Advertisement

सुदूरपश्चिम

बझाङको छबिसपाथिभेरा- ७ मा स्थानीयलाई एक हप्ते साबुन बनाउने तालिम दिइँदै

बझाङको छबिसपाथिभेरा- ७ मा स्थानीयलाई एक हप्ते साबुन बनाउने तालिम दिइँदै

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ का स्थानीयलाई साबुन बनाउने तालिम प्रदान गरिँदैछ । घरेलु तथा साना उद्योग कार्यालय चैनपुर बझाङ र वडा कार्यालयको संयुक्त साझेदारीमा स्थानीयलाई ७ दिने साबुन बनाउने तालिम प्रदान गर्न थालिएको हो । घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख मानबहादुर धामी र वडाध्यक्ष बिजय बहादुर धामीले यहीँ चैत २४ गते संयुक्त रूपमा तालिमको उद्घाटन गरेको वडा कार्यालयले जनाएको छ । उद्घाटन समारोहमा वडा सचिव धनशेर बहादुर बुढाले तालिमको महत्वबारे प्रकाश पार्दै यस्ता सीपमूलक कार्यक्रमले स्थानीय स्तरमा रोजगारी सिर्जना र आर्थिक सशक्तिकरणमा टेवा पुग्ने विश्वास व्यक्त गरे । त्यस्तै वडाध्यक्ष धामीले तालिमको लक्ष्य स्थानीय स्रोत र कच्चा पदार्थको उपयोग गर्दै साबुन उत्पादनलाई प्रोत्साहन गर्नु रहेको बताए । उनलेे यस्ता सीपमूलक तालिमले नागरिकलाई आत्मनिर्भर बनाउँदै साना उद्योगमार्फत आम...
बझाङमा ५ दिनदेखि बेपत्ता सिंह मृत भेटिए

बझाङमा ५ दिनदेखि बेपत्ता सिंह मृत भेटिए

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ -  बझाङमा चैत्र १९ गतेदेखि बेपत्ता भएका थलारा गाउँपालिका–५ तल्लो दुवालीका ५८ वर्षीय लालबहादुर सिंहको शव ५ दिनपछि सेती नदीमा बग्दै गरेको अवस्थामा फेला परेको छ। आज दिउँसो केदारस्यूँ गाउँपालिका–९ झोता झुलुङ्गे पुल तलतिर स्थानीयले नदीमा बगिरहेको अवस्थामा उनको शव देखेका हुन्। सिंह चैत्र १९ गते बिहान घरबाट निस्केका थिए। साँझसम्म घर नफर्किएपछि परिवारले खोजी सुरु गरेको थियो। घटनाबारे इलाका प्रहरी कार्यालय खोलीमा जानकारी गराइएपछि प्रहरीसहित स्थानीयले खोजी कार्य अघि बढाएका थिए। खोजीकै क्रममा गुगलमार्फत उनको मोबाइल लोकेसन ट्र्याक गरिएको थियो। सोही आधारमा खोज्दै जाँदा थलारा गाउँपालिका–६ गड्डाला स्थित सेती नदी किनारमा उनको मोबाइल, कपडा र चप्पल फेला परेको थियो। वैदेशिक रोजगारीका लागि बेला–बेला भारत जाने गरेका सिंह भारततर्फ गएको हुन सक्ने आशंका गरिएको थियो। तर, उनका सामान नदी किनारमै भेटिएपछि नद...
कञ्चनपुर कारागारमा झडप : पाँच कैदीबन्दी घाइते

कञ्चनपुर कारागारमा झडप : पाँच कैदीबन्दी घाइते

Breaking News 1, कन्चनपुर, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- कञ्चनपुर कारागारमा बुधबार दिउँसो कैदीबन्दीहरूबीच झडप हुँदा पाँच जना घाइते भएका छन्। झडपमा दुवै पक्षका कैदीबन्दीहरू घाइते भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) खड्कबहादुर खत्रीका अनुसार घाइते हुनेहरूमा भुवन नाथ, प्रकाश घरेडी, राजु दमाई, भुवन ऐर र आयुष बम रहेका छन्। घाइतेहरू लागुऔषध तथा चोरी मुद्दामा संलग्न कैदीबन्दी भएको जनाइएको छ। उनीहरूको महाकाली प्रादेशिक अस्पताल मा उपचार भइरहेको छ। प्रहरीका अनुसार झडपमा संलग्न समूहबीच यसअघि पनि पटक–पटक विवाद र झडप हुँदै आएको थियो।...
बझाङका रणनीतिक सडकमा बजेट माग गर्दै सांसद ऐन महर

बझाङका रणनीतिक सडकमा बजेट माग गर्दै सांसद ऐन महर

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
बझाङ: बझाङका प्रतिनिधिसभा सदस्य ऐनबहादुर महरले जिल्लाका रणनीतिक सडक आयोजनाहरू आगामी आर्थिक वर्षको बजेटसहित योजनामा समावेश गर्न माग गरेका छन् । उनले सडक विभागलाई पत्र लेख्दै बझाङमा सडक पूर्वाधार विकास अझै सुस्त रहेको उल्लेख गरेका हुन् । महरका अनुसार २०४१/४२ सालदेखि निर्माण सुरु भएको खोड्पे–बझाङ (जयपृथ्वी राजमार्ग) अझै प्रभावकारी रूपमा सञ्चालनमा आउन सकेको छैन । अन्य महत्वपूर्ण सडक आयोजनाहरू पनि ढिलाइमा रहेको उनले बताएका छन् । उनले बैतडीको अनारखोलास्थित सडक आयोजना कार्यालय बझाङमै सार्नुपर्ने माग गर्दै स्थानीय स्तरबाटै आयोजना सञ्चालन भए काम छिटो र प्रभावकारी हुने विश्वास व्यक्त गरे, आगामी बजेटमा खोड्पे–बझाङ सडक स्तरोन्नति तथा कालोपत्रे, खुटिया–दिपायल–चैनपुर सडकअन्तर्गत बझाङ–झनाना–दिपायल खण्ड सुधार, बित्थड–बुङ्गल–छविस हुँदै जयपृथ्वी नगरपालिका जोड्ने सडक,वागथला–बुङ्गल–गन्नैलेक हुँदै दार्चु...
गहुँको मूल्य घट्दा किसान चिन्तित, समर्थन मूल्य निर्धारणको माग

गहुँको मूल्य घट्दा किसान चिन्तित, समर्थन मूल्य निर्धारणको माग

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
टीकापुर (कैलाली)- जिल्लाका किसानले यस वर्ष गहुँको उचित मूल्य पाएका छैनन् । गत वर्ष प्रतिक्विन्टल रु चार हजारमा गहुँ बेचेका किसान यस वर्ष करिब रु दुई सय कम मूल्यमा बिक्री गर्न बाध्य छन् । हाल गहुँ प्रतिक्विन्टल रु तीन हजार ८०० को हाराहारीमा बिक्री भइरहेको छ । यसैबीच केही दिनअघि परेको वर्षा र हुरीबतासले उत्पादनमा समेत क्षति पुगेको छ । किसान रुपलाल चौधरीले धेरै मेहनत गरेर खेती गरे पनि उत्पादनको उचित मूल्य नपाउँदा मर्का परेको बताए । “गत वर्षभन्दा कम मूल्यमा गहुँ बिक्री गर्नुपरेको छ, थोरै भए पनि बढी मूल्य पाउनुपर्ने थियो, समयमै मल र बीउ नपाउने, दुःख गरेर खेती गर्दा पनि उचित मूल्य नपाउने समस्या छ”, उनले भने । टीकापुरका मञ्जित रावलले सरकारले गहुँको समर्थन मूल्य समयमै नतोकेका कारण किसानले उचित मूल्य पाउन नसकेको उनले बताए । उनका अनुसार किसानले समयमै मल, बीउ नपाउने र बिक्रीका बेला पनि उचित ...
गेटामा पहिलोपटक शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयसभाको बैठक आज

गेटामा पहिलोपटक शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयसभाको बैठक आज

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
धनगढी- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयसभाको बैठक आज बस्दै छ। पहिलोपटक कैलालीको गेटामा बैठक आयोजना गर्न लागिएको हो। यसअघि भएका तीनवटा विश्वविद्यालयसभा (सिनेट) बैठक संघीय राजधानीमा सम्पन्न भएका थिए। बैठकका लागि सभा अध्यक्षसमेत रहेका शिक्षामन्त्री सस्मित पोखरेल मंगलबार नै कैलाली पुगिसकेका छन्। विश्वविद्यालयको सर्वोच्च निकायका रूपमा रहने विश्वविद्यालयसभा गठन गरिएको छ, जसको अध्यक्ष विश्वविद्यालयका सह–कुलपतिसमेत रहेका शिक्षामन्त्री हुने व्यवस्था छ। यसैगरी, सह- कुलपतिका रूपमा रहेका स्वास्थ्यमन्त्री, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री, विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष, उपकुलपति तथा गोदावरी नगरपालिकाका प्रमुखलगायत सदस्य रहने कानुनी व्यवस्था छ। विश्वविद्यालयको कुलपति भने प्रधानमन्त्री रहने प्रावधान छ। विश्वविद्यालयमा चिकित्सा शिक्षा अध्यापन सुरु ग...
कैलालीमा जबरजस्ती करणी आरोपमा युवक पक्राउ

कैलालीमा जबरजस्ती करणी आरोपमा युवक पक्राउ

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी— कैलालीमा जबरजस्ती करणी (बलात्कार) आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। जिल्लाको लम्कीचुहा नगरपालिका–८ सोनपुर का ३० वर्षीय कासिम अली जागारलाई २७ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। महिलाले दिएको जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय टीकापुर बाट खटिएको प्रहरी टोलीले उनलाई मंगलबार बेलुकी पक्राउ गरेको हो। प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।...
सुदूरपश्चिममा १६ लाखभन्दा बढी पुस्तक वितरणको तयारी, ढुवानी तीव्र

सुदूरपश्चिममा १६ लाखभन्दा बढी पुस्तक वितरणको तयारी, ढुवानी तीव्र

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, शिक्षा, समाचार, सुदूरपश्चिम
धनगढी- सुदूरपश्चिम प्रदेशमा आगामी शैक्षिकसत्र २०८३ का लागि पाठ्यपुस्तक बिक्रीवितरण कार्य तीव्र रूपमा अगाडि बढाइएको छ। प्रादेशिक कार्यालयका अनुसार स्थानीय पुस्तक बिक्रेतामार्फत वितरण भइरहेको छ भने हालसम्म करिब रु ३ करोड ७४ लाख ७० हजार बराबरको कारोबार भइसकेको छ। कार्यालय प्रमुख निर्मल कुमार यादवका अनुसार बाजुरा, दार्चुला, अछाम र बझाङ लगायत पहाडी जिल्लामा पुस्तक ढुवानी सम्पन्न भइसकेको छ। चैत ३० गतेभित्र प्रदेशका सबै नौ जिल्लामा पुस्तक पुर्‍याउने लक्ष्य राखिएको छ। दुर्गम क्षेत्रमा समेत ढुवानीलाई तीव्रता दिइएको र शैक्षिकसत्र सुरु हुनुअघि नै सबै स्थानमा पुस्तक पुग्ने विश्वास व्यक्त गरिएको छ। केन्द्रले आगामी वर्षका लागि करिब साढे १६ लाख थान पाठ्यपुस्तक वितरण गर्ने लक्ष्य लिएको छ। हाल कक्षा ३, ५ तथा ६ देखि १२ सम्मका पुस्तक बिक्रीवितरण भइरहेका छन्। चालु शैक्षिकसत्रमा सुदूरपश्चिम प्रदेशमा १६ लाख ...
भूकम्प पीडितलाई राहत दिलाउन सक्रिय ऐन महर, प्रक्रिया अघि बढ्यो

भूकम्प पीडितलाई राहत दिलाउन सक्रिय ऐन महर, प्रक्रिया अघि बढ्यो

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङ: बझाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य ऐन महर ले भूकम्प पीडितलाई राहत उपलब्ध गराउने प्रक्रिया छिट्टै अघि बढ्ने बताएका छन् । सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मा भएको छलफलपछि उनले बाँकी रहेका वास्तविक पीडितहरूको पहिचान गरी राहत रकम उपलब्ध गराउने विषयमा सकारात्मक सहमति भएको जानकारी दिएका हुन् । २०७९ र ८० सालको भूकम्पबाट प्रभावित बझाङका केही पीडित अझै छुटेको उल्लेख गर्दै सांसद महरले ती सबैलाई समेट्ने प्रक्रिया सुरु गरिने बताए। साथै, यस सम्बन्धमा जिल्ला प्रशासन कार्यालयलाई प्रक्रिया अगाडि बढाउन पत्राचार भइसकेको उनले जनाएका छन् ।...
धनगढीमा कुटपिट प्रकरण : व्यवसायीमाथि आक्रमण, पावर देखाउँदै धम्कीको आरोप

धनगढीमा कुटपिट प्रकरण : व्यवसायीमाथि आक्रमण, पावर देखाउँदै धम्कीको आरोप

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- धनगढीमा मदिरा सेवन गरेर मातेका एक व्यवसायीमाथि कुटपिट भएको घटना सार्वजनिक भएको छ। तर, घटनापछि पीडित भनिएका व्यवसायीले कानुनी उपचार खोज्नुको सट्टा ‘पावर’को दम्भ देखाउँदै विभिन्न किसिमका धम्की दिएको आरोपसमेत लागिरहेको छ। चैत १६ गते सोमबार राति करिब साढे १ बजे धनगढी–४ स्थित दक्षिणकाली मार्गको ६ लेन सडकमा व्यवसायी विकास सिङ्घल माथि कुटपिट भएको बताइएको छ। सिङ्घलले प्रदेश र जिल्लाका उच्च पदस्थ प्रहरी अधिकारीहरूसँग राम्रो सम्बन्ध रहेको दाबी गर्दै आफूले जुनसुकै बेला जे पनि गर्न सक्ने भन्दै धम्की दिएको आरोप घटनामा संलग्न भनिएका पक्षले लगाएका छन्। साथै, उनले प्रहरी अधिकारीहरूलाई सिद्धार्थ लगायतका होटलमा खानपिन गराउने गरेको दाबी पनि गरिएको छ। उनीकै घरमा भएको छलफलका क्रममा कुटपिटमा संलग्न व्यक्तिहरूको सार्वजनिक रूपमा बेइज्जत गर्न मिडियाको प्रयोग गर्ने चेतावनी दिएको आरोपसमेत लागेको छ। तर सिङ्...
घाइते प्रहरी अनिल रावलका लागि सहयोग जुट्दै : थ्री स्टार इंग्लिस बोर्डिङ स्कुलबाट नगद र निःशुल्क शिक्षाको प्रतिबद्धता

घाइते प्रहरी अनिल रावलका लागि सहयोग जुट्दै : थ्री स्टार इंग्लिस बोर्डिङ स्कुलबाट नगद र निःशुल्क शिक्षाको प्रतिबद्धता

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी - कैलालीको कैलारी गाउँपालिकामा मोटरसाइकल दुर्घटनामा परि गम्भीर घाइते भएका प्रहरी जवान अनिल रावलको उपचारका लागि विभिन्न क्षेत्रबाट सहयोग जुट्ने क्रम जारी रहेको छ। बझाङको मष्टा गाउँपालिका- १ घर भएका रावल हाल निसर्ग हस्पिटलमा भेन्टिलेटरमा राखेर उपचाररत छन्। गत चैत ११ गते ड्युटी सकेर घर फर्कने क्रममा भएको दुर्घटनापछि उनी गम्भीर घाइते भएका हुन् र उनको स्वास्थ्य अवस्था अझै जटिल रहेको चिकित्सकहरूले बताएका छन्। यसैबीच, थ्री स्टार इंग्लिस बोर्डिङ स्कुल का संस्थापक गोपाल शर्मा तथा संचालक मिरा आचार्य ले रावलको उपचारका लागि २५ हजार रुपैयाँ नगद सहयोग गरेका छन्। साथै, उनले रावलका एक छोरालाई कक्षा १० सम्म विद्यालयमा लाग्ने सम्पूर्ण शैक्षिक खर्च निःशुल्क व्यहोर्ने प्रतिबद्धता जनाएका छन्। यसअघि रावलको जीवन बचाउन विद्यार्थीहरूले समेत मानवीय संवेदनशीलता देखाउँदै आर्थिक सहयोग गरेका थिए। देशको सुरक्षाम...
दुर्घटनाबाट गम्भीर घाइते रावललाइ थ्री स्टार इङलिस बोर्डिङ स्कुलको ठूलो सहयोगhttps://kamanatoday.com/2026/04/04/18/12/39/18834/

दुर्घटनाबाट गम्भीर घाइते रावललाइ थ्री स्टार इङलिस बोर्डिङ स्कुलको ठूलो सहयोगhttps://kamanatoday.com/2026/04/04/18/12/39/18834/

Breaking News 1, कैलाली, घटना, दैनिक, मुख्य समाचार, सुदूरपश्चिम
धनगढी : गत चैत ११ गते कैलालीको कैलारी गाउँपालिकास्थित भर्री चोकमा भएको सवारी दुर्घटनामा परी गम्भीर घाडते भएका प्रहरी जवान अनिल कमार रावलको उपचारका लागि सामाजिक क्षेत्रबाट सहयोग प्राप्त हुने क्रम सुरु भइरहेको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरिया दरबन्दी भई अस्थायी ट्राफिक प्रहरी पोस्ट हसूलियामा कार्यरत रावलको दुर्घटनाबाट टाउकोमा गम्भीर चोट लागेको थियो ।  उनी विगत १० दिनदेखि धनगढीस्थित निसर्ग अस्पतालको भेन्टिलेटरमा मृत्युसँग लडिरहेका छन । उपचार खर्च निकै महँगो भइरहेको र परिवारको आर्थिक अवस्था कमजोर रहेको अवस्थामा थ्रि स्टार इङ्ग्लिस बोर्डिड स्कुलले  सहयोगको हात अगाडि बढाएको हो । विद्यालयका संस्थापक गोपाल शर्मा र सञ्चालक मिरा आचार्यले शनिबार रावलको परिवारलार्ड भेट गरी तत्काल राहत स्वरूप २५ हजार रुपैयाँ नगद सहयोग हस्तान्तरण गरेका छन । आर्थिक सहयोगका अति...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज