सुदूरपश्चिम प्रदेशको क्रिकेट टोली घोषणा
Breaking News 1, Breaking News 2, Breaking News 3, अछाम, कन्चनपुर, कैलाली, खेलकुद, डडेल्धुरा, डोटी, ताजा अपडेट, दार्चुला, बझाङ, बाजुरा, बैतडी, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी - एसिसी पुरुष यु–१६ इस्ट जोन कप–२०२५ को छनोटका लागि सञ्चालन हुने राष्ट्रिय प्रतियोगिताका लागि सुदूरपश्चिमको टोली घोषणा गरिएको छ।
सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका सचिव लक्ष्मणदत्त भट्टका अनुसार सचिन भट्टको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको हो। टोलीको उपकप्तानमा अविरल विक तथा सदस्यहरुमा भास्कर जोशी, हिमाल दौल्याल, रविन भण्डारी, आहन थलाल, रवि दमाई, विक्रम बोहरा, लोकेश चन्द, सुवोध तिवारी, राहुल साउद, सुशील रावल, रितेश विष्ट र आयुष चन्द रहेका छन्।
यस्तै वैकल्पिक खेलाडीमा रुद्रप्रसाद आचार्य, धु्रव लुहार, महेश देउवा र शङ्कर बोहरा रहेका छन्। हालै सम्पन्न प्रदेशस्तरीय छनोटमा उत्कृष्ट प्रर्दशन गरेका खेलाडीलाई टोलीमा समोवश गरिएको हो। प्रदेशस्तरीय छनोट प्रतियोगिता गत वैशाख २६ गतेदेखि बैतडीको दशरथचन्द क्रिकेट रङ्गशाला र कैलालीको फाप्ला क्रिकेट मैदानमा सञ्चालन भए...












