कञ्चनपुरमा ‘एक वडा, एक उद्यम’ कार्यक्रम सुरु, युवालाई नगरभित्रै रोजगारीका अवसर
कञ्चनपुर– जिल्लाको शुक्लाफाँटा नगरपालिकाले युवालाई स्थानीय स्तरमै स्वरोजगारतर्फ आकर्षित गर्न ‘एक वडा, एक उद्यम’ कार्यक्रम सुरु गरेको छ। युवा विदेश पलायन हुनबाट रोक्नु र नगरभित्रै रोजगारी सिर्जना गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य रहेको छ।
चालु आर्थिक वर्षका लागि कार्यक्रमका लागि ६० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। नगरपालिकाका प्रत्येक वडामा स्थानीय स्रोत र सम्भावनालाई ध्यानमा राख्दै घरेलु तथा लघु उद्योग स्थापना गरिने योजना रहेको छ।
उद्यम विकास शाखाका प्रमुख धनबहादुर चौधरीका अनुसार, यस कार्यक्रमअन्तर्गत युवालाई आवश्यक तालिम प्रदान गरी दक्ष बनाइनेछ र व्यावसायिक क्षेत्रमा संलग्न गराइनेछ। आवश्यक पूँजीको व्यवस्था गर्न बैंक तथा वित्तीय संस्थासँग समन्वय गरिनेछ।
चौधरीले वडाबाट उद्योग छनोट भएपछि त्यस आधारमा कार्यक्रम अघि बढाइने जानकारी दिए। यसरी स्थापना हुने उद्योगमा मागअनुसार अनुदान र...












