Advertisement

कन्चनपुर

कञ्चनपुरमा जंगली हात्तीको आतंक, स्थानीय त्रसित

कञ्चनपुरमा जंगली हात्तीको आतंक, स्थानीय त्रसित

Breaking News 1, कन्चनपुर, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कञ्चनपुर– कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ दोमिल्लाका बासिन्दा जंगली हात्तीको आतंकबाट त्रसित भएका छन्। साउन २ गते मध्यरातमा एउटा हात्तीले मन्सरादेवी साउदको घर भत्काई अन्नपात सखाप पारेपछि त्रास झनै बढेको हो। मन्सरा साउदका अनुसार राति १ बजे घरको पर्खाल हल्लिएपछि उनी छोरासहित भागेर छिमेकीकहाँ शरण लिइन्। हात्तीले घर भत्काएर भित्रको खाद्यान्न खाएर बाँकी नष्ट गरेको उनले बताइन्। छिमेकी देवकी भट्टका अनुसार हात्तीले मन्सराको घरमात्रै तोडफोड गर्छ, वरिपरिका घरलाई छुँदैन। गत वर्ष पनि मन्सराकै खेतको धान सखाप बनाएको थियो। यस्तै, केही दिनअघि मणि साउदको घरमा पनि हात्तीले क्षति पु¥याएको छ। स्थानीय गौरी साउदले बस्तीमा सडकबत्ती नहुँदा राति खतरा थपिएको बताइन्। अँध्यारोमा हात्ती आएको थाहा नहुने र क्षति भएपछि मात्र जानकारी हुने भएकाले ज्यान जोगाउन गाह्रो हुने गरेको छ। ऐश्वर्या सामुदायिक वनको सीमामा प...
कञ्चनपुर कारागारमा तेब्बर बढी कैदीबन्दी, लागुऔषधसम्बन्धी मुद्दा प्रमुख

कञ्चनपुर कारागारमा तेब्बर बढी कैदीबन्दी, लागुऔषधसम्बन्धी मुद्दा प्रमुख

Breaking News 1, कन्चनपुर, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कञ्चनपुर— महेन्द्रनगरस्थित जिल्ला कारागार कञ्चनपुरमा क्षमता भन्दा तेब्बर बढी कैदीबन्दी राखिएको छ। १६० जनाको क्षमता रहेको कारागारमा हाल ४५६ जना कैदीबन्दी रहेका छन्, जसमा २७ महिला र २६ जना भारतीय नागरिक रहेका छन्। कारागार कार्यालयका निमित्त प्रमुख रामदत्त जोशीका अनुसार, हाल सबैभन्दा बढी १६७ जना लागुऔषधसम्बन्धी मुद्दाका कैदीबन्दी छन्। “क्षमताभन्दा बढी बन्दी भएकाले पाल र टिनको सहायताले व्यवस्थापन गरिएको छ,” उनले बताए। उनका अनुसार, गत पुसमा बन्दी सङ्ख्या ५८० पुगेको थियो भने पछिल्लो समय अदालतबाट फैसला छिटो हुने क्रम बढेसँगै बन्दी घटेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक सागर बोहराका अनुसार, लागुऔषध दुरुपयोगले चोरी, ठगी, जबरजस्ती करणीदेखि हत्या प्रयाससम्मका घटना बढाएको छ। “सहज पहुँच र साथीसँगको संगतका कारण लागुऔषध प्रयोगकर्ताको संख्या बढ्दो छ,” उनले भने। कारागारम...
शुक्लाफाँटामा जङ्गली हात्तीको बथान, बस्तीमा त्रास

शुक्लाफाँटामा जङ्गली हात्तीको बथान, बस्तीमा त्रास

Breaking News 1, कन्चनपुर, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कञ्चनपुर- शुक्लाफाँटा नगरपालिकाको चुरे फेदीका वन क्षेत्रमा जङ्गली हात्तीको बथान देखापरेपछि बस्तीमा त्रास फैलिएको छ। वर्षात् सुरु भएसँगै भारतीय दुधुवा नेसनल पार्कबाट हात्ती चुरे क्षेत्रमा आइपुगेका हुन्। यसपटक अन्य वर्षको तुलनामा चाँडै हात्ती आएको बताइएको छ। सामुदायिक वनहरूमा हात्ती देखापर्न थालेपछि घाँस, दाउरा तथा सोतरका लागि वनमा जान उपभोक्तालाई रोकिएको छ। वातावरण मध्यवर्ती सामुदायिक वनका अध्यक्ष लोकेन्द्र जोशीका अनुसार हात्तीको बथान बाँसघारीमा देखिएको छ र उपभोक्तालाई वन क्षेत्रमा नजान अनुरोध गरिएको छ। बैजनाथ सामुदायिक वन अध्यक्ष बहादुरसिंह महराका अनुसार मानव बस्तीमा हात्ती पसेर क्षति पुर्याउने सम्भावना उच्च छ। त्यसैले स्थानीयलाई साँझबिहान वन क्षेत्रमा जान रोकिएको छ भने दिउँसो सतर्कता अपनाउन सुझाव दिइएको छ। हाल चुरे क्षेत्रमा १०–१५ हात्ती रहेको अनुमान छ। विगत तीन वर्षदेखि हात्तीले...
घाइते जनावरका सहारा बने विष्णु पनेरू

घाइते जनावरका सहारा बने विष्णु पनेरू

Breaking News 1, कन्चनपुर, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कञ्चनपुर- वेदकोट नगरपालिका–९ लालपुरका विष्णु पनेरू घाइते छाडा जनावरको उद्धार र स्याहारमा समर्पित छन्। पेशाले नेचर गाइड रहेका पनेरु विगत सात वर्षदेखि घाइते पशुचौपायाको उपचारमा सक्रिय छन्। सडक दुर्घटना वा अमानवीय व्यवहारका कारण घाइते भएका जनावरको उद्धार गरेर उनले आफ्नै घरमा राखेर उपचार र स्याहार गर्दै आएका छन्। हालसम्म उनले एक हजारभन्दा बढी जनावरको उपचार गरिसकेको बताउँछन्। “घाइते चौपाया देख्नेबित्तिकै दया आउँछ, घरमै लगेर उपचार गर्छु,” पनेरु भन्छन्, “तर उपचारपछि व्यवस्थापनको स्रोत नहुँदा पुनः सडकमा छाड्नुपर्दा दुख लाग्छ।” हाल पनेरु आफ्नै घरमा १० वटा घाइते गाईगोरुको उपचार गरिरहेका छन्। सामाजिक सञ्जालमार्फत अभियानबारे जानकारी पाएका सात–आठ जना विद्यार्थी र युवा पनि अहिले पनेरुको अभियानमा साथ दिइरहेका छन्। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा कार्यरत पनेरुले मासिक झन्डै २५ हजार रुपैयाँ आम्...
छाउगोठमा महिलाको ज्यान गएपछि कञ्चनपुरमा १५ दिनभित्र गोठ हटाउन निर्देशन

छाउगोठमा महिलाको ज्यान गएपछि कञ्चनपुरमा १५ दिनभित्र गोठ हटाउन निर्देशन

Breaking News 1, कन्चनपुर, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कञ्चनपुर- कञ्चनपुरको कृष्णपुर नगरपालिकामा छाउगोठमा सुत्न गएकी महिलाको सर्पदंशबाट मृत्यु भएपछि नगरपालिकाले सबै वडालाई तत्काल गोठ भत्काउन निर्देशन दिएको छ । शुक्रबार राति कृष्णपुर नगरपालिका–१ निगालीकी २८ वर्षीया कमला दमाई (आउजी) लाई महिनावारीको समयमा घरको आँगनमै बनाइएको गोठमा सुतिरहेको बेला सर्पले डसेको थियो। बायाँ गालामा सर्पले टोकिएपछि उनलाई तत्काल उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पुर्‍याइएको थियो। तर, उपचारका क्रममा शनिबार उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। घटनापछि कृष्णपुर नगरपालिकाले १५ दिनभित्र वडाभित्र रहेका सबै छाउगोठ भत्काउन निर्देशन दिएको छ। प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रप्रसाद भट्टका अनुसार, तोकिएको समयभित्र गोठ नहटाउने व्यक्तिलाई दश हजार रुपैयाँ जरिवाना गरिनेछ। मुलुकी अपराध संहिता २०७४ मा महिला रजस्वला वा सुत्केरी अवस्थामा छाउगोठमा रा...
छाउगोठको अँध्यारोमा सर्पले लियो कमलाको ज्यान

छाउगोठको अँध्यारोमा सर्पले लियो कमलाको ज्यान

Breaking News 1, कन्चनपुर, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कञ्चनपुर- २८ वर्षीया कमला दमाई दुई महिनाअघि मात्रै भारतबाट थाकेको शरीर, थिचिएको आत्मा लिएर घर फर्किएकी थिइन्। गाउँको धूलो, माइतीको झल्को, आफ्ना बालबच्चा, श्रीमान् र न्यानो छानाको आशा बोकेर उनी फर्किएकी थिइन्। तर त्यो न्यानो छानामुनि उनलाई ठाउँ थिएन — महिनावारी भएको भन्दै उनलाई धपाइयो, घरको छेउमै बनाइएको छाउगोठमा। शनिबार राति कृष्णपुर नगरपालिका–१, निगाली। उस्तै अँध्यारो रात थियो, जस्तै अँध्यारो समाजको सोच। कमला छाउगोठमा सुतिरहेकी थिइन्। अचानक केही चिसो महसुस भयो – त्यो चिसोपन एउटा विषालु सर्पको दंश थियो। गालामा टोकेर गयो। कराउँदै कमलालाई अस्पताल पुर्‍याइयो, सेती प्रादेशिक अस्पताल। तर समयले साथ दिएन। उपचारकै क्रममा उनले प्राण छाडिन्। श्रीमान् पुरन दमाई भन्छन्, “हाम्रो घर पक्की हो। बस्न ठाउँ पनि थियो। तर समाजको डरले उसलाई गोठमै राख्नुपर्‍यो।” कमलाले बस्नुपरेको त्यो गोठ छिमेकीको घरछेउमा...
कञ्चनपुरमा डुबान, १० परिवार विस्थापित

कञ्चनपुरमा डुबान, १० परिवार विस्थापित

Breaking News 1, कन्चनपुर, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कञ्चनपुर— कञ्चनपुरमा डुबानका कारण १० परिवार विस्थापित भएका छन्। पुनर्वास नगरपालिकाबाट ७, कृष्णपुर नगरपालिकाबाट २ र भीमदत्त नगरपालिकाबाट १ परिवारलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिएका छन्। उनका अनुसार, विस्थापित सबैलाई नजिकैको विद्यालय तथा आफन्तका घरमा बस्ने व्यवस्था गरिएको छ। "घर डुबानमा परेपछि मानिससहित गाईभैंसी र बाख्रालाई सुरक्षित स्थानमा लगिएको छ," उनले भने। पुनर्वास नगरपालिका–५ को पशुपतिचोक क्षेत्रका ७ परिवारलाई उद्धार गरी छिमेकीका घरमा राखिएको छ। त्यस्तै, कृष्णपुर नगरपालिका–७ स्थित कार्की कटान क्षेत्रका २ परिवारलाई सुरक्षित घरमा सारिएको छ। भीमदत्त नगरपालिका–१९ त्रिवेणी टोलकी कलावती जोशीको ५ सदस्यीय परिवारसहित २ गाई, १ भैँसी र ५ बाख्रालाई उद्धार गरी सिद्धनाथ आधारभूत विद्यालयमा अस्थायी बसोबासको व्यवस्थ...
महाकाली नदीमा पानीको बहाव उच्च: शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधन आवागमन रोक

महाकाली नदीमा पानीको बहाव उच्च: शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधन आवागमन रोक

Breaking News 1, कन्चनपुर, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कञ्चनपुर– लगातारको वर्षासँगै महाकाली नदीमा पानीको बहाव अत्यधिक बढेपछि शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधनको आवतजावतमा रोक लगाइएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार शनिबार महाकाली नदीमा पानीको बहाव एक लाख १५ हजार क्युसेक पुगेपछि सावधानीस्वरूप सवारी सञ्चालनमा रोक लगाइएको हो। महाकालीमा पानीको बहाव एक लाख क्युसेक नाघेपछि आवागमनमा रोक लगाइन्छ,” डिएसपी बोहराले जानकारी दिए, “वर्तमान बहाव झनै उच्च भएकाले सतर्कता अपनाइएको छ।” जल तथा मौसम विज्ञान विभागले यही असार १६ गतेसम्म सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन सबैलाई आग्रह गरेको छ।...
अन्तर्राष्ट्रिय लागू औषधविरुद्धको दिवसमा कृष्णपुर–१ मा सचेतनामूलक र्‍याली

अन्तर्राष्ट्रिय लागू औषधविरुद्धको दिवसमा कृष्णपुर–१ मा सचेतनामूलक र्‍याली

Breaking News 2, कन्चनपुर, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कञ्चनपुर– अन्तर्राष्ट्रिय लागू औषध तथा अवैध तस्करीविरुद्धको दिवसको अवसरमा कृष्णपुर नगरपालिका–१ मा सचेतनामूलक र्‍याली आयोजना गरिएको छ। बैजनाथ बाल क्लबको आयोजनामा तथा वडा नं. १ को आर्थिक सहयोगमा संचालन गरिएको र्‍याली दोमिल्लास्थित राधाकृष्ण मन्दिरबाट सुरु भई पहरिया वडा कार्यालयसम्म सम्पन्न भएको हो। झण्डै ४ किलोमिटर लामो सो र्‍यालीमा वडा नम्बर १ का जनप्रतिनिधि, अस्थायी प्रहरी पोस्ट पहरियाका प्रतिनिधि, शिक्षक, विभिन्न विद्यालयका बाल क्लब पदाधिकारी लगायत स्थानीयहरूको उल्लेख्य सहभागिता रहेको थियो। र्‍यालीमा ८२ जना बालबालिकासहित १०–१५ जना विभिन्न संघसंस्थाका कर्मचारीहरू सहभागी थिए। कार्यक्रमका क्रममा सहभागीहरूले लागू औषधको प्रयोगले व्यक्ति, परिवार र समाजमा पार्ने नकारात्मक असरबारे जनचेतना फैलाउने उद्देश्यले प्लेकार्ड र नाराबाजीसहित प्रदर्शन गरेका थिए। बालमैत्री समाज निर्माणका लागि वडा नं. १ ...
रोजगारीको प्रलोभनमा फसाइएका नेपाली युवाको उद्धार

रोजगारीको प्रलोभनमा फसाइएका नेपाली युवाको उद्धार

Breaking News 2, कन्चनपुर, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कञ्चनपुर- रोजगारीको प्रलोभनमा पारेर भारत पुर्याइएका ५८ नेपाली युवालाई भारतीय प्रहरी, नेपाल प्रहरी, नागरिक संस्था र नेपाली दूतावासको सहकार्यमा बुधबार उद्धार गरिएको छ। उनीहरू उत्तराखण्डको रुद्रपुरमा २३ र कासिपुरमा ३५ जना गरी छुट्टाछुट्टै स्थानमा बन्धक बनाइएका थिए। घर–घरमा राखेर जबर्जस्ती थुनेको सूचना पाएपछि दूतावास र सुरक्षाकर्मीको टोलीले उनीहरूको उद्धार गरी गड्डाचौकी नाकाबाट नेपाल ल्याएको हो। कञ्चनपुर नाकामा प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल र डीआईजी डम्बरबहादुर विश्वकर्माले उनीहरूलाई स्वागत गरे। सुदूरपश्चिमका युवालाई घर पठाउने व्यवस्था गरिएको छ भने अन्यलाई अस्थायी बसोबासको प्रबन्ध मिलाइएको छ। उद्धार गरिएका युवामध्ये कैलाली र डोटीका ११ जना छन् भने बाँकी चितवन, सुनसरी, पाँचथर, ताप्लेजुङ, स्याङ्जा, धादिङ, दाङ, कास्की, रुपन्देही, इलामलगायत १३ जिल्लाका ४६ जना रहेका छन्। घटनासँग सम्बन्...
सुदूरपश्चिमका स्थानीय तहहरूमा करार र ज्यालादारीका कर्मचारी भर्नामा कडाइ

सुदूरपश्चिमका स्थानीय तहहरूमा करार र ज्यालादारीका कर्मचारी भर्नामा कडाइ

अछाम, कन्चनपुर, कैलाली, डडेल्धुरा, डोटी, ताजा अपडेट, दार्चुला, बझाङ, बाजुरा, बैतडी, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी : सुदूरपश्चिम प्रदेशका स्थानीय तहहरूमा मनपरी ढङ्गले करार र ज्यालादारीका कर्मचारी भर्नामा कडाइ गरिएको छ।   सुदूरपश्चिम प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८०ले करार र ज्यालादारीमा कर्मचारी राख्ने कार्यलाई कडाइ गरेको हो।   स्थानीय सरकार प्रमुख वा अरू जनप्रतिनिधिले आफ्ना घर–परिवारका सदस्य, आफन्त, आसेपासे, कार्यकर्तालाई मनपरी तरिकाले करारमा कर्मचारी नियुक्त गर्दै आएका छन्। तर, सुदूरपश्चिम प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐनले ज्यालादारी वा करारमा नियुक्ति गर्न नपाइने व्यवस्था गरेको हो। ऐनको दफा १५ को उपदफा (१) मा यो ऐन प्रारम्भ भएपछि कर्मचारीले गर्नुपर्ने कामका लागि कुनै पनि व्यक्तिलाई ज्यालादारी वा करारमा नियुक्ति गर्न नपाइने उल्लेख गरिएको छ। उपदफा (१) विपरीत कसैले कुनै व्यक्तिलाई नियुक्ति गरेमा त्यसरी नियुक्ति पाएको व्यक्तिले पाएको तलब, भत्ता र अन्य स...
भूमि आयोगले कञ्चनपुरमा नापी गर्न थाल्यो  

भूमि आयोगले कञ्चनपुरमा नापी गर्न थाल्यो  

Breaking News 1, Breaking News 2, Breaking News 3, कन्चनपुर, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कञ्चनपुर- भूमि समस्या समाधान आयोगले भूमिहीन र अव्यवस्थित बसोबासीको जग्गा नापीको काम सुरु गरेको छ।   आयोगले कञ्चनपुरका सबै पालिकामा नापी टोली गठन गरेर जग्गा नापीको काम गरिरहेको भूमि समस्या समाधान आयोगका अध्यक्ष नेत्रप्रकाश पन्तले जानकारी दिए। उनका अनुसार अहिले नापीका लागि सबैै पालिकामा टोली खटिएको छ। नापी टोलीमा आयोगका २० जना अमिन र १३ जना सर्वेक्षक छन् भने स्थानीय पालिकाका २७ अमिन र छजना सर्वेक्षकले जग्गा नापजाँचको काम गरिरहेको उनले बताए।   'हामीले असारसम्ममा चार हजार लालपूर्जा वितरण गर्ने गरी काम गरिरहेका छौँ', अध्यक्ष पन्तले भने, 'यहाँका सबै पालिकामा नापी टोली गठन भएर जग्गा नापीको काम भइरहेको छ।' उनले लालपूर्जाका लागि भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासी गरी ७२ हजार ९३० निवेदन परेको बताए। अध्यक्ष पन्तले यसअघि विघटन भएको आयोगले चार हजार ६५ सेतो लालपूर्...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज