Advertisement

प्रदेश सभा बैठक एक हप्ताभित्र नबोलाए कडा कदम चाल्ने नेकपाको चेतावनी

Advertisement

धनगढी- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश संसदीय दलले प्रदेश सभाको बैठक एक हप्ताभित्र आह्वान गर्न सरकारलाई अल्टिमेटम दिएको छ।
संसदीय दलका नेता खगराज भट्टले बुधबार मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाउँदै सात दिनभित्र प्रदेश सभाको नियमित अधिवेशन नबोलाए कडा कदम चाल्ने चेतावनी दिएका हुन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सम्बोधन गरिएको उक्त पत्रमा प्रदेश सरकारको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि व्यक्त गरिएको छ।
पत्रमा प्रदेश सभाको छैटौँ अधिवेशन अन्त्य भएको लामो समय बितिसक्दा पनि हिउँदे अधिवेशन आह्वान नगरिएकोप्रति आपत्ति जनाइएको छ। साथै चालू आर्थिक वर्षको वार्षिक बजेट तथा कार्यक्रम कार्यान्वयनको अवस्था अत्यन्त न्यून रहेको तथा सरकारले विकास निर्माणका काममा पर्याप्त ध्यान नदिएको आरोप लगाइएको छ।
त्यसैगरी प्रदेश सरकारले सुशासन कायम गर्न नसकेको, मुख्यमन्त्रीमाथि लागेको भ्रष्टाचारसम्बन्धी गम्भीर आरोपको छानबिन प्रक्रिया अघि नबढेको पनि पत्रमा उल्लेख गरिएको छ।
प्रदेश सभा सचिवालयमा दर्ता भएका महत्त्वपूर्ण विधेयकहरू पारित गर्ने प्रक्रिया अघि नबढ्दा कानुन निर्माणको काम समेत ठप्प भएको नेकपाको भनाइ छ। साथै सरकारले जनसरोकारका कामभन्दा आफ्ना कार्यकर्तालाई खुसी पार्न राजनीतिक नियुक्तिमा केन्द्रित भएको आरोप पनि लगाइएको छ।
संसदीय दलका नेता भट्टद्वारा हस्ताक्षरित पत्रमा जननिर्वाचित सांसदहरूले सरकारका काम कारबाहीबारे प्रश्न गर्ने मुख्य थलो संसद् नै रहेको उल्लेख गर्दै एक हप्ताभित्र प्रदेश सभाको नियमित अधिवेशन आह्वान गर्न जोडदार माग गरिएको छ। उक्त पत्रको बोधार्थ प्रदेश सभामुखलाई समेत दिइएको छ।
सरकारले संसद् छलेर मनोमानी गरिरहेको आरोप लगाउँदै प्रतिपक्ष दलहरूले पछिल्लो समय सदन बोलाउन निरन्तर दबाब दिँदै आएका छन्।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

गणेश नेपाली मृत्यु प्रकरण: संसद् र सडकबाट प्रधानमन्त्री बालेन शाहको राजीनामा माग

गणेश नेपाली मृत्यु प्रकरण: संसद् र सडकबाट प्रधानमन्त्री बालेन शाहको राजीनामा माग

काठमाडौं- मुगुका गणेश नेपालीको मृत्यु प्रकरणलाई लिएर प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गर्दै संसद् र सडक दुवैतर्फबाट विरोध चर...
केदारस्युँ गाउँपालिकाले सार्वजनिक गर्‍यो आर्थिक वर्ष २०८२ / ०८३ को वित्तीय प्रगति, ९० प्रतिशत बजेट खर्च

केदारस्युँ गाउँपालिकाले सार्वजनिक गर्‍यो आर्थिक वर्ष २०८२ / ०८३ को वित्तीय प्रगति, ९० प्रतिशत बजेट खर्च

बझाङ- केदारस्युँ गाउँपालिकाले आर्थिक वर्ष २०८२ / ०८३ को वार्षिक वित्तीय प्रगति सार्वजनिक गरेको छ। गाउँ कार्यपालिकाको कार्यालयले बि...
कैलालीमा बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

कैलालीमा बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

धनगढी- कैलालीमा १६ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा बर्दगोरिया गाउँपालिका–६ ...
कर्णाली नदीमा बेपत्तामध्ये थप दुई जनाको शव फेला, दुई जना अझै बेपत्ता

कर्णाली नदीमा बेपत्तामध्ये थप दुई जनाको शव फेला, दुई जना अझै बेपत्ता

कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७, साङ्गेतरामा कर्णाली नदीमा बेपत्ता भएकामध्ये थप दुई जनाको शव बिह...
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

कञ्चनपुर - सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण निरन्तर बढ्दै गएको ...
बर्खामा बिपी राजमार्ग अवरुद्ध भए आधा घण्टामै खुलाइने गरी तयारी

बर्खामा बिपी राजमार्ग अवरुद्ध भए आधा घण्टामै खुलाइने गरी तयारी

काठमाण्डाै- पटकपटकको बाढीपहिरोले क्षति भई पुनर्निर्माण थालिएको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्डमा अब अवरुद्ध भए आधा घण...
सातै प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

सातै प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

काठमाडौं- आज सातवटै प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोसी, वाग्मती,...
छबिसपाथिभेरा-७ को प्राकृतिक गहना दानछडा झरना प्रचारप्रसारको पर्खाइमा

छबिसपाथिभेरा-७ को प्राकृतिक गहना दानछडा झरना प्रचारप्रसारको पर्खाइमा

धनगढी- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मा अवस्थित दानछडा झरना प्राकृतिक सौन्दर्यले भरिपूर्ण आकर्षक गन्तव्य हो। मनमोहक दृश्य र रमण...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज