बोन्ड स्कुल बोर्डिङ स्कुल पबेराको १८ औँ वार्षिकोत्सव सम्पन्न
रमित ओली, हसुलिया- कैलालीको कैलारी गाउँपालिका-५ पबेरामा अवस्थित बोन्ड स्कुल बोर्डिङ स्कुलको वार्षिकोत्सव सम्पन्न भएको छ। शुक्रबार विद्यालय प्राङ्गणमा १८औँ वार्षिकोत्सव सम्पन्न भएको हो ।
कार्यक्रमको सभापतित्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बजारी राम चौधरीले गर्नुभएको थियो भने प्रमुख अतिथि कैलारी गाउँपालिका वडा नम्बर- १ का वडा सदस्य किसुन लाल चौधरी रहनुभएको थियो। विशिष्ट अतिथिमा दिपेन्द्र उच्च माध्यमिक विद्यालय, हसुलियाका प्रधानाध्यापक विनोद भट्टराई सहभागी हुनुहुन्थ्यो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रअ भट्टराईले निजी तथा सामुदायिक विद्यालयबीच प्रतिस्पर्धात्मक वातावरण सृजना गर्दै कैलारी गाउँपालिकामा उत्कृष्ट नतिजा ल्याउन सफल भएकोमा बोन्ड स्कुल बोर्डिङ स्कुललाई बधाई दिँदै आगामी दिनमा अझै उचाइमा पुग्ने विश्वास व्यक्त गर्नुभयो।
यस अवसरमा कैलारी गाउँपालिका स्तरीय बोर्डिङ एसोसिएसनको खेलकु...











