Advertisement

सुदूरपश्चिम

बैतडीमा युवक मृत फेला

बैतडीमा युवक मृत फेला

Breaking News 1, ताजा अपडेट, बैतडी, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बैतडीमा एक युवक मृत अवस्थामा फेला परेका छन्। जिल्लाको पाटन नगरपालिका–३ गुजरका अन्दाजी २६ वर्षीय नरेश कोली मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिनुभयो। प्रहरीका अनुसार कोली पाटन नगरपालिका–३ स्थित सुरुङ क्षेत्रको बाटोबाट करिब एक सय मिटर तल खसेर सुर्नया नदी किनारमा मृत अवस्थामा फेला परेका हुन्। मंगलबार घरबाट किनमेलका लागि पाटन बजार गएका कोली अबेरसम्म घर नफर्किएपछि उनका दाइले प्रहरीमा खबर गरेका थिए। त्यसपछि खोजतलास गर्दा बुधबार बिहान करिब ८ बजे सुर्नया नदी किनारमा उनको शव फेला परेको प्रहरी निरीक्षक सिंहले बताउनुभयो।...
इनिशा बिकको न्यायका लागि धनगढीको सडकमा युवाहरू

इनिशा बिकको न्यायका लागि धनगढीको सडकमा युवाहरू

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- हालै बलात्कारपछि हत्या गरिएकी इनि सा बिकको घटनाले देशभर आक्रोश बढिरहेका बेला धनगढीमा युवाहरूले विरोध प्रदर्शन गरेका छन्। पीडितलाई न्याय दिलाउन माग गर्दै सयौं युवाहरू सडकमा उत्रिएका हुन्। प्रदर्शनकारीहरूले दोषीलाई कडा कारबाही गर्न, अनुसन्धान निष्पक्ष र छिटो सम्पन्न गर्न तथा यस्ता घटनाको पुनरावृत्ति रोक्न सरकारसँग माग गरेका छन्। “हामीलाई न्याय चाहियो” लगायतका नारा लगाउँदै उनीहरूले शान्तिपूर्ण प्रदर्शन गरेका थिए। उक्त आन्दोलनका क्रममा युवाहरूले जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र (ग्यापन पत्र) समेत बुझाएका छन्। ज्ञापनपत्रमा दोषीलाई कानुनी दायरामा ल्याई कडा सजाय दिन र पीडित परिवारलाई न्याय सुनिश्चित गर्न माग गरिएको छ। स्थानीय प्रशासनले घटनाको गम्भीरतापूर्वक अनुसन्धान भइरहेको जानकारी दिँदै दोषीलाई कानुनी कारबाही गरिने प्रतिबद्धता जनाएको छ। यस घ...
गौरीगंगाको मोहन्याल माध्यमिक विद्यालयको वार्षिकोत्सव सम्पन्न

गौरीगंगाको मोहन्याल माध्यमिक विद्यालयको वार्षिकोत्सव सम्पन्न

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, शिक्षा, समाचार, सुदूरपश्चिम
बढैपुर - कैलालीको गौरीगंगा नगरपालिका ५ मा रहेको मोहन्याल माध्यमिक विद्यालयको वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ। सोमबार गौरीगंगा नगरपालिका- ५ अण्डैयास्थित मोहन्याल माध्यमिक विद्यालयको ४२ औं  वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको हो । विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक तथा स्थानीय सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो। समारोहका प्रमुख अतिथि प्रदेश सभा सदस्य तुलसी देवकोटाले शिक्षाको गुणस्तर सुधारमा सबैको साझा प्रयास आवश्यक रहेको बताए । उनलेे सामुदायिक विद्यालयलाई अझ प्रभावकारी र गुणस्तरीय बनाउन स्थानीय सरकार, विद्यालय प्रशासन, शिक्षक तथा अभिभावकबीच सहकार्य हुनुपर्ने धारणा व्यक्त गरे । देवकोटाले “विद्यार्थीहरू राष्ट्रको भविष्य भएकाले उनीहरूको उज्ज्वल भविष्य निर्माणका लागि गुणस्तरीय शिक्षा अपरिहार्य छ,” भन्दै विद्यालयको भौतिक तथा शैक्षिक विकासका लागि आफू...
बझाङका उच्च लेकाली भेगमा हिमपात

बझाङका उच्च लेकाली भेगमा हिमपात

Breaking News 1, ताजा अपडेट, बझाङ, समाचार, सुदूरपश्चिम
बझाङ-  जिल्लाका उच्च लेकाली भेगमा गएराति वर्षासँगै हिमपात भएको छ। गत माघ दोस्रो सातापछि पुनः हिमपात भएको हो। हिमपात जिल्लाका साइपाल, सुर्मा, छबिसपाथिभेरा, दुर्गाथली, बुङ्गल नगरपालिका, केदारस्यूँ र सप्तडछान्ना गाउँपालिकाका लेकाली क्षेत्र तथा गाउँहरूमा परेको स्थानीय अमर धामीले जानकारी दिएका छन्। हिमपातसँगै चिसो बढ्दा जनजीवन प्रभावित बनेको छ भने आवतजावतमा समेत समस्या देखिएको छ। यद्यपि, वर्षासँगै परेको हिमपातले हिउँदे बालीका लागि भने लाभदायक हुने अपेक्षा गरिएको छ, जसले किसानमा उत्साह थपेको छ।...
बझाङमा भीरबाट लडेर एक महिलाको मृत्यु

बझाङमा भीरबाट लडेर एक महिलाको मृत्यु

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको थलारा गाउँपालिका- २ कि महामती देवी ऐडीको भीरबाट लडेर मृत्युु भएको हो । ४३ वर्षीया ऐडीको आइतबार कुम्ल भन्ने स्थानमा घाँस काट्ने क्रममा भीरबाट लड्दा घटना स्थलमै मृत्यु भएको वडा सचिव नवराज गिरिले जानकारी दिए । मृतकका ऐडीका घरमा श्रीमान दुई छोरा र एक छोरी रहेका छन ।...
वर्षासँगैको हुरीले दुर्गाथलि-६ स्वास्थ्य केन्द्रको सोलार उडायो, सेवा प्रभावित हुने जोखिम

वर्षासँगैको हुरीले दुर्गाथलि-६ स्वास्थ्य केन्द्रको सोलार उडायो, सेवा प्रभावित हुने जोखिम

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
बझाङको दुर्गाथलि गाउँपालिका-६ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रमा जडान गरिएको सोलार प्रणालीमा हावाहुरीले पूर्ण रूपमा क्षति पुर्‍याएको छ। गएराति परेको वर्षासँगै आएको हावाहुरीले स्वास्थ्य केन्द्रमा जडान गरिएका सोलार प्यानल (पाता) उडाएर नष्ट पारेको हो। राति तिव्र गतिमा आएको हावाहुरीले स्वास्थ्य केन्द्रमा जडान गरिएको २ किलो वार्ड सोलारको ८ वटै प्यानल (पाता) उडाउँदा पूर्णरूपमा क्षति भएको केन्द्रका प्रमुख लालबहादुर धामीले जानकारी दिनुभयो । सोलार प्रणालीमा क्षति पुगेपछि स्वास्थ्य चौकीको सेवा प्रवाह प्रभावित हुने चिन्ता बढेको छ। उक्त स्वास्थ्य चौकीमा विद्युत् आपूर्ति मुख्यतः सोलारमार्फत हुने भएकाले अहिले सेवा सञ्चालनमा कठिनाइ हुने अवस्था देखिएको छ।...
जीर्ण भवनमा सञ्चालन भइरहेको भवानी माविको माननीय ऐन महरद्वारा अनुगमन

जीर्ण भवनमा सञ्चालन भइरहेको भवानी माविको माननीय ऐन महरद्वारा अनुगमन

Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ : बझाङ जिल्लाको थलारा गाउँपालिका ७ माडुकाट्नेमा रहेको भवानी माध्यमिक विद्यालयको अवस्था निकै दयनीय बनेको छ । केही वर्षअघि गएको भूकम्पले क्षतिग्रस्त बनाएको जीर्ण भवनमै बसेर यहाँका विद्यार्थीहरू पठनपाठन गर्न बाध्य भएका छन् । कक्षा १२ सम्म अध्ययन हुने यस विद्यालयमा करिब चार सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् तर सुरक्षित र व्यवस्थित भवनको अभावका कारण विद्यार्थीहरूले जोखिमपूर्ण वातावरणमै पढ्नुपर्ने अवस्था रहेको स्थानीयले बताएका छन् । भूकम्पपछि भवनमा चिरा परेका कारण विद्यालयको संरचना कमजोर बन्दै गएको छ । वर्षायाममा पानी चुहिने र भवन भत्किने जोखिमका कारण विद्यार्थी तथा शिक्षकहरू त्रासपूर्ण वातावरणमै पठनपाठन सञ्चालन गरिरहेका छन् । यसैबीच बझाङका माननीय ऐन महर ले विद्यालयको जीर्ण भवनको अनुगमन गरेका छन् । निर्वाचन जितेपछि जिल्लाका विभिन्न समस्या नजिकबाट बुझ्न गाउँगाउँ पुग्ने क्रममा उनले भवानी...
अछाम अस्पतालमा घोटाला : बिरामीलाई सिटामोल छैन, स्टोरबाट ५० लाखका औषधि गायब

अछाम अस्पतालमा घोटाला : बिरामीलाई सिटामोल छैन, स्टोरबाट ५० लाखका औषधि गायब

Breaking News 1, अछाम, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
अछाम- अछाम जिल्ला अस्पतालमा लामो समयदेखि चरम बेथिति चलिरहेको खुलासा भएको छ । बेथितिको सीमा यतिसम्म छ कि १८ लाख नगद हिनामिना मात्र भएको छैन ५० लाख बराबरको औषधि समेत गायब पारिएको छ । तर बिडम्बना दुर्गम गाउँबाट घण्टौं पैदल हिँडेर आउने बिरामीले सिटामोल समेत नपाउने अवस्था छ । सरकारी फार्मेसीमा निस्शुल्क पाउनुपर्ने सिटामोल र जीवन रक्षक औषधिहरू ‘स्टक छैन’ भन्दै बिरामीलाई निजी मेडिकलतिर पठाउने गरिन्छ । यता, अस्पतालको स्टोरबाटै झन्डै ५० लाख मूल्य बराबरको औषधि र उपकरण रहस्यमय ढंगले गायब पारिएको तथ्य सार्वजनिक भएको छ । चिकित्सक र राजनीतिक संरक्षणप्राप्त कर्मचारीहरूको मिलेमतोमा अस्पतालको बेहाल पारिएको छ । घोटालामा अस्पतालका उच्चपदस्थ कर्मचारी, राजनीतिक पहुँच भएका प्रशासक र स्टोर प्रमुखको प्रत्यक्ष संलग्नता रहेको स्रोतको दाबी छ । अस्पताल स्रोतका अनुसार पछिल्लो दुई आर्थिक वर्षमा मात्रै १८ लाख ७...
अछाममा एमालेतर्फ आकर्षण : चौरपाटीमा रामबहादुर साउँदसहित डुङ्ग्री टोलनै एमालेमा प्रवेश

अछाममा एमालेतर्फ आकर्षण : चौरपाटीमा रामबहादुर साउँदसहित डुङ्ग्री टोलनै एमालेमा प्रवेश

Breaking News 1, अछाम, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
अछाम- अछामको चौरपाटी गाउँपालिका-३ को एक गाउँ नै नेकपा एमालेमा प्रवेश गरेको छ। पूर्व समाजवादी गाउँ कमिटी अध्यक्ष तथा निर्वाचित वडाध्यक्षसमेत रहेका रामबहादुर साउँदसहित डुङ्ग्री टोलका ठूलो संख्यामा नेता तथा कार्यकर्ता आइतबार एमालेमा समाहित भएका हुन्। आइतबार चौरपाटीमा आयोजित मतदातालाई धन्यवाद ज्ञापन कार्यक्रमका क्रममा साउँदसहित करिब पाँच सय जना एमालेमा प्रवेश गरेको एमालेका चौरपाटीले जनाएको छ। पार्टी फुटका बेला समाजवादीतर्फ लागेका साउँद अहिले आफ्ना समर्थकसहित पुनः एमालेमै फर्किएको जनाइएको छ। कार्यक्रममा डुङ्ग्री टोलका अधिकांश नेता तथा कार्यकर्ता सामूहिक रूपमा एमालेमा प्रवेश गरेका थिए। पार्टी प्रवेशका क्रममा बोल्दै साउँदले जनपक्षीय काम गर्ने पार्टी एमाले भएकाले आफूहरू आफ्नै घरमा फर्किएको बताएका थिए। “जनताको पक्षमा काम गर्ने बलियो शक्ति एमाले भएकाले हामीले पुनः यही पार्टी रोजेका हौँ,” उनले भने...
अछाम- २ मा एमालेका यज्ञबहादुर बोगटी विजयी, पुष्प शाहलाई ४७२ मतले पराजित

अछाम- २ मा एमालेका यज्ञबहादुर बोगटी विजयी, पुष्प शाहलाई ४७२ मतले पराजित

Breaking News 1, अछाम, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
अछाम- अछाम क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ।  अन्तिम सार्वजनिक परिणाम अनुसार नेकपा एमालेका उम्मेदवार यज्ञबहादुर बोगटी विजयी हुनुभएको हो। बोगटीले ९ हजार ५१८ मत प्राप्त गर्दै नेपाली कांग्रेसका उम्मेदवार पुष्प शाहलाई ४७२ मतान्तरले पराजित गर्नुभएको हो। शाहले ९ हजार ४६ मत प्राप्त गर्नुभएको छ। यस्तै, नेकपाका उम्मेदवार बलबहादुर कुँवरले ६ हजार ४९३ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार भूपदेव शाहले ४ हजार ५६२ मत पाउनुभएको छ। अन्य उम्मेदवारतर्फ गुलाब चिन्हले ५५८, हलोले १६७, मादलले ६०, चिमले ५३ र आँखा चिन्हले ११३ मत प्राप्त गरेका छन्। अन्तिम मत परिणामसँगै नेकपा एमालेका बोगटी अछाम–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो।...
पराजयपछि पनि जनतामाझ दिपक : संसद नपुगे पनि सडकबाट जनताको आवाज उठाउँछु

पराजयपछि पनि जनतामाझ दिपक : संसद नपुगे पनि सडकबाट जनताको आवाज उठाउँछु

Breaking News 1, अछाम, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
अछाम- प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित भएका नेकपा एमालेका उम्मेदवार दिपक साउँद मतदातालाई धन्यवाद ज्ञापन गर्न चौरपाटी गाउँपालिका पुगेका छन्। निर्वाचन परिणाम सार्वजनिक भएपछि साउँद चौरपाटी पुगेर मतदातासँग भेटघाट गर्दै आभार व्यक्त गरेका हुन्। चौरपाटीमा आयोजित कार्यक्रममा साउँदले निर्वाचनमा आफूले पराजय व्यहोरे पनि जनताले जित हासिल गरेको बताएका छन् । उनले लोकतन्त्रमा जनताको मत सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्दै आफूलाई मत दिएर साथ दिने सम्पूर्ण मतदाताप्रति कृतज्ञता व्यक्त गरेका हुन् । “मैले हारेको भए पनि जनताको जित भएको छ। जनताले दिएको अमूल्य मतप्रति म सदैव सम्मान प्रकट गर्छु,” उनले भने। साउँदले मतदाताले आफू प्रति देखाएको विश्वासलाई कहिल्यै आँच आउन नदिने प्रतिबद्धता जनाउँदै जनतालाई निराश हुन नदिने दावि गरे । उनले निर्वाचनका क्रममा गाउँ-गाउँमा पुगेर गरेका प्रतिबद्धता पूरा गर्न निरन्त...
अछाम- १ मा भरत स्वाँरलाई दिपक साउँदको पहिलो बधाई, मतदाताप्रति आभार, राजनीतिक संस्कारको उदाहरण प्रस्तुत

अछाम- १ मा भरत स्वाँरलाई दिपक साउँदको पहिलो बधाई, मतदाताप्रति आभार, राजनीतिक संस्कारको उदाहरण प्रस्तुत

Breaking News 1, अछाम, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
अछाम - अछाम- १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेपाली काँग्रेसका भरत कुमार स्वाँरलाई नेकपा एमालेका उम्मेदवार दिपक साउँदले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। मतगणना सम्पन्न भएको लगत्तै साउँदले आफ्नो प्रतिस्पर्धी स्वाँरलाई उच्च राजनीतिक सम्मानसहित बधाई दिँदै आगामी कार्यकाल सफल होस् भन्ने कामना गरेका हुन्। उनलेे निर्वाचन सकिएसँगै प्रतिस्पर्धीलाई सम्मानपूर्वक दोसल्ला ओढाएर बधाई सहित शुभकामना दिँदै राजनीतिक  संस्कारको राम्रो उदाहरण प्रस्तुत गरेका छन् । साउँदले अछाम- १ का जनताले दिएको जनादेशलाई सम्मान गर्ने उल्लेख गर्दै विजयी उम्मेदवार स्वाँरले जिल्लाको विकास र जनताको अपेक्षा पूरा गर्ने विश्वास व्यक्त गरे। त्यस्तै उनले निर्वाचनमा आफूलाई मत दिएका तथा साथ–समर्थन गर्ने सम्पूर्ण मतदाता, शुभेच्छुक, पार्टीका नेताकार्यकर्ता र सहयोगीहरूलाई धन्यवाद पनि व्यक्त गरेका छन्। साउँदले लोक...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज