विश्वसनीय विपक्षीविनै क्याम्बोडियामा आम निर्वाचन
क्याम्बोडियामा लामो समयदेखि शासन गरिरहेका नेताले आफ्नो दलको शासन विस्तार गर्न सहज पार्ने जस्तो देखिएको आम निर्वाचनको मतदान जारी छ। त्यहाँ सत्ताधारी दलविरुद्ध कुनै गम्भीर प्रतिपक्ष चुनावमा मैदानमा छैन।
राजधानी प्नोम पेनमा भोट हाल्न आएका मतदाताले क्याम्बोडियन पिपुल्स पार्टी (सीपीपी)ले त्यहाँको संसद्का सबै १२५ वटै सिटहरू फेरि पनि जित्ने अपेक्षा गरेको बीबीसीलाई बताएका छन्।
करिब चार दशकदेखि सत्तामा रहेका हुन सेनले गत मे महिनामा एक मात्र विश्वसनीय प्रतिपक्षी दललाई चुनावमा भाग लिन अयोग्य घोषित गरेपछि उनले वास्तविक चुनौतीको सामना गर्नुपरेको छैन।
आलोचकहरूले यो निर्वाचनलाई ‘देखावटी’ भनेका छन्।
प्नोम पेनका एक जना मतदाताले बीबीसीसँग भने, "यो वर्षको चुनाव स्वतन्त्र र निष्पक्ष छैन किनभने २० लाख जनताको छनोट खोसिएको छ।"
क्याम्बोडियाका विपक्षी नेतालाई २७ वर्षको सजाय
खमेर रुजका नेता नरसंह...





