Advertisement

सुदूरपश्चिम

कैलालीमा नदीमा डुबेर एक जनाको मृत्यु

कैलालीमा नदीमा डुबेर एक जनाको मृत्यु

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- कैलालीमा नदीमा डुबेर एक जनाको मृत्यु भएको छ। जिल्लाको कैलारी गाउँपालिका–६ घर भई धनगढी उपमहानगरपालिका–९ बस्ने ४० वर्षीय राजेश चौधरीको धनगढी उपमहानगरपालिका–९ स्थित मोहना नदीमा माछा मार्ने क्रममा डुबेर मृत्यु भएको हो। डुबेर गम्भीर घाइते भएका चौधरीलाई उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढीमा लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।...
बझाङको केदारस्यूँमा रहेको जगन्नाथ माविमा शौचालय र घेरवार समस्या, जथाभावी पशुचौपायाका प्रवेशले पठनपाठन कार्य प्रभावित

बझाङको केदारस्यूँमा रहेको जगन्नाथ माविमा शौचालय र घेरवार समस्या, जथाभावी पशुचौपायाका प्रवेशले पठनपाठन कार्य प्रभावित

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, शिक्षा, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकामा रहेको जगन्नाथ माध्यमिक विद्यालयमा शौचालय र घेरवारको समस्या रहेको छ। केदारस्यूँ गाउँपालिका-४ कालङ्गा नदिको छेउम सैन्स्यूँमा रहेको जगन्नाथ माध्यमिक विद्यालयमा शौचालय र घेरवारको समस्या रहेको हो । बालकक्षा देखि १२ सम्म पठनपाठन हुने ३ सय जना विद्यार्थी अध्यनरत रहेको विद्यालयमा उपयुक्त शौचालय नहुँदा सौच गर्न समस्या हुने गरेको छ । विद्यालयका शौचालय पुरानो तथा जीर्ण बन्दै गएपछि समस्या उब्जिएको विद्यालयले जनाएको छ। विद्यालयमा उपयुक्त बालमैत्री शौचालय नहुँदा विशेषगरी छात्र भन्दाबढी छात्रालाई समस्या हुनेगरेको कक्षा ९ मा अध्ययनरत छात्र रितिश मल्लले बताए । शौचालय अभावका कारण सेनेटरी प्याड परिवर्तन, फोहोर व्यवस्थापन तथा गोपनीयता जस्ता आधारभूत आवश्यकता पूरा हुन नसक्दा छात्राहरू विद्यालय आउन नै हिचकिचाउने गरेका शिक्षकहरूको भनाइ छ । विद्यालयमा गोपनीयता र स्वच्छता...
चुरे गाउँपालिका–२ मा युवा टोलीद्वारा संकलित रकम पीडितलाई हस्तान्तरण

चुरे गाउँपालिका–२ मा युवा टोलीद्वारा संकलित रकम पीडितलाई हस्तान्तरण

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- कैलालीको चुरे गाउँपालिका–२ का विभिन्न पीडित परिवारका लागि स्थानीय युवाहरूले सञ्चालन गरेको सहयोग अभियानबाट संकलित रकम हस्तान्तरण गरिएको छ। मनोज साउद लगायतको युवा टोलीको पहलमा सुरु गरिएको अभियानमार्फत संकलित करिब ६६ हजार रुपैयाँभन्दा बढी रकम आर्थिक अभावमा रहेका तीन घरपरिवारलाई सहयोग गरिएकाे हो। कड्कीरीका करी पार्की, पारु पार्की र छोरा खड्क पार्की परिवारको दयनीय अवस्थालाई मध्यनजर गर्दै सुरु गरिएको अभियानबाट संकलित १७ हजार ७७० रुपैयाँ स्थानीय सरकारको रोहवरमा हस्तान्तरण गरिएको छ। साथै तीनै सदस्यलाई चिसो मौसमका लागि जाकेट समेत वितरण गरिएको थियो। त्यसैगरी, चुरे गाउँपालिका–२ बन्तपुरका राम साउदका १० वर्षीय छोरा योगेन्द्र साउद गाईबाख्रा चराउन जाँदा भिरबाट लडेर गम्भीर रूपमा घाइते भएपछि उपचारका लागि आर्थिक अभाव भएको परिवारलाई लक्षित गरी अर्को अभियान सञ्चालन गरिएको थियो। ललित दियाकोटी र मन...
दुर्गाथली गाउँपालिकामा वडा स्तरमा नागरिक गुनासो सम्बन्धी कार्यक्रम सम्पन्न

