Advertisement

सुदूरपश्चिम

धनगढीका ५ क्लिनिकमा औषधि बिभागको ताला

धनगढीका ५ क्लिनिकमा औषधि बिभागको ताला

कैलाली, सुदूरपश्चिम, स्वास्थ्य
औषधी व्यवस्था विभागले धनगढी उपमहानगरपालिका क्षेत्रका पाँच वटा औषधि पसलमा ताला लगाएको छ । शुक्रबार र शनिबार गरिएको अनुगमन निरीक्षणका क्रममा दर्ता नगरी सञ्चालन गरिएका दुई वटा औषधि पसलमा शिलबन्दी गरेको छ भने दुई क्लिनिकमा निलम्बन गरेको छ । एउटा क्लिनिकको सञ्चालक नभएकाले तत्काल बन्द गराइएको औषधी व्यवस्था विभाग नेपालगञ्जका फार्मेसी निरीक्षक दीपेन्द्रकुमार शाहले जानकारी दिए । दर्ता बिना सञ्चालन गरिएको धनगढी उपमहानगरपालिका–३ को अर्जुन क्लिनिक र धनगढी–१४ को प्रतिभा क्लिनिक शिलबन्दी गरिएको जानकारी दिए । शाहले खुद्रा औषधी पसलमा बिक्री वितरणमा रोक लगाएको औषधी सञ्चय गरेको धनगढी–४ को आर्दश मेडिकल हलमा ताला लगाएर १४ दिन, दर्ता नभएको औषधी बिक्री गर्ने स्वप्निल मेडिकल हललाई ७ दिनका लागि निलम्बन गरिएको बताए । उनकाअनुसार धनगढीको अस्पताल लाइनमा रहेको रघु मेडिकल स्टोरको सञ्चालक नभएको कारण तत्काल ...
सोमवारसम्म पानीपर्ने सम्भावना : बाढी पहिरोको जोखिम भएकाले सावधानी अपनाउन आग्रह

सोमवारसम्म पानीपर्ने सम्भावना : बाढी पहिरोको जोखिम भएकाले सावधानी अपनाउन आग्रह

मुख्य समाचार, सुदूरपश्चिम
काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि पानी परेको छ । अहिले सामान्य वर्षा भए पनि दिउँसादेखि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक/दुई ठाउँमा हल्कादेखि मध्यम वर्षा भैरहेको छ । दिउँसो कोशी, मधेस, बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा मेघ गर्जन र चट्याङसहित ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् रोजन लामिछानेले बताउनुभयो । उहाँका अनुसार आज राति कोशी, मधेस, बाग्मती, गण्डकी, लुम्बिनी प्रदेशका थोरै ठाउँ र बाँकी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ । मौसम पूर्वानुमान महाशाखाले पर्सि सोमवारसम्म नै देशका विभिन्न भागमा सरदरभन्दा धेरै पानी पर्ने सम्भावना रहेकोले बाढी/पहिरो र भेलपहिरोको जोखिम हुन सक्ने भन्दै सत...
कैलालीमा बाढिको प्रकोप, भजनी र टिकापुरमा विद्यालयमा समेत प्रभाव

कैलालीमा बाढिको प्रकोप, भजनी र टिकापुरमा विद्यालयमा समेत प्रभाव

कैलाली, समाचार
गत सोमबारदेखि परेको अविरल वर्षापछि आएको बाढीले भजनी नगरपालिका-८ का किसान रमेश चौधरीको दुई बिघा जमिन कटानमा परेको छ। बाढीले गाँज हाल्दै गरेको धानबाली बाढीले नष्ट गरिदिएको भन्दै उनले चिन्ता व्यक्त गरे।  'बाढीले घरमा भएका अन्नपात पनि भिजायो, खेतको धानबाली पनि नष्ट ग¥यो', उनले भने। बाढीले उनको मात्रै होइन भजनी वडा नं ३ र ८ का अधिकांश किसानको धानबाली नोक्सान गरेको छ। भजनी नगरपालिकाले पालिकामा छ हजार हेक्टरमा लगाएको धानबाली नष्ट भएको जानकारी दिएको छ। जसमध्ये वडा नं ३ र ८ मा सबैभन्दा धेरै धानबाली नोक्सानी भएको भजनी नगरपालिकाका कृषि शाखा प्रमुख सुशोभन अधिकारीले बताए।  विज्ञापन 'नगरको वडा नं ३, ५, ६, ७ र ८ मा गरी छ हजार हेक्टर क्षेत्रफलको धानबालीमा नोक्सानी भएको छ', उनले भने, 'धानबाली बाढीमा डुबेको छ। कतिपयको बालीमा बालुवा, माटो थुपारिएको छ।' भजनी नगरपालिकाका यी वडामा १२ हजार...
८९ बर्षमा नागरिकता

८९ बर्षमा नागरिकता

बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङ / प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले घरमै नागरिकता दिएका छन । सदरमुकाम चैनपुर देखि करिव दुई घण्टाको दूरीमा मष्टा गाउँपालिका रहेको छ । मष्टा गाउँपालिकाको कार्यालय भातेखोला गाउँमै पर्छ । गाउँमा हुनुहुन्छ, ८९ वर्षीया गिठीदेवी जोशी जसले नागरिकता अहिलेसम्म पाएकै थिएन गिठीदेवीले शुक्रबार मात्रै नागरिकता पाउनुभयो भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । सदरमुकाम नजिकै बस्नेले जन्मेको नौ दशकसम्म पनि नागरिकता नपाएकोबारे मनमा प्रश्न उब्जनु स्वाभाविक हो तर, प्रश्नको जवाफ सोही गिठीदेवी हुनुहुन्छ । उहाँ नागरिकताको आवश्यकताबारे थाहा नहुँदा नागरिकता बिहीन हुनुहुन्थ्यो । सरकारले दिने सेवाबारे उहाँ जानकार हुनुहुन्नथ्यो जसले उहाँ सरकारबाट प्राप्त हुने सेवा सुविधाबाट वञ्चित हुनुपरेको थियो । प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयको टोलीले घरमै गएर नागरिकता दिएपछि भने प्रशासनको कामप्रति स्थानीय ...
सुदूरपश्चिमका पहाडी जिल्ला जोड्ने भिमदत्त राजमार्ग अवरुद्ध

सुदूरपश्चिमका पहाडी जिल्ला जोड्ने भिमदत्त राजमार्ग अवरुद्ध

कैलाली, समाचार, सुदूरपश्चिम
सुदूरपश्चिमका पहाडी जिल्ला जोड्ने भिमदत्त राजमार्ग अवरुद्ध भएको छ भिमादत्त राजमार्ग अन्तर्गत कैलालीको बुढीतोला क्षेत्रमा पहिरोले केही सडक भासिँएपछि र माथी बाट निरन्तर आएको पहिरोले गर्दा यातायात अवरुद्ध सँगै आवतजावत कठिनाइ भएको हो । साेमवार देखि परेको अबिरल बर्षाका कारण सडक माथी बाट पहिरो खसेर सोमबार देखी सडक रूपमा अबरुद्ध भएको थियो । सुदूरपश्चिमका पहाडी जिल्ला बैतडी,दार्चुला, डडेल्धुरा, बझाङ, डोटी,अछाम र बाजुरा आउने सवारी साधन र तराईका जिल्ला बाट पहाड तिर जाने तथा काठमाण्डौंका लागि छुटेको सवारी साधन बीचबाटोमै रोकिएका छन । सडक नबन्दा आउने जाने यात्रु हरुलाई भने एकदमै कठिन भैरहेको छ । पहिरो आएको क्षेत्रबाट करिब १ किलोमिटर माथी भिर को बाटो १ देखि डेढ घण्टा पैदल हिडेर जोखिमपुर्ण यात्रा गर्न बाध्य भएका छन । वारिपारी गाडी हरु मिलेता पनि यात्रा निकै कष्टकर भएको र सामान ढुवानी गर्...
बैतडीकी अनिताको  छाउगोठमा सर्पको टोकाइबाट ज्यान गयो

बैतडीकी अनिताको छाउगोठमा सर्पको टोकाइबाट ज्यान गयो

बैतडी, मुख्य समाचार, सुदूरपश्चिम
बैतडीमा सर्पको टोकइबाट एक किशोरीको मृत्यु भएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिका–४ फ्याउलीकी १६ वर्षीया अनिता चन्दको सर्पको टोकाइबाट मृत्यु भएको हो । महिनावारी भएको बेला गोठमै सुतिरहेको अवस्थामा अनितालाई मंगलबार राती सर्पले टोकेको र बुधबार बिहान उनको मृत्यु भएको वडा नं ४ को कार्यालयमा कार्यरत ईएमआइएस अपरेटर समेत रहनु भएका स्थानीय प्रेम बहादुर चन्दले जानकारी दिए । ‘महिनावारी भएको ४ दिन भएको रहेछ, गाई र्भैँसीकै गोठमा सुतेकी रहिछन्, आफन्त चन्दले भने, मध्यराती सर्पले टोकेर घाइते बनाएको हो, आफन्तले बैद्यलाई बोलउँन गएको समयमा उनको घरमै मृत्यु भयो’ । किशोरी अनिता नजिकैको जवलपुर मावि सैलोडामा कक्षा ९ मा अध्यानरत थिइन् ।  महिनावारी भएको बेला अधिकांश महिला तथा किशोरीहरु गोठमै सुत्ने गरेको स्थानीय चन्दले बताएका छन् । ‘देविदेवताको डरका कारण केहि महिला तथा किशोरीहरु गोठमा सुत्छन्, केहि घरमा ...
एक युवाले गाउँ बाट सुरु गरेको को राजनीति नेपाल विद्यार्थी संघ को केन्द्रीय सदस्य सम्म

एक युवाले गाउँ बाट सुरु गरेको को राजनीति नेपाल विद्यार्थी संघ को केन्द्रीय सदस्य सम्म

बझाङ, राजनीति, सुदूरपश्चिम
दुर्गम जिल्ला बझाङ को एक निकै विकट मस्टा गाउपालिका को कोटदेवल को एक सामान्य परिवारमा बस्ने बुवा टेक बहादुर खड्का र आमा जला देबी खड्का को कोख बाट जन्म लिएका उत्तम कुमार खड्का भातेखोला कुल मस्ट्रजङ्ग उ.मा.बी नेपाल विद्यार्थी संघ को अध्यक्ष बाट सानै उमेर देखि सुरु गरेको को राजनीति नेपाल विद्यार्थी संघ को केन्द्रीय सदस्य सम्म पुगेको छ । खड्का नेपाली काङ्ग्रेस को पृष्ठभुमि भएको घरपरिवार बाट हुर्कदै आएका हुन । उनले सानै बाल्यकाल देखि नै राजनीति मा चासो भएको र पछि बझाङ जिल्ला को कुल मस्ट्रजङ्ग उमावि को ने.बि.संघ अध्यक्ष देखि कुमारी इन्जिनियरिङ्ग कलेज बौद्ध ने.बि.संघ अध्यक्ष हुदै ने.बि.संघ को CTEVT केन्द्रिय उपाध्यक्ष हुँदै गर्दा गत मंसिर ४ गते भएको सघं र प्रदेश निर्वाचन मा गठबन्धन को तर्फबाट बझाङ जिल्ला को संयोजक को जिम्मेवारी पाएर आफ्नो अमुल्य भुमिका निर्वाह गर्दै गठबन्धन लाई जिताएको पनि ...
सडक भासिदा सुदूरपश्चिममा यातायात ठप्प

सडक भासिदा सुदूरपश्चिममा यातायात ठप्प

सुदूरपश्चिम
सुदूरपश्चिमका पहाडी जिल्ला जोड्ने भिमदत्त राजमार्ग अवरुद्ध भएको छ ।भिमादत्त राजमार्ग अन्तर्गत कैलालीको  खानीडाँडा र बुढीतोला क्षेत्रमा पहिरोले सडक भासिँएपछि यातायात अवरुद्ध सँगै आवतजावत ठप्प भएको हो ।  साेमवार देखि परेको अबिरल बर्षाका कारण सडक माथी बाट पहिरो खसेर रातीदेखी सडक पुर्ण रूपमा अबरोध भएको हो ।  सुदूरपश्चिमका पहाडी जिल्ला बैतडी,दार्चुला, डडेल्धुरा, बझाङ, डोटी,अछाम र  बाजुरा आउने सवारी साधन र तराईका जिल्ला बाट पहाड तिर जाने तथा काठमाण्डौंका लागि छुटेको सवारी साधन बीचबाटोमै रोकिएका छन् ।...
एसईई ग्रेडवृद्धि परीक्षाका लागि बझाङमा ४ केन्द्र निर्धारण, कहाँ तोकिए केन्द्र ?

एसईई ग्रेडवृद्धि परीक्षाका लागि बझाङमा ४ केन्द्र निर्धारण, कहाँ तोकिए केन्द्र ?

बझाङ, शिक्षा
माध्यमिक शिक्षा परीक्षा (एसईई)को ग्रेडवृद्धि परीक्षाका लागि बझाङमा परीक्षा केन्द्र निर्धारण गरिएका छन् । जिल्ला परीक्षा समन्वय समितिले एसईई ग्रेड वृद्धि परीक्षाका लागि ४ ओटा केन्द्र निर्धारण गरेको शिक्षा विकास तथा समन्वय इकाइ बझाङका परीक्षा शाखा प्रमुख जनक रोकायाले जानकारी दिनुभयो । जिल्लाको सत्यवादि माध्यमिक विद्यालयमा क र ख गरेर दुईवटा केन्द्र, जालपा माध्यमिक विद्यालय देवल र बालविकास माध्यमिक विद्यालय गोलाईमा केन्द्र तोकिएको रोकायाले बताउनुभयो । यही साउन २६ र २७ गते हुने एसईई ग्रेडवृद्धि परीक्षमा जिल्लाभरबाट १७ सय ४० जना परीक्षार्थी सहभागी हुनेछन् । अंग्रेजी वा अंग्रेजी बाहेक एकमात्रै बिषयको परीक्षा दिने परीक्षार्थीहरुको परीक्षा साउन २६ मा सञ्चालन हुनेछ भने दुई बिषयको परीक्षा दिने परीक्षार्थीको हकमा सानो कोडको बिषयको परीक्षा साउन २६ र ठूलो कोडको बिषयको परीक्षा २७ गते सञ्चालन हुने...
खोलाले गाउँनै कटान गर्न थालेपछि कैलाली मोहन्यालका जनप्रतिनिधि र जनता श्रमदानमा जुटे

खोलाले गाउँनै कटान गर्न थालेपछि कैलाली मोहन्यालका जनप्रतिनिधि र जनता श्रमदानमा जुटे

कैलाली, सुदूरपश्चिम
कैलाली जिल्लाको मोहन्याल गाउँपालिकामा पर्ने ठुलिगाडले दिन प्रतिदिन खिमडी गाउँ कटान गर्दै पुरै गाउँ र सरकारी भवन जोखिममा परेपछी आज देखि श्रमदानबाट नदिकाे क्षेति नियन्त्रणको लागि गाउँपालिका अध्यक्ष लगायत अन्य जनप्रतिनिधी सङ्गै जनताहरू तटबन्धनमा सहभागी भएका छन्। स्वस्फुर्त रुपमा श्रमदानमा सहभागी सम्पुर्णमा धन्यवाद दिदै अध्यक्ष हिम शिखरले भने: समाजलाई सकारात्मक दिशातर्फ परिवर्तन गर्नु पनि विकास हो जहाँ समस्या हुन्छ प्रयास गरे समाधान त्यहीँ हुन्छ भन्ने अब प्रमाणित हुनेछ। मैले ठुलिगाड नदिले कटान गरेको खिमडि क्षेत्रमा जसरी नि तटबन्ध गर्नुपर्छ भनेर निरन्तर लागि परेर जनता समक्ष यो कुरा राखेकाे थिए।त्यतिबेला खिमडि बासी आम जनताले बिस्वास गर्नुभयो र यो गाउँ बचाउनको लागि एकजुट भएर साथ दिनुभयो त्यसमा सबैलाई हृदयदेखि कृतज्ञता प्रकट गर्दछु । मैले यस विषयमा सम्वेदनशिल भएर यस क्षेत्रमा ठुलिगाडले वर्...
अनेरास्ववियु बझाङद्वारा सदस्यता वितरण अभियान सुरु

अनेरास्ववियु बझाङद्वारा सदस्यता वितरण अभियान सुरु

बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङ : नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुले संगठन विस्तार र सदस्यता वितरण अभियान सुरु गरेको छ । संगठनलाई मजबुत बनाउने उदेश्यले अनेरास्ववियु बझाङले उक्त अभियान बझाङ जिल्लाका विभिन्न क्याम्पसहरुमा सुरु गरेको हो । बझाङका क्याम्पसहरुमा पहिलोपटक उक्त अभियान शुरु गरेको सेती क्याम्पस बगडगाउँका स्ववियु सभापती लक्ष्मण गिरीको भनाइ छ । साउन ४गतेबाट बझाङको जयपृथ्वी नगरपालिका–११ स्थित जयपृथ्वी बहुमुखी क्याम्पसबाट अभियान सुरु गरिएको थियो । अनेरास्ववियु बझाङका इन्चार्ज तथा अनेरास्ववियुका केन्द्रिय सदस्य दिल बहादुर खातीले अभियानको सुरुवात गरेका हुन् । कार्यक्रममा बोल्दै खातीले अब विद्यार्थीको हकहित र शिक्षालाई गुणस्तर बनाउन पहेदार गर्न अनेरास्ववियु उदाएको बताए । अहिले पनि विद्यार्थीहरु आवश्यक शिक्षाबाट बन्चित भएको बताउँदै उनले शिक्षाको विकास संगै विद्यार्थीमा जागरुकता ल्याउन अनेरास्ववियुले संगठन विस...
बझाङमा कारागार भित्रै टोपी बुनेर मनग्य आम्दानी

बझाङमा कारागार भित्रै टोपी बुनेर मनग्य आम्दानी

बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङ : बझाङको जिल्ला कारागार सुधारगृह जस्तै बनेको छ । यहाँका कैदी बन्दीहरुले नयाँ सीपमुलक काम गर्दैआएका छन् ।  ६७ जनाको हाराहारीमा रहेका उनीहरुले पछिल्लो समय त उद्यमीको रुपमा आफ्नो पहिचान बनाएका छन् । रोचक त के भने उनीहरु कारागारभित्रैबाट आफ्ना सीपमुलक उत्पादन बेचेर खर्च जुटाउँदै आएका छन् । करिब ५ वर्षदेखि जेल जीवन बिताइरहेका दिपक देवार टोपी, सुइटर, गल्बन्दी लगायत धागोबाट बन्ने सामाग्री बनाउँछन् । क्यारेमबोर्ड खेलेरै बिताउने समय सीपमुलक काममा लगाउन पाउँदा खुसी लागेको देवारले बताए । यसरी उत्पादन गर्ने धागोका सामाग्री बजारमा पनि बिक्री गर्दैआएको उनको भनाई छ । देवार जस्तै हरि टमटाले पनि टोपी बनाएर आयआर्जन गरिरहनुभएको छ । उनीहरुका अनुसार एक जनाले दैनिक कम्तिमा एउटा टोपी तयार पार्नछन् । टोपी ८ सय रुपैँयाको दरले बिक्री हुँदै आएको उनीहरुले बताए । साथै धागो बाट बन्ने सामाग्री बनाएरै आफूहरुले...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज