बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका–७ मजखोरिमा लाग्ने बिरिजात मेलामा भएको झडपमा दुई जना घाइते भएका छन्। प्रहरीका अनुसार खोरीका क्षितिज बोहरा र अंकित बोहरालाई बुडखोरीका सुशील धामीले पछाडिबाट चक्कु प्रहार गरेका हुन्। भागदौडका क्रममा अन्दाजी ७० वर्षीया क्युटा देवी बोहरा लडेर घाइते भएकी छन्। घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल सिमखेत पठाइएको छ।
प्रहरीले चक्कु प्रहारमा संलग्न सुशील धामीलाई नियन्त्रणमा लिएको छ,भने मजखोरी माध्यमिक विद्यालयका अङ्ग्रेजी शिक्षक जनक धामी पनि झडपमा परि घाइते भएका छन ।

