धनगढी- कैलालीको धनगढीमा रहेको ऐश्वर्य बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) को अग्रता कायमै रहेको छ ।
मतगणनाको सुरूवातदेखि अग्रता लिइरहेका सभापतिका उम्मेदवार दिपक भट्टले पछिल्लो परिणाम अनुसार ४ सय ५ मत ल्याएर अग्रस्थानमा छन् ।
एमाले निकट अनेरास्ववियुका दिपेन्द्र भट्टले ३ सय ३३ मत प्राप्त गर्दा अखिल क्रान्तिकारीका विकास बिष्टले पनि समान ३ सय ३३ मत प्राप्त गरे ।
१ हजार ४ सय ३ मत खसेकोमा अहिलेसम्म १ हजार १ सय ४ मत गणना उक्त परिणाम सार्वजनिक भएको छ । अब २ सय ९९ गणना हुन बाँकी छ ।

