Advertisement

केदारस्युँ गाउँपालिकाको आर्थिक वर्ष २०८१/८२ को वित्तीय प्रगति सार्वजनिक, ८७.१६ प्रतिशत बजेट खर्च

Advertisement

बझाङ– जिल्लाको केदारस्यूँ गाउँपालिकाले आर्थिक वर्ष २०८१ / ८२ को आर्थिक प्रगति विवरण सार्वजनिक गरेको छ । असार २५ सम्मको तथ्यांक सार्वजनिक गर्दै गाउँपालिकाले चालु आर्थिक वर्षमा जम्मा बजेटको ८७ दशमलब १६ प्रतिशत रकम खर्च भएको जानकारी दिएको हो।

गाउँपालिकाका अनुसार चालु तथा पूँजीगत खर्चसम्बन्धी सबै विवरण संकलन गरी सार्वजनिक गरिएको हो । प्रकाशित विवरणअनुसार चालु खर्चतर्फ विनियोजित ४४ करोड २२ लाख ९९ हजार ६ सय ७९ रुपैयाँ २७ पैसामध्ये ३७ करोड ६९ लाख ८ हजार २८४ रुपैयाँ ७१ पैसा खर्च भएको छ, जुन कुल चालु खर्चको ८५ दशमलब २२ प्रतिशत हो ।

यस्तै, पूँजीगत खर्चतर्फ २२ करोड ५७ लाख ५४ हजार रुपैयाँ विनियोजन गरिएकोमा २० करोड ५४ लाख ५ हजार ८ सय ९४ रुपैयाँ ६ पैसा खर्च गरिएको जनाइएको छ, जुन ९०.९९ प्रतिशत खर्च प्रगति हो । पालिकाले चालु आर्थिक वर्षमा ६६ करोड ८० लाख ५३ हजार ६ सय ७९ रुपैयाँ २७ पैसा बिनियोजन गरेको थियो । सो बजेटमध्ये ५८ करोड २३ लाख १४ हजार ७८ रुपैयाँ ७७ पैसा, जुन ८७ दशमलब १६ प्रतिशत हुन आउँछ ।

सार्वजनिक विवरण अनुसार बजेट र खर्च यस्तो छ

सूचनामा भनिएको छ, “वार्षिक नीति तथा कार्यक्रम र बजेट अनुसारका कार्यहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न जनप्रतिनिधि, कर्मचारी तथा सेवाग्राहीहरूको सहकार्य आवश्यक छ।”

वित्तीय विवरण लेखापाल कालुराम चौधरी र प्रमुख प्रशासकीय अधिकृत केशव राज भट्टद्वारा हस्ताक्षर गरी सार्वजनिक गरिएको हो ।

गाउँपालिका अध्यक्ष गणेशबहादुर बोहराले आर्थिक विवरण सार्वजनिक गर्नु केदारस्यूँको सुशासनप्रतिको प्रतिबद्धताको प्रमाण भएको बताए। उनले भने “हामीले जनप्रतिनिधि भएर जनताको विश्वास जित्न पारदर्शी शासन प्रणालीलाई आधार बनाएका छौँ। आर्थिक वर्ष २०८१/८२ मा पारदर्शी ढंगले बजेट खर्च गर्दै त्यसको लेखाजोखा सार्वजनिक गरिनुले नागरिक उत्तरदायित्वलाई अझ बलियो बनाउनेछ।”
स्थानीय सरकारहरूले आर्थिक पारदर्शिता, समावेशी विकास र नागरिक उत्तरदायित्वप्रति देखाएको प्रतिबद्धता सुशासनको मूल मर्म हो।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बित्थडचिरमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप २०८३ बैशाख ६ देखि

बित्थडचिरमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप २०८३ बैशाख ६ देखि

बझाङ- बझाङको बित्थडचिर गाउँपालिकामा `दोस्रो जय नेपाल´ वडाध्यक्ष कप २०८३ आयोजना हुनेभएको छ । यहीँ बैशाख ६ गतेदेखि वडा नम्बर ९ को आ...
धनगढीमा रोयल मेडिसिन डिस्टृब्युटर्सको ५औँ वार्षिकोत्सव सम्पन्न, छात्रावासलाई खाद्यान्न सहयोग

धनगढीमा रोयल मेडिसिन डिस्टृब्युटर्सको ५औँ वार्षिकोत्सव सम्पन्न, छात्रावासलाई खाद्यान्न सहयोग

धनगढी, कैलाली — नयाँ वर्ष २०८३ को अवसर पारेर रोयल मेडिसिन डिस्टृब्युटर्स प्रा. लि. ले आफ्नो पाँचौँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न...
बझाङको झोतामा बिसु मेला धुमधामका साथ मनाइने, प्रदेशस्तरीय भलिबल प्रतियोगिता मुख्य आकर्षण

बझाङको झोतामा बिसु मेला धुमधामका साथ मनाइने, प्रदेशस्तरीय भलिबल प्रतियोगिता मुख्य आकर्षण

बझाङ- यस वर्ष पनि बझाङको झोता क्षेत्रमा धार्मिक, ऐतिहासिक तथा पौराणिक महत्व बोकेको बिसु मेला धुमधामका साथ मनाइने भएको छ। जिल्लाको ...
कैलारीको पवेरा सामुदायिक वनको १५औं साधारणसभा सम्पन्न

कैलारीको पवेरा सामुदायिक वनको १५औं साधारणसभा सम्पन्न

रमित ओली,हसुलिया- कैलालीको कैलारी गाउँपालिका-५ स्थित पवेरा सामुदायिक वन उपभोक्ता समूहको वार्षिक साधारणसभा सम्पन्न भएको छ। आर्थिक व...
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना,  २ जनाको मृत्यु, ६ जना घाइते

कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना, २ जनाको मृत्यु, ६ जना घाइते

कञ्चनपुरमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अन्य छ जना घाइते भएका छन् । कृष्णपुर नगरपालिका- १ कुमगडामा से १ ज २९० न...
कैलालीको कैलारीमा श्रद्धाञ्जलीसहित राहत हस्तान्तरण, किसान सहकारीबाट परिवारलाई लाखौं सहयोग

कैलालीको कैलारीमा श्रद्धाञ्जलीसहित राहत हस्तान्तरण, किसान सहकारीबाट परिवारलाई लाखौं सहयोग

रमित ओली, हसुलिया- कैलालीको कैलारी गाउँपालिकामा किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा आयोजित श्रद्धाञ्जली सभा तथा सुविधा...
बझाङ यार्चागुम्बा मुद्दा सम्बन्धी समाचार सच्याइयो

बझाङ यार्चागुम्बा मुद्दा सम्बन्धी समाचार सच्याइयो

यस यसअघि प्रकाशित “बझाङमा यार्चागुम्बा ओसारपसार मुद्दामा फरार अभियुक्त पक्राउ” सम्बन्धी समाचारमा केही तथ्यगत त्रुटि भएको पाइएकाले ...
बझाङको छबिसपाथिभेरा- ७ मा स्थानीयलाई एक हप्ते साबुन बनाउने तालिम दिइँदै

बझाङको छबिसपाथिभेरा- ७ मा स्थानीयलाई एक हप्ते साबुन बनाउने तालिम दिइँदै

धनगढी- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ का स्थानीयलाई साबुन बनाउने तालिम प्रदान गरिँदैछ । घरेलु तथा साना उद्योग कार्यालय चैनपुर बझ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज