Advertisement

बझाङ

जन्मदिनको अवसरमा प्रिन्सिपल खत्रीद्वारा अनाथ बालबालिकालाई न्यानो कपडा तथा खाद्यान्न वितरण

जन्मदिनको अवसरमा प्रिन्सिपल खत्रीद्वारा अनाथ बालबालिकालाई न्यानो कपडा तथा खाद्यान्न वितरण

बझाङ, समाचार
बझाङ । आफ्नो जन्मदिनलाई समाजसेवामार्फत अर्थपूर्ण बनाउन सुदूरपश्चिमाञ्चल विद्या सदन, चैनपुर बझाङकी प्रिन्सिपल सरस्वती खत्रीले सत्यवादी माध्यमिक विद्यालय, भोपुरस्थित अनाथ बालबालिका आवासगृह पुगेकी छन् । जन्मोत्सवको अवसर पार्दै उहाँले आवासगृहमा बसोबास गर्दै आएका २० जना बालकहरूलाई न्यानो कपडा, खाद्यान्न तथा दैनिक जीवनमा आवश्यक सामग्रीहरू वितरण गर्नुभएको हो । प्रिन्सिपल खत्रीले सामग्री वितरणपछि बालबालिकासँग समय बिताउँदै उनीहरूको शैक्षिक अवस्था, दैनिकी र आवश्यकताबारे पनि जानकारी लिइन् । बालबालिकासँग प्रत्यक्ष भेटघाट र संवादले उनीहरूमा उत्साह र आत्मविश्वास बढेको आवासगृहका प्रतिनिधिहरूले बताएका छन् । स्थानीय अभिभावक, विद्यालयका शिक्षक तथा सरोकारवालाहरूले प्रिन्सिपल खत्रीको मानवीय कदमको प्रशंसा गर्दै जन्मदिन जस्ता व्यक्तिगत अवसरलाई समाज उपयोगी कार्यमा रुपान्तरण गर्नु प्रेरणादायी रहेको टिप्...
चैनपुर-ताक्लाकोट सडक भासिपछि यातायात अवरुद्ध

चैनपुर-ताक्लाकोट सडक भासिपछि यातायात अवरुद्ध

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- चैनपुर-ताक्लाकोट सडक भासिएका कारण यातायात अवरुद्ध भएको छ । तलकोट गाउँपालिका १, सुनिकोटमा सडक भासिएपछि बिहीबार बिहानदेखि यातायात अवरुद्ध भएको हो । बझाङ सदरमुकामबाट करिब आठ किलोमिटर उत्तरमा रहेको पक्की सडक भासिएपछि जिल्लाका उत्तरी भेगमा चल्ने सवारी साधन ठप्प भएका छन् । पक्की सडक भासिएपछि नजिकै रहेका केही घरहरू पनि जोखिममा परेका छन् । 'बर्खामा नै सडक अलिअलि दब्न थालेको थियो । अहिले पूरै भासिएको छ, सेती लोकमार्ग उत्तर खण्ड (चैनपुर-ताक्लाकोट) सडक कार्यालयका प्रमुख वीरेन्द्र यादवले भने, 'आठ मिटर जति सडक भासिएको छ । सतहभन्दा झन्डै सात मिटर तलबाट भासिएको देखिएको छ ।' उनले तत्काल अस्थायी रूपमा मर्मत गर्नका लागि काम सुरु गरिसकेको बताउँदै शुक्रबारसम्म सडक सञ्चालनमा आउन सक्ने बताए । स्थायी रूपमा निर्माण गर्नका लागि ठूलो पर्खाल लगाउनुपर्ने भएकाले अध्ययन भइरहेको उनको भनाइ छ । बझाङलाई चीनको त...
दुर्गाथली गाउँपालिकामा वडा स्तरमा नागरिक गुनासो सम्बन्धी कार्यक्रम सम्पन्न

दुर्गाथली गाउँपालिकामा वडा स्तरमा नागरिक गुनासो सम्बन्धी कार्यक्रम सम्पन्न

बझाङ, समाचार
बझाङ । दुर्गाथली गाउँपालिकामा वडा स्तरमै नागरिक गुनासोसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम निड्स नेपाल र सुरक्षा नागरिक समाज सञ्जालको आयोजनामा, युरोपियन युनियन तथा संयुक्त राष्ट्रसंघको सहयोगमा, र दुर्गाथली गाउँपालिकाको समन्वयमा गरिएको हो । पालिकाका वडा नं. १ देखि ७ सम्मका सबै विद्यालयहरूमा पुगेर आयोजित यस कार्यक्रमले विद्यार्थीहरूबाट विद्यालय तथा स्थानीय सेवा-सुविधासँग सम्बन्धित गुनासा, सुझाव र समस्याहरू संकलन गरेको छ । कार्यक्रममा विद्यार्थीहरूको मात्र सहभागिता रहेको थियो। उनीहरूले सिकाइ सामग्रीको उपलब्धता, भौतिक पूर्वाधार, शैक्षिक वातावरण, शिक्षकको व्यवस्थापन, स्वास्थ्य–स्वच्छता तथा विद्यालयस्तरमा देखिने अन्य चुनौतीबारे आफ्ना विचार प्रस्तुत गरे । आयोजक संस्थाहरूका प्रतिनिधिहरूका अनुसार विद्यार्थीहरूले राखेका गुनासा तथा सुझावहरूलाई पालिकासँग साझा गरिने र सम्भव हुने सुधारहरू...
सेवानिवृत प्रधानाध्यापक जोशीको बिदाई

सेवानिवृत प्रधानाध्यापक जोशीको बिदाई

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, शिक्षा, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको बित्थडचिर गाउँपालिका ७ मा रहेको भुमिराज आधारभु विद्यालयका सेवानिवृत प्रधानाध्यापक देवदत्त जोशीको बिदाई गरिएको छ । ४० वर्ष लामो शिक्षण पेशाबाट मंसिर २ गतेदेखि उमेरहदका कारण अनिवार्य अवकास भएपछि जोशीको आइतबार एक समारोहका बीच बिदाई तथा सम्मान गरिएको हो । बित्थडचिर गाउँपालिका उपाध्यक्ष धनलक्ष्मी सिंह मल्लको प्रमुख आतिथ्यता र विद्यालय व्यवस्थापन समिति अध्यक्ष रघुनाथ जोशीको अध्यक्षतामा विद्यालयमा औपचारिक कार्यक्रमको आयोजना गरि सेवानिवृत प्रधानाध्यापक जोशीको विदाई कार्यक्रम सम्पन्न गरिएको विद्यालयका शिक्षक भक्त अधिकारीले जानकारी दिए । २०२२ साल मंसिर २ गते साविक सुनकुडा गाविस ६, हालको बित्थडचिर गाउँपालिका ७ टुडिखाणमा बुबा हरिलाल जोशी तथा आमा नन्दा देवी जोशीको कोखबाट जन्मिनु भएका जोशी २०४२ सालदेखि शिक्षण पेसामा अवद्ध भए । एसएलसी पास गरि सुनकुडा माध्यामिक विद्यालयमा सट्टा शिक्षकको रुप...
देउराबासीद्वारा इलाका प्रशासन कार्यालय हुकुमी शैलीमा सारिएको भन्दै गृह मन्त्रालयलाई ज्ञापनपत्र

देउराबासीद्वारा इलाका प्रशासन कार्यालय हुकुमी शैलीमा सारिएको भन्दै गृह मन्त्रालयलाई ज्ञापनपत्र

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- केदारस्यूँ गाउँपालिका-१ देउराबासीले इलाका प्रशासन कार्यालय हुकुमी शैलीमा सारिएको भन्दै गृह मन्त्रालयलाई ज्ञापनपत्र बुझाएका छन् । एकपटक इलाका प्रशासन कार्यालय देउरा भनेर परिपत्र आएको तर अहिले हुकुमी शैलीमा केदारस्यूँ गाउँपालिका-९ झोता सारिएको भन्दै गाउँपालिका मार्फत ज्ञापनपत्र बुझाएका हुन् । आइतबार संयुक्तरूपमा देउराबासीले सरकारले कार्यालय स्थापना हुने सेवा क्षेत्रमा विवाद हुँदाहुँदै कुनैपनि छलफल तथा सहमति नगरि हुकुमी शैलीमा झोता तोकेको प्रति कडा आपत्ति जनाएका छन् । कार्यालय स्थानान्तरणको प्रक्रिया पूर्ण रूपमा एकल निर्णय, पक्षपातपूर्ण चलखेल र राजनीतिक स्वार्थका आधारमा गरिएको आरोप उनीहरूले लगाएका छन्। यहीँ ३ गते  इलाका प्रशासन कार्यालय झोतामा स्थापनाको लागि अर्थ मन्त्रालयले सहमति दिएको छ । त्यस्तै आजै उनीहरूले जिल्ला प्रशासन कार्यालयलाई पनि ज्ञापनपत्र कार्यक्रम तय गरेका छन् । देउरा ...
बझाङको झोतामा इलाका प्रशासन कार्यालय स्थापना गर्न अर्थ मन्त्रालयको सहमति, देउराबासी आक्रोशित

बझाङको झोतामा इलाका प्रशासन कार्यालय स्थापना गर्न अर्थ मन्त्रालयको सहमति, देउराबासी आक्रोशित

Breaking News 1, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको झोतामा इलाका प्रशासन कार्यालय स्थापनाको लागि अर्थ मन्त्रालयले सहमति दिएको छ । भौगोलिक कठिनाई र सेवाग्राहीलाई सहज रुपमा प्रशासनको सेवा प्रवाह गर्न केदारस्यूँ गाउँपालिका ९ झोता वा वडा नं १ देउरामा इलाका प्रशासन कार्यालय स्थापनाको लागी लामो समय देखि माग हुँदै आएकोमा गत भाद्रमा सरकारले कार्यालय स्थापनाको लागि पक्रिया अगाडी बढाएको थियो । सोही अनुसार मंसिर ३ गते बसेको मन्त्रीपरिषद्को निर्णय अनुसार बझाङ क्षेत्र नं २ को झोतामा इलाका प्रशासन कार्यालय स्थानपनाको लागि अर्थ मन्त्रालयले स्वकृति दिएको हो । मन्त्रालयले बझाङको झोतासहित अन्य १० वटा इलाका प्रशासन कार्यालय स्थापनाको स्वकृति छ । झोतामा इलाका प्रशासन कार्यालय स्थापना भएपछि जिल्लाको बुङ्गल नगरपालिका, बित्थडचिर गाउँपालिका, केदारस्यूँ गाउँपालिका, दुर्गाथलि गाउँपालिका र थलारा गाउँपालिकाका नागरीकहरुलाई सेवा लिन सहज हुने छ । गृह ...
छबिसपाथिभेरा गाउँपालिकामा आइतबार शोक विदा

छबिसपाथिभेरा गाउँपालिकामा आइतबार शोक विदा

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिकाले आइतबार शोेक विदा दिएको छ । गाउँपालिका पसुसेवा शाखा अन्र्तगत वडा नं ७ मा भेटेनरी प्राविधिकका रुपमा कार्यरत कटक बहादुर धामीको निधनमा शोक बिदा दिने निर्णय गरेको हो । छबिसपाथिभेरा गाउँपालिका ७ बुड्खोरीका ३० वर्षीया धामीको हृदयाघातका कारण शुक्रबार राति निधन भएको थियो । पालिकाले आज एक शोक बक्तव्य जारी गर्दै आइतबार एक दिन शोक बिदा दिएको जनाएको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत संजय कुमार यादवद्धारा हस्ताक्षरित शोक बक्तव्य भनिएको छ, मंसिर ७ गते आइतबारका दिन गाउँपालिका कार्यालय, वडा कार्यालयहरु, स्वास्थ्य संस्थाहरु तथा सामुदायिक विद्यालयहरुमा शोक बिदा दिने निर्णय भएको छ ।...
केदारस्यूँको भवानी माबिमा खानेपानीकाे हाहाकार, घेरवार नहुँदा सुरक्षामा चुनौती

केदारस्यूँको भवानी माबिमा खानेपानीकाे हाहाकार, घेरवार नहुँदा सुरक्षामा चुनौती

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको केदारस्यूँ गाउँपलिकामा रहेको भवानी माध्यमिक विद्यालयमा खानेपानी र घेरवारको समस्या भएको छ । केदारस्यूँ गाउँपालिका-१ स्थित डुडिलमा रहेको भवानी माध्यमिक विद्यालयमा लामोसमयदेखि खानेपानी र घेरवारको समस्या भएको हो । विद्यालयमा भएको पानी बिग्रेपछि अहिले विद्यालयमा पानीको हाहाकार भएको पाइन्छ । खानेपानी नहुँदा विद्यालयमा अध्यनरत ३ सय ५८ जनाभन्दा बढी विद्यार्थी,शिक्षक र कर्मचारी प्रभावित भएका छन् । २०३३ सालमा स्थापना भएको विद्यालयमा खानेपानी नहुँदा पठनपाठन कार्य पनि प्रभावित हुने गरेको शिक्षक रमेश रावलले जानकारी दिए । पानी अभावका कारण शिक्षक, कर्मचारी,विद्यार्थीलाई शौचालय प्रयोगमा समेत समस्या भएको शिक्षक रावलको भनाइ छ । शौचालयमा पनि टाढाबाट पानी बोकेर हाल्नुपर्ने हुदाँ धेरै समस्या हुने गरेको विद्यार्थीहरुको भनाई छ । विद्यालयमा पानी नहुँदा आधा एक घण्टा टाढा पानी खान जानुपर्ने हुदाँ...
बझाङमा घाँस काट्ने क्रममा भिरबाट लडेर गम्भीर घाइते भएकी बुढाको गयो ज्यान

बझाङमा घाँस काट्ने क्रममा भिरबाट लडेर गम्भीर घाइते भएकी बुढाको गयो ज्यान

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङमा घाँस काट्ने क्रममा भिरबाट लडेर गम्भीर घाइते भएकी महिलाको उपचारका क्रममा ज्यान गएको छ। गाईबस्तुका लागि घाँस काट्ने क्रममा भिरबाट लडेर गम्भीर घाइते भएकी मष्टा गाउँपालिका-३ सेरागडाडाकि निर्मला बुढाको उपचारका क्रममा ज्यान गएको हो । १८ वर्षीय बुढा गत कार्तिक ३० गते मंगलवार परिवन भीरमा घाँस काट्ने क्रममा करिब ४० मिटर तल खसेर गम्भीर घाइते भएकी थिइन्। टाउको तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेकी उनलाई राति १० बजे जिल्ला अस्पताल बझाङ पुर्‍याइएकोमम चिकित्सकले थप उपचारका लागि धनगढी रेफर गरेका थिए। मंसिर २ गते बिहान करिब ७ बजेर २० मिनेटमा धनगढीस्थित मायाँ मेट्रो अस्पताल पुर्‍याई उपचार भइरहेको र अवस्था बेहोश रहेको प्रहरीले जनाएको थियो। हालै प्राप्त थप विवरणअनुसार मंसिर ५ गते बिहान ११ बजे उपचारको क्रममा बुढाको मृत्यु भएको अस्पतालले पुष्टि गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।...
बझाङका प्रमुख जिल्ला अधिकारी ठकुराठीको दादागिरी, सचिवलाई धम्की

बझाङका प्रमुख जिल्ला अधिकारी ठकुराठीको दादागिरी, सचिवलाई धम्की

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङका प्रमुख जिल्ला अधिकारी दादागिरी शैलीमा प्रस्तुत भएका छन् । प्रमुख जिल्ला अधिकारी कैलाश बहादुर ठकुराठी दादागिरी शैलीमा प्रस्तुत भएका हुन् । प्रजिअ ठकुराठीले कर्मचारीमाथि दादागिरीपूर्ण व्यवहार, गैरकानुनी हस्तक्षेप र गिरफ्तारी शैलीको धम्कीदिएको आरोप लागेको छ। जिल्लाको केदारस्यूँ गाउँपालिका वडा नम्बर-४ मा कार्यरत वडा सचिव अमर भण्डारीमाथि प्रजिअले दादागिरीपूर्ण व्यवहार, गैरकानुनी हस्तक्षेप र गिरफ्तारी शैलीमा धम्कीदिएको भन्दै कर्मचारीले कडा आपत्ति जनाउँदै विज्ञप्ति जारी गरेका छन् । विज्ञप्तिअनुसार, स्थानीय सरकार सञ्चालन ऐन २०७४ र कर्मचारी समायोजन ऐन २०७५ ले स्थानीय तहमा सेवा गठन तथा कर्मचारी समायोजनका विषयमा पूर्ण अधिकार दिएको भए पनि प्रजिअद्वारा सो अधिकारमा प्रत्यक्ष हस्तक्षेप भएको छ। जिल्ला कारागार कार्यालय बझाङमा खरिदार पदबाट समायोजन भई हाल केदारस्यूँ गाउँपालिका–४ मा वडा सचिवका र...
केदारस्यूँ गाउँपालिकाद्वारा प्रजिअ ठकुराठीको दादागिरी, गैरकानुनी हस्तक्षेप र ‘गिरफ्तारी शैलीको’ धम्कीविरुद्ध कडा आपत्ति, संघर्षका कार्यक्रमको चेतावनी

केदारस्यूँ गाउँपालिकाद्वारा प्रजिअ ठकुराठीको दादागिरी, गैरकानुनी हस्तक्षेप र ‘गिरफ्तारी शैलीको’ धम्कीविरुद्ध कडा आपत्ति, संघर्षका कार्यक्रमको चेतावनी

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
  बझाङ - बझाङको केदारस्यूँ गाउँपालिकाले प्रमुख जिल्ला अधिकारी कैलाश बहादुर ठकुराठीले कर्मचारीमाथि दादागिरीपूर्ण व्यवहार, गैरकानुनी हस्तक्षेप र गिरफ्तारी शैलीको धम्कीदिएको भन्दै कडा आपत्ति जनाएको छ । केदारस्यूँ गाउँपालिका वडा नम्बर-४ मा कार्यरत वडा सचिव अमर भण्डारीमाथि प्रमुख जिल्ला अधिकारी ठकुराठीले दादागिरीपूर्ण व्यवहार, गैरकानुनी हस्तक्षेप र गिरफ्तारी शैलीको धम्कीदिएको भन्दै कडा आपत्ति जनाएको हो । आज बिहीबार संयुुक्त रुपमा गाउँपालिकामा कार्यरत कर्मचारीले विज्ञप्ति जारी गर्दै प्रजिअको उक्त कार्यप्रति आपत्ति जनाएका छन् । विज्ञप्तिअनुसार, स्थानीय सरकार सञ्चालन ऐन २०७४ र कर्मचारी समायोजन ऐन २०७५ ले स्थानीय तहमा सेवा गठन तथा कर्मचारी समायोजनका विषयमा पूर्ण अधिकार दिएको भए पनि प्रजिअद्वारा सो अधिकारमा प्रत्यक्ष हस्तक्षेप भएको छ। जिल्ला कारागार कार्यालय बझाङमा खरिदार पदबाट समायोजन भई ...
बझाङको मष्टा गाउँपालिका-१ मा नेकपा एमालेको वडा अधिवेशन सम्पन्न, अध्यक्षमा ओखेडा

बझाङको मष्टा गाउँपालिका-१ मा नेकपा एमालेको वडा अधिवेशन सम्पन्न, अध्यक्षमा ओखेडा

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको मष्टा गाउँपालिकामा नेकपा एमालेको वडा अधिवेशन सम्पन्न भएको छ । मष्टा गाउँपालिका नेकपा एमाले वडा नं १ को वडा अधिवेशन बिहीबार सम्पन्न भएको हो । नेपाल एमाले वडा कमिटी अध्यक्ष नवराज खड्काको अध्यक्षता भएको अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । मदन बहादुर ओखेडाको अध्यक्षतामा १३ सदस्यीय वडा कमिटी गठन गरिएको नेकपा एमाले मष्टाले जनाएको छ । वडा कमिटी उपाध्यक्षमा तुलछी देवी खड्का , सचिवमा भक्त रोकाया, उपसचिवमा सिंगविर खड्का र बिरेन्द्र खड्का रहेका छन् । कार्यक्रममा नेकपा एमालेका नेताकार्यकर्ता तथा पार्टी प्रति आस्थावान व्यक्तिहरूको उपस्थिति रहेको थियोे ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज