केदारस्यूँको भवानी माबिमा खानेपानीकाे हाहाकार, घेरवार नहुँदा सुरक्षामा चुनौती
बझाङ- बझाङको केदारस्यूँ गाउँपलिकामा रहेको भवानी माध्यमिक विद्यालयमा खानेपानी र घेरवारको समस्या भएको छ । केदारस्यूँ गाउँपालिका-१ स्थित डुडिलमा रहेको भवानी माध्यमिक विद्यालयमा लामोसमयदेखि खानेपानी र घेरवारको समस्या भएको हो ।
विद्यालयमा भएको पानी बिग्रेपछि अहिले विद्यालयमा पानीको हाहाकार भएको पाइन्छ । खानेपानी नहुँदा विद्यालयमा अध्यनरत ३ सय ५८ जनाभन्दा बढी विद्यार्थी,शिक्षक र कर्मचारी प्रभावित भएका छन् । २०३३ सालमा स्थापना भएको विद्यालयमा खानेपानी नहुँदा पठनपाठन कार्य पनि प्रभावित हुने गरेको शिक्षक रमेश रावलले जानकारी दिए । पानी अभावका कारण शिक्षक, कर्मचारी,विद्यार्थीलाई शौचालय प्रयोगमा समेत समस्या भएको शिक्षक रावलको भनाइ छ ।
शौचालयमा पनि टाढाबाट पानी बोकेर हाल्नुपर्ने हुदाँ धेरै समस्या हुने गरेको विद्यार्थीहरुको भनाई छ । विद्यालयमा पानी नहुँदा आधा एक घण्टा टाढा पानी खान जानुपर्ने हुदाँ...