दुर्गाथली गाउँपालिकामा वडा स्तरमा नागरिक गुनासो सम्बन्धी कार्यक्रम सम्पन्न

बझाङ, समाचार
बझाङ । दुर्गाथली गाउँपालिकामा वडा स्तरमै नागरिक गुनासोसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम निड्स नेपाल र सुरक्षा नागरिक समाज सञ्जालको आयोजनामा, युरोपियन युनियन तथा संयुक्त राष्ट्रसंघको सहयोगमा, र दुर्गाथली गाउँपालिकाको समन्वयमा गरिएको हो । पालिकाका वडा नं. १ देखि ७ सम्मका सबै विद्यालयहरूमा पुगेर आयोजित यस कार्यक्रमले विद्यार्थीहरूबाट विद्यालय तथा स्थानीय सेवा-सुविधासँग सम्बन्धित गुनासा, सुझाव र समस्याहरू संकलन गरेको छ । कार्यक्रममा विद्यार्थीहरूको मात्र सहभागिता रहेको थियो। उनीहरूले सिकाइ सामग्रीको उपलब्धता, भौतिक पूर्वाधार, शैक्षिक वातावरण, शिक्षकको व्यवस्थापन, स्वास्थ्य–स्वच्छता तथा विद्यालयस्तरमा देखिने अन्य चुनौतीबारे आफ्ना विचार प्रस्तुत गरे । आयोजक संस्थाहरूका प्रतिनिधिहरूका अनुसार विद्यार्थीहरूले राखेका गुनासा तथा सुझावहरूलाई पालिकासँग साझा गरिने र सम्भव हुने सुधारहरू...
कञ्चनपुरमा हात्तीको आक्रमणबाट गम्भीर घाइते भएकी महिलाको मृत्यु

कञ्चनपुरमा हात्तीको आक्रमणबाट गम्भीर घाइते भएकी महिलाको मृत्यु

Breaking News 1, कन्चनपुर, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर- कञ्चनपुरमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। मंगलबार भीमदत्त नगरपालिका-१४ बनकट्टीमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएको हात्तीले घर भत्काउने क्रममा ४५ वर्षीया धना विष्टलाई आक्रमण गरेको प्रहरीले जनाएको छ। हात्तीको आक्रमणबाट गम्भीर घाइते विष्टको महाकाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा निधन भएको थियो। निकुञ्ज क्षेत्रमा हात्तीको आक्रमणबाट हरेक वर्ष मानिसको मृत्यु हुने गरेको छ । प्रहरीले स्थानीयलाई वन्यजन्तुबाट सावधानी अपनाउन तथा जोखिम क्षेत्र नजिक रातको समयमा सतर्क रहन आग्रह गरेको छ ।...
सेवानिवृत प्रधानाध्यापक जोशीको बिदाई

सेवानिवृत प्रधानाध्यापक जोशीको बिदाई

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, शिक्षा, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको बित्थडचिर गाउँपालिका ७ मा रहेको भुमिराज आधारभु विद्यालयका सेवानिवृत प्रधानाध्यापक देवदत्त जोशीको बिदाई गरिएको छ । ४० वर्ष लामो शिक्षण पेशाबाट मंसिर २ गतेदेखि उमेरहदका कारण अनिवार्य अवकास भएपछि जोशीको आइतबार एक समारोहका बीच बिदाई तथा सम्मान गरिएको हो । बित्थडचिर गाउँपालिका उपाध्यक्ष धनलक्ष्मी सिंह मल्लको प्रमुख आतिथ्यता र विद्यालय व्यवस्थापन समिति अध्यक्ष रघुनाथ जोशीको अध्यक्षतामा विद्यालयमा औपचारिक कार्यक्रमको आयोजना गरि सेवानिवृत प्रधानाध्यापक जोशीको विदाई कार्यक्रम सम्पन्न गरिएको विद्यालयका शिक्षक भक्त अधिकारीले जानकारी दिए । २०२२ साल मंसिर २ गते साविक सुनकुडा गाविस ६, हालको बित्थडचिर गाउँपालिका ७ टुडिखाणमा बुबा हरिलाल जोशी तथा आमा नन्दा देवी जोशीको कोखबाट जन्मिनु भएका जोशी २०४२ सालदेखि शिक्षण पेसामा अवद्ध भए । एसएलसी पास गरि सुनकुडा माध्यामिक विद्यालयमा सट्टा शिक्षकको रुप...
देउराबासीद्वारा इलाका प्रशासन कार्यालय हुकुमी शैलीमा सारिएको भन्दै गृह मन्त्रालयलाई ज्ञापनपत्र

देउराबासीद्वारा इलाका प्रशासन कार्यालय हुकुमी शैलीमा सारिएको भन्दै गृह मन्त्रालयलाई ज्ञापनपत्र

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- केदारस्यूँ गाउँपालिका-१ देउराबासीले इलाका प्रशासन कार्यालय हुकुमी शैलीमा सारिएको भन्दै गृह मन्त्रालयलाई ज्ञापनपत्र बुझाएका छन् । एकपटक इलाका प्रशासन कार्यालय देउरा भनेर परिपत्र आएको तर अहिले हुकुमी शैलीमा केदारस्यूँ गाउँपालिका-९ झोता सारिएको भन्दै गाउँपालिका मार्फत ज्ञापनपत्र बुझाएका हुन् । आइतबार संयुक्तरूपमा देउराबासीले सरकारले कार्यालय स्थापना हुने सेवा क्षेत्रमा विवाद हुँदाहुँदै कुनैपनि छलफल तथा सहमति नगरि हुकुमी शैलीमा झोता तोकेको प्रति कडा आपत्ति जनाएका छन् । कार्यालय स्थानान्तरणको प्रक्रिया पूर्ण रूपमा एकल निर्णय, पक्षपातपूर्ण चलखेल र राजनीतिक स्वार्थका आधारमा गरिएको आरोप उनीहरूले लगाएका छन्। यहीँ ३ गते  इलाका प्रशासन कार्यालय झोतामा स्थापनाको लागि अर्थ मन्त्रालयले सहमति दिएको छ । त्यस्तै आजै उनीहरूले जिल्ला प्रशासन कार्यालयलाई पनि ज्ञापनपत्र कार्यक्रम तय गरेका छन् । देउरा ...
बझाङको झोतामा इलाका प्रशासन कार्यालय स्थापना गर्न अर्थ मन्त्रालयको सहमति, देउराबासी आक्रोशित

बझाङको झोतामा इलाका प्रशासन कार्यालय स्थापना गर्न अर्थ मन्त्रालयको सहमति, देउराबासी आक्रोशित

Breaking News 1, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको झोतामा इलाका प्रशासन कार्यालय स्थापनाको लागि अर्थ मन्त्रालयले सहमति दिएको छ । भौगोलिक कठिनाई र सेवाग्राहीलाई सहज रुपमा प्रशासनको सेवा प्रवाह गर्न केदारस्यूँ गाउँपालिका ९ झोता वा वडा नं १ देउरामा इलाका प्रशासन कार्यालय स्थापनाको लागी लामो समय देखि माग हुँदै आएकोमा गत भाद्रमा सरकारले कार्यालय स्थापनाको लागि पक्रिया अगाडी बढाएको थियो । सोही अनुसार मंसिर ३ गते बसेको मन्त्रीपरिषद्को निर्णय अनुसार बझाङ क्षेत्र नं २ को झोतामा इलाका प्रशासन कार्यालय स्थानपनाको लागि अर्थ मन्त्रालयले स्वकृति दिएको हो । मन्त्रालयले बझाङको झोतासहित अन्य १० वटा इलाका प्रशासन कार्यालय स्थापनाको स्वकृति छ । झोतामा इलाका प्रशासन कार्यालय स्थापना भएपछि जिल्लाको बुङ्गल नगरपालिका, बित्थडचिर गाउँपालिका, केदारस्यूँ गाउँपालिका, दुर्गाथलि गाउँपालिका र थलारा गाउँपालिकाका नागरीकहरुलाई सेवा लिन सहज हुने छ । गृह ...
छबिसपाथिभेरा गाउँपालिकामा आइतबार शोक विदा

छबिसपाथिभेरा गाउँपालिकामा आइतबार शोक विदा

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिकाले आइतबार शोेक विदा दिएको छ । गाउँपालिका पसुसेवा शाखा अन्र्तगत वडा नं ७ मा भेटेनरी प्राविधिकका रुपमा कार्यरत कटक बहादुर धामीको निधनमा शोक बिदा दिने निर्णय गरेको हो । छबिसपाथिभेरा गाउँपालिका ७ बुड्खोरीका ३० वर्षीया धामीको हृदयाघातका कारण शुक्रबार राति निधन भएको थियो । पालिकाले आज एक शोक बक्तव्य जारी गर्दै आइतबार एक दिन शोक बिदा दिएको जनाएको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत संजय कुमार यादवद्धारा हस्ताक्षरित शोक बक्तव्य भनिएको छ, मंसिर ७ गते आइतबारका दिन गाउँपालिका कार्यालय, वडा कार्यालयहरु, स्वास्थ्य संस्थाहरु तथा सामुदायिक विद्यालयहरुमा शोक बिदा दिने निर्णय भएको छ ।...
बैतडीका चन्द भरुवा बन्दुकसहित पक्राउ

बैतडीका चन्द भरुवा बन्दुकसहित पक्राउ

Breaking News 1, ताजा अपडेट, बैतडी, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बैतडी- बैतडीमा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पञ्चेश्वर गाउँपालिका–४ हल्दुविनायकका ४१ वर्षीय गम्भिर चन्द रहेका छन् । चन्दको साथबाट एक थान बन्दुक सहित दुई डब्बा बारुद, चार बट्टा ठुलो छर्रा, ३१ वटा सानो छर्रा र एक बट्टा केभ नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलदेव बडूले बताए । गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको सादा पोसाकको प्रहरी टोली र हल्दुविनायकको प्रहरी चौकीको समन्वयमा शुक्रवार दिउँसो चन्दलाई पञ्चेश्वर गाउँपालिका–४ कै हल्दुविनायकमा पर्ने महाकाली करिडोर सडक खण्डबाट पक्राउ गरिएको थियोे । पक्राउ परेका चन्दलाई जिल्ला प्रहरी कार्यालयमा ल्याइएको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
बाजुरामा १२ वटा मतदान केन्द्र थप गर्न सिफारिस

बाजुरामा १२ वटा मतदान केन्द्र थप गर्न सिफारिस

Breaking News 1, ताजा अपडेट, बाजुरा, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
बाजुरा-  बाजुरामा १२ वटा मतदान केन्द्र थप गर्न सिफारिस गरिएकाे छ । जिल्ला निर्वाचन कार्यालय बाजुराले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लाका चार स्थानीय तहमा १२ वटा मतदान केन्द्र थप गर्न निर्वाचन आयोगमा सिफारिस गरेकाे हाे । जिल्ला निर्वाचन कार्यालय बाजुराका निमित्त प्रमुख अंगत महतका अनुसार स्वामीकार्तिक खापर गाउँपालिका १ मा २ वटा, वडा नम्बर ३ मा २ वटा, हिमाली गाउँपालिका १ बिच्छ्यामा एक, वडा नम्बर ५ मा एक र वडा नम्बर ६ मा २ वटा मतदान केन्द्र सिफारिस गरिएको छ । त्यस्तै उनले त्रिवेणी नगरपालिका ८ मा २ वटा र बुढीनन्दा नगरपालिका ३ मा २ वटा मतदान केन्द्र थप गर्न निर्वाचन आयोगमा सिफरिस गरिएको बताए । यस्तै महतले जिल्लाको बुढीगंगा नगरपालिका वडा नम्बर २, ३, ५ र ९ मतदान केन्द्रलाई सम्बन्धित वडाको वडा कार्यालयमा स्थानान्तरणका लागि आयोगमा सिफारिस गरिएको जानकारी दिए । चार गाउँप...
गेटामा पूर्ण क्षमताको अस्पताल चलाउन माग गर्दै स्वास्थ्य मन्त्रीलाई ज्ञापनपत्र

गेटामा पूर्ण क्षमताको अस्पताल चलाउन माग गर्दै स्वास्थ्य मन्त्रीलाई ज्ञापनपत्र

Breaking News 1, ताजा अपडेट, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
धनगढी- कैलालीकाे सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय गेटामा पूर्ण क्षमतामा अस्पताल सञ्चालनको माग गर्दै स्वास्थ्य मन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ। शुक्रवार स्वास्थ्य तथा जनसंख्या मन्त्री डाक्टर सुधा शर्मालाई मन्त्रालयमै भेटेर सहिद दशरथ चन्द राष्ट्रिय विज्ञान विश्वविद्यालय सरोकार तथा समन्वय समितिको तर्फबाटबाट लोगराज पाण्डे लगायतले मन्त्री शर्मा र स्वास्थ्य सचिव डाक्टर विकास देवकोटालाई ज्ञापनपत्र बुझाएका हुन्। सरोकार समितिले गेटामा तत्काल ६ सय शय्याको अस्पताल चलाउन माग गरेको छ। यस्तै चिकित्सा अध्ययन छिटो सुरू गर्न तथा उपकुलपति र रजिस्ट्रार लगयतका पदाधिकारीसेमत यथाशीघ्र नियुक्त गर्न माग गरिएको संयोजक पाण्डेले बताए।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज