Advertisement

बझाङ

बझाङको ‘मिनी खप्तड’- बित्थडको सरसफाइ, पर्यटकको आकर्षण बढ्दै

बझाङको ‘मिनी खप्तड’- बित्थडको सरसफाइ, पर्यटकको आकर्षण बढ्दै

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको बित्थडचिर गाउँपालिका–१ मा अवस्थित पर्यटकीय स्थल मिनी खप्तड का रूपमा परिचित माथिल्लो बित्थड क्षेत्रमा सरसफाइ गरिएको छ। पर्यटकीय महत्व बोकेको यो क्षेत्र फोहोर तथा दुर्गन्धित बन्दै गएकाले सरसफाइ अभियान सञ्चालन गरिएको हो। शनिबार बित्थडचिर गाउँपालिका–१ का अध्यक्ष मानबहादुर बोहरा (मन्नो) को अगुवाइमा सरसफाइ गरिएको हो । कार्यक्रममा वडा नं. ४ का अध्यक्ष कलक बहादुर बोहरा, वडा नं. ६ का अध्यक्ष हरिश खड्का, अन्य जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, जिल्ला खेलकुद समितिका पदाधिकारी, व्यापारी तथा स्थानीयवासीको सक्रिय सहभागिता रहेको थियो। वडाध्यक्ष बोहराका अनुसार केही दिनअघि सम्पन्न क्रिकेट प्रतियोगितापछि क्षेत्रमा संकलित फोहोर व्यवस्थापन गरी बित्थडलाई स्वच्छ र आकर्षक बनाइएको हो। पछिल्लो समय बित्थड आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बन्दै गएको छ। दैनिकजसो १०० भन्दा बढी पर्यटकहरू यो ...
केदारस्यूँमा बाल क्लब सञ्जाललाई तीनदिने नेतृत्व तथा संस्थागत विकास तालिम

केदारस्यूँमा बाल क्लब सञ्जाललाई तीनदिने नेतृत्व तथा संस्थागत विकास तालिम

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ— केदारस्यूँ गाउँपालिकाका बाल क्लब सञ्जाललाई लक्षित गर्दै तीनदिने नेतृत्व तथा संस्थागत विकाससम्बन्धी तालिम प्रदान गरिएको छ । गाउँपालिका भित्रका ९ वटै वडामा सक्रिय बाल क्लबका २५ जना पदाधिकारीलाई साउन १ गतेदेखि ३ गतेसम्म तालिम प्रदान गरिएको हो। बाल क्लबहरूलाई व्यवस्थित, प्रभावकारी र दिगो बनाउने उद्देश्यसहित आयोजित तालिममा सहभागीहरूलाई नेतृत्व क्षमता, क्लब सञ्चालन र व्यवस्थापन, निर्णय क्षमता तथा बाल अधिकार प्रवर्द्धनसम्बन्धी विषयमा प्रशिक्षण दिइएको थियो। तालिमले बालबालिकाको आत्मविश्वास र सक्रिय सहभागिता बढाउनुका साथै उनीहरूलाई जिम्मेवार र सचेत नागरिकका रूपमा तयार पार्ने अपेक्षा गरिएको छ। तालिममा सहभागी नमादेउ बाल सञ्जालका अध्यक्ष रोशन भट्टले भने, "यो तालिमबाट हामीले नेतृत्व गर्न सिक्यौं, टोलीमा कसरी काम गर्ने भन्ने बुझ्यौं र क्लबलाई अझ व्यवस्थित बनाउने योजना बनाएका छौं। अब समुदायमा ...
बझाङमा घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु

बझाङमा घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको केदारस्युँ गाउँपालिका–५ बहोराडीमा घाँस काट्ने क्रममा भिरबाट लडेर एक महिलाको ज्यान गएको छ। मृत्यु हुनेमा ५९ वर्षीया कमला बोहरा रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। बिहीबार घर नजिकैको जंगलमा घाँस काट्ने क्रममा उनी अचानक चिप्लिएर करिब १०० मिटर तल खसेकी थिइन्। घटनापछि स्थानीयवासीको सहयोगमा उनलाई उपचारका लागि जिल्ला अस्पताल चैनपुर लगिएको थियो। तर, उपचारको क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। प्रहरीले घटनासम्बन्धी आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।...
बझाङको केदारस्यूँ गाउँपालिकामा बाल क्लब सञ्जालको संस्थागत तथा नेतृत्व विकास सम्बन्धि तालिम सुरु

बझाङको केदारस्यूँ गाउँपालिकामा बाल क्लब सञ्जालको संस्थागत तथा नेतृत्व विकास सम्बन्धि तालिम सुरु

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ— केदारस्यूँ गाउँपालिकामा बाल क्लब सञ्जालको संस्थागत विकास तथा नेतृत्व विकासका लागि तीनदिने तालिम सुरु गरिएको छ। गाउँपालिका भित्रका ९ वटै वडामा क्रियाशील बाल क्लबका पदाधिकारीलाई क्लबको संस्थागत सुदृढीकरण र नेतृत्व क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको हो। तालिमको आयोजना प्रगतिशील युवा समाज र वर्ल्ड भिजन इन्टरनेशनल नेपालद्वारा सञ्चालित बाल संरक्षण परियोजनाको साझेदारीमा, केदारस्यूँ गाउँपालिकाको सहकार्यमा गरिएको हो। तालिम उद्घाटन सत्रमा परियोजनाका फिल्ड संरक्षण अधिकृत विनोद थापाले कार्यक्रमको उद्देश्य स्पष्ट पार्दै, बाल क्लब सञ्जालसँग विगत पाँच वर्षदेखि विभिन्न क्षमता विकासमुखी कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए। गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत केशवराज भट्टले बालबालिकाले आत्मविश्वासका साथ सार्वजनिक रूपमा प्रस्तुत हुन नसकेको देखिएको उल्लेख गर्दै, तालि...
आगलागीबाट पूर्ण रूपमा नष्ट भएको हुनैनाथ गार्मेन्ट उद्योगको केदारस्यूँ गाउँपालिकाको टोलीद्वारा स्थलगत निरीक्षण

आगलागीबाट पूर्ण रूपमा नष्ट भएको हुनैनाथ गार्मेन्ट उद्योगको केदारस्यूँ गाउँपालिकाको टोलीद्वारा स्थलगत निरीक्षण

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- केदारस्यूँ गाउँपालिका–४ बागथला बुङ्गल रोड डडियामा रहेको हुनैनाथ गार्मेन्ट उद्योगमा गएराति भीषण आगलागी हुँदा उद्योग पूर्ण रूपमा नष्ट भयो । आगलागी राति १२:४५ बजे सुरु भएको थियो। आगलागीबाट करिब १ करोड ५० लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ। घटनाको खबर प्राप्त हुनासाथ गाउँपालिका अध्यक्ष गणेशबहादुर बोहराको नेतृत्वमा रहेको टोलीले आज बिहानै स्थलगत निरीक्षण गरेको छ। निरीक्षण टोलीमा उपाध्यक्ष मनिषा धामी, निमित्त प्रमुख प्रशासकीय अधिकृत केशवराज भट्ट, प्रशासकीय अधिकृत धनराज जोशी,शिक्षा शाखाका हिम्मत भण्डारी लगायत सहभागी थिए। जिल्लामै नमुना उद्योगका रूपमा विकास भइरहेको हुनैनाथ गार्मेन्ट उद्योगमा ९ जना स्थायी कामदार कार्यरत थिए, जसमा ४ जना कर्मचारी र बाँकी ५ जना उद्योग सञ्चालकका परिवार सदस्य रहेका छन्। २०७२ सालदेखि सञ्चालनमा आएको उद्योगले सबै खाले आवश्यक पोशाक उत्पादन गर्दै आएको थियो...
बझाङमा एक गार्मेन्ट उद्योगमा राति भीषण आगलागी, उद्योग पूर्ण रूपमा नष्ट

बझाङमा एक गार्मेन्ट उद्योगमा राति भीषण आगलागी, उद्योग पूर्ण रूपमा नष्ट

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङमा एक गार्मेन्ट उद्योगमा आगलागी भएको छ । केदारस्युँ गाउँपालिका–४ स्थित बागथला बजारमा स्थानीय पुष्पराज भट्टद्वारा सञ्चालित होनैनाथ गार्मेन्ट उद्योगमा गएराति करिब १२:४५ बजे विद्युत सर्ट भई आगलागी भएको हो । अस्थायी प्रहरी पोष्ट बागथलाका अनुसार जस्तापाताले छाइएको एकतले तीन कोठे उक्त कच्ची संरचना पूर्ण रूपमा जलेर नष्ट भएको छ । घटनाको जानकारी राति १:३० बजे प्राप्त हुनासाथ प्रहरी निरीक्षक हरक सिंह फरालको कमाण्डमा चार जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो। स्थानीयवासीको सहयोगमा राति करिब २ बजे आगो नियन्त्रणमा ल्याइएको थियो। उद्योगभित्र रहेका सबै सामग्री जलेर नष्ट भए पनि कुनै मानवीय वा चौपाया क्षति भने नभएको प्रारम्भिक विवरणमा उल्लेख गरिएको छ। यद्यपि, आगलागीबाट भएको भौतिक तथा आर्थिक क्षतिको विस्तृत विवरण संकलन कार्य जारी रहेको प्रहरीले जनाएको छ।...
केदारस्यूँ गाउँपालिकाको वार्षिक प्रगति समिक्षा गोष्ठी सम्पन्न

केदारस्यूँ गाउँपालिकाको वार्षिक प्रगति समिक्षा गोष्ठी सम्पन्न

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ— बझाङको केदारस्यूँ गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रगति समिक्षा गोष्ठी सम्पन्न भएको छ। गोष्ठीमा गाउँपालिकाबाट वर्षभरि सञ्चालन गरिएका कार्यक्रम, परियोजना र सेवा प्रवाहसम्बन्धी कार्यहरुको समिक्षा गर्दै ती काम कति प्रभावकारी र दिगो भए भन्नेबारे अन्तरक्रिया गरिएको थियो। साथै, आगामी वर्षमा विकास र सेवा प्रवाह कसरी अझ प्रभावकारी बनाउन सकिन्छ भन्नेबारे पनि छलफल गरिएको थियो। कार्यक्रममा बोल्दै गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत केशवराज भट्टले पालिकाबाट प्रदान हुने सेवाहरूलाई गुणस्तरीय बनाउने उपाय र आगामी कार्यदिशाबारे सुझाव प्रस्तुत गरे। गाउँपालिका उपाध्यक्ष मनिषा धामीले सेवा प्रवाहमा थप प्रभावकारिता ल्याउने खालका सुझाव राख्नु भयो । त्यसैगरी, गाउँपालिका अध्यक्ष गणेशबहादुर बोहराले विगतमा भएका कमीकमजोरी सुधार गर्दै जनमुखी विकास र सेवा प्रवाहलाई चुस्त दुरुस्त बन...
पालिकाको स्वागत बोर्ड तोडफोड

पालिकाको स्वागत बोर्ड तोडफोड

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिकाले सिमा क्षेत्रमा राखेको स्वागत बोर्ड तोडफोड गरिएको छ । छबिसपाथिभेरा गाउँपालिका र दुर्गाथलि गाउँपालिकाको सिमा क्षेत्र मौरीबगर र भाँडे बजारको बीच भागमा राखिएको स्वागत बोर्ड तोडफोड गरिएको हो । पालिकाले केही वर्षअघि मात्रै जयपृथ्वी राजमार्ग अन्तर्गत सिमा क्षेत्रमा छबिसपाथिभेरा गाउँपालिकामा यहाँहरूलाई हार्दिक स्वागत गर्दछौं र छबिसपाथिभेरामा गाउँपालिकाका भ्रमण गर्नुभएकोमा धन्यवाद भन्ने बोर्ड टासेको थियोे । तर उक्त बोर्ड अहिले तोडफोड गरिएको पाइएको छ । स्थानीयले उक्त बोर्डलाई तोडफोड गरेको हुनसक्ने अनुमान गरिएको छ । स्वागत बोर्ड तोडफोड गरिएको महिनौं बितिसक्दा पनि अहिलेसम्म मर्मत सम्भार भने गरिएको छैन ।...
बझाङका २ स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृत आउँदैँ, कहाँ को ?

बझाङका २ स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृत आउँदैँ, कहाँ को ?

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङका २ स्थानीय तहमा नयाँ प्रमुख  प्रशासकीय अधिकृत आउने भएका छन । लामोसमयदेखि निमित्तको भरमा चल्दै आएको दुर्गाथलि गाउँपालिका र छबिसपाथिभेरा गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत आउने भएका हुन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दुर्गाथलि गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा लाल बहादुर बिष्ट र छबिसपाथिभेरा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा नरेश बहादुर बोहरालाई खटाएको छ ।...
बझाङ सीमामा नेकपा (बिप्लव)को टोलि: गुणस्तरहीन खाद्य र पेय वस्तु छिर्न नदिन सडकमै चेकिङ

बझाङ सीमामा नेकपा (बिप्लव)को टोलि: गुणस्तरहीन खाद्य र पेय वस्तु छिर्न नदिन सडकमै चेकिङ

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले गुणस्तरहीन खाद्य तथा पेय पदार्थ बझाङ भित्रिन नदिन सडकमै छड्के चेकजाँच थालेको छ । पार्टीका बझाङ इन्चार्ज भरत मल्ल, युवा संगठन इन्चार्ज आकास खातीसहित झण्डै २० जनाको टोलि अहिले बझाङ जिल्लाको प्रवेशद्वार बित्थडचिर गाउँपालिका १ को सिमामा सक्रिय छन् । उनीहरूले बाहिरबाट भित्र्याइँदै गरेका खाद्य र पेय वस्तुमा निगरानी बढाउँदै गाडीहरू रोकेर जाँच गरिरहेका छन् । पार्टीले बजारमा गुणस्तरहीन, म्याद नाघेका र स्वास्थ्यमा हानि पुर्‍याउने सामग्रीले स्थानीयको जीवन र स्वास्थ्यमा खतरा उत्पन्न भइरहेको भन्दै त्यसविरुद्ध अभियान चलाएको जनाएको छ । टोलिले स्थानीय व्यवसायी र गाडी चालकहरूलाई म्याद हेरेर मात्रै सामान खरिद तथा ढुवानी गर्न आग्रह गर्दै, अवैध वा गुणस्तरहीन वस्तु भेटिए कारबाही गरिने चेतावनीसमेत दिएको छ । पार्टी स्रोतका अनुसार यो अभियान बझाङ...
बुङ्गल हाइड्रो लिमिटेडले स्थानीयका लागि सेयर निष्कासन गर्ने

बुङ्गल हाइड्रो लिमिटेडले स्थानीयका लागि सेयर निष्कासन गर्ने

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बुङ्गल हाइड्रो लिमिटेडले प्रभावित क्षेत्रका स्थानीयवासीलाई लक्षित गर्दै साधारण सेयर (आइपिओ) निष्कासन गर्ने भएको छ। कम्पनीले प्रति कित्ता १०० रुपैयाँ दरले कुल २ लाख ३० हजार कित्ता सेयर जारी गर्न लागेको हो। कम्पनीद्वारा जारी सूचनाअनुसार बुङ्गल नगरपालिका वडा नं. ६ र ७ मा पर्ने अति प्रभावित क्षेत्रका स्थानीयका लागि कुल सेयरको ६५ प्रतिशत अर्थात १ लाख ४९ हजार ५०० कित्ता छुट्याइएको छ। त्यसैगरी बुङ्गल नगरपालिका अन्तर्गत अन्य वडाहरू — १, २, ३, ४, ५, ८, ९, १० र ११ का स्थानीयवासीका लागि बाँकी ३५ प्रतिशत अर्थात ८० हजार ५०० कित्ता सेयर उपलब्ध गराइनेछ। दरखास्त दिने समय असार २९ गतेदेखि श्रावण ११ गतेसम्म तोकिएको छ ।...
छबिसपाथिभेरा–७ का अनिल धामीद्वारा बिरामी महिलालाई रगत दान

छबिसपाथिभेरा–७ का अनिल धामीद्वारा बिरामी महिलालाई रगत दान

बझाङ, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
बझाङको छबिसपाथिभेरा गाउँपालिका वडा नं ७ बुढखोरी घर भइ हाल चैनपुरमा अनिल मोबाइल ग्यालरी सञ्चालन गर्दै आएका अनिल धामीले एक विरामी भएकी महिलालाई ज्यान जोगाउन रगत दान गरेका छन् । चैनपुरस्थित जिल्ला अस्पताल बझाङमा रगत आवश्यक  भएपछि महिलालाई तत्काल रगत आवश्यक परेको थियो । उक्त अवस्थामा धामीले मानवता देखाउँदै स्वेच्छिक रूपमा रगत दान गरेका हुन् । रगत अभावका कारण उपचारमा समस्या आउने अवस्था रहेको बेला धामीको सहयोगले महिलाको ज्यान जोगिएको अस्पताल स्रोतले जनाएको छ । धामीले यसअघि पनि सामाजिक कार्यमा सक्रिय सहभागिता जनाउँदै आएका छन् । उनले यस्ता मानव सेवामूलक कामहरुमा आगामी दिनमा पनि साथ दिने बताएका छन् ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज