बझाङ- बझाङको बित्थडचिर गाउँपालिकाले आर्थिक वर्ष २०८१ । ०८२ को बजेट कार्यान्वयनको वित्तीय प्रगति विवरण सार्वजनिक गरेको छ । आर्थिक प्रशासन शाखा मार्फत बुधबार सार्वजनिक सूचना जारी गर्दै गाउँपालिकाले चालु तथा पुँजिगत शिर्षकमा गरिएको खर्च आम्दानी र कार्यान्वयनको प्रतिशतसहितको विस्तृत विवरण सार्वजनिक गरेको हो ।
पालिकाले सार्वजनिक गरेको विवरण अनुसार चालु आर्थिक वर्ष २०८१ । ०८२ मा जम्मा ४४ करोड ८४ लाख ८७ हजार ४ सय २६ रुपैयाँ बजेट बिनियोजन गरिएको थियो । जसमा कुल बजेटको ८२ दशमलब ८४ प्रतिशत खर्च गरिएको छ ।
चालु तर्फ ३४ करोड ६३ लाख ७० शजार ४ सय २६ रुपैयाँ बजेट बिनियोजन गरिएकोमा ८३ दशमलब ४३ प्रतिशत बजेट खर्च भएको छ । त्यसैगरि पूँजिगत तर्फ बिनियोजित १० करोड २१ लख १७ हजार रुपैयाँमा ८० दशमलब ८२ प्रतिशत बजेट खर्च भएको पालिकाले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ ।


