Advertisement

राष्ट्रिय विभूति जयपृथ्वीबहादुर सिंहको योगदानको कदर, बझाङमा जन्मजयन्ति भव्यरूपमा मनाउने तयारी

Advertisement

बझाङ- मानवतावादी राजा जयपृथ्वीबहादुर सिंहको १४९औँ जन्मजयन्ति यस वर्ष बझाङमा विशेष कार्यक्रमसहित भव्यरूपमा मनाउने तयारी भइरहेको छ। भदौ ७ गते जिल्लाको छबिसपाथिभेरा गाउँपालिका-२ मा अवस्थित सत्यवादी माध्यमिक विद्यालय, जयपृथ्वीनगरमा विशेष कार्यक्रमको आयोजनासहित जन्मजयन्ति भव्यरूपमा मनाउने तयारी भइरहेको हो । उक्त विद्यालयमा पालिका स्तरीय भलिबल, हाजिरीजवाफ तथा नृत्य प्रतियोगिता सञ्चालन गर्ने तयारी तिब्रगतिमा भइरहेको छ ।

छबिसपाथिभेरा गाउँपालिकाको मेल्लेख क्षेत्रमा ऐतिहासिक महत्वका पुराना राजदरवार र त्यसमा प्रयोग गरिएको ‘जय’ लेखिएको पुरानो इटा अहिले पनि देखिन्छ छ। यो स्थानले क्षेत्रीय इतिहासमा विशेष स्थान ओगटेको बताइएको छ।
जयपृथ्वीबहादुर सिंहको नाममा प्रदान गरिने पुरस्कार पनि त्यहीँ प्रदान गर्ने तय भएको छ ।

त्यस्तै स्थानीय तह, नागरिक समाज, शैक्षिक संस्थाहरू र जयपृथ्वी प्रतिष्ठानको समन्वयमा विविध कार्यक्रम आयोजना गरिने जनाइएको छ।

जयपृथ्वी सिंहको जीवनदर्शन आज पनि शिक्षाका मेरुदण्ड, न्यायप्रेमी र मानवतावादी दृष्टिकोणका प्रतीकको रूपमा प्रेरणादायी रहेको छ। बझाङबासीले यस पटकको जन्मजयन्तिलाई स्मरणीय बनाउन जुटेका छन्।

मानवतावादी, शैक्षिक अगुवा तथा राष्ट्रसेवक जयपृथ्वीबहादुर सिंहको योगदानको सम्मानस्वरूप नेपाल सरकारले २०७९ असार ६ गते उहाँलाई राष्ट्रिय विभूति घोषणा गरेको थियो। तीन वर्षअघिको उक्त निर्णयले बझाङ जिल्लाका साथै सम्पूर्ण नेपाली जनताको गर्वको विषय बनेको छ।

शिक्षा, भाषा र न्यायका लागि क्रान्तिकारी सोच
वि.सं. १९३४ भदौ ७ गते बझाङको चैनपुरमा जन्मिएका जयपृथ्वी सिंहले नेपालमा शिक्षा, न्यायप्रशासन, पत्रकारिता र नेपाली भाषाको प्रवर्द्धनका क्षेत्रमा अद्वितीय योगदान पुर्‍याएका थिए। १२ वर्षको उमेरमा नै बझाङको राजगद्दी सम्हाल्नुपरेका सिंहले अध्ययनका लागि काठमाडौँ हुँदै भारतसम्म यात्रा गरे। इलाहाबाद र कलकत्ता विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गरेका उनले शिक्षा र मानवताको मार्ग रोज्दै राणा शासनका विरुद्ध आवाज उठाएका थिए।
नेपाली भाषाका पहिलो पाठ्यपुस्तक लेखक
जयपृथ्वीले वि.सं. १९५८ मा नेपाली भाषामा पहिलो पाठ्यपुस्तक ‘अक्षराङ्ग शिक्षा’ लेखेका थिए। त्यसपछि उनले बालबोध, ज्ञानमाला, श्रेस्तादर्पण, शिक्षा दर्पणजस्ता पाठ्यपुस्तकहरू पनि लेखे। यिनका पुस्तकहरूले नेपाली शिक्षा जगतमा क्रान्ति ल्याएको मानिन्छ।
बझाङको समग्र विकासमा नेतृत्वदायी भूमिका
जयपृथ्वीबहादुर सिंहले बझाङमा सत्यवादी पाठशाला स्थापना गरी शिक्षा विस्तार गरेका थिए। उनले भौतिक विकासका साथै सामाजिक न्याय र भूमिसुधारका काम गरेका थिए। वि.सं. १९६६ मा बझाङमा खग आयुर्वेद औषधालय स्थापना गरी स्वास्थ्यसेवा सुरु गरेका थिए। वि.सं. १९६७ मा जनताको पक्षमा भूमिसुधार लागू गरेर राज्यका सेरा र फाँटहरू मोहियानी हकमा परिवर्तन गरेका थिए।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

प्रवासी नेपालीको विश्वास जित्दै केन्द्रीय सदस्य बने जनेश्वर जोशी

प्रवासी नेपालीको विश्वास जित्दै केन्द्रीय सदस्य बने जनेश्वर जोशी

बेङ्लोर/भारत: प्रवासमा रहेर पनि मातृभूमिप्रतिको माया, नेपाली समुदायप्रतिको समर्पण र निरन्तर सामाजिक सक्रियताका कारण परिचित सुदूरपश...
सवारी दुर्घटना बढेपछि बझाङमा ट्राफिक निगरानी कडा, अनधिकृत सिट तथा हुट र कालो स्टिकर हटाइदैँ

सवारी दुर्घटना बढेपछि बझाङमा ट्राफिक निगरानी कडा, अनधिकृत सिट तथा हुट र कालो स्टिकर हटाइदैँ

बझाङ- जिल्लामा सवारी दुर्घटना बढ्दै गएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले सवारीसाधनको सुरक्षा व्यवस्थापनमा कडाइ गरेको छ। ट्र...
धनगढीमा डा. गोविन्द केसीसँग सरकारी टोलीको वार्ता सुरु

धनगढीमा डा. गोविन्द केसीसँग सरकारी टोलीको वार्ता सुरु

धनगढी- चार दिनदेखि अनशनरत चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीसँग सरकारले औपचारिक वार्ता सुरु गरेको छ। प्रधानमन्त्रीका ...
बझाङमा रेश नेपालको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

बझाङमा रेश नेपालको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

धनगढी- बझाङमा सामुदायिक सशक्तीकरणका लागि द्रुत कार्य ( रेश) नेपालको वार्षिक साधारण सभा सम्पन्न भएको छ । सनिवार केदारस्यूँ गाउँपाल...
एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति

एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति

काठमाडौं- नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति भएको छ। शनिबार एमाले अध्यक्ष...
कैलालीको हाटखोली नदीमा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

कैलालीको हाटखोली नदीमा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

धनगढी- कैलालीको गोदावरी नगरपालिका-४ हाटखोलीस्थित नदीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ। शनिवार नदीमा डुबेर घाइते ...
आजको मौसम : तीन प्रदेशका पहाडी तथा हिमाली भागमा भारी वर्षाको सम्भावना

आजको मौसम : तीन प्रदेशका पहाडी तथा हिमाली भागमा भारी वर्षाको सम्भावना

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका एकदुई स्थानमा भारी वर्...
छबिसपाथिभेराको खोलापारी कृषक समूहका पदाधिकारीले सिके गोलभेडाबाट सस बनाउने सीप

छबिसपाथिभेराको खोलापारी कृषक समूहका पदाधिकारीले सिके गोलभेडाबाट सस बनाउने सीप

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७, खोरीस्थित खोलापारी कृषक समूहका लागि ५ दिने गोलभेडा प्रशोधन तथा सस (चट्नी) बनाउने तालिम प्र...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज