सुदूरपश्चिमका पहाडी जिल्ला जोड्ने भिमदत्त राजमार्ग अवरुद्ध भएको छ ।
भिमादत्त राजमार्ग अन्तर्गत कैलालीको खानीडाँडा र बुढीतोला क्षेत्रमा पहिरोले सडक भासिँएपछि यातायात अवरुद्ध सँगै आवतजावत ठप्प भएको हो ।

साेमवार देखि परेको अबिरल बर्षाका कारण सडक माथी बाट पहिरो खसेर रातीदेखी सडक पुर्ण रूपमा अबरोध भएको हो ।
सुदूरपश्चिमका पहाडी जिल्ला बैतडी,दार्चुला, डडेल्धुरा, बझाङ, डोटी,अछाम र बाजुरा आउने सवारी साधन र तराईका जिल्ला बाट पहाड तिर जाने तथा काठमाण्डौंका लागि छुटेको सवारी साधन बीचबाटोमै रोकिएका छन् ।
