बझाङ- नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुमा प्रवेश गरेका जङ्ग रोकाया फेरि नेविसंघमा नै फर्किएका छन् ।
जिल्लाको साइपाल गाउँपालिका घर भएका रोकायालाई आज विहान अनेरास्ववियु बझाङ काठमाडौँ सम्पर्क कमिटी सचिव आकाश जेठाराले अविर र दोसल्ला ओढाएर संगठनमा प्रवेश गराएका थिए ।

रोकाया आफू खुसी संगठनमा प्रवेश गरेको सचिव जेठाराले बताए । तर यता रोकायाले भने सामाजिक सञ्जाल आफ्नो फेसबुकमा आफूलाई जाँड ( मदिरा ) पिलाएर संगठनमा प्रवेश गराएको आरोप लगाएका छन्
नेविसंघको राजनिति गरिरहेका रोकाया नेविसंघ सुदुरपश्चिम प्रदेश कमिटी सदस्य पनि हुन् ।
। उनले लेखेका छन् “मलाई आज जाड खुवाएर अनेरास्ववियुकाले भिआइपी होटलमा सुताएर मलाई विना कारण प्रवेश गरेको भ्रम फैलाएको छ यो सबै झुटा साबित हो, गल्ती गरे क्षमा प्राति छु”

उनको यो भनाइले प्रष्ट के खुल्ने भने जाडको नशामा संगठनमा प्रवेश गरेका थिए । त्यस्तै यता अनेरास्ववियु बझाङ काठमाडौँ सम्पर्क कमिटी अध्यक्ष सन्तोष सिंहका अनुसार उनी राजि खुशी भएर प्रवेश गरेको र नेताहरुको टचर आएर लेखेको हुन सक्ने बताएका छन् ।

