जनता ले आफ्नो सार्वभौम अधिकार सुम्पिएर सत्ता को बागडाेर समाल्न पठाइएका शासनमा समाहित ब्याक्तिहरु नै जनप्रतिनिधि हुन। नेपालको शासकीय स्वरुपको अधार मा भन्दा बिशेषत;,प्रतिनिधिसभा सदस्यहरु, प्रदेशसभा सदस्यहरु, नगरसभा सदस्यहरु जनप्रतिनिधिको रुपमा चिनिने गर्दछन ।जो बैधानिक चुनावी प्रक्रिया को बाटो भइ शासकिय स्थलमा पुगेका हुन्छन् ।
हरेक स्थान , समुदाय , समाज , क्षेत्र मा रहेका सबै जातजाती , धर्म , सस्कृती ,बर्ग का मानिसहरु को माग , आबस्यकता लाई प्राथमिकता को विषय बनाइ सबै को पहिचान , बिचार समेत ध्यानमा राखी अनेकता मा एकता कायम गरि समृद्धि तर्फ को गन्तव्य तय गर्ने अविभारा पाएको जनप्रतिनिधि पथभ्रष्ट भैरहेको भान जनता लाई महसुस भएको छ । राज्य पुनसर्ंरचना को सवाल सम्बोधन को पहिलो विकल्पको रुपमा स्थापित हुन पुगेको संघीय संरचनाको तल्लो निकाय मा जनप्रतिनिधि ले रजाइँ गर्दैछन् हैकमवाद को दबदबा रहेको छ भन्ने जन गुनासो छ।
भरष्टाचार, अनियमितता,भाइ-भतिजवाद जरमराएको छ।मनराज( आफ्नो मन मा जे लाग्यो त्यही गर्ने) को जन्म भएको छ प्रतिनिधिहरु मनराज हुँदै गएको कुरा निम्न दृष्टान्त बाट बुझ्न सकिन्छ।
क). कानुन निर्माण मा
कानुनको समसामयिक परिवर्तन गर्न इच्छा नराखेको , निजि स्वार्थ पूरा हुने जस्तै सार्बजनिक ऐन , नियमावली जस्ता कुराहरु रातोरात परिवर्तन / ससाेधन हुने गरेको ।जनता संघ प्रत्यक्ष बिशय मा जोडिएका कानुनहरु सम्बन्ध मा मौन रहनु।
ख).योजना/ कार्यक्रम
नेपालजस्तो कमविकसित मुलुक को लागि bottom up बिकास model फाइदाजनक मानिन्छ।यद्यपि जुनसुकै बिकास model अभ्यास मा ल्याए पनि योजना / कार्यक्रम जनता को आब्श्यकता, माग मा अधारित नभइ बिशुद्व रुपले कमिसन मुखी , फाइदामुखी योजना मात्र तर्जुमा हुने गरेको छ।
नीति निर्दिष्ट योजना भन्दा गोजि निर्दिष्ट योजना तस्बिर मा देखिन आएका छ्न ।
ग).प्रशासनिक
कर्मचारी को पद्स्थापन , सरुवा , काज, सहमती, भर्मण , अध्य्यन जस्ता कुरा मा स्थानिय तह मा मनराज को दबदबा रहेको छ।
समय रहदै विधि, नीति कानुन को परिपालना गर्न चुक्यौ भने यो कठिन अबस्था को सहि अवतरण नहुने देखिन्छ ।
वार्ड सचिब ललित सिङ
कामनाटुडे निष्पक्ष पत्रकारिताको दृढ पहरेदार हो, जसले समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व, प्रविधि र जीवनका विविध आयाम उजागर गर्छ। मर्यादित समाज र समृद्धिको यात्रामा अघि बढ्दै हामि आवाजविहीनहरूको बुलन्द स्वर बनिरहेका छौँ । यदि तपाईंसँग भ्रष्टाचार वा अनियमितताको कुनै प्रमाण छ भने, हामीलाई पठाउनुहोस्। सत्य उजागर गर्न कटिबद्ध कामनाटुडे तपाईंको गोपनीयता सुरक्षित राख्नेछ। सचेत नागरिक बनौं, अन्यायविरुद्ध उभिऔं!
केन्द्रिय कार्यालयः सुदूरपश्चिम प्रदेश धनगढी कैलाली
फोन नम्बर – ०९१-५९०९३३