बझाङको केदारस्यूँमा चैते धान रोपियो, उत्पादन बढ्ने अपेक्षा
बझाङको केदारस्यूँ गाउँपालिकामा चैते धानको परीक्षण खेती सुरु गरिएको छ। चैते धान प्रवर्द्धन गर्न गाउँपालिकाको सहकार्य र कृषि ज्ञान केन्द्र बझाङको सहजीकरणमा वडा नम्बर- ४ सैन्स्यूँमा धान रोपिएको हो।
जिल्लामा चैते धानको सम्भाव्यता अध्ययनका लागि सैन्स्यूँमा करिब ३ रोपनी क्षेत्रफलमा ‘हर्दिनाथ-१’ जातको धान रोपिएको कृषि ज्ञान केन्द्रले जनाएको छ।
यो जात १२० देखि १२५ दिनभित्र पाक्ने भएकाले असार दोस्रो सातासम्म भित्र्याउन सकिने अनुमान गरिएको छ।
बर्खे धानको तुलनामा चैते धानको उत्पादन बढी हुने सम्भावना रहेको कृषि ज्ञान केन्द्रका प्रमुख जनकबहादुर सिंहले बताए । पानी अभावका कारण बाँझो रहने जमिनको उपयोग गर्न र खाद्य सुरक्षामा टेवा पुर्याउन चैते धानको परीक्षण सुरु गरिएको सिंहको भनाइ छ ।
उनका अनुसार गहुँभन्दा पनि राम्रो उत्पादन दिने भएकाले जिल्लामा चैते धानलाई विकल्पका रूपमा प्रवर्द्धन गर्ने योजना बनाइ...












