Advertisement

केदारस्यूँको भवानी माबिमा खानेपानीकाे हाहाकार, घेरवार नहुँदा सुरक्षामा चुनौती

Advertisement

बझाङ- बझाङको केदारस्यूँ गाउँपलिकामा रहेको भवानी माध्यमिक विद्यालयमा खानेपानी र घेरवारको समस्या भएको छ । केदारस्यूँ गाउँपालिका-१ स्थित डुडिलमा रहेको भवानी माध्यमिक विद्यालयमा लामोसमयदेखि खानेपानी र घेरवारको समस्या भएको हो ।

विद्यालयमा भएको पानी बिग्रेपछि अहिले विद्यालयमा पानीको हाहाकार भएको पाइन्छ । खानेपानी नहुँदा विद्यालयमा अध्यनरत ३ सय ५८ जनाभन्दा बढी विद्यार्थी,शिक्षक र कर्मचारी प्रभावित भएका छन् । २०३३ सालमा स्थापना भएको विद्यालयमा खानेपानी नहुँदा पठनपाठन कार्य पनि प्रभावित हुने गरेको शिक्षक रमेश रावलले जानकारी दिए । पानी अभावका कारण शिक्षक, कर्मचारी,विद्यार्थीलाई शौचालय प्रयोगमा समेत समस्या भएको शिक्षक रावलको भनाइ छ ।

शौचालयमा पनि टाढाबाट पानी बोकेर हाल्नुपर्ने हुदाँ धेरै समस्या हुने गरेको विद्यार्थीहरुको भनाई छ । विद्यालयमा पानी नहुँदा आधा एक घण्टा टाढा पानी खान जानुपर्ने हुदाँ पढाईमा बाधा हुने गरेको कक्षा ९ मा अध्ययनरत छात्रा राधिका बोहराको दुखेसो छ । विद्यालयमा पानी अभावले आफुहरु भन्दा धेरै सानो कक्षामा पढ्ने भाईबहिनीहरुलाई असहज भएको कक्षा १० मा अध्ययनरत छात्र मुकेश धामीले बताए ।

उक्त्त विद्यालयमा पहिले जर्मन विकास सहयोग (जिआइजेठ) संस्थाले ल्याइदिएको पानी अहिले त्यो बिग्रेबाट करिब ३ वर्ष यता पानीको अभाव रहेको छ । विद्यालयमा खानेपानी पानी छैन, पानीका लागि ५ किलोमिटर टाढा जानुपर्ने बाध्यता छ प्रधानाध्यापक दल बहादुर बोहराले भने,विद्यालयको पानी अवरुद्ध भएपछि समुदायको धाराको पानीको प्रयोग गर्दैआएको थियौं,उक्त धारामा समेत पानीको कमी हुनथालेपछि समस्या झन जटिल बनेको हो ।

पानीको समस्या हल गर्नका निम्ति केही समयअघि विद्यालयले गाउँपालिका मार्फत ४ सय मिटर पाइप मागेर पानी सुधार गरेपनि फेरि समस्या उस्तै रहेको छ । पानीको मुहानमा उपयुक्त ट्याङ्की नहुँदा जथाभावी फोहोर ट्याङ्की भित्री र पाइपमा पस्दा बारम्बार पानी अवरुद्ध हुने गरेको विद्यालयले जनाएको छ ।

घेरवार नहुँदा सुरक्षामा चुनौती

विद्यालयमा घेरवार नहुँदा सुरक्षामा समेत चुनौती थपिएको छ । बालकक्षा देखि १० सम्म अध्यापन हुने विद्यालयमा घेरवार नहुँदा जथाभावी रुपमा पशुचौपाय आवतजावत गर्दा समस्या भएको विद्यालय जनाएको छ । त्यस्तै घेरवार अभावकै कारणले भौतिक संरचना तोडफोडको जोखिम समेत तिब्र छ ।
विद्यालय घेरवार विहिन हुँदा दिउँसो जथाभावी पशुचौपाया आवतजावतको कारण पढाइमा समेत बाधा हुने गरेको शिक्षक कमल विकले बताए । उनका अनुसार जथाभावी आवतजावतले सरसफाइमा पनि समस्या थपिएकाे छ ।
विद्यालय स्थापना पश्चात् स्थानीय जनसमुदायले विद्यालयमा घेरवार निर्माण गरेको भएपनि अहिले जिर्ण भएर भत्किदा समस्या थपिएको हाे।

उक्त विद्यालयमा केदारस्यूँ गाउँपालिका-१ र ९ का विद्यार्थी अध्यन गर्ने गरेका छन् । विद्यालयको दयनीय अवस्था बारे सम्बन्धि निकायको ध्यानाकर्षण नभएको स्थानीय जनसमुदायको गुनासो छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बझाङका युवा नेता कमल थापाद्वारा विप्लव नेतृत्वको नेकपाबाट राजीनामा

बझाङका युवा नेता कमल थापाद्वारा विप्लव नेतृत्वको नेकपाबाट राजीनामा

धनगढी- विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपा माओवादीका नेता कमल थापाले पार्टीको सदस्यता तथा सम्पूर्ण संगठनात्मक जिम्मेवार...
नेपाल–भारत सीमामा बढ्दो कडाइले सर्वसाधारण मारमा

नेपाल–भारत सीमामा बढ्दो कडाइले सर्वसाधारण मारमा

  नेपालगञ्ज, जेठ १८ — नेपाल–भारत खुला सीमाको विशेषता नै दुई देशका नागरिकबीचको सहज आवतजावत मानिँदै आएको छ। तर पछिल्लो समय स...
केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले स्थानीय स्तरमै पाइने कच्चापदार्थको सदुपयोग गर्दै अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी ...
अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछामको रामारोशन गाउँपालिका–६ भटाकाटीयमा सडक तथा यातायातको उचित पहुँच नहुँदा स्थानीयवासी अझै बिरामीलाई पिठ्युँमा बोकेर स्वास्थ्य सं...
विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ खोरीस्थित सुर्योदय आधारभूत विद्यालयमा प्लास्टिक टनेल निर्माण गरिएको छ । विद्यालय र खोलापार...
आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

धनगढी- देश निर्माणका लागि सक्षम नेतृत्व चाहिन्छ , जसमा सचेत नागरिक र सही निर्णय अत्यन्त आवश्यक मानिन्छ। तर हाम्रो समाजमा एउटा खतरन...
सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

धनगढी- अछामको बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष टेक बहादुर साउँदमाथी सरकारी सम्पत्तिमा रजगजको आरोप लागेको छ । नियम बिपरित दोह...
कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

धनगढी- कैलालीको गोदावरी नगरपालिकामा रहेको कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय अत्तरियाको आयोजनामा एक दिने केन्द्र...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज