Advertisement

बझाङ

बझाङबाट धनगढी जाँदै गरेको जीप बैतडीमा दुर्घटना: चार जना घाइते, डडेल्धुरामा उपचार

बझाङबाट धनगढी जाँदै गरेको जीप बैतडीमा दुर्घटना: चार जना घाइते, डडेल्धुरामा उपचार

Breaking News 1, ताजा अपडेट, बझाङ, बैतडी, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बैतडी- बझाङबाट धनगढी जाँदै गरेको जीप बैतडीमा दुर्घटना हुँदा चार जना यात्रु घाइते भएका छन्। से १ ज १००५ नम्बरको बेलोरो जीप पाटन नगरपालिका–८ अनारखोलीमा बिहीबार अपराह्न ४ बजे सडकबाट करिब ३० मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। घाइते हुनेमा बझाङको दुर्गाथली गाउँपालिका–६ का ३३ वर्षीय लोकेन्द्र महत, १३ वर्षीय औजित महत, ३० वर्षीया सरस्वती धामी र ४५ वर्षीय ओमजंग कडायत रहेका छन्। उनीहरूको उद्धार गरी डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। सबै घाइतेको अवस्था सामान्य रहेको छ। प्रहरीका अनुसार जीपमा चालकसहित पाँच जना सवार थिए। दुर्घटनामा परेको जीप आफैं अनियन्त्रित भएर सडकबाट खसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनापछि चालक बझाङको दुर्गाथली–४ का रमेश जाग्रीलाई नियन्त्रणमा लिइएको छ भने थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।...
बझाङको बित्थडचिर गाउँपालिकाको बित्तीय प्रगति ८२ दशमलब ८४ प्रतिशत

बझाङको बित्थडचिर गाउँपालिकाको बित्तीय प्रगति ८२ दशमलब ८४ प्रतिशत

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको बित्थडचिर गाउँपालिकाले आर्थिक वर्ष २०८१ । ०८२ को बजेट कार्यान्वयनको वित्तीय प्रगति विवरण सार्वजनिक गरेको छ । आर्थिक प्रशासन शाखा मार्फत बुधबार सार्वजनिक सूचना जारी गर्दै गाउँपालिकाले चालु तथा पुँजिगत शिर्षकमा गरिएको खर्च आम्दानी र कार्यान्वयनको प्रतिशतसहितको विस्तृत विवरण सार्वजनिक गरेको हो । पालिकाले सार्वजनिक गरेको विवरण अनुसार चालु आर्थिक वर्ष २०८१ । ०८२ मा जम्मा ४४ करोड ८४ लाख ८७ हजार ४ सय २६ रुपैयाँ बजेट बिनियोजन गरिएको थियो । जसमा कुल बजेटको ८२ दशमलब ८४ प्रतिशत खर्च गरिएको छ । चालु तर्फ ३४ करोड ६३ लाख ७० शजार ४ सय २६ रुपैयाँ बजेट बिनियोजन गरिएकोमा ८३ दशमलब ४३ प्रतिशत बजेट खर्च भएको छ । त्यसैगरि पूँजिगत तर्फ बिनियोजित १० करोड २१ लख १७ हजार रुपैयाँमा ८० दशमलब ८२ प्रतिशत बजेट खर्च भएको पालिकाले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ ।...
छबिसपाथिभेरा गाउँपालिकाको भुक्तानी कार्य सम्पन्न, आर्थिक वर्ष २०८१ / ०८२ को बजेट खर्च प्रगति सार्वजनिक

छबिसपाथिभेरा गाउँपालिकाको भुक्तानी कार्य सम्पन्न, आर्थिक वर्ष २०८१ / ०८२ को बजेट खर्च प्रगति सार्वजनिक

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
लक्ष्मीराज जोशी, बझाङ - बझाङको छबिसपाथिभेरा गाउँपालिकाले आर्थिक वर्ष २०८१÷०८२ मा स्वीकृत योजनाहरू तथा कार्यक्रमहरूको कार्यान्वयनमा उल्लेखनीय प्रगति हासिल गरेको छ । गाउँपालिकाले तोकिएको समयसीमाभित्र भुक्तानी कार्य सफलतापूर्वक सम्पन्न गरेको एक सूचना मार्फत जानकारी दिएको छ । गाउँपालिकाले आर्थिक पारदर्शिताको उदाहरणीय अभ्यास गर्दै आर्थिक वर्ष २०८१/०८२ को कुल बजेटमा ९० दशमलव ८० प्रतिशत खर्च गरेको छ । गाउँपालिका कार्यालयद्वारा जारी सूचनामा नीति, योजना तथा बजेट निर्माण र कार्यान्वयनमा अध्यक्ष, उपाध्यक्ष, जनप्रतिनिधि, कार्यालय टिम लगायत सबै पक्षको सक्रिय भूमिका रहेको उल्लेख गरिएको छ । कार्यक्रमको सफल कार्यान्वयनका लागि शाखा प्रमुख तथा सम्पूर्ण कर्मचारी र सरोकारवालाहरूको योगदानप्रति गाउँपालिकाले धन्यवाद प्रकट गरेको छ । पालिकाले जारी विवरण अनुसार, आर्थिक वर्ष २०८१/ ०८२ को समग्र खर्च प्रगति यसप्...
केदारस्युँ गाउँपालिकाको आर्थिक वर्ष २०८१/८२ को वित्तीय प्रगति सार्वजनिक, ८७.१६ प्रतिशत बजेट खर्च

केदारस्युँ गाउँपालिकाको आर्थिक वर्ष २०८१/८२ को वित्तीय प्रगति सार्वजनिक, ८७.१६ प्रतिशत बजेट खर्च

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ– जिल्लाको केदारस्यूँ गाउँपालिकाले आर्थिक वर्ष २०८१ / ८२ को आर्थिक प्रगति विवरण सार्वजनिक गरेको छ । असार २५ सम्मको तथ्यांक सार्वजनिक गर्दै गाउँपालिकाले चालु आर्थिक वर्षमा जम्मा बजेटको ८७ दशमलब १६ प्रतिशत रकम खर्च भएको जानकारी दिएको हो। गाउँपालिकाका अनुसार चालु तथा पूँजीगत खर्चसम्बन्धी सबै विवरण संकलन गरी सार्वजनिक गरिएको हो । प्रकाशित विवरणअनुसार चालु खर्चतर्फ विनियोजित ४४ करोड २२ लाख ९९ हजार ६ सय ७९ रुपैयाँ २७ पैसामध्ये ३७ करोड ६९ लाख ८ हजार २८४ रुपैयाँ ७१ पैसा खर्च भएको छ, जुन कुल चालु खर्चको ८५ दशमलब २२ प्रतिशत हो । यस्तै, पूँजीगत खर्चतर्फ २२ करोड ५७ लाख ५४ हजार रुपैयाँ विनियोजन गरिएकोमा २० करोड ५४ लाख ५ हजार ८ सय ९४ रुपैयाँ ६ पैसा खर्च गरिएको जनाइएको छ, जुन ९०.९९ प्रतिशत खर्च प्रगति हो । पालिकाले चालु आर्थिक वर्षमा ६६ करोड ८० लाख ५३ हजार ६ सय ७९ रुपैयाँ २७ पैसा बिनियोजन गरेको...
इन्जिनियर दीपक बोहराको लगनशीलता: विकट बस्तीमा विकासको उज्यालो

इन्जिनियर दीपक बोहराको लगनशीलता: विकट बस्तीमा विकासको उज्यालो

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार
बझाङ, मष्टा — सुदूरपश्चिमको विकट बस्ती मष्टा गाउँपालिकामा विकासको उज्यालो फैलाउन इन्जिनियर दीपक बोहराको योगदान उल्लेखनीय बन्दै गएको छ। दुर्गम भौगोलिक अवस्थाका बाबजुद उनले हालै गाउँपालिकाभित्र सम्पन्न गरेका पूर्वाधार विकासका आयोजनाहरूले स्थानीयको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याएको छ। बोहरा हाल मष्टा गाउँपालिकामा कार्यरत छन्। उनको प्राविधिक नेतृत्वमा वडा नं. १ को कोटदेवलमा १० कोठे आधुनिक स्वास्थ्य चौकी भवन निर्माण कार्य समयमै सम्पन्न भएको छ। कठिन भौगोलिक क्षेत्र, यातायात सुविधा अभाव, मौसमीय चुनौती जस्ता अवरोधका बीच तीन महिनामा गुणस्तरीय संरचना निर्माण गर्नु आफैँमा एक उपलब्धि हो। उक्त भवन निर्माणमा उपभोक्ता समितिको सक्रिय सहभागिता रहँदा इन्जिनियर बोहराको समन्वयात्मक क्षमता झन् प्रशंसा योग्य देखिएको छ। स्थानीयहरूका अनुसार उनका कामले सरकारी सेवा र विकासप्रतिको विश्वास बढाएको छ। शिक...
छोरी गुमाएका धामीलाई नेपाल कम्युनिष्ट पार्टी (विप्लव) टोल कमिटीद्वारा आर्थिक सहायता

छोरी गुमाएका धामीलाई नेपाल कम्युनिष्ट पार्टी (विप्लव) टोल कमिटीद्वारा आर्थिक सहायता

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ — जिल्लाको केदारस्यूँ गाउँपालिका–५ का भरत धामीलाई छोरी गुमाएको पीडामा थोरै भए पनि राहत पुगोस् भनेर नेपाल कम्युनिष्ट पार्टी (विप्लव ) ले आर्थिक सहायता प्रदान गरेको छ। पार्टीको केदारस्यूँ गाउँपालिका–५ स्थित चौडल्ली टोल कमिटीले सोमबार `ख´वर्गको अपांगता समेत रहेका धामीलाई नगद रु ४ हजार १० रुपैयाँ हस्तान्तरण गरेको हो। केही दिनअघि धामीकी छोरी उर्मिला धामीको दु:खद निधन भएको थियोे । उक्त घटनाले स्थानीय क्षेत्रमा गहिरो पीडा र प्रश्न उठाएको छ। सहयोग हस्तान्तरण कार्यक्रममा टोल कमिटीका प्रतिनिधिहरूले धामी परिवारमाथिको यो अपूरणीय क्षतिमा समवेदना प्रकट गर्दै टोल कमिटी उपाध्यक्ष हरिकृष्ण धामीले भविष्यमा पनि पीडित र समस्यामा परेकाहरूको पक्षमा साथ र सहयोग जारी रहने प्रतिवद्धता जनाएको छ।...
स्वास्थ्य शाखाद्वारा नर्सिङ कर्मचारीलाई स्वास्थ्य सामाग्री वितरण

स्वास्थ्य शाखाद्वारा नर्सिङ कर्मचारीलाई स्वास्थ्य सामाग्री वितरण

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाले नर्सिङ कर्मचारीलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ । स्वास्थ्य सेवामा खटिएका कर्मचारीहरूको कामलाई थप सहज बनाउन सोमबार ९ जना नर्सिङ कर्मचारीलाई आवश्यक सामग्रीहरू वितरण गरेको हो। सोमबार गरिएको पालिका स्तरीय उत्तर प्रस्तुति घर भेट पिएनसी, होम भिजिट कार्यक्रमको वार्षिक समिक्षा गोष्ठीको अवसरमा झोला, छाता, वि.पि. सेट (रक्तचाप मापन यन्त्र), र थर्मोमिटर वितरण गरिएको छ । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अम्मराज बिष्टका अनुसार, “सामग्री वितरणको उद्देश्य कर्मचारीहरूको कार्यदक्षता अभिवृद्धि गर्नुका साथै स्वास्थ्य सेवा प्रवाहमा थप सहजता ल्याउनु रहेको छ। कार्यक्रममा बोल्दै पालिका अध्यक्ष गणेशबहादुर बोहराले स्वास्थ्यकर्मीहरूलाई गर्भवती महिलाहरूको घरमै पुगेर आवश्यक सल्लाह, जाँच र सुझाव दिन आग्रह गर्नुभयो। “हामी अब हरेक महिलाले स्वास्थ्य संस्...
परम्परागत सीपलाई आधुनिकीकरण गर्न माटोको भाँडा बनाउने तालिम

परम्परागत सीपलाई आधुनिकीकरण गर्न माटोको भाँडा बनाउने तालिम

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको थलारा गाउँपालिकामा ९ जनालाई माटोको भाँडा बनाउने तालिम प्रदान गरिएको छ । परम्परागत सीपलाई आधुनिकीकरण गर्न बादी समुदायका महिला र पुरुष गरि ९ जनालाई १० दिने उक्त तालिम प्रदान गरिएको हो । स्थानीय स्रोत साधनको सदुपयोग गर्दै रोजगारमुखी सीप विकास गर्न तालिम प्रदान गरिएको प्रगतिशील युवा समाज सृजना परियोजना संयोजक बलबहादुर ओडले जानकारी दिए । सहभागीलाई माटो छान्ने, मिसाउने, भाँडा बनाउने, सुकाउने र पोल्ने जस्ता प्रक्रिया सिकाइएको थियोे । त्यसैगरी सहभागीले माटोको गमला, ठेकि, करुवा, घैटो, फुल राख्ने भास, दियो, कचौरा, धुप स्टेणणड कलस, ऐस्ट्रे र खुत्रुक्के बनाउन सिकेका छन् । तालिमको आयोजना थलारा गाउँपालिका र प्रगतिशील युवा समाज सृजना परियोजनाले गरेको हो । सहभागीले सिकेको सीप सदुपयोग गर्न सकेको व्यवसायी बन्नेछन् । उत्पादित चिजबस्तुको बजारीकरण र सीप भएकालाई स्थानीय सरकारले प्रोत्साहन...
महिलालाई अल्लो प्रशोधन तथा कपडा बुनाई तालिम प्रदान

महिलालाई अल्लो प्रशोधन तथा कपडा बुनाई तालिम प्रदान

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- जिल्लाको छबिसपाथिभेरा गाउँपालिका- ७ का १५ जना महिलालाई अल्लो प्रशोधन तथा कपडा बुनाई तालिम प्रदान गरिएको छ । सीप सिकौं , आत्मनिर्भर बनौं भन्ने नारा सहित जेठ ७ गतेदेखि असार २२ गतेसम्म ४५ दिन महिलाहरूलाई दक्ष प्रशिक्षकबाट सो तालिम प्रदान गरिएको हो । नेपाल सरकार घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्रको सशक्त अनुदान र गाउँपालिकाको सहकार्यमा सञ्चालन गरिएको उक्त तालिमको उद्देश्य स्थानीय स्रोत र कच्चा पदार्थको उचित सदुपयोग गर्दै आयमूलक कार्यमा स्थानीयलाई दक्ष बनाउने रहेको छ। तालिम अवधिभर प्रशिक्षार्थीहरूलाई अल्लोको छाला निकाल्ने, धागो बनाउने, र त्यसबाट कपडा तथा विविध हस्तकलाका सामग्री तयार गर्ने सीप प्रदान गरिएको वडाध्यक्ष बिजय बहादुर धामीले जानकारी दिए । स्थानीय बासिन्दाहरूले यस्तो खालको सीपमूलक तालिमले दीर्घकालीन रुपमा रोजगारी र आर्थिक सशक्तिकरणमा सकारात्मक प्रभाव पार्ने विश्वास...
साइपाल–१ मा बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत ४१ महिला लाभग्राहीलाई बाख्रा वितरण

साइपाल–१ मा बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत ४१ महिला लाभग्राहीलाई बाख्रा वितरण

बझाङ, रोजगार, समाचार, सुदूरपश्चिम
बझाङको साइपाल गाउँपालिका वडा नं. १ मा बहुक्षेत्रीय पोषण कार्यक्रमअन्तर्गत सुनौला हजार दिनका आमाहरू तथा २ वर्षमुनिका बालबालिका भएकी ४१ जना महिला लाभग्राहीलाई बाख्रा वितरण गरिएको छ । पोषण सुधारसँगै आयआर्जनमा सहयोग पुगोस् भन्ने उद्देश्यले लक्षित महिलाहरूलाई कार्यक्रममार्फत बाख्रा प्रदान गरिएको हो । कार्यक्रमले लक्षित समुहका आमाहरूको पोषण अवस्था सुधार गर्नुका साथै पशुपालनबाट आम्दानी आर्जन गरी आत्मनिर्भर बन्न सहयोग पुग्ने विश्वास लिइएको छ । बाख्रा पालनले महिलाहरूको आर्थिक सशक्तिकरणमा टेवा पुग्ने र परिवारको समग्र स्वास्थ्यमा सुधार ल्याउने अपेक्षा गरिएको छ । वडा अध्यक्ष तथा गाउँपालिका प्रवक्ता नरेन्द्र धामीले कार्यक्रमबारे जानकारी दिँदै भने, सुनौला हजार दिनको अवधिमा आमाहरूको पोषण अवस्था सुधार गर्नु हाम्रो पहिलो लक्ष्य हो। आयआर्जनका साथ पोषणमा सुधार ल्याउने यो कार्यक्रमको प्रभाव केही महिनामै...
बझाङकी प्रतिभा जोशीलाई चिरासैनी युवा क्लबद्वारा सम्मान

बझाङकी प्रतिभा जोशीलाई चिरासैनी युवा क्लबद्वारा सम्मान

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ– माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा बझाङ जिल्लामै सर्वाधिक अंक प्राप्त गर्दै प्रथम स्थान हासिल गरेकी प्रतिभा जोशीलाई चिरासैनी युवा क्लबले एक विशेष समारोहका बीच सम्मान गरेको छ। चिरासैनी युवा क्लबको आयोजनामा भएको कार्यक्रममा प्रतिभा जोशीको शैक्षिक उत्कृष्टता र उनको निरन्तर परिश्रमको उच्च प्रशंसा गर्दै सम्मानपत्रसहित पुरस्कार प्रदान गरिएको हो। कार्यक्रममा बोल्दै क्लबका अध्यक्ष कलक धामीले भने, "प्रतिभा जस्ता होनहार विद्यार्थीहरू हाम्रो गाउँको शान हुन्। उनीहरूको मेहनतले अन्य विद्यार्थीहरूलाई पनि प्रेरणा मिल्छ। चिरासैनी युवा क्लब सधैं यस्ता प्रतिभाहरूको सम्मान र प्रोत्साहनमा अग्रसर रहनेछ।" सम्मान ग्रहण गरेपछि प्रतिभा जोशीले आफूले प्राप्त गरेको सफलताको श्रेय आफ्ना अभिभावक, शिक्षक र साथीहरूलाई दिँदै भनिन्, "यो सम्मानले मलाई अझ कडा मेहनत गर्न थप प्रेरणा दिएको छ। म भविष्यमा राष्ट्रको स...
साइपाल गाउँपालिकाका प्रवक्ता नरेन्द्र धामीद्वारा बाल आश्रमलाई २० हजार बराबरको सहयोग

साइपाल गाउँपालिकाका प्रवक्ता नरेन्द्र धामीद्वारा बाल आश्रमलाई २० हजार बराबरको सहयोग

ताजा अपडेट, बझाङ, समाचार
बझाङको साइपाल गाउँपालिका–१ का वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता नरेन्द्र धामीले दुर्गाथलीस्थित मदन भण्डारी बाल आश्रमलाई नगद तथा सामग्रीसहित करिब २० हजार रुपैयाँ बराबरको सहयोग गरेका छन् । प्रवक्ता धामीले आश्रममा आश्रित विपन्न तथा असहाय बालबालिकाको हेरचाह, शिक्षा र दैनिक आवश्यकतामा टेवा पुगोस् भन्ने उद्देश्यले रु १४,००० नगद र बाँकी रकम बराबरको खाद्यान्न तथा अन्य सामग्रीहरू हस्तान्तरण गरेका हुन् । सहयोग हस्तान्तरण कार्यक्रममा दुर्गाथली गाउँपालिकाका उपाध्यक्ष, वडाध्यक्षहरू र अन्य जनप्रतिनिधिहरू पनि उपस्थित थिए । अध्यक्ष तथा प्रवक्ता धामीले समाजका असाहाय बालबालिकाप्रति सबैको उत्तरदायित्व रहेको उल्लेख गर्दै, यस्ता संस्थाहरूप्रति उनीहरू पनि सिक्नुपर्ने र सक्रिय रूपमा सहयोग गर्नुपर्ने सन्देश दिएका छन् । बालबालिकाको भविष्य निर्माणमा यस्ता संस्थाहरूको भूमिका महत्वपूर्ण छ,” धामीले भने, हामी...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज