Advertisement

इन्जिनियर दीपक बोहराको लगनशीलता: विकट बस्तीमा विकासको उज्यालो

Advertisement

बझाङ, मष्टा —
सुदूरपश्चिमको विकट बस्ती मष्टा गाउँपालिकामा विकासको उज्यालो फैलाउन इन्जिनियर दीपक बोहराको योगदान उल्लेखनीय बन्दै गएको छ। दुर्गम भौगोलिक अवस्थाका बाबजुद उनले हालै गाउँपालिकाभित्र सम्पन्न गरेका पूर्वाधार विकासका आयोजनाहरूले स्थानीयको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याएको छ।

बोहरा हाल मष्टा गाउँपालिकामा कार्यरत छन्। उनको प्राविधिक नेतृत्वमा वडा नं. १ को कोटदेवलमा १० कोठे आधुनिक स्वास्थ्य चौकी भवन निर्माण कार्य समयमै सम्पन्न भएको छ। कठिन भौगोलिक क्षेत्र, यातायात सुविधा अभाव, मौसमीय चुनौती जस्ता अवरोधका बीच तीन महिनामा गुणस्तरीय संरचना निर्माण गर्नु आफैँमा एक उपलब्धि हो।

उक्त भवन निर्माणमा उपभोक्ता समितिको सक्रिय सहभागिता रहँदा इन्जिनियर बोहराको समन्वयात्मक क्षमता झन् प्रशंसा योग्य देखिएको छ।

स्थानीयहरूका अनुसार उनका कामले सरकारी सेवा र विकासप्रतिको विश्वास बढाएको छ। शिक्षा, स्वास्थ्य तथा ग्रामीण पूर्वाधार निर्माणमा बोहराले प्राविधिक सल्लाह र निर्देशन दिँदै आएका छन्।

इन्जिनियर बोहरा भन्छन्,
“विकास केवल योजनामा सीमित रहनु हुँदैन, जनताको घरआँगनसम्म पुग्नुपर्छ। यही सोचले मलाई उत्प्रेरित बनाउँछ।”

उनको इमान्दारिता, समयपालन, र व्यवहारिक नेतृत्वले गाउँपालिकामा प्राविधिक सेवा अब जनताको पहुँचमै पुगेको अनुभूति भएको स्थानीयहरूको भनाइ छ।

दीपक बोहराजस्ता युवा इन्जिनियरहरू देशको दुर्गम भूगोलमा कर्मयोगी बनेर कार्यरत हुनु, राष्ट्र निर्माणको आशालु संकेत हो।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

प्रवासी नेपालीको विश्वास जित्दै केन्द्रीय सदस्य बने जनेश्वर जोशी

प्रवासी नेपालीको विश्वास जित्दै केन्द्रीय सदस्य बने जनेश्वर जोशी

बेङ्लोर/भारत: प्रवासमा रहेर पनि मातृभूमिप्रतिको माया, नेपाली समुदायप्रतिको समर्पण र निरन्तर सामाजिक सक्रियताका कारण परिचित सुदूरपश...
सवारी दुर्घटना बढेपछि बझाङमा ट्राफिक निगरानी कडा, अनधिकृत सिट तथा हुट र कालो स्टिकर हटाइदैँ

सवारी दुर्घटना बढेपछि बझाङमा ट्राफिक निगरानी कडा, अनधिकृत सिट तथा हुट र कालो स्टिकर हटाइदैँ

बझाङ- जिल्लामा सवारी दुर्घटना बढ्दै गएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले सवारीसाधनको सुरक्षा व्यवस्थापनमा कडाइ गरेको छ। ट्र...
धनगढीमा डा. गोविन्द केसीसँग सरकारी टोलीको वार्ता सुरु

धनगढीमा डा. गोविन्द केसीसँग सरकारी टोलीको वार्ता सुरु

धनगढी- चार दिनदेखि अनशनरत चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीसँग सरकारले औपचारिक वार्ता सुरु गरेको छ। प्रधानमन्त्रीका ...
बझाङमा रेश नेपालको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

बझाङमा रेश नेपालको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

धनगढी- बझाङमा सामुदायिक सशक्तीकरणका लागि द्रुत कार्य ( रेश) नेपालको वार्षिक साधारण सभा सम्पन्न भएको छ । सनिवार केदारस्यूँ गाउँपाल...
एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति

एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति

काठमाडौं- नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति भएको छ। शनिबार एमाले अध्यक्ष...
कैलालीको हाटखोली नदीमा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

कैलालीको हाटखोली नदीमा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

धनगढी- कैलालीको गोदावरी नगरपालिका-४ हाटखोलीस्थित नदीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ। शनिवार नदीमा डुबेर घाइते ...
आजको मौसम : तीन प्रदेशका पहाडी तथा हिमाली भागमा भारी वर्षाको सम्भावना

आजको मौसम : तीन प्रदेशका पहाडी तथा हिमाली भागमा भारी वर्षाको सम्भावना

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका एकदुई स्थानमा भारी वर्...
छबिसपाथिभेराको खोलापारी कृषक समूहका पदाधिकारीले सिके गोलभेडाबाट सस बनाउने सीप

छबिसपाथिभेराको खोलापारी कृषक समूहका पदाधिकारीले सिके गोलभेडाबाट सस बनाउने सीप

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७, खोरीस्थित खोलापारी कृषक समूहका लागि ५ दिने गोलभेडा प्रशोधन तथा सस (चट्नी) बनाउने तालिम प्र...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज