कञ्चनपुरको दैजी-छेला औद्योगिक क्षेत्र स्थापनाको काम अझै सुरु हुन सकेन्, शिलान्यासको चार वर्ष बित्यो
महेन्द्रनगर- तीस वर्षअघि २०५२ सालमा प्रस्ताव भएको कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्र स्थापनाको काम अझै सुरु हुन सकेको छैन। विक्रम संवत् २०७७ फागुनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नुभएको साढे चार वर्ष बितिसक्दा पनि सरकारी प्रक्रियागत ढिलाइका कारण अझै ‘फिल्ड’मा काम सुरु हुन सकेको छैन।
दैजीछेला औद्योगिक क्षेत्र सम्पर्क कार्यालयका प्रमुख प्रदीप पराजुलीले औद्योगिक क्षेत्र स्थापनाका लागि रूख कटान अनुमतिको प्रक्रियामा रहेकाले ढिलाइ भइरहेको बताए। नेपालगञ्ज औद्योगिक क्षेत्र व्यवस्थापन लिमिडेट शाखा कार्यालय नेपाल औद्योगिक क्षेत्रले दैजी औद्योगिक क्षेत्रको काम हेर्छ। औद्योगिक क्षेत्र शिलान्यास भएको ठीक एक वर्षपछि दैजीमा औद्योगिक क्षेत्रको कार्यालय २०७९ फागुनमा स्थापना गरिएको हो। कार्यालय स्थापना भए पनि कार्यालय सहयोगीको भरमा औद्योगिक क्षेत्रको सम्पर्क कार्यालय सञ्चालनमा छ...












