Advertisement

कैलाली

कैलालीमा एसईईको प्रश्नपत्रसहित एक जना शिक्षक पक्राउ

कैलालीमा एसईईको प्रश्नपत्रसहित एक जना शिक्षक पक्राउ

कैलाली, ताजा अपडेट, शिक्षा, समाचार
धनगढी- कैलालीमा एसईईको अंग्रेजी विषयको प्रश्नपत्रसहित एक जना शिक्षक पक्राउ परेका छन । जिल्लाको लम्किचुहा नगरपालिका -४ कैवापुरमा रहेको सरस्वती माध्यमिक विद्यालयका शिक्षक दीपक धमाला प्रश्नपत्रसहित पक्राउ परेका हुन । उनलाई राष्ट्रिय माध्यमिक विद्यालय मोतिनगर परीक्षा केन्द्र नजिकैबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । इलाका प्रहरी कार्यालय लम्कीका अनुसार उनी परीक्षा केन्द्रबाट करिब २०० मिटर टाढा प्रश्नपत्र हल गर्दै गरेको अवस्थामा भेटिएका थिए। प्रहरीका अनुसार धमलाको मोबाइलमा रहेको म्यासेन्जर चेक गर्दा अछामबाट महेन्द्र धमलाले उनलाई प्रश्नपत्र पठाएको देखिएको छ। उक्त प्रश्नपत्र बिहान ९ः३५ बजे मोबाइलमा आएको खुलेको छ। ‘उनी प्रश्नपत्र हल गरेर बसिरहेको अवस्थामा पक्राउ परेका हुन्। उनले कसैलाई चिट चोराएको भने देखिएको छैन ।...
गेटा अस्पतालको निर्देशकमा डा. यादव नियुक्त

गेटा अस्पतालको निर्देशकमा डा. यादव नियुक्त

Breaking News 1, Breaking News 2, कैलाली, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी- कैलालीको गोदावरी नगरपालिकामा रहेको गेटा अस्पतालको निर्देशकमा वरिष्ठ कन्सल्टेन्ट डा. प्रमोदकुमार यादवलाई नियुक्त गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निर्देशकमा डा. यादवलाई नियुक्त गरेको हो । केही समययता रिक्त निर्देशक पदमा यसअघि ट्रमा सेन्टरको निर्देशक रहिसकेका यादवलाई मन्त्रालयको सचिव स्तरीय निर्णयका आधारमा जिम्मेवारी प्रदान गरिएको छ । यसअघि अस्पतालको निर्देशक डा. अशोक श्रीपाईली रहेका थिए । उनी निर्देशकमा नियुक्त भएको ३ महिनामै राजीनामा दिएर गएपछि विगत २ महिना देखि अस्पताल नेतृत्व विहीन थियो । हाल गेटा अस्पतालको निर्देशकमा नियुक्त भएका डा। यादव यसअघि जनकपुर प्रादेशिक अस्पतालमा समेत निर्देशकको रूपमा काम गरिसकेका छन् । सरकारले गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेको छ । हाल विश्वविद्यालय अन्तरगत रहेन गरी ५० शय्याको अस्पताल सञ्चालनमा रहेक...
कैलालीबाट बझाङकी एक महिला चरेशसहित पक्राउ

कैलालीबाट बझाङकी एक महिला चरेशसहित पक्राउ

Breaking News 1, Breaking News 2, कैलाली, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- कैलालीबाट बझाङकी एक महिला चरेशसहित पक्राउ परेकी छन्। बझाङको केदारस्यु गाउँपालिका घर भई हाल गोदावरी नगरपालिका-९ बिजुलिया बस्ने ४५ वर्षीया गौरी गुरुधामी चरेशसशित पक्राउ परेकी हुन्। गुरुधामीलाई २५० ग्राम चरेशसहित वडा प्रहरी कार्यालय धनगढी र लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाइएको छ ।...
कैलालीमा सुस्त मनस्थितिकी किशोरी बलात्कृत, आरोपित पक्राउ

कैलालीमा सुस्त मनस्थितिकी किशोरी बलात्कृत, आरोपित पक्राउ

Breaking News 2, Breaking News 3, कैलाली, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी- कैलालीमा एक किशाेरी बलात्कृत भएकी छन् । बुधबार साँझ १५ वर्षीया सुस्त मनस्थिति भएकी किशोरी बलात्कृत भएकी हुन् । किशोरीलाई बलात्कार गरेको आराेपमा कैलारी गाउँपालिका-८ का १६ वर्षीय किशोरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक  (डीएसपी)  कबिन्द्र सिंह बाेहराले जानकारी दिए । अहिले पीडित किशाेरीलाई स्वास्थ परीक्षणका लागि सेती प्रादेशिक अस्पताल पठाइएको छ ।...
कैलालीमा एक युवती बलात्कृत, आरोपित पक्राउ

कैलालीमा एक युवती बलात्कृत, आरोपित पक्राउ

Breaking News 1, Breaking News 2, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- कैलालीमा एक युवतीलाई  करणी गरेको आरोपमा १ जना पक्राउ परेका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका–१२ जुगेडास्थित बी गाउँका २४ वर्षीय राजेश बिष्ट पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहराका अनुसार सोही ठाउँकी २१ वर्षीया युवतीले आफूमाथि जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन्। ‘उजुरीपछि जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मंगलबार साँझ नै बिष्टलाई पक्राउ गरेको हो ।...
ऐश्वर्य बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका भट्ट निर्वाचित

ऐश्वर्य बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका भट्ट निर्वाचित

Breaking News 1, Breaking News 2, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- कैलालीको धनगढीस्थित ऐश्वर्य बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु ) सभापतिमा नेपाल विद्यार्थी संघ (नेविसंघ) दीपकराज भट्ट निर्वाचित भएका छन् । मंगलबार भएको स्ववियु चुनावमा ५ सय ३३ मत ल्याएर सभापतिमा भट्ट निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी अनेरास्ववियुका दिपेन्द्र भट्टले ४ सय २५ मत र अखिल क्रान्तिकारीका विकास बिष्टले ४ सय २ मत प्राप्त गरे । यस्तै, सचिवमा देवेन्द्र बोहरा ५ सय ५४ मत र कोषाध्यक्षमा सन्चिताकुमारी चौधरी ५ सय ६९ मत प्राप्त गरी निर्वाचित भएका छन् । यी दुबै नेविसंघ नेतृत्वको प्यानलका उम्मेदवार थिए। दुई हजार एक सय विद्यार्थी रहेको उक्त क्याम्पसमा मंगलबार भएको मतदानमा एक हजार ४०३ मत खसेको थियो। यसअघि ऐश्वर्य बहुमुखी क्याम्पसमा तीन पटक स्ववियु निर्वाचन भएको थियो। १५ वर्षअघि भएको निर्वाचनमा नेविसंघका राजेन्द्र भट्ट सभापति निर्वाचित भएका थिए। ...
कैलालीका ८ क्याम्पसकाे स्ववियु नतिजा सार्वजनिक: ४ मा नेविसंघ र ४ मै अखिल क्रान्तिकारी विजयी

कैलालीका ८ क्याम्पसकाे स्ववियु नतिजा सार्वजनिक: ४ मा नेविसंघ र ४ मै अखिल क्रान्तिकारी विजयी

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी-  कैलालीमा स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) काे नयाँ नेतृत्व चयनका लागि निर्वाचन भएका ८ क्याम्पसकाे अन्तिम नतिजा सार्वजनिक भएकाे छ । सार्वजनिक भएको अन्तिम नतिजा अनुसार नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ नेविसंघले ४ क्याम्पस र माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीले ४ क्याम्पसमा जित निकाल्दा नेकपा एमाले निकट अनेरास्ववियुले भने कुनै पनि क्याम्पसमा जित निकाल्न सकेकाे छैन् । नेविसंघ १) धनगढीकाे फूलबारी बहुमुखी क्याम्पसमा (भुवन जाेशी), २)भजनीकाे माेहन्याल बहुमुखी (झंकर बुढा), ३)जाेशीपुरकाे रघुनाथ बहुमुखी क्याम्पसमा (रञ्जित परियार) ४) टिकापुरकाे  बिरेन्द्र बहुमुखी क्याम्पसमा (गाेपाल खत्री) निर्वाचित भए। अखिल क्रान्तिकारी १) लम्की बहुमुखी क्याम्पसाा (तपेद्र प्याकुरेल), २)बुलबुले बहुमुखी क्याम्पसमा(विवेक चाैधरी) ३)सुखडकाे राष्ट्रिय कलेजमा (सुन्दर गाैतम ) ...
ऐश्वर्य बहुमुखी क्याम्पसमा नेविसंघको अग्रता कायमै

ऐश्वर्य बहुमुखी क्याम्पसमा नेविसंघको अग्रता कायमै

Breaking News 1, Breaking News 2, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- कैलालीको धनगढीमा रहेको ऐश्वर्य बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) को अग्रता कायमै रहेको छ । मतगणनाको सुरूवातदेखि अग्रता लिइरहेका सभापतिका उम्मेदवार दिपक भट्टले पछिल्लो परिणाम अनुसार ४ सय ५ मत ल्याएर अग्रस्थानमा छन् । एमाले निकट अनेरास्ववियुका दिपेन्द्र भट्टले ३ सय ३३ मत प्राप्त गर्दा अखिल क्रान्तिकारीका विकास बिष्टले पनि समान ३ सय ३३ मत प्राप्त गरे । १ हजार ४ सय ३ मत खसेकोमा अहिलेसम्म १ हजार १ सय ४ मत गणना उक्त परिणाम सार्वजनिक भएको छ । अब २ सय ९९ गणना हुन बाँकी छ ।...
कैलालीको खप्तड बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका चौधरी निर्वाचित

कैलालीको खप्तड बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका चौधरी निर्वाचित

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- कैलालीको गौरीगङ्गा नगरपालिका- ७ मसुरियामा रहेको खप्तड बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेकपा माओवादी निकट अखिल क्रान्तिकारीका सागर चौधरी निर्वाचित भएका छन् । आज भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा ८१ मत ल्याएर सभापति पदमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी अनेरास्ववियुका राजेश विश्वकर्माले ७६ , नेविसंघ विवेक ओझाले ७२ अनेरास्ववियू प्रेम जोशीले ४६ मत प्राप्त गरेका थिए । क्याम्पस स्ववियु सचिवमा अखिल क्रान्तिकारीका नरेश भुल ८९ मत सहित निर्वाचित भएका छन् । उनको प्रतिस्पर्धी अनेरास्ववियुका ललिता कुमारी धानुकले ३८ , नेविसंघकी किरण कुमारी चौधरीले ८६ र अनेरास्ववियूका मनोज सापकोटाले ६४ मत प्राप्त गरे । कोषाध्यक्षमा भने अनेरास्ववियुकी चन्द्रा साउँद निर्वाचित भएकी छन् । उनी ९५ मत ल्याएर निर्वाचित भएकी निर्वाचन समितिले जनाएको छ । उनका प्रतिद्वन्द्वी नेविसंघ...
कैलालीको फूलबारी बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका जोशी निर्वाचित

कैलालीको फूलबारी बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका जोशी निर्वाचित

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- कैलालीको फूलबारी बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ) को प्यानल नै निर्वाचित भएको छ । आज भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा क्याम्पसको सभापतिमा नेविसंघका भुवनराज जोशी ५३ मत ल्याएर निर्वाचित भएका हुन् । जोशीका प्रतिस्पर्धी अनेरास्ववियुका आलोक तामाङले ३६ मत पाएका थिए । यस्तै स्ववियु सचिवमा अखिल (समाजबादी) का सिमा बिक र कोषाध्यक्षमा अखिल (क्रान्तिकारी) का सरस्वती बिक विजयी भएका छन् । उक्त क्याम्पसमा अनेरास्ववियुविरुद्द नेविसंघ, क्रान्तिकारी र समाजबादीले तालमेल गरेका थिए ।...
जिल्ला प्रशासन कार्यालय कैलालीले भोलिदेखि राष्ट्रिय परिचयपत्र वितरण गर्दै

जिल्ला प्रशासन कार्यालय कैलालीले भोलिदेखि राष्ट्रिय परिचयपत्र वितरण गर्दै

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- जिल्ला प्रशासन कार्यालय कैलालीले मंगलबारदेखि राष्ट्रिय परिचयपत्र वितरण गर्ने भएको छ । राष्ट्रिय परिचयपत्रका लागि आवेदन फारम भरेका नागरिकलाई भोलिदेखि जिल्लाका सबै स्थानीय तहबाट उक्त परिचयपत्र वितरण गरिने भएको हो । राष्ट्रिय परिचयपत्र वितरण गर्न १३ वटै स्थानीय तहमा टाेली खटाइएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जाेशीले जानकारी दिए । जाेशीकाअनुसार परिचयपत्र लिएर स्थानीय तहमा पुगेका कर्मचारीले भाेलि बुधबारदेखि वितरणकाे काम गर्नेछन् । सर्वसाधारणले स्थानीय तहकाे कार्यालय तथा पालिकाले व्यवस्थापन गरेकाे ठाउँमा पुगेर परिचयपत्र प्राप्त गर्नेछन् । केही दिनसम्म परिचयपत्र वितरणकाे काम गरिनेछ । साे अवधिमा परिचयपत्र नबुझ्नेकाे कार्ड जिल्ला प्रशासन कार्यालयमै राखिनेछ । त्यसपछि सम्बन्धित व्यक्तिले प्रशासन कार्यालयमै पुगेर परिचयपत्र लिनुपर्नेछ ।...
कैलालीकी चौधरीले पाइन् ३७ वर्षको उमेरमा नागरिकता

कैलालीकी चौधरीले पाइन् ३७ वर्षको उमेरमा नागरिकता

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- कैलालीमा एक महिलाले ३७ वर्षको उमेरमा नागरिकता पाएकी छन् । जिल्लाको गोदावरी नगरपालिका-८ की अपाङ्गता भएकी अरुणा कुमारी चौधरीले ३७ वर्षको उमेरमा नागरिकता पाएकी हुन् । मंगलबार प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमाल सहितको टोलीले अपाङ्गता भएकी चौधरीलाई घरमै पुगेर नेपाली नागरिकताको प्रमाण पत्र प्रदान गरेको छ । अपाङ्गता भएका कारण नागरिकता बनाउन प्रशासनसम्म जान नसक्दा सरकारी सेवाबाट बञ्चित हुनुपरेको जानकारी चौधरीका बुवाले गराएपछि आफूहरूले घरमै आएर नागरिकता प्रदान गरेको प्रमुख जिल्ला अधिकारी हमालले बताए । शारीरिक रूपमा पूर्णरुपमा अशक्त ३७ वर्षीय चौधरी नागरिकता लिन प्रशासन कार्यालयसम्म जान नसक्दा नागरिकताबाट बञ्चित थिईन् ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज