Advertisement

सुदूरपश्चिममा सबै प्रकृतिका सवारीसाधनको कर बढ्यो

Advertisement

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले सबै प्रकृतिका सवारीको कर बढाएको छ। आगामी आर्थिक वर्ष २०८१/८२ देखि लागु हुने गरी साना–ठूला सबै प्रकृतिका सवारीसाधनको कर बढाइएको हो। सुदूरपश्चिमका आर्थिक मामिलामन्त्री सुरेन्द्रबहादुर पालले शनिवार प्रदेश सभामा पेस गरेको आगामी आर्थिक वर्षको बजेटमा सवारी कर बढाएका हुन्।

प्रदेश सरकारले सवारी कर पाँच हजार रुपैयाँसम्म बढाएको छ। सरकारले न्यूनतम एक हजार सीसीदेखि अधिकतम २९०१ देखि माथिका सवारीमा वार्षिक ५८ हजार रुपैयाँसम्म कर निर्धारण गरिएको छ। मोटरसाइकलमा पनि प्रदूषण कर सुदूरपश्चिम प्रदेश सरकारले प्रदूषण जाँच दस्तुर पनि बढाएको छ। यसअघि सार्वजनिक ठूला सवारीमा ३ हजार र सानामा २ हजार रुपैयाँ प्रदूषण लाग्दै आएकोमा अब सार्वजनिक ठूला सवारीमा ५ हजार र साना सवारीमा ३ हजार रुपैयाँ लाग्नेछ। यसअघि निजी ठूला सवारीमा ५ हजार र सानामा २ हजार रुपैयाँ कर लाग्दै आएकोमा अब निजी ठूलामा ७ हजार र साना सवारीमा ५ हजार रुपैयाँ निर्धारण गरेको छ।

प्रदेश सरकारले मोटरसाइकलमा पनि प्रदूषण दस्तुर लगाएको छ। अब प्रत्येक वर्ष मोटरसाइकल चालकले प्रदूषण कर अन्तर्गत ३ हजार रुपैयाँ तिर्नु पर्नेछ। जाँचपास कर एक हजारले वृद्धि सुदूरपश्चिम प्रदेशले जाँचपास प्रमाणपत्र दस्तुर पनि एक हजार रुपैयाँले बढाएको छ। प्रदेश सरकारले ठूला सवारीमा ६ हजार मझौलामा ५ हजार र साना सवारीमा ४ हजार दस्तुर निर्धारण गरेको छ। यसअघि यस्तो सवारीमा क्रमशः ५ हजार, ४ हजार र ३ हजार रुपैयाँ दस्तुर थियो।

ई–रिक्सा÷अटो रिक्सा दर्ता कर एक हजार अटो रिक्सा र ई–रिक्सामा पनि कर बढेको छ। निजी तथा सार्वजनिक ई–रिक्साको कर वार्षिक ८ सय रुपैयाँले बढेको छ। यसअघि २ सय रुपैयाँ मात्रै थियो। नवीकरण दस्तुर पनि ५० रुपैयाँबाट बढाएर २ सय रुपैयाँ पुर्‍याइएको छ। निजी तथा सार्वजनिक अटो रिक्सामा पनि कर बढाएको छ। प्रदेश सरकारले दर्ता शुल्क ५ सय बढाएर एक हजार रुपैयाँ पुर्‍याएको हो। वार्षिक नवीकरण दस्तुर पनि एक हजारबाट २ हजार रुपैयाँ पुर्‍याएको छ भने नवीकरण दस्तुर २ सय रुपैयाँबाट पाँच सय रुपैयाँ कायम गरेको छ।

सञ्चालन अनुमतिपत्र कर २ हजारले बढ्यो यातायात सेवा सञ्चालन अनुमति पत्र शुल्क पनि २ हजार रुपैयाँले बढेको छ। १५ लाख रुपैयाँसम्म पुँजी भएका कम्पनीका लागि १ हजार ५ सय, १५ लाखदेखि ५० लाख रुपैयाँसम्मका लागि ४ हजार र ५० लाख लाख रुपैयाँसम्मको लागि ७ हजार रुपैयाँ कायम गरेको छ। गत वर्ष यस्तो कर क्रमशः १ हजार ३ हजार र ५ हजार रुपैयाँ थियो।

पञ्जीकृत कर १५ सयले वृद्धि यातायात सेवा सञ्चालन अनुमति पञ्जीकृत दस्तुर पनि बढेको छ। १५ लाख रुपैयाँभन्दा कम पुँजीका लागि १५ सय, १५ लाख रुपैयाँदेखि ५० लाखसम्मका लागि ३ हजार पाँच सय र ५० लाख रुपैयाँ भन्दा बढी पुँजीका लागि ५ हजार ५ सय रुपैयाँ कर तोकेको छ। यसअघि यस्तो दस्तुर क्रमशः १ हजार, २ हजार ५ सय र ४ हजार रुपैयाँ थियो।

बाटो इजाजत पत्र कर ५ सिटभन्दा बढी र १४ सिटभन्दा कमका सवारी साधानको बाटो इजाजत पत्र दस्तुर पनि २ सय रुपैयाँले बढेको छ। यसअघि १ देखि ५० किलोमिटरसम्मको ६ सय रुपैयाँ रहेकोमा अहिले ८ सय, ५१ देखि १ सय किलोमिटरको ८ सय रहेकोमा अहिले १ हजार रुपैयाँ र यसअघि १०१ देखि १५० किमिको १ एक हजार रुपैयाँ रहेकोमा अहिले १२ सय रुपैयाँ तोकिएको छ। १५१ देखि २५० किमीसम्मको १ हजार ४ सय रुपैयाँ निर्धारण गरिएको छ। त्यसमाथिका सवारीमा भने कर हेरफेर भएको छैन।

यस्तै, एक जिल्लामा मात्रै सञ्चालनमा हुने ट्याक्सी, कार तथा जिपको १ हजार ५ सय, २ जिल्लाको २ हजार, तीन जिल्लाको २ हजार ५ सय र चार जिल्लाको ३ हजार रुपैयाँ निर्धारण गरिएको छ। यसअघि यस्ता सवारीमा क्रमशः १ हजार, १ हजार ५ सय र २ हजार रुपैयाँ दस्तुर थियो। यसअघि चार जिल्ला भनेर निर्धारण गरिएको थिएन।

यस्तै, अन्तर स्थानीय तहको दस्तुर पनि बढाएको छ। एउटा स्थानीय तहभित्र सञ्चालक हुने सवारीको ४ सय, दुई वटा स्थानीय तहमा सञ्चालन हुने सवारीको ६ सय र तीन वटा स्थानीय तहमा सञ्चालन हुने सवारीमा ८ सय रुपैयाँ कर लगाइएको छ । विगतमा यस्तो सवारीमा क्रमशः ३ सय, ५ सय र ७ सय रुपैयाँ दस्तुर थियो। सवारी साधान नामसारी दस्तुरसमेत बढ्यो सवारी साधन नामसारी दस्तुर पनि ३ सय रुपैयाँले बढेको छ। सार्वजनिक ठूला सवारीको नामसारी दस्तुर १ हजामर ८ सय र मझौलाको १ हजार २ सय र सानाको १ हजार रुपैयाँ तोकिएको छ।

यस्तो दस्तुर विगतमा क्रमशः १ हजार ५ सय, एक हजार र ८ सय रुपैयाँ थियो। यस्तै, निजी ठूला सवारीको १ हजार २ सय, मझौलाको ९ सय र सानाको ८ सय रुपैयाँ तोकिएको छ। विगतमा यस्तो सवारीमा क्रमशः एक हजार, ७ सय र ६सय रुपैयाँ थियो। सरुवा दस्तुर ५ सयले बढ्यो सुदूरपश्चिम प्रदेशबाट अन्य प्रदेशमा सार्वजनिक सवारी सरुवा सहमति भई गएका सवारीको दस्तुरमा पनि ५ सय रुपैयाँ कर बढेको छ। प्रदेश सरकारले ठूला सवारीमा २ हजार ५ सय, मझौलामा २ हजार र सानामा १३ सय रुपैयाँ दस्तुर तोकेको छ।

यस्तो दस्तुर विगतमा क्रमशः २ हजार १ हजार ५ सय र १ हजार रुपैयाँ थियो। निजी सवारीमा पनि ठूला सवारीमा १ हजार ३ सय सानामा ७ सय रुपैयाँ निर्धारण गरेको छ। यसअघि यस्ता सवारीमा ठूलामा १ हजार र सानामा ५ सय रुपैयाँ लाग्ने गरेको थियो। विद्युतीय गाडीमा ३५ हजारसम्म कर प्रदेश सरकारले सार्वजनिक विद्युतीय गाडीमा पनि कर बढाएको छ। प्रदेश सरकारले ४९ किलोवाटको गाडीमा ३ हजार ५ सय, ४९ देखि १२५ किलोवाटका गाडीमा ६ हजार, १२५ देखि २२५ किलोवाटमा १३ हजार २२५ देखि माथिका गाडीमा २० हजार र ईरिक्सामा ३ हजार कर लाग्ने घोषणा गरेको छ। यसअघि यस्तो गाडीमा क्रमशः २ हजार ५ सय, ४ हजार ५ सय, १० हजार र १५ हजार रुपैयाँ कर लगाउने गरेको थियो।

यस्तै, ५०० किलोवाटका मोटरसाइकलमा १ हजार २ सय, ५०० देखि १ हजारसम्म १ हजार ७ सय, १००१ देखि १५ सयसम्म २ हजार तीन सय र १५ सयमाथिका मोटरसाइकल स्कुटरमा ३ हजार ५ सय रुपैयाँ कर निर्धारण गरेको छ। यस्तै, ४९ किलोवाटसम्मका सवारीमा १२ हजार, ४९ देखि १२५ किलोवाटसम्मका १८ हजार, १२५ देखि २२५ मिलोवाटसम्मका २४ हजार र २२५ देखि माथिका किलोवाटका ३५ हजार रुपैयाँ निर्धारण गरेको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

गणेश नेपाली मृत्यु प्रकरण: संसद् र सडकबाट प्रधानमन्त्री बालेन शाहको राजीनामा माग

गणेश नेपाली मृत्यु प्रकरण: संसद् र सडकबाट प्रधानमन्त्री बालेन शाहको राजीनामा माग

काठमाडौं- मुगुका गणेश नेपालीको मृत्यु प्रकरणलाई लिएर प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गर्दै संसद् र सडक दुवैतर्फबाट विरोध चर...
केदारस्युँ गाउँपालिकाले सार्वजनिक गर्‍यो आर्थिक वर्ष २०८२ / ०८३ को वित्तीय प्रगति, ९० प्रतिशत बजेट खर्च

केदारस्युँ गाउँपालिकाले सार्वजनिक गर्‍यो आर्थिक वर्ष २०८२ / ०८३ को वित्तीय प्रगति, ९० प्रतिशत बजेट खर्च

बझाङ- केदारस्युँ गाउँपालिकाले आर्थिक वर्ष २०८२ / ०८३ को वार्षिक वित्तीय प्रगति सार्वजनिक गरेको छ। गाउँ कार्यपालिकाको कार्यालयले बि...
कैलालीमा बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

कैलालीमा बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

धनगढी- कैलालीमा १६ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा बर्दगोरिया गाउँपालिका–६ ...
कर्णाली नदीमा बेपत्तामध्ये थप दुई जनाको शव फेला, दुई जना अझै बेपत्ता

कर्णाली नदीमा बेपत्तामध्ये थप दुई जनाको शव फेला, दुई जना अझै बेपत्ता

कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७, साङ्गेतरामा कर्णाली नदीमा बेपत्ता भएकामध्ये थप दुई जनाको शव बिह...
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

कञ्चनपुर - सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण निरन्तर बढ्दै गएको ...
बर्खामा बिपी राजमार्ग अवरुद्ध भए आधा घण्टामै खुलाइने गरी तयारी

बर्खामा बिपी राजमार्ग अवरुद्ध भए आधा घण्टामै खुलाइने गरी तयारी

काठमाण्डाै- पटकपटकको बाढीपहिरोले क्षति भई पुनर्निर्माण थालिएको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्डमा अब अवरुद्ध भए आधा घण...
सातै प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

सातै प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

काठमाडौं- आज सातवटै प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोसी, वाग्मती,...
छबिसपाथिभेरा-७ को प्राकृतिक गहना दानछडा झरना प्रचारप्रसारको पर्खाइमा

छबिसपाथिभेरा-७ को प्राकृतिक गहना दानछडा झरना प्रचारप्रसारको पर्खाइमा

धनगढी- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मा अवस्थित दानछडा झरना प्राकृतिक सौन्दर्यले भरिपूर्ण आकर्षक गन्तव्य हो। मनमोहक दृश्य र रमण...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज