Advertisement

कैलाली

स्थानीय व्यवसायीद्वारा यू -17 राष्ट्रिय फुटबल खेलाडी राम बोहरालाई नगदसहित सम्मान

स्थानीय व्यवसायीद्वारा यू -17 राष्ट्रिय फुटबल खेलाडी राम बोहरालाई नगदसहित सम्मान

Breaking News 1, कैलाली, खेलकुद, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कैलालीको गौरिगङ्गा नगरपालिका–०७, मसुरिया साझाबजारका स्थानीय व्यवसायीहरूले यू -17 राष्ट्रिय फुटबल खेलाडी राम बोहरालाई नगदसहित सम्मान गरेका छन्। मसुरियास्थित राधा सपिङ्ग सेन्टर तथा जनला जनरल स्टोर परिवारका सञ्चालक रुद्रबहादुर जनालाले खेलाडी बोहरालाई सम्मान प्रदान गरेका हुन्। कार्यक्रममा स्थानीय खेलप्रेमी, सरोकारवाला तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सानै उमेरदेखि राष्ट्रिय टोलीबाट उत्कृष्ट प्रदर्शन गर्दै आएका बोहराले यू -17 SAFF च्याम्पियनसिप (भुटान र श्रीलंका) तथा यू-17 AFC क्वालिफायर (कतार र म्यानमार) मा सहभागी भई देशको प्रतिनिधित्व गरिसकेका छन्। उनले उमेर समूहका विभिन्न प्रतियोगिताहरूमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन्। बोहराले यू-16 ‘ए’ डिभिजन लिगमा आर्मी क्लबबाट कप्तानको जिम्मेवारी सम्हालेका थिए भने यू- 18 ‘ए’ डिभिजन लिगमा TAFC बाट पनि कप्तानक...
कैलालीमा आगलागी : घर जलेर नष्ट, १५ वर्षीया धामी घाइते, लाखौँको क्षति

कैलालीमा आगलागी : घर जलेर नष्ट, १५ वर्षीया धामी घाइते, लाखौँको क्षति

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
रमित ओली, हसुलिया- कैलालीको कैलारी गाउँपालिका-१ मझेरामा आगलागी हुँदा एक घर र गोठ पूर्ण रूपमा जलेर नष्ट भएको छ । आज दिउँसो करिब साढे २ बजे पुष्पा धामीको घर र गोठमा आगलागी भएको हो । आगलागीमा १५ वर्षीया यमुना धामी घाइते भएकी छन्। उनको अवस्था सामान्य रहेको बताइएको छ। घटनामा तीन वटा बाख्राको मृत्यु भएको छ भने एक भैंसी  जलेर घाइते भएको  छ । स्थानीयका अनुसार आगलागीबाट करिब ८ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ। आगो कसरी लागेको हो भन्ने विषयमा हालसम्म खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यमुनाको हसुलिया अस्पतालमा उपचार भइरहेको छ ।...
कैलालीको गौरिगंगामा १ महिने निःशुल्क सीपमूलक तालिम सञ्चालन हुँदै, बेरोजगार युवालाई अवसर

कैलालीको गौरिगंगामा १ महिने निःशुल्क सीपमूलक तालिम सञ्चालन हुँदै, बेरोजगार युवालाई अवसर

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बढैपुर- कैलालीको गौरिगंगा नगरपालिकामा नि:शुल्क सीपमूलक तालिम सञ्चालन हुनेभएको छ । नगरपालिका र नेपाल युवा फाउन्डेसन नेपालको सहकार्यमा सीपमूलक तालिम सञ्चालन हुन लागेको हो । बेरोजगार, विपन्न र शिक्षाबाट वञ्चित युवालाई लक्षित गर्दै १ महिने निःशुल्क सीपमूलक तालिम सञ्चालन हुन लागेको नगरपालिकाले एक सूचना मार्फत जानकारी गराएको छ । नगरपालिकाद्वारा जारी सूचनामा १ महिने फ्रिज तथा एसी मर्मत र १ महिने कपाल काट्ने (बार्बर) सम्बन्धि तालिम प्रदान गर्ने भनिएको छ । नगरपालिकाले बढ्दो बेरोजगारी हटाउने र युवालाई स्वदेशमै सीप सिकाएर आत्मनिर्भर बनाउने लक्ष्य लिएको छ । तालिममा सहभागी हुन १८ वर्ष पूरा भइ ४० वर्ष ननाघेको हुनुपर्ने, नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वडाको सिफारिस,शैक्षिक योग्यताको प्रमाणपत्र हुनुपर्नेछ । आवेदन दिने समय चैत्र २० गतेसम्म तोकिएको छ । नगरपालिकाले बेरोजगार युवालाई तालिममा स...
निर्वाचनमा पैसा खाने ५७ काँग्रेसीको सूची आलेले शाहलाई दिए

निर्वाचनमा पैसा खाने ५७ काँग्रेसीको सूची आलेले शाहलाई दिए

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, राजनीति
धनगढी- कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा चुनावी रकम बाँडिएको विषय सार्वजनिक भएपछि राजनीतिक वृत्तमा चर्चा चुलिएको छ। नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार प्रेमबहादुर आलेमगर ले प्रतिनिधि सभा सदस्य निर्वाचनका क्रममा ५७ जना काँग्रेसीलाई रकम दिएको दाबी गरिएको छ। नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बनेका नरनारायण शाह ले एक सञ्चार माध्यमसँग कुराकानी गर्दै उक्त दाबी गरेका हुन्। उनका अनुसार आलेले आफूलाई भेटेर पैसा बुझ्ने ५७ जनाको नामावलीसमेत दिएको बताएका छन्। शाहले नेतृत्व तहकै केही नेताहरूले पनि आलेबाट रकम बुझेको दाबी गरे। तर, उनले कस–कसले रकम बुझे भन्ने विषय भने सार्वजनिक गरेका छैनन्। नाम सार्वजनिक गरे पार्टीमै गम्भीर असर पर्ने भन्दै उनले विवरण गोप्य राखेको बताएका छन्। चुनावमा पैसाको चलखेलबारे सोधिएको प्रश्नमा शाहले आले स्वयंले काँग्रेसीहरूको सूची दिएको दाबी गरेका हुन्, तर कसले कति रकम लिएको भ...
कैलालीको जनप्रिय माविमा विषय रुपान्तरण विवाद चर्कियो : आफ्ना मान्छे भर्ना गर्न सेटिङको आरोप

कैलालीको जनप्रिय माविमा विषय रुपान्तरण विवाद चर्कियो : आफ्ना मान्छे भर्ना गर्न सेटिङको आरोप

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- कैलालीको गौरीगंगा नगरपालिका- ८ स्थित जनप्रिय माध्यमिक विद्यालयमा विषय रुपान्तरणलाई लिएर विवाद चर्किएको छ। विद्यालयमा आवश्यक नभएको विषयलाई प्राथमिकता दिँदै आफ्ना निकटका व्यक्तिलाई जागिर खुवाउन “सेटिङ” गरिएको आरोप अभिभावक तथा सरोकारवालाले लगाएका छन्। विद्यालय व्यवस्थापन समितिले दुई वर्षदेखि रिक्त रहेको समाजशास्त्र विषयको दरबन्दीलाई परिवर्तन गरी नेपाली विषय बनाउने निर्णय गरेको छ। उक्त निर्णयबाट विद्यालयमै कार्यरत एक शिक्षकलाई उच्च माध्यमिक तहमा पद व्यवस्थापन गर्ने उद्देश्य रहेको आरोप छ। सो निर्णय नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको दबाबमा नगर शिक्षा समितिबाट समेत सदर गरिएको बताइएको छ। हाल विद्यालयमा माध्यमिक तह (कक्षा ९–१२) मा नेपाली विषयका दुई जना, अंग्रेजीका दुई, विज्ञानका एक, गणितका एक, सामाजिकका एक, स्वास्थ्य तथा जनसंख्याका एक र लेखाका दुई शिक्षक कार्यरत छन्। तर अर्थशास्त्र वि...
कैलालीमा यात्रुवाहक बस दुर्घटना, पैदलयात्री जोगाउने क्रममा बस पल्टियो

कैलालीमा यात्रुवाहक बस दुर्घटना, पैदलयात्री जोगाउने क्रममा बस पल्टियो

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- कैलालीमा शनिबार साँझ यात्रुवाहक बस दुर्घटनामा परेको छ। काठमाडौँबाट दार्चुलातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख १३०१ नम्बरको बस घोडाघोडी नगरपालिका–१ सुखड नजिक दुर्घटनामा परेको हो। प्रहरीका अनुसार सडकमा हिँडिरहेका पैदलयात्रीलाई जोगाउने क्रममा बस अनियन्त्रित भई सडकबाट तल खाल्डोमा पल्टिएको थियो। दुर्घटनामा बसको ठक्करबाट स्थानीय ५५ वर्षीय भक्तबहादुर बटाला घाइते भएका छन्। घाइते बटालाको सुखडस्थित अस्पतालमा उपचार भइरहेको छ भने उहाँको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। साथै, बसमा सवार केही यात्रुहरूलाई पनि सामान्य चोट लागेको र उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय सुखडले जानकारी दिएको छ। प्रत्यक्षदर्शी नन्दा खत्रीका अनुसार चालकले पैदलयात्रीलाई बचाउने प्रयास गर्दा बस विपरीत दिशातर्फ गएर दुर्घटनामा परेको थियो।...
कैलालीमा श्रीमतीको हत्या गर्दै श्रीमानले आफैमाथि गाेली प्रहार गरे

कैलालीमा श्रीमतीको हत्या गर्दै श्रीमानले आफैमाथि गाेली प्रहार गरे

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, घटना, ट्रेन्डिङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी: कैलालीमा श्रीमतीको हत्या गरेर एक जनाले आफूमाथि समेत गाेली चलाएका छन्। गोदावरी नगरपालिका–४ अमलेशैनी गाउँमा अन्दाजी ३१  वर्षीय राम बहादुर मगरले जंगलमा बाख्रा चराउन गएका बेला श्रीमती २८ वर्षीया संजिता मगरकाे हत्या गरेको प्रहरीले जनाएको छ । कैलालीका निमित्त प्रमुख प्रहरी नायब  उपरीक्षक(डीएसपी) याेगेन्द्र तिमिल्सिनाले विवादका क्रममा मगरले आफूसँग रहेको भरुवा बन्दुकबाट श्रीमतीलाई गोली हानी हत्या गरेकाे बताए । श्रीमतीकाे हत्यापछि उनले सोही बन्दुकले गोली हानेका थिए । घाइते अवस्थाका उनकाे सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । उनकी श्रीमतीको शव परीक्षणका लागि प्रादेशिक अस्पतालमा राखिएको छ । घटनाबारे थप अनुसन्धान जारी छ।...
इनिशा बिकको न्यायका लागि धनगढीको सडकमा युवाहरू

इनिशा बिकको न्यायका लागि धनगढीको सडकमा युवाहरू

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- हालै बलात्कारपछि हत्या गरिएकी इनि सा बिकको घटनाले देशभर आक्रोश बढिरहेका बेला धनगढीमा युवाहरूले विरोध प्रदर्शन गरेका छन्। पीडितलाई न्याय दिलाउन माग गर्दै सयौं युवाहरू सडकमा उत्रिएका हुन्। प्रदर्शनकारीहरूले दोषीलाई कडा कारबाही गर्न, अनुसन्धान निष्पक्ष र छिटो सम्पन्न गर्न तथा यस्ता घटनाको पुनरावृत्ति रोक्न सरकारसँग माग गरेका छन्। “हामीलाई न्याय चाहियो” लगायतका नारा लगाउँदै उनीहरूले शान्तिपूर्ण प्रदर्शन गरेका थिए। उक्त आन्दोलनका क्रममा युवाहरूले जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र (ग्यापन पत्र) समेत बुझाएका छन्। ज्ञापनपत्रमा दोषीलाई कानुनी दायरामा ल्याई कडा सजाय दिन र पीडित परिवारलाई न्याय सुनिश्चित गर्न माग गरिएको छ। स्थानीय प्रशासनले घटनाको गम्भीरतापूर्वक अनुसन्धान भइरहेको जानकारी दिँदै दोषीलाई कानुनी कारबाही गरिने प्रतिबद्धता जनाएको छ। यस घ...
गौरीगंगाको मोहन्याल माध्यमिक विद्यालयको वार्षिकोत्सव सम्पन्न

गौरीगंगाको मोहन्याल माध्यमिक विद्यालयको वार्षिकोत्सव सम्पन्न

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, शिक्षा, समाचार, सुदूरपश्चिम
बढैपुर - कैलालीको गौरीगंगा नगरपालिका ५ मा रहेको मोहन्याल माध्यमिक विद्यालयको वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ। सोमबार गौरीगंगा नगरपालिका- ५ अण्डैयास्थित मोहन्याल माध्यमिक विद्यालयको ४२ औं  वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको हो । विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक तथा स्थानीय सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो। समारोहका प्रमुख अतिथि प्रदेश सभा सदस्य तुलसी देवकोटाले शिक्षाको गुणस्तर सुधारमा सबैको साझा प्रयास आवश्यक रहेको बताए । उनलेे सामुदायिक विद्यालयलाई अझ प्रभावकारी र गुणस्तरीय बनाउन स्थानीय सरकार, विद्यालय प्रशासन, शिक्षक तथा अभिभावकबीच सहकार्य हुनुपर्ने धारणा व्यक्त गरे । देवकोटाले “विद्यार्थीहरू राष्ट्रको भविष्य भएकाले उनीहरूको उज्ज्वल भविष्य निर्माणका लागि गुणस्तरीय शिक्षा अपरिहार्य छ,” भन्दै विद्यालयको भौतिक तथा शैक्षिक विकासका लागि आफू...
अनेरास्ववियु कैलाली बहुमुखी क्याम्पस कमिटीको आयोजनामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

अनेरास्ववियु कैलाली बहुमुखी क्याम्पस कमिटीको आयोजनामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

कैलाली, खेलकुद, मनोरञ्जन, शिक्षा, समाचार, सुदूरपश्चिम
धनगढी- अनेरास्ववियु कैलाली बहुमुखी क्याम्पस कमिटीको आयोजनामा प्रजातन्त्र दिवसको अवसर पारेर सञ्चालन गरिएको हाजिरी जवाफ प्रतियोगिता भव्य तथा सभ्य रूपमा सम्पन्न भएको छ। क्याम्पस कमिटी अध्यक्ष क. पुष्पराज राना (विप्लप) को अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा अनेरास्ववियु केन्द्रिय कमिटी सचिवालय सदस्य क. किशोर शाहको उपस्थिति रहेको थियो। कार्यक्रममा अनेरास्ववियु सुदूरपश्चिम प्रदेश सह–संयोजक क. यमराज जोशी, कैलाली जिल्ला कमिटी अध्यक्ष क. कुबेर खड्का, प्रदेश कमिटी सदस्य दिपेन भट्ट, दीपकराज जोशी, पुजा शाह, स्ववियु प्रतिनिधि तथा विभिन्न मित्र संगठनका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। प्रतियोगितामा क्याम्पसका विभिन्न संकायबाट गरी जम्मा २४ टिमको सहभागिता रहेको थियो। प्रतिस्पर्धात्मक रूपमा सम्पन्न प्रतियोगितामा वन विज्ञान (BSc Forestry) समूह प्रथम स्थान हासिल गर्न सफल भ...
रोयल युनाइटेट युथ पावर कप को प्रथम पुरस्कार दिपेन्द्र गिरि ले ३० हजार हस्तान्तरण गरेका छन !

रोयल युनाइटेट युथ पावर कप को प्रथम पुरस्कार दिपेन्द्र गिरि ले ३० हजार हस्तान्तरण गरेका छन !

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, खेलकुद, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कैलालि जिल्ला को गौरिगङ्गा नगरपालिका अण्डैया मा जारि रोयल युनाइटेड युथ पावर ले आयोजना गरेको २०८२ प्रथम फुटवलकप शिवशक्ति युथ कल्ब रत्तिपुर ले हात पारेको छ । say no to drugs say yas to life भन्ने नारा का साथ आदर्श सुधार केन्द्र को आयोजना मा सुरुवाद भएको सो खेल मा जिल्ला भरि बाट १६ वटा टिम ले भाग लिएका थिए भने उकृष्ट प्रदर्शन गर्दै संघर्शसिल गाउले युथ क्लब र शिवशक्ती युथ क्लब फाइनल प्रबेश गरेका थिए । हिजो भएको अन्तिम खेल मा शिवशक्तिले एक गोल गर्दै ट्रफि उचालेको थियो , प्रथम पुरस्कार तिस हजार थियो । भने दोस्रो हुने लाइ आदर्श सुधार केन्द्र ले पन्ध्र हजार हस्तान्तरण गरेको थियो प्रथम हुनेलाइ समाजसेवि युवा नेता पुर्व खेलाडि खेल प्रेमि नेपाल खेलकुद महासंघ का केन्द्रीय सदस्य दिपेन्द्र गिरिले आफ्नो ब्याक्तिगत तर्फ बाट रु ३० हजार हस्तान्तरण गरेका छन ।...
रोयल युनाइटेट युथ पावर कप को प्रथम पुरस्कार दिपेन्द्र गिरि ले तिस हजार हस्तान्तरण गरेकाछन

रोयल युनाइटेट युथ पावर कप को प्रथम पुरस्कार दिपेन्द्र गिरि ले तिस हजार हस्तान्तरण गरेकाछन

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, दैनिक, मुख्य समाचार, सुदूरपश्चिम
कैलालि जिल्ला को गौरिगङ्गा नगरपालिका अण्डैया मा जारि रोयल युनाइटेड युथ पावर ले आयोजना गरेको २०८२ प्रथम फुटवलकप शिवशक्ति युथ कल्ब रत्तिपुर ले हात पारेको छ । say no to drugs say yas to life भन्ने नारा का साथ आदर्श सुधार केन्द्र को आयोजना मा सुरुवाद भएको सो खेल मा जिल्ला भरि बाट १६ वटा टिम ले भाग लिएका थिए भने उकृष्ट प्रदर्शन गर्दै संघर्शसिल गाउले युथ क्लब र शिवशक्ती युथ क्लब फाइनल प्रबेश गरेका थिए । हिजो भएको अन्तिम खेल मा शिवशक्तिले एक गोल गर्दै ट्रफि उचालेको थियो , प्रथम पुरस्कार तिस हजार थियो । भने दोस्रो हुने लाइ आदर्श सुधार केन्द्र ले पन्ध्र हजार हस्तान्तरण गरेको थियो प्रथम हुनेलाइ समाजसेवि युवा नेता पुर्व खेलाडि खेल प्रेमि नेपाल खेलकुद महासंघ का केन्द्रीय सदस्य दिपेन्द्र गिरिले आफ्नो ब्याक्तिगत तर्फ बाट रु ३० हजार हस्तान्तरण गरेका छन ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज