Advertisement

कैलाली

गेटा बिमानस्थलबाट चरेश लिएर काठमाडौं जान लागेका कञ्चनपुरका नाथ पक्राउ

गेटा बिमानस्थलबाट चरेश लिएर काठमाडौं जान लागेका कञ्चनपुरका नाथ पक्राउ

Breaking News 1, कन्चनपुर, कैलाली, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी- कैलालीको गेटा बिमानस्थलबाट काठमाडौं जाँदै गरेका एकजना चरेशसहित पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका-१३ एयरपोर्टमा वुद्ध एयरको उडानद्वारा धनगढीबाट काठमाडौं जान लागेका कञ्चनपुरको वेदकोट नगरपालिका-८ बस्ने २१ वर्षीय भुवन नाथ विमानस्थलमै पक्राउ परेका हुन् । नाथलाई विमानस्थलमा चेकजाँच गर्दा ६ ग्राम ७०० मिलिग्राम चरेशसहित बिमानस्थल सुरक्षा गार्ड गेटाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।...
गेटामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु, पछाडि सवार एकजना घाइते

गेटामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु, पछाडि सवार एकजना घाइते

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- कैलालीको गेटामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको  मृत्यु भएको छ । अत्तरिया–धनगढी ६ लेन सडकखण्ड अन्तरगत गेटा मेडिकल कलेज अगाडी आईतवार राती मोटरसाइकल दुर्घटना हुँदा चालक बर्दगोरिया गाउँपालिका-४ का ३२ वर्षीय राजेन्द्र सुवेदीको मृत्यु भएको हो । सुपप्र ०१००९ प १२५१ नम्बरको मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका सुवेदीको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल पछाडि सवार बाजुराको बुढिनन्दा नगरपालिका-४ बस्ने २४ वर्षीय जनक रोकाया घाइते भएका छन् । उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।...
कैलालीमा होरीको दिन ८ सवारी दुर्घटना, १३ जना घाइते

कैलालीमा होरीको दिन ८ सवारी दुर्घटना, १३ जना घाइते

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- कैलालीमा होरी दिन मात्र ८ वटा सवारी दुर्घटना भएका छन्। जिल्लाका विभिन्न स्थानहरूमा होलीको दिनमा ८ वटा सवारी दुर्घटना भएका हुन्  । उक्त दुर्घटनामा परि १३ जना घाइते भएका छन्। कैलालीको धनगढी उपमहानगरपालिका–१९ फूलबारी, लम्की चुहा नगरपालिका–२ गणेशचोक, टीकापुर नगरपालिका–१ बम पेट्रोलपम्प, बर्दगोरिया गाउँपालिका–२ दोधरा, गोदावरी नगरपालिका–४ बुढीतोला, बर्दगोरिया गाउँपालिका–१ मुडा, धनगढी उपमहानगरपालिका–१३ भित्री सडक र लम्की चुहा नगरपालिका–१० चुहामा सवारी दुर्घटना भएका हुन। लम्की चुहा नगरपालिका–२ गणेशचोकमा सुदूरपश्चिम प्रदेश ०१००८ प ७५८ नम्बरको मोटरसाइकल अनियन्त्रित भएके हो। मोटरसाइकलमा सवारी २ जना पुरुष घाइते भएका छन्। उनीहरूको लालरन्त अस्पताल लम्कीमा उपचार भएको छ। टीकापुर नगरपालिका–१ बम पेट्रोलपम्प नजिक सुदूरपश्चिम प्रदेश ०१००८ प ९२५४ नम्बरको मोटरसाइकलले ६५ वर्षीय वृद्धलाई ठक्कर दिएको छ...
कैलालीमा स्कारपिओ दुर्घटना हुँदा चालक रानाको मृत्यु

कैलालीमा स्कारपिओ दुर्घटना हुँदा चालक रानाको मृत्यु

Breaking News 1, कैलाली, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी- कैलालीमा स्कारपिओ दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। शनिबार राति अत्तरियाबाट गुलरिया जाँदै गरेको स्कारपिओ गोदावरी नगरपालिका–३ चौकिडाँडामा आफैं अनियन्त्रित भई दुर्घटना हुँदा चालक कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ का सुदीप रानाको मृत्यु भएको हो। बा १७ च ९६४५ नम्बरको उक्त स्कारपिओ दुर्घटनामा परेर गम्भीर घाइते भएका रानालाई सेती प्रादेशिक अस्पताल लगिएकोमा उपचारका क्रममा राति नै उनको निधन भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । स्कारपिओ अनियन्त्रित भएर राजमार्ग किनारमा रहेको एक घरमा ठोक्किएको प्रहरीले जनाएको छ।...
कैलालीमा ग्यास सिलिन्डर पड्क्यो, ३ जना घाइते

कैलालीमा ग्यास सिलिन्डर पड्क्यो, ३ जना घाइते

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- कैलालीमा ग्यास सिलिन्डर पड्किदा ३ जना घाइते भएका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका-६ मटियारीमा ३६ वर्षीया मिना खड्काको घरमा सिलिन्डर जोड्ने क्रममा एक्कासी पड्किदा ३ जना घाइते भएका हुन । सिलिन्डर पड्किदा खड्कासहित स्थानीय ग्यास बिक्रेता ४० वर्षीय गोविन्द जोशी र खड्काकी २० वर्षीया छोरी चन्द्रा घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनीहरुको निसर्ग अस्पतालमा उपचार भइरहेको छ ।...
दलितहरु एकजुट नभएकै कारण अहिले सम्म मुक्ति हुन सकेनौं : संयोजक विश्वकर्मा

दलितहरु एकजुट नभएकै कारण अहिले सम्म मुक्ति हुन सकेनौं : संयोजक विश्वकर्मा

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- धनगढीमा राष्ट्रिय दलित गोलमेच सम्मेलन प्रदेश स्तरिय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सबै प्रकारका विभेद र भेदभाव जातिय छुवाछुतको बिरोधमा हातेमालो गरौं भन्ने मुलनाराको साथ सुरु भएको प्रदेश स्तरिय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । दलित एकताका लागि शनिबार गोलमेच सम्मेलन आयोजना गरिएको जनाइएको छ । कार्यक्रममा बोल्दै दलितहरु एकजुट नभएकै कारण अहिले सम्म मुक्ति हुन नसकेको राष्ट्रिय दलित गोलमेच सम्मेलनका संयोजक डाः निर्मल विश्वकर्माले बताए । उनले भने पहिलो पटक आयोजना गरिएको गोलमेच सम्मेलनले नेपालको दलित आन्दोलनमा नयाँ कोर्स सुरु गरेको छ,, हामी सबै पीडामा छौ, पीडामा मलम लगाउने हो भने दलितका सवालमा हामी सबै एक ठाउँमा आउन जरुरी छ । सत्ता र शक्तिमा नभएकै कारण दलित समुदायले अझै हत्या, हिंसा र जातीय विभेदको शिकार हुनु परेको बताउदै डाः निर्मल विश्वकर्माले गोल मेच सम्मेलन दलित समुदा...
कैलालीको मोहना नदिमा नुहाउने क्रममा डुब्दा २ जनाको मृत्यु

कैलालीको मोहना नदिमा नुहाउने क्रममा डुब्दा २ जनाको मृत्यु

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- कैलालीको मोहना नदिमा डुबेर २ जनाको मृत्यु भएको छ। जिल्लाको धनगढी उपमहानगरपालिका-१९ फूलवारी बाइसघरस्थित मोहना नदिमा डुबेर १५ वर्षीय दिनेश ओझा र १६ वर्षीय आशिस बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ। शुक्रबार दिउँसो होलीको दिन उनीहरु मोहना नदिमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए। डुबेर बेपत्ता भएको खवर पछि धनगढी नगर प्रहरी र शसस्त्र प्रहरीले बोटको प्रयोग गरि खोजीकार्य गरेको थियो।तर खोजीकार्यका क्रममा उनीहरु नदिमा मृत अवस्थामा भेटिएका थिए।...
कैलालीको गौरीगङ्गामा रहेको बालुवाटार आर्यघाटको सरसफाइ

कैलालीको गौरीगङ्गामा रहेको बालुवाटार आर्यघाटको सरसफाइ

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- कैलालीको गौरीगङ्गा नगरपालिका ५ अन्डैयामा रहेको बालुवाटार आर्यघाटको सरसफाइ गरिएको छ । आज सन्त निरन्कारी मण्डल नेपाल शाखा मसुरिया युनिट नं १६६४ ले बालुवाटार आर्यघाटको सरसफाइ गरेको हो । स्वच्छ जल स्वच्छ मन स्वच्छता अभियान कार्यक्रम राष्ट्रलाई योगदान भन्ने मुल नाराका साथ बालुवाटार आर्यघाट सरसफाइ गरिएको जनाइएको छ । आर्यघाटमा जथाभावी रुपमा फालिएका काठ, खरानी, हाड, र अधजलेका वस्तु, फूलमाला, अगरबत्ती, कपडा, र पूजा सामग्री हटाएर सरसफाइ गरिएको हो । शवदाहका कारण उत्पन्न हुने फोहोर, दुर्गन्ध र प्रदूषण हटाउन सरसफाइ गरिएको आयोजकले जनाएको छ । मुखी केहर सिंह ओडको अध्यक्षतामा भएको सरसफाइ कार्यक्रममा प्रमुख अतिथि गौरिगङ्गा नगरपालिका ५ का वडाध्यक्ष बिष्णु भाट रहेका थिए । कार्यक्रमको विशिष्ट अतिथिमा सन्त निरन्कारी मण्डल नेपालका ज्ञान प्राचारक करन सिङ ओड रहेका थिए । त्यसैगरी अतिथीहरूमा ...
मेरा विरुद्ध फैलाइएका अफवाह निराधार छन् :  एमाले नेता धामी

मेरा विरुद्ध फैलाइएका अफवाह निराधार छन् : एमाले नेता धामी

Breaking News 1, कैलाली, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार
धनगढी- बझाङको दुर्गाथली गाउँपालिकाको विद्युतिकरण योजनासँग सम्बन्धित विवाद चुलिएपछि नेकपा (एमाले) नेता दल बहादुर धामीले आफ्नो धारणा स्पष्ट पारेका छन्। उनले आफूलाई आधारहीन रूपमा विवादमा तानिएको बताउँदै घटनाको वास्तविक विवरण सार्वजनिक गरेका हुन्। धामीका अनुसार बझाङका सबै पालिकामा विद्युत विस्तारका लागि ठेक्का परिसकेको भए पनि कानुनी जटिलताका कारण दुर्गाथलि ५, ६, ७ वडामा केन्द्रीय लाइन विस्तार ढिला भएको थियो। यसबारे नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयमा लेखा उपनिर्देशक लोकेन्द्र साउदसँग छलफल गर्दा उनले "फाइल तलबाट आउनुपर्छ" भन्ने जानकारी दिएका थिए। त्यसपछि धामीले जिल्ला प्रशासनका सम्बन्धित निकायसँग समन्वय गरी फाइल अघि बढाएका थिए। २०८१ साल कात्तिक मसान्तमा जाप्रि र मंसिर १ गते चुवावनमा आयोजित भेलाबाट वडाको सिफारिस गराई पालिकामा पठाइएको थियो। धामीका अनुसार, "पालिका कार्यकारी झलक दौ...
होली पर्वलाई मर्यादित तवरले मनाउन जिल्ला प्रशासन कार्यालय कैलालीको आग्रह

होली पर्वलाई मर्यादित तवरले मनाउन जिल्ला प्रशासन कार्यालय कैलालीको आग्रह

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- कैलालीमा फागु पूर्णिमा (होली) पर्वलाई मर्यादित तवरले मनाउन आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयले फागु पूर्णिमा (होली) लाई मर्यादित तवरले मनाउन आग्रह गरेको हो । आज प्रशासनले एक सूचना जारी गर्दै अवाञ्छित गतिविधि नगरि सभ्य, मर्यादित र हर्षोल्लासका साथ होली मनाउन आग्रह गरेको छ । जारी सूचनामा जथाभाबी रङ्ग लगाउने, कोही कसैको इच्छा विपरीत हानिकारक बस्तु दल्ने, प्लास्टिकजन्य लोला तथा पानी छ्याप्ने, मादक पदार्थ सेवन गरी सवारी चलाउने, बाटोमा हिँड्ने व्यक्तिहरूलाई अभद्र व्यवहार गर्ने, नशालु पदार्थको सेवनगरी सार्वजनिक स्थलमा नाचगान तथा हो-हल्ला गर्ने, डोरीले बाटो छेकेर पैसा उठाउने, दुःख, हैरानी दिने, बाटो अवरोध गरी सवारी साधनबाट रकम असुल्ने जस्ता सार्वजनिक शान्ति सु-व्यवस्थामा खलल पु¥याउने खालका कानुन विपरीतका क्रियाकलापहरू नगर्न भनिएको छ । साथै बेलुकी ९ बजे सम्म मात्रै होली मनाउन आग...
आज सभापति देउवा सहित काँग्रेसका नेताहरू सुदूरपश्चिम आउँदै

आज सभापति देउवा सहित काँग्रेसका नेताहरू सुदूरपश्चिम आउँदै

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
धनगढी- नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा सुदूरपश्चिम आउने भएका छन। काँग्रेसको प्रदेश सम्मेलनको उद्घाटनका लागि देउवा सुदूरपश्चिम आउन लागेका हुन। काँग्रेस, सुदूरपश्चिम कार्यसमितिको प्रथम प्रदेश सम्मेलनको उद्घाटनका लागि आज बिहान ९ः३० बजे देउवा धनगढी विमानस्थलमा पुग्ने छन्। नेपाली काँग्रेसका सुदूरपश्चिम प्रदेश प्रवक्ता सुरत रावत (डोटेली कान्छा)ले सोमवार बिहान सभापति देउवा, महामन्त्रीहरू गगन कुमार थापा र विश्वप्रकाश शर्मा तथा कोषाध्यक्ष उमेश श्रेष्ठ लगायतका नेताहरूको टोली आउन लागेको जानकारी दिए । धनगढी उपमहानगरपालिका–४ सहिद गेट नजिक रहेको सौराई पार्टी प्यालेसमा काँग्रेसको प्रदेश सम्मेलन हुँदैछ। पार्टी सभापति देउवाले मङ्गलवार प्रशिक्षक प्रशिक्षण कार्यक्रमको पनि उद्घाटन गर्ने छन्।...
कैलालीमा मोटरसाइकल आपसमा ठोकिँए , एक जनाको मृत्यु

कैलालीमा मोटरसाइकल आपसमा ठोकिँए , एक जनाको मृत्यु

Breaking News 1, कैलाली, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- कैलालीमा मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।जिल्लाको धनगढी उपमहानगरपालिका-१४ स्याउले बजारमा मोटरसाइकल आपसमा ठोक्किँदा कैलारी गाउँपालिका-६ का ४० वर्षीय रुपलाल चौधरीको मृत्यु भएको हो । दुर्घटनामा परि घाइते भएका चौधरीलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएको भएपनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। से २ प ३५९० नम्बरको मोटरसाइकल र सुदूरपश्चिम प्रदेश ०१-००१ प १४१९ नम्बरको मोटरसाइकल आपसमा ठोक्किदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उक्त दुर्घटनामा २ जना भाइते भएका छन्। घाइते हुनेमा मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका-७ पटेला बस्ने ३४ वर्षीय पञ्चराम चौधरी र मोटरसाइकल पछाडी सवार उनकी श्रीमती ३० वर्षीया हसिना चौधरी रहेका छन्। घाइते दुबै जनाको नोभा असपताल धनगढी कैलालीमा उपचार भईरहेको जनाएको छ। सोही स्थनमा से २ प ७७४९ नम्बरको म...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज