रघुनाथ आदर्श प्राविधिक माविको ६३ औं वार्षिकोत्सब सम्पन्न,, विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान
धनगढी- कैलालीमा रहेको रघुनाथ आदर्श (प्राविधिक) माध्यमिक विद्यालयको वार्षिकोत्सब तथा अभिभावक भेला सम्पन्न भएको छ ।
जिल्लाको जोशीपुर गाउँपालिका-७ बौनियाँमा रहेको रघुनाथ आदर्श (प्राविधिक) माध्यमिक विद्यालयको ६३ औं वार्षिकोत्सब तथा अभिभावक भेला सम्पन्न भएको हो ।
शुक्रबार विद्यालय व्यवस्थापन समिति अध्यक्ष पदम बोहराको अध्यक्षतामा भएको वार्षिकोत्सब तथा अभिभावक भेला कार्यक्रममा प्रमुख अतिथि संविधानसभा सदस्य बुद्धिसागर चौधरी रहनु भएको थियोे ।
वार्षिकोत्सब तथा अभिभावक भेला कार्यक्रममा विभिन्न कला भेषभुषा, सांस्कृतिक प्रदर्शनी ,नृत्य , देउडा आयोजना गरिएको थियोे।
हाम्रो लोक संस्कृति र परम्परागत कलालाई जोगाइ राख्न देउडा खेल र अन्य थारु संस्कृति आयोजना गरिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष पदम बोहराले बताए ।
उनलेे भने यी कार्यक्रमले विभिन्न सामाजिक तहका मानिसहरूलाई सामूहिक रूपमा सहभागी हुँदा...












