Advertisement

कैलाली

कलम बम मेमोरियल स्कुल एसईइ परिक्षामा लगातार तेस्रो पटक सर्वोत्कृष्ट नतिजा ल्याउदै घोडाघोडी नगरपालिका प्रथम बन्न सफल

कलम बम मेमोरियल स्कुल एसईइ परिक्षामा लगातार तेस्रो पटक सर्वोत्कृष्ट नतिजा ल्याउदै घोडाघोडी नगरपालिका प्रथम बन्न सफल

कैलाली, दैनिक, मुख्य समाचार, शिक्षा, समाचार, सुदूरपश्चिम
२०८१ असार २१ गते शुक्रबारकैलाली जिल्ला को मध्यवर्ति क्षेत्र घोडाघोडी नगरपालिका १० पहलमानपुरमा रहेको कलम बम मेमोरियल स्कुल ले लगातार तेस्रो पटक एसईइ परिक्षामा घोडाघोडी नगरपालिका प्रथम हुँदै स्वर्णिम इतिहास कोर्न सफल भएको छ । बिधालय मा पठनपाठन गराउने शिक्षाक शिक्षिका र बिधालयमा अध्यनरत बिद्यार्थी को मेहनत र अभिबाभकको साथ सहयोगले आफुहरु यो इतिहास ३ पटक घोडाघोडी नगरपालिका प्रथम हुँदै इतिहास रच्न सफल भएको बिधालयका प्रीन्सिपल फाउन्डर युवराज बमले बताएका छन् । उनले सर्वोत्कृष्ट नतिजा सहित विद्यालयको नाम नगरपालिका मै उच्च स्थानमा राख्न सफल सम्पूर्ण विद्यार्थी भाइबहिनीहरुलाई विद्यालय परिवार हार्दिक धन्यवाद सहित आगामी दिनमा उत्तरोत्तर प्रगतिको अशेष शुभकामना व्यक्त गर्नु भएको छ । अनुशासित, संस्कारवान र परिश्रमी विद्यार्थी तथा लगनशील शिक्षकहरुको थलोको रुपमा आफ्नो पहिचान स्थापित गरेको यो विद्यालय...
भुमी पायौ तर अधिकार पाएनौ – कर्ण साउद

भुमी पायौ तर अधिकार पाएनौ – कर्ण साउद

कैलाली, दैनिक, मुख्य समाचार, विचार, सुदूरपश्चिम
बिश्वमा पुजीवादीहरुले जब गरिब र तल्लो स्थरका नागरिकलाई सुकुम्बासी कामदार बनाउन थाले तब जर्मन दार्शनिक कार्ल मार्क्सले ३० वर्षको उमेर सन् १८४८ मा कम्युनिस्ट घोषणापत्र प्रकाशित गरेपछि विश्वमा नै कम्युनिस्ट पार्टी स्थापनाको लहर चल्यो ।थुप्रै देशमा कम्निस्ट पार्टीको स्थापना भयो ।र केही देशमा कम्निस्टले शासन पनि गरे । कम्निस्ट्को वास्तविक अर्थ थियो जस्को निजि सम्पत्ति हुदैन निजि लोभ र लक्ष्य हुदैन कम्निस्ट्को अर्थ थियो कि सबै बराबर सबै एउटै ।पुजीवादी दलाल प्रवृत्तिका विरुद्ध लड्न सक्ने शब्द थियो कम्निस्ट गरिब पिछडिएका वर्ग सुकुम्बासीलाई पनि राज्य को आम नागरिक जस्तै समान स्थर थियो ।तर नेपालमा थुप्रै पार्टी कम्निस्ट छ्न पार्टी कम्निस्ट छ्न पार्टीका ब्यक्ति पुजीवादी दलाल छ्न लक्ष्य समाजवाद छ तर काम नातावाद कृतावाद परिवारवाद छ ।जुन बेला अमेरिका शब्द नै बिश्वमा थिएन त्यो भन्दा अगाडि नेपालको जन्म ...
आज कुन-कुन ठाउँमा छ भारी वर्षाको सम्भावना?

आज कुन-कुन ठाउँमा छ भारी वर्षाको सम्भावना?

कैलाली, दैनिक, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। महाशाखाका अनुसार पछिल्लो २४ घन्टामा चितवनको गोविन्द बस्तीमा भारी वर्षा भएको छ। त्यहाँ पछिल्लो २४ घन्टामा १५५.८ मिलिमिटर वर्षा भएको छ। चितवनकै कल्याणपुरमा १२४ मिलिमिटर वर्षा भएको छ। नवलपुरको देउरालीमा ९७, पाल्पाको बल्याङगढीमा १०१, अछामको मंगलसेनमा ९६.४ मिलिमिटर वर्षा भएको छ। अहिले बिहान कोशी, मधेस, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली रही बाँकी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरू साथै कोशी, बागमती र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। बिहीबार दिउँसो देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ। कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर...
जनप्रतिनिधि को फेरिदो व्यवहार – सचिब ललित सिङ

जनप्रतिनिधि को फेरिदो व्यवहार – सचिब ललित सिङ

कैलाली, दैनिक, मुख्य समाचार, विचार, समाचार, सुदूरपश्चिम
जनता ले आफ्नो सार्वभौम अधिकार सुम्पिएर सत्ता को बागडाेर समाल्न पठाइएका शासनमा समाहित ब्याक्तिहरु नै जनप्रतिनिधि हुन। नेपालको शासकीय स्वरुपको अधार मा भन्दा बिशेषत;,प्रतिनिधिसभा सदस्यहरु, प्रदेशसभा सदस्यहरु, नगरसभा सदस्यहरु जनप्रतिनिधिको रुपमा चिनिने गर्दछन ।जो बैधानिक चुनावी प्रक्रिया को बाटो भइ शासकिय स्थलमा पुगेका हुन्छन् । हरेक स्थान , समुदाय , समाज , क्षेत्र मा रहेका सबै जातजाती , धर्म , सस्कृती ,बर्ग का मानिसहरु को माग , आबस्यकता लाई प्राथमिकता को विषय बनाइ सबै को पहिचान , बिचार समेत ध्यानमा राखी अनेकता मा एकता कायम गरि समृद्धि तर्फ को गन्तव्य तय गर्ने अविभारा पाएको जनप्रतिनिधि पथभ्रष्ट भैरहेको भान जनता लाई महसुस भएको छ । राज्य पुनसर्ंरचना को सवाल सम्बोधन को पहिलो विकल्पको रुपमा स्थापित हुन पुगेको संघीय संरचनाको तल्लो निकाय मा जनप्रतिनिधि ले रजाइँ गर्दैछन् हैकमवाद को दबदबा रहेको छ भ...
खडेरीले धनगढीमा पानीको हाहाकार, ट्याङ्करमा बोकेर आपूर्ति गरिदै

खडेरीले धनगढीमा पानीको हाहाकार, ट्याङ्करमा बोकेर आपूर्ति गरिदै

कैलाली, दैनिक, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी उपमहानगरपालिका–१२ जुगेडाको सिद्धनाथ माध्यमिक विद्यालयको नल्कामा पानी सुक्यो। विद्यार्थी र शिक्षकहरूलाई खान र शौचालयमा प्रयोग गर्न समस्या भयो। विद्यालयमा तीन सय ८० फिट गहिरो गाडिएका नल्कामा पानी सुकेको हो। विद्यालयमा खानेपानीको नल्का सुकेपछि विद्यार्थीहरूले घरबाट बोतलमा पानी बोकेर आउने गरेका छन्। विद्यालयको शौचालयमा प्रयोगका लागि धनगढी उपमहानगरपालिकाले ट्याङ्करमा पानी पुर्‍याएको छ। खडेरीका कारण विद्यालयमा पानीको हाहाकार भएको हो। सिद्धनाथ माध्यामिक विद्यालयमा कक्षा १० कि विद्यार्थी माया थापाले सबै विद्यार्थीहरूले घरबाट खानेपानी बोतलमा ल्याउने गरेको बताइन। उनले भनिन्, ‘विद्यालयमा पानी छैन। अस्तिसम्म राम्रो थियो। अचेल पानी छैन। विद्यार्थीहरू बाहिरबाटै ल्याउनु हुन्छ। नल्काको पानी सुकेको हो।’ अर्का विद्यार्थी पवन रावतले नगरपालिकाले ट्याङ्करबाट ढुवानी गरेको पानी शौचालयमा प्रयोग गर्दै आएक...
सुदूरपश्चिममा सबै प्रकृतिका सवारीसाधनको कर बढ्यो

सुदूरपश्चिममा सबै प्रकृतिका सवारीसाधनको कर बढ्यो

कैलाली, दैनिक, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले सबै प्रकृतिका सवारीको कर बढाएको छ। आगामी आर्थिक वर्ष २०८१/८२ देखि लागु हुने गरी साना–ठूला सबै प्रकृतिका सवारीसाधनको कर बढाइएको हो। सुदूरपश्चिमका आर्थिक मामिलामन्त्री सुरेन्द्रबहादुर पालले शनिवार प्रदेश सभामा पेस गरेको आगामी आर्थिक वर्षको बजेटमा सवारी कर बढाएका हुन्। प्रदेश सरकारले सवारी कर पाँच हजार रुपैयाँसम्म बढाएको छ। सरकारले न्यूनतम एक हजार सीसीदेखि अधिकतम २९०१ देखि माथिका सवारीमा वार्षिक ५८ हजार रुपैयाँसम्म कर निर्धारण गरिएको छ। मोटरसाइकलमा पनि प्रदूषण कर सुदूरपश्चिम प्रदेश सरकारले प्रदूषण जाँच दस्तुर पनि बढाएको छ। यसअघि सार्वजनिक ठूला सवारीमा ३ हजार र सानामा २ हजार रुपैयाँ प्रदूषण लाग्दै आएकोमा अब सार्वजनिक ठूला सवारीमा ५ हजार र साना सवारीमा ३ हजार रुपैयाँ लाग्नेछ। यसअघि निजी ठूला सवारीमा ५ हजार र सानामा २ हजार रुपैयाँ कर लाग्दै आएकोमा अब निजी ठूल...
गोदावरीमा नगरप्रमुखसहित सवारी भाडाको नाममा झण्डै १२ लाख स्वाहा

गोदावरीमा नगरप्रमुखसहित सवारी भाडाको नाममा झण्डै १२ लाख स्वाहा

कैलाली, दैनिक, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कैलालीको गोदावरीमा कार्यालय र नगरप्रमुख सवारीसाधन भाडाको नाममा झण्डै १२ लाख रुपैयाँ खर्च गरिएको छ। सो रकम कार्यालय र नगरप्रमुख बिरेन्द्र भट्टको सवारीसाधन भाडा प्रयोजनमा खर्च गरिएको हो। २०६९ फागुनदेखि २०८० जेठ १७ गतेसम्म मात्र कार्यालय र नगरप्रमुखको प्रयोजनका लागि सवारी भाडामा ११ लाख ८१ हजार २५० रुपैयाँ राज्यकोषको रकम खर्च गरिएको छ। यो आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ को नियम ३९ (११) विपरीत गरिएको खर्च रकम हो।  सरकारी रकम खर्च गर्दा वा कुनै आर्थिक कारोबार गर्दा कार्यालय प्रमुखले सरकारी रकमको हिनामिना हानीनोक्सानी वा वापरबाही हुन नपाउने गरेर सरकारी सम्पत्ति नगद, जिन्सी सुरक्षित राख्न उचित प्रबन्ध मिलाउनुपर्ने सो नियमावलीमा उल्लेख छ। तर गोदावरी नगरपालिकाले भने कार्यालय प्रयोजन र नगरप्रमुखको प्रयोजनको नाममा ११ लाख ८१ हजार २५० रुपैयाँ खर्च गरेको छ। कार्यालयको साम...
बिकाश को लागि बैज्ञानिक चिन्तन -वार्ड सचिब ललित सिंह

बिकाश को लागि बैज्ञानिक चिन्तन -वार्ड सचिब ललित सिंह

कैलाली, दैनिक, राजनीति, विचार, समाचार, सुदूरपश्चिम
कुनै स्थानमा हुने सकारात्मक परिबर्तन जस्ले त्यस स्थान का आम नागरिक हरुको जीवन स्थरलाई गुणस्तरीय बनाउदछ  त्यस्तो प्रक्रिया नै बिकाश हो ।मानव चेतना को गर्व बाट नै बिकास को जन्म हुने गर्दछ त्यस कारण मानव चेतना को स्थर बैज्ञानिक बनाउन नसके सम्म बिकास सम्भव हुदैन । मानव चेतना को स्थर बिकास सन्धर्भमा प्रख्यात समाज शाश्री एवम समाजसास्र का पिता अगस्टे काम्टे ले लेखेका छन । मानव चेतना को स्थर निम्न तीन चरण मा बिकाश भएको पाइन्छ । धार्मिक चेतना को स्थर - यश चरण मा  सामाजिक घट्ना तथा अवस्था समन्ध मा त्यस्को कारण दैबिक प्रलोकिक शक्ति हो जस्लाइ दैबिक शक्ति द्वारा संचालन एवम नियन्त्रण हुन्छ भन्ने बिश्वास राखिन्छ। तात्विक स्थर- यश चरणमा सामाजिक घट्ना को कारण कुनै निश्चित प्राकृतिक नियम मा आधारित शक्ति द्वारा चलायमान हुन्छ भन्ने मान्यता एवम बिश्वास राखिन्छ। प्रत्यक्षवाद स्थर- यश चरण मा हरेक सा...
कृषक को सयात्री बन्दै सुरो नेपाल

कृषक को सयात्री बन्दै सुरो नेपाल

कैलाली, मुख्य समाचार, समाचार
सुरो नेपाल भन्न बित्तिकै कृषक को सहयात्री भनेर बुजिन्छ । यो सस्था बिगत पाच बर्ष भरी नेपाल को विभिन्न छेत्र मा काम गर्दै आएको छ । सस्थाले विशेष गरि कृषि, शिक्षा , खानेपानी तर्फ काम गर्ने गर्छ । यो सस्था कृषक को लागि बर्दान बनेको छ । यो सस्था ले हाल सम्म हजारौं कृषक लाई उन्लाइ उपयोगि जरुरत सामाग्री बितरण गर्दै आएको यश सस्थाकी सस्थाक अध्यक्ष सुसिला खड्का बताउछन । उन्ले अहिले सन्म १०० भन्दा २५% कृषक र ७५ % सस्थाको साझेदारीमा चम्पा ट्याक्टर देखि पानी मोटर बितरण गरेको छ भने कयौ लाई जरुरत अनुसार को रकम सम्म हस्तान्तरण गरेको छ । उक्त सस्थाले अहिले सम्म चार वटा स्कुल मा खानेपानी का धारा देखि बाल सम्म जडान गरि दिएको छ भने असाय अशक्त बेसहारा हरुलाइ पनि समय समय मा राहत बितरण गरेको छ । सो सस्थाले कृषक हरुलाइ बडि जोर गरेको छ । सस्था मा त्यसै गरि उपाध्यक्ष मा सुबिना बुढाऐर रहेकिछन भने सचिब मा रोहित...
बालबालिकाहरुका लागि कानुनी तथा सामाजिक मनोपरामर्श कार्यक्रम सम्पन्न

बालबालिकाहरुका लागि कानुनी तथा सामाजिक मनोपरामर्श कार्यक्रम सम्पन्न

कैलाली, सुदूरपश्चिम
लम्की- आज कैलालीको लम्कीचुहा नगरपालिका वडा नं ०२ गणेशपुरमा रहेको श्री जनसेवा माध्यमिक विद्यालयमा बाल संरक्षण समिति लम्कीचुहा नगरपालिका वडा नं ०२ को आयोजना र बाल कल्याण संघ टीकापुरको आर्थिक सहयोगमा बालबालिकाहरुका लागि कानुनी तथा सामाजिक मनोपरामर्श कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा सभापती लम्कीचुहा नगरपालिका वडा नं ०२ का वडा अध्यक्ष सन्तोष कुमार ओली, प्रमुख अतिथि लम्कीचुहा नगरपालिका की उपमेयर जुना चौधरी, बाल कल्याण संघ टीकापुरका प्रतिनिधि लगायत अन्य सर विद्यार्थीको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा बोल्दै कार्यक्रमका सभापती लम्कीचुहा नगरपालिका वडा नं ०२ का वडा अध्यक्ष सन्तोष कुमार ओलीले हामीले बालबालिकाकोे लागी खेलकुद देखि अतिरिक्त क्रियाकलापमा बालबालिकाकोे लागी थुप्रै काम गरेका छौं र गर्ने छौ भनी बताउनु भयो। साथै प्रमुख अतिथि उपमेयर जुना ...
“माओवादी जनयुद्ध र गणतन्त्र नै यो देश परिवर्तनको जग हो ” युवा नेता करण साउद

“माओवादी जनयुद्ध र गणतन्त्र नै यो देश परिवर्तनको जग हो ” युवा नेता करण साउद

कैलाली, मुख्य समाचार, विचार, सुदूरपश्चिम
नेपाल एउटा सुन्दर देश हो ।मेरो देश नेपाल चारै तिर बाट ठुला दुई बिशाल देशले घेरिएको छ । हामि दुई देश बिचको तरुल बनेका छौ । हामी प्रत्यक्ष रुपमा कुनै पनि समुद्री नाका सङ्ग जोडिएका छैनन् । मेरो देश नेपाल सुन्दरताले स्वर्ग छ बिश्वको आग्लो हिमाल सगरमाथा यहि छ बिश्वमा अग्लो ठाउँमा रहेको ताल तिलिचो यहि ठाउँमा छ ।बिश्वमा काहीँ नपाइने लालीगुराँस र चराहरु यहि छ्न । प्रकृतिको सुन्दर बगैंचा हो मेरो देश ।तर देश सुन्दर भएर मात्र नहुने रैछ मानव बिकास पनि चाहिने रैछ किन कि आज नेपाल सङै स्थापन भएका बिश्व का थुप्रै देश मानव सुचान्कमा अग्र स्थानमा छ्न । हामी किन पछाडि परेउ त ? किन कि २०६२/६३ अगाडि यो देशमा तानाशाही सामन्ती राजतन्त्रको हाली मुहाली थियो । यो देशमा भएका जनताका सम्पत्ति (कर) राजा परिवारका लागि मोजमस्ती बिहे घुमफेर र रमाइलो मै थियो। सिमित राजाका परिवार घुम्ने बस्ने ठाउमा केही लगानी हुन्...
सुदूरपश्चिम प्रदेशले पायो १३ अर्ब ८३ करोड संघीय अनुदान

सुदूरपश्चिम प्रदेशले पायो १३ अर्ब ८३ करोड संघीय अनुदान

कैलाली, दैनिक, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढीः आगामी आर्थिक वर्षको संघीय बजेट सार्वजनिक भइसकेको छ। संघीय सरकारले दिने अनुदानका आधारमा प्रदेश र स्थानीय तहहरुले बजेट निर्माण गर्दै आएका छन्। प्रदेश सरकारको बजेट संघीय सरकारले दिने अनुदानमा निर्भर छ। सुदूरपश्चिम प्रदेशको बजेट करिब ९५ प्रतिशत संघीय सरकारले दिने अनुदानमा निर्भर हुने गरेको छ। संघीय बजेटपछि प्रदेश सरकारले बजेट ल्याउने गरेको छ। प्रदेशपछि स्थानीय तहहरुले आफ्नो बजेट बनाएर सार्वजनिक गर्ने गरेका छन्। सुदूरपश्चिम प्रदेश सरकारको आफ्नो आन्तरिक स्रोत बलियो नहुँदा संघीय सरकारले दिन अनुदानका आधारमा बजेट निर्माण हुने गरेको छ। सुदूरपश्चिम प्रदेशको आफ्नो आन्तरिक आम्दानीको स्रोत दुई अर्ब पुगाउन समेत मुश्किल हुने गरेको छ। संघीय सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ मा वितरण हुने संघीय अनुदान अन्तर्गत सुदूरपश्चिम प्रदेशका लागि १३ अर्ब ८३ करोड २१ लाख अनुदान बाँडफाँड गरेको छ। सुदूरपश्...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज