Advertisement

बझाङको केदारस्यूँमा चैते धान रोपियो, उत्पादन बढ्ने अपेक्षा

Advertisement

बझाङको केदारस्यूँ गाउँपालिकामा चैते धानको परीक्षण खेती सुरु गरिएको छ। चैते धान प्रवर्द्धन गर्न गाउँपालिकाको सहकार्य र कृषि ज्ञान केन्द्र बझाङको सहजीकरणमा वडा नम्बर- ४ सैन्स्यूँमा धान रोपिएको हो।
जिल्लामा चैते धानको सम्भाव्यता अध्ययनका लागि सैन्स्यूँमा करिब ३ रोपनी क्षेत्रफलमा ‘हर्दिनाथ-१’ जातको धान रोपिएको कृषि ज्ञान केन्द्रले जनाएको छ।

यो जात १२० देखि १२५ दिनभित्र पाक्ने भएकाले असार दोस्रो सातासम्म भित्र्याउन सकिने अनुमान गरिएको छ।
बर्खे धानको तुलनामा चैते धानको उत्पादन बढी हुने सम्भावना रहेको कृषि ज्ञान केन्द्रका प्रमुख जनकबहादुर सिंहले बताए । पानी अभावका कारण बाँझो रहने जमिनको उपयोग गर्न र खाद्य सुरक्षामा टेवा पुर्‍याउन चैते धानको परीक्षण सुरु गरिएको सिंहको भनाइ छ ।
उनका अनुसार गहुँभन्दा पनि राम्रो उत्पादन दिने भएकाले जिल्लामा चैते धानलाई विकल्पका रूपमा प्रवर्द्धन गर्ने योजना बनाइएको छ। परीक्षण सफल भएमा स्थानीयले गहुँको सट्टा चैते धान खेती गर्ने बताएका छन्।
नेपालमा करिब ३०–३५ वर्षदेखि सुरु भएको चैते धान खेती हाल करिब १ लाख १५ हजार हेक्टर क्षेत्रफलमा फैलिएको छ। आर्थिक वर्ष २०७०/७१ देखि यसको प्रवर्द्धनका लागि सरकारी तवरबाट समेत प्रयास हुँदै आएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले आर्थिक वर्ष २०८३\०८४ को लागि ६२ करोड बढीको बजेट ल्याएको छ । बुधबार आयोजित १९ औं अधिवेशन मार्फ...
बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ९ का महिलाहरूलाई दुना,टपरी सीप विकास तालिम प्रदान गरिएको छ । महिलाहरूको आर्थिक सशक्तीकरण र स्थ...
बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-१ भाँडे बजारमा गएराति भएको आगलागीबाट दुई वटा किराना पसल पूर्णरूपमा जलेर नष्ट भएका छन्। गएरात...
थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

बझाङ- बझाङको थलारा गाउँपालिकामा ७ दिने डल कुसन बनाउने तालिम सञ्चालन गरिएको छ। थलारा गाउँपालिकाको आर्थिक सहयोग तथा समुदाय सशक्तीकरण...
शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

बझाङ - बित्थडचिर गाउँपालिकामा विद्यालय समायोजन, दरबन्दी मिलान तथा विद्यालय संख्या व्यवस्थापनको विषय पुनः चर्चामा आएको छ। शिक्षा क्...
बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ४ डूङ्ग्रीमा रहेको केदार आधारभूत विद्यालयमा शुक्रबारीय अतिरिक्त क्रियाकलापअन्तर्गत अन्तर सदनात्...
बझाङमा विद्यार्थीलाई सिस्नोपानी लगाएर कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

बझाङमा विद्यार्थीलाई सिस्नोपानी लगाएर कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

बझाङ- बझाङको दुर्गाथलि गाउँपालिका- ३ मौलालिमा रहेको एक निजी विद्यालयका शिक्षक विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका छन्।...
बित्थडचिर- ६ का स्थानीयलाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण

बित्थडचिर- ६ का स्थानीयलाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण

बझाङ-  बझाङको बित्थडचिर गाउँपालिका-६ का स्थानीय बासिन्दालाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण गरिएको छ। वडाको पाणपाखा ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज