Advertisement

कन्चनपुर

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा वन्यजन्तु उद्धार केन्द्र बन्दै

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा वन्यजन्तु उद्धार केन्द्र बन्दै

Breaking News 3, कन्चनपुर, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
कञ्चनपुर- शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पूर्वी क्षेत्र अर्जुनीमा बाघ–चितुवा लगायतका जनावरलाई उद्धार गरी राख्नका लागि वन्यजन्तु उद्धार केन्द्र निर्माण अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषको एक करोड बढीको लगानीमा दुई उद्धार केन्द्र निर्माण भइरहेका छन् । केन्द्रका लागि पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेको कोषका कञ्चनपुर कार्यालय प्रमुख लक्ष्मीराज जोशीले बताए । “खानेपानी, विद्युत्, सिसिटिभी जडानको कार्य हुन बाँकी छ” उनले भने, “केन्द्रको चारैतिर सडक ९पहुँच मार्ग० निर्माण भइरहेको छ,भने घेरबार राख्ने कार्य हुन बाँकी रहेको छ ।” केन्द्रको भौतिक पूर्वाधार निर्माणको पूरा हुनै लागे पनि अन्य कार्यका लागि दातृ निकायको खोजी गरी रहेको उनले उल्लेख गरे ।“बाघ–चितुवा लगायतका जनावरलाई निकुञ्जको मध्यवर्ती क्षेत्रबाट उद्धार गरेर ल्याएपछि खुवाउने आहाराको व्यवस्थाका लागि पनि आवश्यक बजेटको जो...
कञ्चनपुरको टेंढुवा गाउँबाट नियन्त्रणमा लिइएको पाटेबाघलाई निकुञ्जमा छाडियो

कञ्चनपुरको टेंढुवा गाउँबाट नियन्त्रणमा लिइएको पाटेबाघलाई निकुञ्जमा छाडियो

Breaking News 3, कन्चनपुर, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
कञ्चनपुर- कञ्चनपुरको बेलौरी नगरपालिका–२ टेंढुवा गाउँबाट नियन्त्रणमा लिइएको बयस्क भाले पाटेबाघलाई गएराति शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा छाडिएको छ । डिभिजन वन कार्यालयका प्रमुख रामविचारी ठाकुरका अनुसार बाघलाई निकुञ्जको कोर एरिया (भित्री भाग)को सुरक्षित प्राकृतिक बासस्थानमा छाडिएको हो । आइतबार गहुँबारीबाट सुरक्षित रुपमा उद्धार गरी ल्याएको बाघको स्वास्थ्य परीक्षण गरिएको थियो । बाघ स्वस्थ्य रहेको पाइएपछि निकुञ्ज क्षेत्रमा छाडिएको हो । डिभिजन वन कार्यालय कञ्चनपुर, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, जिल्ला प्रशासन कार्यालयलगायत सुरक्षा निकायसँगको छलफलपछि बाघलाई निकुञ्ज क्षेत्रमै छाड्ने निर्णय गरिएको प्रमुख ठाकुरले बताए । रासस...
कञ्चनपुरबाट मोटरसाइकल चोरीमा संलग्न ३ जना पक्राउ

कञ्चनपुरबाट मोटरसाइकल चोरीमा संलग्न ३ जना पक्राउ

Breaking News 3, कन्चनपुर, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कञ्चनपुर- कञ्चनपुरबाट मोटरसाइकल चोरीमा संलग्न तीन जना पक्राउ परेका छन्। जिल्लाको बेदकोट नगरपालिका–५ का महेश डगौराको घरमा राखेको म १ प १९०५ नम्बरको मोटरसाइकल फागुन २६ गते राति चोरी भएको थियो। उक्त मोटरसाइकल चोरीमा संलग्न कञ्चनपुरको बेदकोट नगरपालिका–७ बस्ने योगेन्द्र बोहरा सोही ठाउँ बस्ने विनोद खड्का र इस्कर बोहरालाइ यहीँ चैत्र १६ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। मोटरसाइकल नम्बर प्लेट परिवर्तन गरि चलाइराखेको अवस्थामा प्रहरीले फेला पारेको जनाएको छ। कञ्चनपुर जिल्ला अदालतले परेकाहरुमाथी ७ दिनको म्याद थप गरि अनुसन्धान कार्य भई रहेको जनाएको छ।...
कञ्चनपुरमा ट्याक्टरसँग स्कुटी ठोक्किदा पछाडि सवार एकजना मृत्यु

कञ्चनपुरमा ट्याक्टरसँग स्कुटी ठोक्किदा पछाडि सवार एकजना मृत्यु

Breaking News 3, कन्चनपुर, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी- कञ्चनपुरमा ट्याक्टरसँग स्कुटी ठोक्किदा एक जनाको मृत्यु भएको छ । जिल्लाको भिमदत्त नगरपालिका–११ मा म १ त १०२० नम्बरको ट्याक्टरमा सोही दिशातर्फ जाँदै गरेको सुपप्र ०२–००३ प ६७३२ नम्बरको स्कुटी पछाडीको भागमा ठोक्किएको थियो । दुर्घटनामा स्कुटी पछाडि सवार ४० वर्षीय प्रेम गिरीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । गिरीलाई धनगढीको मायामेट्रो अस्पतालले भारतको भोजीपुरा रेफर गरेको थियो । तर, भारत नलग्दै चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको प्रहरीले जनाएको छ । स्कुटी चालक सोही ठाउँ बस्ने ४२ वर्षीय सन्तोष कुँवरलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।...
कञ्चनपुरमा चितुवा भगाउने क्रममा आक्रमण गर्दा २ जना घाइते

कञ्चनपुरमा चितुवा भगाउने क्रममा आक्रमण गर्दा २ जना घाइते

Breaking News 1, कन्चनपुर, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी- कञ्चनपुरमा चितुवाको आक्रमणबाट २ जना घाइते भएका छन्। बिहिवार दोधरा-चाँदनी नगरपालिका-३ शिबनगर टोलमा खेतमा देखिएको चितुवालाई भगाउने क्रममा आक्रमण गर्दा २ जना घाइते भएका हुन्। घाइते हुनेमा दोधारा-चाँदनी नगरपालिका-३ का २७ वर्षीय राजु सुनार र २३ वर्षीय अर्जुन बुढा रहेका प्रहरीले जनाएको छ। घाइते दुबै जनालाइ दोधरा-चाँदनी अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागी महाकाली प्रादेशिक अस्पतालमा रेफर गरिएको प्रहरीले जनाएको छ।...
कैलाली र कञ्चनपुरका रानाथारू समुदायमा खखडेहरा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक विदा

कैलाली र कञ्चनपुरका रानाथारू समुदायमा खखडेहरा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक विदा

Breaking News 1, कन्चनपुर, कैलाली, ताजा अपडेट, समाचार
धनगढी- कैलाली र कञ्चनपुरका राना थारू समुदायले परम्परागत ‘खखडेहरा पर्व’ उल्लासपूर्वक मनाउँदैछन् । आज शुक्रबार यी क्षेत्रमा बसोबास गर्ने राना थारू समुदायले परम्परागत होली पर्वको अन्तिम दिनलाई खखडेहरा पर्वका रूपमा मनाउने परम्परा रहिआएको छ। सुदूरपश्चिम प्रदेश सरकारले यो पर्वका अवसरमा सार्वजनिक विदा दिएको छ। राना थारू समुदायका नागरिकहरूको दीर्घायु, रोगव्याधीबाट मुक्ति तथा नकारात्मक शक्तिबाट बचाउन यो पर्व मनाइने गरिएको छ। राना थारू समुदायमा फागु पूर्णिमादेखि एक महिनासम्म परम्परागत शैलीमा होली मनाइने चलन छ। यस अवधिमा प्रत्येक राति होली मनाइन्छ। खखडेहरा पर्वको दिन बिहानै गाउँभरिका मानिसहरू खखडेहरा फुटाउन जाने परम्परा छ। खखडेहरा फुटाउने क्रममा गाग्रो, लोटा, खपटेलका टुक्रा, माटोको मट्याङ्ग्रा, सात प्रकारका अन्न तथा सुकेको गोबर जस्ता सामग्री आवश्यक पर्छ। राना थारू समुदायका हरेक घरबाट मानिसहरू ब...
बर्सेनी घट्दो भँगेराको सङख्या

बर्सेनी घट्दो भँगेराको सङख्या

Breaking News 2, कन्चनपुर, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
कञ्चनपुर- केही वर्षदेखि भँगेराको सङ्ख्या घटिरहेको छ। सिमेण्टेड पक्की घर बन्ने क्रम बढेपछि बासस्थान अभावमा भँगेराको संख्या घटेको हो। तीव्ररूपमा भइरहेको शहरीकरणका कारण भँगेरा घटिरहेको सरोकारवाला बताउँछन्। गुँड लगाउन ठाउँ नै नभएपछि भँगेरा घट्दै जानु स्वाभाविक भएको शुक्लाफाँटा नगरपालिका- ३ का पहरू दहितले बताए। ‘भँगेराको चिरबिर आवाज सुनिएपछि बिहान भएको थाहा हुन्थ्यो। घरका आँगनमा खेल्दै रमाउँदै गरेका भँगेरा देखिने गरेका थिए। अहिले ती सबै विगत भइसके’, उनले भने, ‘अब न भँगेराको चिरबिर आवाज सुनिन्छ, न त पहिलेजस्तो आँगनमाबिस्कुन खान आउँछन्।’ अहिले आक्कलझुक्कल मात्र भँगेरा देखिने गरेको उनी बताउँछन्। चराविज्ञ हिरूलाल डगौराका अनुसार मोबाइलका टावरबाट निस्कने विकिरणले भँगेराको दिशा पत्ता लगाउने प्रणालीलाई असर गर्छ। प्रजनन क्षमतामा प्रतिकूल असर पर्छ। विकिरणले मष्तिष्कमा असर गर्दा भँगेराको मृत्यु ह...
कञ्चनपुरमा जंगली हात्ती मरेको घटनामा पर्सियाका राना  पक्राउ

कञ्चनपुरमा जंगली हात्ती मरेको घटनामा पर्सियाका राना पक्राउ

Breaking News 1, Breaking News 2, कन्चनपुर, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- कञ्चनपुरमा जंगली हात्ती मरेको घटनामा एक जना पक्राउ परेका छन् । जिल्लाको लालझाडी गाउँपालिका-४ पर्सियामा जंगली हात्ती मरेको घटनामा पर्सियाकै ओमप्रकाश रानालाई पक्राउ परेका हुन् । फागुन ७ गते रानाकै खेतबारीमा वयस्क भाले हात्ती मरेको अवस्थामा भेटिएको थियो । अनुसन्धानका क्रममा विद्युतीय धरापमा परेर हात्ती मरेको रिपोर्ट आएपछि डिभिजन वन कार्यालय कञ्चनपुरले रानालाई पक्राउ गरेको जनाएको छ । हात्तीको पोस्टमार्टमपछि विद्युतीय धरापबाटै मरेको रिपोर्ट प्राप्त भएपछि रानालाई पक्राउ लालझाडी सब-डिभिजन वन कार्यालयका प्रमुख सहायक वन अधिकृत करुणाकर जोशीले जानकारी दिए । रानालाई मंगलबार पक्राउ गरि बुधबार ८ दिनका लागि जिल्ला अदालतबाट म्याद थप गरिएको छ । निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार वन्यजन्तु मारेको अभियोगमा ५ देखि १५ वर्ष कैद वा ५ देखि १० लाख सम्म जरिवाना तथा दुवै हुने व्यवस्था छ ।...
कञ्चनपुरमा वनका अध्यक्ष पक्राउ,, काठ तस्करी गरेको आरोप

कञ्चनपुरमा वनका अध्यक्ष पक्राउ,, काठ तस्करी गरेको आरोप

Breaking News 1, Breaking News 2, कन्चनपुर, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- कञ्चनपुरमा सामुदायिक वनका अध्यक्ष पक्राउ परेका छन् । जिल्लाको लालझाडी गाउँपालिका–४ स्थित जयदुर्गा सामुदायिक वनबाट सालको रुख कटानी गरेको आरोपमा वनका अध्यक्ष दानसिंह कार्की पक्राउ परेका हुन् । लालझाडी सवडिभिजन वन कार्यालयले अध्यक्ष कार्कीलाई पक्राउ गरेको हो । कार्कीले सामुदायिक वन क्षेत्रबाट  सालको रुख काटेर काठ तस्करी गरेको वन कार्यालयको दाबी छ । सामुदायिक अध्याक्षकै संलग्नतामा सालको रुख काटिएपछि उनलाई पक्राउ गरिएको लालझाडी सवडिभिजन वन कार्यालयका प्रमुख करुणकर जोशीले जानकारी दिए । उनका अनुसार उनीसँगै सालको २८.३४ क्यूफिट काठ बरामद गरिएको छ। उनलाई वन ऐन २०७६ तथा वन नियमावली २०७९ अनुसार कारबाही गरिने वन अधिकृत जोशीले बताए ।...
कञ्चनपुरका स्ववियु निर्वाचन सम्पन्न ६ क्याम्पस मध्य ४ मा नेविसंघ र २ मा अखिल क्रान्तिकारी विजयी

कञ्चनपुरका स्ववियु निर्वाचन सम्पन्न ६ क्याम्पस मध्य ४ मा नेविसंघ र २ मा अखिल क्रान्तिकारी विजयी

Breaking News 1, Breaking News 2, कन्चनपुर, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- कञ्चनपुरका ६ क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतपरिणाम सार्वजनिक भएको छ। त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत मंगलबार सम्पन्न स्ववियु निर्वाचनको मतपरिणाम सार्वजनिक भएको हो । जिल्लाको दोधारा चाँदनीस्थित भानु बहुमुखी क्याम्पस, बेलडाँडीको रौलेश्वर आदर्श बहुमुखी क्याम्पस, बेलौरीस्थित महाकाली बहुमुखी क्याम्पस, पुनर्वासको जनता बहुमुखी क्याम्पस, कलकत्तास्थित रामपुर बहुमुखी क्याम्पस र गुलरियाको कञ्चन बहुमुखी क्याम्पसको अन्तिम नतिजा सार्वजनिक भएको निर्वाचन समितिले जनाएको छ । अन्तिम नतिजा अनुसार ४ क्याम्पसमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) निर्वाचित भएको छ, भने २ क्याम्पसमा नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले जित हात पारेको छ । विजयी उम्मेदवारहरू • जनता बहुमुखी क्याम्पस, पुनर्वास: नेविसंघका विकास खड्का प्यानलसहित विजयी। • ...
बझाङको बुङ्गल घर भएका बोहरा महेन्द्रनगरबाट बेपत्ता

बझाङको बुङ्गल घर भएका बोहरा महेन्द्रनगरबाट बेपत्ता

Breaking News 1, कन्चनपुर, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- बझाङ घर भएका एकजना महेन्द्रनगरबाट बेपत्ता भएका छन् । भारतबाट घर फर्किएका बुङ्गल नगरपालिकाका अन्दाजी ४२/४३ वर्षीय बीर बहादुर बोहरा महेन्द्रनगर बजारबाट वेपत्ता भएका हुन् । बोहरा फागुन २९ गते साँझ ७ बजेको समयमा महेन्द्रनगरको चमनचोकबाट बेपत्ता भएका उनका काका हरिलाल बोहराले कामना टुडेलाई जानकारी दिए । उनलेे भने मैले पनि चैत ३ गते मात्रै बेपत्ता भएको खबर पाएको हुँ , खोजी कार्य गर्दा अहिलेसम्म भेटिएको छैन । उनीसँगै साथमा भएकाहरू भने घर पुगिसकेका छन् , तर बोहरा अहिलेसम्म सम्पर्कमा नआउँदा परिवार चिन्तामा परेको छ । बोहराको घर परिवारले खोजी कार्य गरिदिन भन्दै जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय निवेदन दिनुका साथै सबैलाई आग्रह समेत गरेको छ । बोहलाई भेटाएमा नजिक प्रहरीलाई जानकारी गर्न तथा ९८०९४७५७८० मा सम्पर्क गरीदिन अनुरोध गरिएको छ ।...
गेटा बिमानस्थलबाट चरेश लिएर काठमाडौं जान लागेका कञ्चनपुरका नाथ पक्राउ

गेटा बिमानस्थलबाट चरेश लिएर काठमाडौं जान लागेका कञ्चनपुरका नाथ पक्राउ

Breaking News 1, कन्चनपुर, कैलाली, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी- कैलालीको गेटा बिमानस्थलबाट काठमाडौं जाँदै गरेका एकजना चरेशसहित पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका-१३ एयरपोर्टमा वुद्ध एयरको उडानद्वारा धनगढीबाट काठमाडौं जान लागेका कञ्चनपुरको वेदकोट नगरपालिका-८ बस्ने २१ वर्षीय भुवन नाथ विमानस्थलमै पक्राउ परेका हुन् । नाथलाई विमानस्थलमा चेकजाँच गर्दा ६ ग्राम ७०० मिलिग्राम चरेशसहित बिमानस्थल सुरक्षा गार्ड गेटाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज