमण, २५ जनाको मृत्यु

Breaking News 1, अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य समाचार, समाचार
धनगढी- रुसले युक्रेनमा आक्रमण गरेको छ । आक्रमणमा कम्तिमा २५ जनाको मृत्यु भएको जनाइएको छ, भने ३० जनाभन्दा बढी घाइते भएका छन् । युक्रेनले शुक्रबार राति दोनेत्स्क र खारकिब क्षेत्रमा आक्रमण गरेको थियो । आक्रमणबाट आठ आवासीय भवन र एक प्रशासनिक भवन क्षतिग्रस्त भएको थियो । बिहीबार राति पनि रुसले आक्रमण गर्दा पाँच जनाको ज्यान गएको थियो । बीबीसीका अनुसार शुक्रबार राति रुसले ब्यालेस्टिक मिसाइलबाट आक्रमण गर्दा दोनेत्स्क क्षेत्रमा मात्रै ६ बालबालिकासहित ११ जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन् । आक्रमणबाट भवनहरुमा आगो लागेको भिडियो सार्वजनिक भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा प्रतिबन्ध र शुल्क वृद्धिबारे सोचिरहेको अभिव्यक्ति दिएलगत्तै रुसले यो आक्रमण गरेको हो ।...
सुदूरपश्चिमका दुई जिल्लामा भूकम्पीय पुनर्निर्माण आयोजना कार्यान्वयन एकाइ

सुदूरपश्चिमका दुई जिल्लामा भूकम्पीय पुनर्निर्माण आयोजना कार्यान्वयन एकाइ

Breaking News 1, अछाम, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार
धनगढी- सुदूरपश्चिम प्रदेशका दुई जिल्लामा भूकम्पीय पुनर्निर्माण तथा पुनःर्स्थापना आयोजना कार्यान्वयन इकाईको उद्घाटन गरिएको छ । भूकम्प गएको डेढ वर्षपछि बझाङ र अछाममा भूकम्पीय पुनर्निर्माण तथा पुनः स्थापना आयोजना इकाई स्थापना गरिएको हो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले स्थापना गरेका एकाइको गृहमन्त्री रमेश लेखकले शुक्रबार बझाङमा र सनिवार अछाममा उद्घाटन गरेका छन् । उनले भूकम्पबाट प्रभावित भएकालाई सहज ढङ्गले सेवा प्रवाह गर्ने उद्देश्यले एकाइ स्थापना भएको बताए ।  नव स्थापित एकाइमार्फत पीडितलाई आवास निर्माण तथा मर्मत सम्भारका काम गरिने जनाइएको छ । भूकम्पीय पुनर्निर्माण आयोजना कार्यान्वयन एकाइ बझाङको जयपृथ्वी नगरपालिका–९ देवलमा र अछामको जिल्ला समन्वय समितिको कार्यालय स्थापना गरिएको छ । इकाई कार्यालयमा प्रमुख र प्राविधिकसहित चार जना कर्मचारी रहने जनाइएको छ । पुनः...
जाँडले लठ्ठीएर अनेरास्ववियुमा प्रवेश गरेका जङ्ग,, नशा उत्रिएपछि नेविसंघमा

जाँडले लठ्ठीएर अनेरास्ववियुमा प्रवेश गरेका जङ्ग,, नशा उत्रिएपछि नेविसंघमा

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुमा प्रवेश गरेका जङ्ग रोकाया फेरि नेविसंघमा नै फर्किएका छन् । जिल्लाको साइपाल गाउँपालिका घर भएका रोकायालाई आज विहान अनेरास्ववियु बझाङ काठमाडौँ सम्पर्क कमिटी सचिव आकाश जेठाराले अविर र दोसल्ला ओढाएर संगठनमा प्रवेश गराएका थिए । रोकाया आफू खुसी संगठनमा प्रवेश गरेको सचिव जेठाराले बताए । तर यता रोकायाले भने सामाजिक सञ्जाल आफ्नो फेसबुकमा आफूलाई जाँड ( मदिरा ) पिलाएर संगठनमा प्रवेश गराएको आरोप लगाएका छन् नेविसंघको राजनिति गरिरहेका रोकाया नेविसंघ सुदुरपश्चिम प्रदेश कमिटी सदस्य पनि हुन् । । उनले लेखेका छन् "मलाई आज जाड खुवाएर अनेरास्ववियुकाले भिआइपी होटलमा सुताएर मलाई विना कारण प्रवेश गरेको भ्रम फैलाएको छ यो सबै झुटा साबित हो, गल्ती गरे क्षमा प्राति छु" उनको यो भनाइले प्रष्ट के खुल्ने भने जाडको नशामा संगठनमा प्रवेश गरेका थिए । त...
प्रधानमन्त्री ओली, सुदूरपश्चिम आउँदै भोलि

प्रधानमन्त्री ओली, सुदूरपश्चिम आउँदै भोलि

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- प्रधानमन्त्री केपी शर्मा ओली सुदूरपश्चिम प्रदेश आउने भएका छन्। ओली आइतबार (भोली) सुदूरपश्चिम आउने भएका हुन् । सो क्रममा उनले प्रदेशसभा बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ। आइतवार दिउँसो १ बजे सभाको बैठकलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रदेशसभा सचिवालयले जनाएको छ । यसअघि प्रदेशसभाको पहिलो कार्यकालमा पनि नेकपाको सरकार भएको बेला प्रधानमन्त्री ओलीले सुदूरपश्चिम प्रदेशसभालाई सम्बोधन गरेका थिए। प्रधानमन्त्री ओलीले आइतबार नै सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा पनि सहभागी हुने कार्यक्रम छ। विश्वविद्यालयबाट एक हजार तीन सय ७७ जना दिक्षित हुनेछन् । त्यस्तै उनलेे आइतबार नै धनगढी उपमहानगरपालिकामा निर्माण सम्पन्न भएको सिटी हलको उद्धाटन गर्ने कार्यक्रम समेत तय गरिएको छ ।...
धनगढीमा निजी वायुसेवा कम्यती यतीको परीक्षण उडान

धनगढीमा निजी वायुसेवा कम्यती यतीको परीक्षण उडान

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- धनगढी र सुर्खेत विमानस्थलमा यती एअरलाइन्सले शनिबार  परीक्षण उडान गरेको छ । निजी वायुसेवा कम्पनी यती एअरलाइन्सको एन–एएमएनको एटीआर ७२ विमानले सुदूरपश्चिम प्रदेशको धनगढी विमानस्थल र कर्णाली प्रदेशको राजधानीस्थित सुर्खेत विमानस्थलमा परीक्षण उडान गरेको हो । दुवै ठाउँमा सफलातपूर्क परीक्षण उडान भएका एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताए । नेपालगञ्ज विमानस्थलबाट उडेको यतीको विमान सुर्खेत विमानस्थलमा दिउँसो सवा १२ बजे अवतरण गरेको थियो भने नेपालगञ्जबाटै उडेको सोही विमान दिउँसो साढे १ बजे धनगढी विमानस्थलमा अवतरण गरेको थियो । परीक्षण उडानमा रहेको उक्त विमानलाई यती एअरलाइन्सका प्रशिक्षक पाइलटद्वय क्याप्टेन समर्थरत्न तुलाधर र क्याप्टेन राजु राजवंशीले उडान भरेका थिए । उक्त उडानको अवलोकनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणका तथा यती एअरलाइन्सका प्राविधिक तथा प्रतिनिधिहरूको टोली साथमा रहेका...
बझाङमा मनाइयो अन्तराष्ट्रिय नारी दिवस,,महिलामाथि महिलाबाटै विभेद सांसद: जोशी

बझाङमा मनाइयो अन्तराष्ट्रिय नारी दिवस,,महिलामाथि महिलाबाटै विभेद सांसद: जोशी

Breaking News 1, ताजा अपडेट, बझाङ, समाचार, सुदूरपश्चिम
सुरेन्द्र खत्री बझाङ- बझाङमा पनि अन्तर्राष्ट्रिय नारी दिवस मनाइएको छ । जिल्लाको १२ वटै स्थानीय तहमा विभिन्न कार्यक्रम सहित १ सय १५ औं अन्तराष्ट्रिय नारी दिवस मनाइएको हो । सोही कार्यक्रम जयपृथ्वी नगरपालिकामा समेत धुमधामका साथ मनाइएको छ । जयपृथ्वी नगरपालिका महिला विकास समुहले सामाजिक विकास कार्यालय बझाङ, अन्य जिल्लामा सामाजिक विकासका लागि सञ्चालित ८ गैरसरकारी संस्थाहरू सँगको सहकार्यमा  नारी दिवस मनाएको जनाइएको छ । आज विहान सदरमुकाम चैनपुर बजार परिक्रमा गर्दै सुरु भएको र्यालीमा लैङ्गिक हिंसा अन्त्य गरौ , छोराछोरी बराबरी जस्ता नारा लगाउँदै नगरपालिका पुगेर विभिन्न जनचेतनामूलक कार्यक्रमहरू गरेर समापन गरिएको छ । जयपृथ्वी नगरपालिका महिला विकास समुहकी अध्यक्ष रमा देवी जोशीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी एकिकृत समाजवादीका नेता, सांसद तथा पुर्वमन्त्रि भानुभक्त जोशी रहनुभएको थियोे...
स्कूल हेल्थ नर्सलाई किशोर स्वास्थ्य र महिनावारी सम्बन्धि तालिम,,व्यावसायिक तथा व्यक्तिगत विकासमा योगदान

स्कूल हेल्थ नर्सलाई किशोर स्वास्थ्य र महिनावारी सम्बन्धि तालिम,,व्यावसायिक तथा व्यक्तिगत विकासमा योगदान

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार, स्वास्थ्य
धनगढी- काठमाडौंमा स्कूल हेल्थ नर्सहरूलाई "किशोर स्वास्थ्य र महिनावारी" सम्बन्धी ३ दिने प्रशिक्षक तालिम सम्पन्न भएको छ । पाँचौँ समूहको कार्यक्रम राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र , टेकु काठमाडौं मा भव्य रूपमा सम्पन्न भएको हो । हियर नेपालको आर्थिक सहयोग तथा बागमती प्रदेश स्वास्थ्य तालिम केन्द्र संगको सहकार्यमा आयोजित तालिममा बुढानिलकण्ठ ,गोकर्ण , चन्दागिरी र कागेश्वरी मनहरा नगरपालिकाका विद्यालयमा कार्यरत स्कूल नर्सहरू सहभागी भएका थिए । तालिमको उद्घाटन समारोहमा बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. नरेंद्र कुमार झा प्रमुख अतिथिका रूपमा उपस्थिती थियो । उहाँले तालिमलाई प्रभावकारी बनाउन महत्त्वपूर्ण निर्देशन तथा सुझाव प्रदान गरे। उनलेे  किशोर स्वास्थ्य प्रवर्द्धन र महिनावारी व्यवस्थापन शिक्षाका लागि स्कूल नर्सहरूको भूमिकालाई सशक्त बनाउनु आवश्यक रहेको बताए। तालिमका प्रशिक्षक...
लुयाटा आधारभूत विद्यालय डिलबगरका विद्यार्थीलाई आत्मरक्षा सम्वन्धि तालिम प्रदान

लुयाटा आधारभूत विद्यालय डिलबगरका विद्यार्थीलाई आत्मरक्षा सम्वन्धि तालिम प्रदान

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङमा आधारभूत आत्मरक्षा सम्वन्धि एक दिने प्रशिक्षण कार्यक्रम गरिएको छ । जिल्लाकाे जयपृथ्वी नगरपालिका- ५ मा रहेको लुयाटा आधारभूत विद्यालय डिलबगरमा आत्मरक्षा सम्वन्धि प्रशिक्षण कार्यक्रम गरिएको हो । सनिवार वडा कार्यालय सँगको सहकार्यमा प्रगतिशील युवा र वर्ड भिजनकाे सहयाेगमा एक दिने कार्यक्रम गरिएको जनाइएको छ उक्त विद्यालयका करिव ६५ जना बढी छात्र छात्रालाई आत्मरक्षा सम्वन्धि तालिम प्रदान गरिएको छ । छात्र छात्राहरूलाई आकस्मिक अवस्थाहरूमा आफ्नो सुरक्षाका लागि आवश्यक पर्ने आधारभूत आत्मरक्षा सीपहरू प्रदान गर्नुका साथै उनीहरूलाई शारीरिक रूपमा सक्षम बनाउँदै आत्मविश्वास बढाउने, जसले उनीहरूलाई डरको साटो साहसिक बनाउँ आत्मरक्षा सम्बन्धि तालिम दिइएको हो । जयपृथ्वी नगरपालिका- ५ का वडाध्यक्ष प्रेम थापाको अध्यक्षतामा सुरु भएको कार्यक्रमका प्रमुख अतिथि लुयाटा आधारभूत विद्यालयका प्रधानाध्याप...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज