Advertisement

जगन्नाथ माविमा नयाँ विद्यालय व्यवस्थापन समिति गठन, अध्यक्षमा भरत बहादुर मल्ल चयन

Advertisement

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका–४ स्थित श्री जगन्नाथ माध्यमिक विद्यालय सैन्स्यूँमा नयाँ विद्यालय व्यवस्थापन समिति (वि.व्य.स) गठन गरिएको छ। आज सम्पन्न अभिभावक भेलाबाट भरत बहादुर मल्लको अध्यक्षतामा नयाँ समिति चयन गरिएको हो।
विद्यालयको व्यवस्थापनलाई थप प्रभावकारी बनाउन आयोजित अभिभावक भेलाले सर्वसम्मत निर्णयमार्फत मल्ललाई विद्यालय व्यवस्थापन समिति अध्यक्ष पदमा चयन गरेको हो। अध्यक्षमा चयन भएपछि मल्लले धन्यवाद ज्ञापन गर्दै भने, “मेरो समाजसेवाको पाटोलाई मूल्याङ्कन गर्दै श्री जगन्नाथ माविको अध्यक्ष पदमा विश्वासका साथ सर्वसम्मत चयन गर्नु भएकोमा सम्पूर्ण बौद्धिक वर्ग, समाजसेवी, अभिभावक तथा आफन्तजनप्रति आभार व्यक्त गर्दछु। तपाईंहरूको विश्वास नटुटाउने पूर्ण प्रतिबद्धता व्यक्त गर्दछु।”
नयाँ विद्यालय व्यवस्थापन समिति गठनसँगै विद्यालयमा शैक्षिक, भौतिक र संस्थागत सुधारको अपेक्षा गरिएको छ। स्थानीय अभिभावक तथा सरोकारवालाहरूले विद्यालयको विकासमा नयाँ समितिले सक्रियरूपमा काम गर्ने विश्वास व्यक्त गरेका छन्।
अध्यक्ष मल्ल गाउँ समाजमा भइरने विकृति विसंगति, अन्याय अत्याचार, तथा भ्रष्टाचारको बिरुद्धमा आवाज उठाउँदै आएका थिए । उनी नेकपाका केन्द्रीय सदस्य तथा बझाङ जिल्ला इन्चार्ज समेत हुन् ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बझाङमा रेश नेपालको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

बझाङमा रेश नेपालको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

धनगढी- बझाङमा सामुदायिक सशक्तीकरणका लागि द्रुत कार्य ( रेश) नेपालको वार्षिक साधारण सभा सम्पन्न भएको छ । सनिवार केदारस्यूँ गाउँपाल...
एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति

एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति

काठमाडौं- नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति भएको छ। शनिबार एमाले अध्यक्ष...
कैलालीको हाटखोली नदीमा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

कैलालीको हाटखोली नदीमा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

धनगढी- कैलालीको गोदावरी नगरपालिका-४ हाटखोलीस्थित नदीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ। शनिवार नदीमा डुबेर घाइते ...
आजको मौसम : तीन प्रदेशका पहाडी तथा हिमाली भागमा भारी वर्षाको सम्भावना

आजको मौसम : तीन प्रदेशका पहाडी तथा हिमाली भागमा भारी वर्षाको सम्भावना

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका एकदुई स्थानमा भारी वर्...
छबिसपाथिभेराको खोलापारी कृषक समूहका पदाधिकारीले सिके गोलभेडाबाट सस बनाउने सीप

छबिसपाथिभेराको खोलापारी कृषक समूहका पदाधिकारीले सिके गोलभेडाबाट सस बनाउने सीप

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७, खोरीस्थित खोलापारी कृषक समूहका लागि ५ दिने गोलभेडा प्रशोधन तथा सस (चट्नी) बनाउने तालिम प्र...
भक्तपुरमा प्रथम कर्णाली फुटसल कप हुँदै, विजेतालाई ५५ हजार ५५५ रुपैयाँ पुरस्कार

भक्तपुरमा प्रथम कर्णाली फुटसल कप हुँदै, विजेतालाई ५५ हजार ५५५ रुपैयाँ पुरस्कार

धनगढी- कर्णाली र सुदूरपश्चिम प्रदेशका खेलाडी तथा खेल प्रतिभालाई लक्षित गर्दै भक्तपुरमा ‘प्रथम कर्णाली फुटसल कप २०८३’ आयोजना हुने भ...
प्रधानमन्त्री शाहको सचिवालयमा २७ जना नियुक्त, दुई सल्लाहकारलाई मन्त्रीसरह सुविधा

प्रधानमन्त्री शाहको सचिवालयमा २७ जना नियुक्त, दुई सल्लाहकारलाई मन्त्रीसरह सुविधा

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले आफ्नो सचिवालयमा २७ जनालाई नियुक्त गरेको खुलेको छ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी सांस...
कैलालीमा १३ वर्षीया बालिकामाथि जबर्जस्ती करणीको आरोपमा युवक पक्राउ

कैलालीमा १३ वर्षीया बालिकामाथि जबर्जस्ती करणीको आरोपमा युवक पक्राउ

धनगढी- कैलालीमा १३ वर्षीया बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। जिल्लाको जोशीपुर गाउँपालिका-३ लक्कड नि...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज