Advertisement

सुदूरपश्चिम

मोटरसाइकल दुर्घटनामा घाइते प्रहरी जवानलाई विद्यार्थीद्वारा आर्थिक सहयोग

मोटरसाइकल दुर्घटनामा घाइते प्रहरी जवानलाई विद्यार्थीद्वारा आर्थिक सहयोग

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी - कैलालीको कैलारी गाउँपालिका मोटरसाइकल दुर्घटनामा परि गम्भीर घाइते भएका प्रहरी जवान अनिल रावलको उपचारका लागि आर्थिक सहयोग गरिएको छ । बझाङको मष्टा गाउँपालिका–१ घर भएका रावलको उपचारका लागि विद्यार्थीहरूले आर्थिक सहयोग गरेका हुन् । गत चैत ११ गते ड्युटी सक्काएर घर फर्कने क्रममा भएको दुर्घटनापछि उनलाई निसर्ग हस्पिटलमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। प्रहरी जवान पेशामा कार्यरत रावलको स्वास्थ्य अवस्था गम्भीर रहेको र उपचार खर्च करिब २० लाख रुपैयाँ नाघ्ने अनुमान गरिएको छ। आर्थिक अवस्था कमजोर भएका कारण परिवारलाई उपचार खर्च धान्न कठिन भएपछि सहयोगको अपिल गरिएको थियो। सोही अपिलपछि दीपक जोशीको पहलमा देवराज, माधव, सुरेश, लक्ष्मण, उमेश र अनिशा लगायतका साथीहरूको सहयोगमा ऐश्वर्य बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थी तथा शिक्षकहरूबाट आर्थिक सहयोग संकलन गरिएको थियो। संकलित रकम १७ हजार २३५ रुपैया...
जवाफदेहितामा अनुभव बटुलेका खड्का जिल्ला अस्पतालकाे अध्यक्षमा

जवाफदेहितामा अनुभव बटुलेका खड्का जिल्ला अस्पतालकाे अध्यक्षमा

Breaking News 1, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
बझाङ- जिल्ला अस्पताल सिमखेतको अध्यक्षमा विरेन्द्र बहादुर खड्का चयन भएका छन् । स्वास्थ्य सेवाको गुणस्तर सुधार र संस्थागत सुशासन प्रवर्द्धनमा अनुभव हासिल गरेका खड्का अध्यक्षमा नियुक्त भएसँगै स्वास्थ्य क्षेत्रप्रति नयाँ अपेक्षा बढेको छ। जयपृथ्वी नगरपालिका–३, बझाङका स्थायी बासिन्दा खड्काले त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर (एमए) तथा पाठ्यक्रम तथा मूल्यांकन विषयमा एमएड उत्तीर्ण गरेका छन्। विद्यार्थी राजनीतिबाट आफ्नो सार्वजनिक जीवन सुरु गरेका उनी अनेरास्ववियुका विभिन्न तहमा सक्रिय रहँदै केन्द्रीय सदस्यसम्मको जिम्मेवारी सम्हालिसकेका छन्। विद्यार्थी आन्दोलनको क्रममा उनले कैलाली बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको सचिवको भूमिका निर्वाह गरेका थिए। अहिले खड्का नेकपा एमालेको जिल्ला कमिटी सदस्य रहेका छन् । खड्काले गैरसरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थास...
सुनकुडा स्वास्थ्य चौकीमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न ,१२९ जनाले लिए सेवा

सुनकुडा स्वास्थ्य चौकीमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न ,१२९ जनाले लिए सेवा

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ९ स्थित सुनकुडा स्वास्थ्य चौकीमा प्रजनन स्वास्थ्य सम्बन्धी निशुल्क बृहत् शिविर सम्पन्न भएको छ। बित्थडचिर गाउँपालिकाको समन्वयमा नर्वेजियन राजदूतावास, संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यूएनएफपिए) तथा आड्रा नेपालको प्राविधिक सहयोगमा आयोजित शिविर सोमबार सम्पन्न भएको हो । शिविर मार्फत १२९ जनाले सेवा लिएका छन् । जसमा १२२ जनाको भिआइए (VIA) परीक्षण गरिएको थियोे । सो मध्ये ४८ जनामा पोजेटिभ नतिजा देखिएको स्वास्थ्यकर्मीहरूले जानकारी दिएका छन्। प ४ जनालाई थप शल्यक्रियाका लागि सिफारिस गरिएको छ भने १६ जनालाई थर्मोकोएगुलेसन सेवा प्रदान गरिएको पालिका प्रवक्ता तथा वडाध्यक्ष हरिश्चन्द्र जोशीले कामना टिभीलाई जानकारी दिए । साथै २ जनामा सर्भिसाइटिस समस्या पहिचान गरी आवश्यक उपचार सेवा उपलब्ध गराइएको थियो। प्रजनन स्वास्थ्य सम्बन्धी सचेतना अभिवृद्धि, रोगको समयमै पहिचान तथा...
दिपायल-सिलगढीमा जिप सेवा बन्द, नगर बसको ‘एकाधिकार’ विरुद्ध चालक आन्दोलित

दिपायल-सिलगढीमा जिप सेवा बन्द, नगर बसको ‘एकाधिकार’ विरुद्ध चालक आन्दोलित

Breaking News 1, डोटी, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
डोटी - डोटीको दिपायल सिलगढी नगरपालिकामा जिप चालकहरूले आइतबारदेखि जिप सेवा बन्द गरेका छन्। नगरपालिकाले नगर बसलाई मनोमानी रूपमा दिपायल- सिलगढी रुटमा मात्र सञ्चालन गरेको भन्दै आफूहरू मर्कामा परेको जिप चालकहरूको गुनासो छ। जिप चालक गोबिन्द मलासीका अनुसार नगर बसले नगरभित्रका अन्य क्षेत्रमा सेवा नदिँदा यात्रु ओसारपसारमा असन्तुलन आएको र त्यसको प्रत्यक्ष असर जिप व्यवसायमा परेको छ। चालकहरूले नगर बसलाई तिखा, राजपुर, कलेना, शान्तिनगर र लडागडासम्म सञ्चालन गर्न माग गरेका छन्। यता, शैलेश्वरी यातायात व्यवसायी संघका अध्यक्ष गणेश मलासीले जिप चालकहरूको समस्या समाधानका लागि नगरपालिकासँग समन्वय गर्ने बताएका छन्। उनले जिप चालक पक्षमा पनि केही कमजोरी रहेको स्वीकार गर्दै सुधार आवश्यक रहेको उल्लेख गरे। माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने चेतावनीसहित जिप चालकहरूले आज जिप सेवा पूर्ण रूपमा बन्द गराएका छन्।...
स्थानीय व्यवसायीद्वारा यू -17 राष्ट्रिय फुटबल खेलाडी राम बोहरालाई नगदसहित सम्मान

स्थानीय व्यवसायीद्वारा यू -17 राष्ट्रिय फुटबल खेलाडी राम बोहरालाई नगदसहित सम्मान

Breaking News 1, कैलाली, खेलकुद, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कैलालीको गौरिगङ्गा नगरपालिका–०७, मसुरिया साझाबजारका स्थानीय व्यवसायीहरूले यू -17 राष्ट्रिय फुटबल खेलाडी राम बोहरालाई नगदसहित सम्मान गरेका छन्। मसुरियास्थित राधा सपिङ्ग सेन्टर तथा जनला जनरल स्टोर परिवारका सञ्चालक रुद्रबहादुर जनालाले खेलाडी बोहरालाई सम्मान प्रदान गरेका हुन्। कार्यक्रममा स्थानीय खेलप्रेमी, सरोकारवाला तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सानै उमेरदेखि राष्ट्रिय टोलीबाट उत्कृष्ट प्रदर्शन गर्दै आएका बोहराले यू -17 SAFF च्याम्पियनसिप (भुटान र श्रीलंका) तथा यू-17 AFC क्वालिफायर (कतार र म्यानमार) मा सहभागी भई देशको प्रतिनिधित्व गरिसकेका छन्। उनले उमेर समूहका विभिन्न प्रतियोगिताहरूमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन्। बोहराले यू-16 ‘ए’ डिभिजन लिगमा आर्मी क्लबबाट कप्तानको जिम्मेवारी सम्हालेका थिए भने यू- 18 ‘ए’ डिभिजन लिगमा TAFC बाट पनि कप्तानक...
कैलालीमा आगलागी : घर जलेर नष्ट, १५ वर्षीया धामी घाइते, लाखौँको क्षति

कैलालीमा आगलागी : घर जलेर नष्ट, १५ वर्षीया धामी घाइते, लाखौँको क्षति

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
रमित ओली, हसुलिया- कैलालीको कैलारी गाउँपालिका-१ मझेरामा आगलागी हुँदा एक घर र गोठ पूर्ण रूपमा जलेर नष्ट भएको छ । आज दिउँसो करिब साढे २ बजे पुष्पा धामीको घर र गोठमा आगलागी भएको हो । आगलागीमा १५ वर्षीया यमुना धामी घाइते भएकी छन्। उनको अवस्था सामान्य रहेको बताइएको छ। घटनामा तीन वटा बाख्राको मृत्यु भएको छ भने एक भैंसी  जलेर घाइते भएको  छ । स्थानीयका अनुसार आगलागीबाट करिब ८ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ। आगो कसरी लागेको हो भन्ने विषयमा हालसम्म खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यमुनाको हसुलिया अस्पतालमा उपचार भइरहेको छ ।...
भुमिराज आधारभूत विद्यालयको अध्यक्षमा गोविन्द महर

भुमिराज आधारभूत विद्यालयको अध्यक्षमा गोविन्द महर

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, शिक्षा, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको वित्थडचिर गाउँपालिका ५ बसैलमा रहेको भुमिराज आधारभूत विद्यालयको नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ । गोबिन्द महरको अध्यक्षता नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरिएको हो । समितिका सदस्यहरूमा दिपक महर, गोपाल बोहरा, बिमला कुमारी बोहरा महर, जानकी देवी महर र जलु कामी रहेका छन् । यसैगरी वडा सदस्यका हैसियतमा रत्ना देवी महर पदेन सदस्य रहेकी छन् । विद्यालयका प्रधानाध्यापक ललित बोहरा सदस्य सचिव रहेका छन् भने शिक्षक प्रतिनिधिबाट दिपक बोहरा सदस्य चयन भएका छन् । नवगठित समितिका अध्यक्ष महरले आफूलाई अध्यक्ष बनाउन सहयोग गर्ने सम्पूर्ण अभिभावक, शिक्षक तथा सरोकारवालाहरूलाई धन्यवाद व्यक्त गरेका छन् । साथै, उनले विद्यालयको शैक्षिक गुणस्तर सुधार र समग्र विकासका लागि सबैसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।...
घाँटीमा मासुको चोक्टा अड्किँदा डोटीमा एक जनाको ज्यान गयो

घाँटीमा मासुको चोक्टा अड्किँदा डोटीमा एक जनाको ज्यान गयो

Breaking News 1, डोटी, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
डोटीमा खाना खाने क्रममा घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको आदर्श गाउँपालिका- ७ दहकालिकाका करिब ५० वर्षीय काले नेपालीको ज्यान गएको हो। जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार बिहीबार राति करिब ८ बजे खाना खाने क्रममा उनको घाँटीमा मासुको टुक्रा अड्किएपछि उनी बेहोस भएका थिए। बेहोस अवस्थामा रहेका उनलाई उपचारका लागि राति करिब साढे ११ बजे राजपुरस्थित सुजङ्ग अस्पताल पुर्‍याइएको थियो। तर, अस्पतालमा जाँच गर्ने क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।...
कैलालीको गौरिगंगामा १ महिने निःशुल्क सीपमूलक तालिम सञ्चालन हुँदै, बेरोजगार युवालाई अवसर

कैलालीको गौरिगंगामा १ महिने निःशुल्क सीपमूलक तालिम सञ्चालन हुँदै, बेरोजगार युवालाई अवसर

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बढैपुर- कैलालीको गौरिगंगा नगरपालिकामा नि:शुल्क सीपमूलक तालिम सञ्चालन हुनेभएको छ । नगरपालिका र नेपाल युवा फाउन्डेसन नेपालको सहकार्यमा सीपमूलक तालिम सञ्चालन हुन लागेको हो । बेरोजगार, विपन्न र शिक्षाबाट वञ्चित युवालाई लक्षित गर्दै १ महिने निःशुल्क सीपमूलक तालिम सञ्चालन हुन लागेको नगरपालिकाले एक सूचना मार्फत जानकारी गराएको छ । नगरपालिकाद्वारा जारी सूचनामा १ महिने फ्रिज तथा एसी मर्मत र १ महिने कपाल काट्ने (बार्बर) सम्बन्धि तालिम प्रदान गर्ने भनिएको छ । नगरपालिकाले बढ्दो बेरोजगारी हटाउने र युवालाई स्वदेशमै सीप सिकाएर आत्मनिर्भर बनाउने लक्ष्य लिएको छ । तालिममा सहभागी हुन १८ वर्ष पूरा भइ ४० वर्ष ननाघेको हुनुपर्ने, नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वडाको सिफारिस,शैक्षिक योग्यताको प्रमाणपत्र हुनुपर्नेछ । आवेदन दिने समय चैत्र २० गतेसम्म तोकिएको छ । नगरपालिकाले बेरोजगार युवालाई तालिममा स...
सुदूरपश्चिममा राजनीतिक नियुक्ति विवाद चर्कियो, एमाले मन्त्रीद्वारा मन्त्रिपरिषद् बैठक बहिस्कार

सुदूरपश्चिममा राजनीतिक नियुक्ति विवाद चर्कियो, एमाले मन्त्रीद्वारा मन्त्रिपरिषद् बैठक बहिस्कार

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, राजनीति, सुदूरपश्चिम
धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले गरिरहेको राजनीतिक नियुक्तिलाई लिएर सरकारभित्रै विवाद चर्किएको छ। उक्त विवादकै कारण नेपाल कम्युनिस्ट पार्टी (एमाले) का मन्त्रीहरूले आज मन्त्रिपरिषद् बैठक बहिस्कार गरेका छन्। राजनीतिक नियुक्तिमा भागबन्डा नमिल्दा असन्तुष्टि बढेको हो। विशेषगरी जिल्ला अस्पतालहरूको अध्यक्ष नियुक्तिमा सहमति जुट्न नसक्दा विवाद उत्कर्षमा पुगेको बताइएको छ। बैठक सुरु हुनुअघि आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्की केही समय मुख्यमन्त्री कार्यालय पुगे पनि बैठकमा सहभागी भएनन्। यस्तै, भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल पनि अनुपस्थित रहे। एमालेका मन्त्रीहरू सामूहिक रूपमा बैठकमा नबस्ने निर्णयमा पुगेका थिए। एमाले मन्त्रीहरू अनुपस्थित भएपछि मन्त्रिपरिषद् बैठकमा मुख्यमन्त्री कमल बहादुर शाह, आर्थिक मामिला मन्त्री बहादुरसिंह थापा र सामाजिक विकास मन्त्री मेघराज खड्का मात्र सहभाग...
बझाङको बुंगलमा ब्रेक फेल भएको ट्याक्टरले अटो ठक्कर दिँदा ४ जना घाइते

बझाङको बुंगलमा ब्रेक फेल भएको ट्याक्टरले अटो ठक्कर दिँदा ४ जना घाइते

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको बुंगल नगरपालिका–४, बिजगडा बजारमा ट्याक्टरले अटोलाई ठक्कर दिँदा चार जना घाइते भएका छन्। दहवगरबाट कफलसेरीतर्फ जाँदै गरेको सु.प.प्र ०१००२ त ३९५८ नम्बरको ट्याक्टर बिजगडा चौराहामा ब्रेक फेल भई विपरीत दिशाबाट आइरहेको सु.प.प्र ०१००१ ह ६५९७ नम्बरको अटोमा ठोक्किएको हो। ट्याक्टर अर्जुन धामीले चलाएका थिए भने अटो चालक ३६ वर्षीय जनक धामी रहेका छन्। दुर्घटनामा अटो चालकसहित चार जना घाइते भएका छन्। घाइते हुनेहरूमा बुंगल नगरपालिका- ६ निवासी अटो चालक जनक धामी रहेका छन्, जसको टाउको, मुख र खुट्टामा गम्भीर चोट लागेको छ। त्यस्तै रञ्जला धामीको हातमा, गीता धामीको टाउकोमा सामान्य चोट लागेको छ भने राम धामीको खुट्टामा सामान्य चोट लागेको अस्थायी प्रहरी बिट बिजगडाले जनाएको छ। घाइतेहरूको खिरातडी स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। दुर्घटनाका कारण चौराहामा रहेको राम धामीले सञ्चालन गरेको होटलमा समेत क्षति ...
डोटीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

डोटीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

Breaking News 1, डोटी, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
डोटी- डोटीमा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। जिल्लाको आदर्श गाउँपालिका–६ रौसेल्लामा सोमबार राति भएको दुर्घटनामा आदर्श गाउँपालिका–३ काँडीस्याउलेका करिब २२ वर्षीय सुबोध रोकाया र १९ वर्षीय कैलाश बिकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। दुर्घटनामा परेका जीप चालक समेत रहेका सुबोध रोकायाको घटनास्थलमै ज्यान गएको हो। प्रहरीका अनुसार गिरिचौकाबाट काँडीस्याउलेतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ च ३९२३ नम्बरको बोलेरो जीप घुम्तीमा अनियन्त्रित भई सडकबाट करिब ९ सय मिटर तल सायली गाडमा खसेको थियो। दुर्घटना राति करिब साढे १२ बजे भएको हो।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज