Advertisement

खेलकुद

नेपाललाई १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेटको उपाधि

नेपाललाई १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेटको उपाधि

Breaking News 1, खेलकुद, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौँ– नेपालले सिङ्गापुरलाई पराजित गर्दै एसीसी १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेटको उपाधि जितेको छ। प्रतियोगिताभर अपराजित रहेको नेपालले फाइनलमा सिङ्गापुरले दिएको ११४ रनको लक्ष्य २९ ओभरमा ८ विकेट गुमाउँदै भेट्टायो। नेपालका जोए थापा २४ रनमा अविजित रहे। ५८ रनमा ५ विकेट गुमाएको अवस्थामा उनले शुभम् खनालसँग छैटौं विकेटका लागि ३३ रन र अभय यादवसँग नवौं विकेटका लागि अविजित २५ रनको साझेदारी गरे। त्यसअघि, मलेशियाको बाङ्गीमा टस जितेर ब्याटिङ गरेको सिङ्गापुर ४०.५ ओभरमा ११३ रनमा अलआउट भयो। सिङ्गापुरका रोहन अस्टिन अरुणले सर्वाधिक २३ रन बनाए। नेपालका सुशीलबहादुर रावल र अभय यादवले समान ३ विकेट लिए भने शुभम् खनालले २ र कप्तान विपिनप्रसाद शर्माले १ विकेट लिए। सेमिफाइनलमा नेपालले मलेशियालाई र सिङ्गापुरले हङकङलाई हराउँदै फाइनलमा स्थान बनाएका थिए। आयोजक मलेशियाले हङकङलाई ५ विकेटले पराजित गर्दै तेस्रो...
यू–१६ इस्ट जोन कप : नेपाल आज भुटानसँग भिड्दै

यू–१६ इस्ट जोन कप : नेपाल आज भुटानसँग भिड्दै

Breaking News 1, खेलकुद, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाण्डौ— एसीसी १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा नेपालले आज भुटानसँग प्रतिस्पर्धा गर्दैछ। मलेशियाको सेलाङ्गोर टर्फ क्लब क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार बिहान ७:४५ बजेबाट सुरु हुनेछ। यसअघि खेलेका तीनै खेलमा विजयी रहँदै नेपाल समूह ‘ए’को शीर्ष स्थानमा रहन सफल भएको छ र सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ। नेपालसँगै समूह ‘ए’बाट चार खेलमा छ अंकसहित सिङ्गापुर पनि सेमिफाइनलमा पुगेको छ। समूह ‘बी’बाट आयोजक मलेशिया र हङकङले अन्तिम चारमा स्थान बनाएका छन्। नेपालले आफ्नो पहिलो खेलमा सिङ्गापुरलाई ६ विकेटले, दोस्रो खेलमा जापानलाई ९ विकेटले र तेस्रो खेलमा इन्डोनेसियालाई ४२१ रनको विशाल अन्तरले पराजित गरेको थियो। प्रतियोगितामा १० राष्ट्र सहभागी छन्। समूह ‘ए’मा नेपाल, सिङ्गापुर, इन्डोनेसिया, भुटान र जापान छन् भने समूह ‘बी’मा मलेशिया, हङकङ, माल्दिभ्...
त्रिदेशीय टी–२० शृङ्खला: नेपाललाई हराउँदै स्कटल्यान्ड च्याम्पियन

त्रिदेशीय टी–२० शृङ्खला: नेपाललाई हराउँदै स्कटल्यान्ड च्याम्पियन

Breaking News 2, अन्तर्राष्ट्रिय, खेलकुद, ताजा अपडेट, समाचार
त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय शृङ्खलाको उपाधि घरेलु टोली स्कटल्यान्डले जितेको छ। अन्तिम खेलमा नेपाल स्कटल्यान्डसँग ३४ रनले पराजित भयो। १९४ रनको लक्ष्य पछ्याएको नेपाल १८.५ ओभरमा १५९ रनमै अलआउट भयो। नेपालका रुपेश सिंहले ४३ तथा दीपेन्द्रसिंह ऐरीले ३४ रन बनाए। स्कटल्यान्डका क्रिस ग्रेभ्सले ३ विकेट लिए। पहिले ब्याटिङ गरेको स्कटल्यान्डले जर्ज मन्सीको ७८ रनको मद्दतमा ५ विकेट गुमाउँदै १९३ रन बनाएको थियो। शृङ्खलामा स्कटल्यान्डले ४ खेलमा २ जितसहित शीर्ष स्थानमा रहँदै उपाधि जित्यो। समान जित भए पनि रनरेटका आधारमा नेपाल दोस्रो र नेदरल्यान्ड्स तेस्रो भए।...
त्रिदेशीय टी–२० शृङ्खला: नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले हरायो, शीर्ष स्थानमा उक्लियो

त्रिदेशीय टी–२० शृङ्खला: नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले हरायो, शीर्ष स्थानमा उक्लियो

Breaking News 1, अन्तर्राष्ट्रिय, खेलकुद, ताजा अपडेट, मुख्य समाचार, समाचार
स्कटल्यान्डमा जारी त्रिदेशीय टी–२० शृङ्खलामा नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गरेको छ। १७५ रनको लक्ष्य नेपालले १९.४ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्‍यो। नेपालका कुशल भुर्तेलले ६५ रन बनाएर कीर्तिमानी ११औं अर्धशतक पूरा गरे। आरिफ शेखले ३९ र भीम सार्कीले २७ रन बनाए। यसअघि नेदरल्यान्ड्सले पहिलो ब्याटिङ गर्दै ७ विकेट गुमाएर १७४ रन बनाएको थियो। माइकल लेभिटले ८६ रन बनाए। नेपालका करण केसीले दुई विकेट लिए भने अन्य चार बलरले समान एक/एक विकेट लिए। शृङ्खलामा नेपाल, स्कटल्यान्ड र नेदरल्यान्ड्स सहभागी छन्। नेपालले अबसम्म तीन खेलमा चार अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ।...
त्रिकोणात्मक टी–२० मा नेपाल चम्कियो, स्कटल्याण्ड ढल्यो

त्रिकोणात्मक टी–२० मा नेपाल चम्कियो, स्कटल्याण्ड ढल्यो

Breaking News 1, अन्तर्राष्ट्रिय, खेलकुद, ताजा अपडेट, समाचार
नेपालले त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय शृंखलामा पहिलो जित दर्ता गरेको छ। मंगलबार भएको खेलमा नेपालले घरेलु टोली स्कटल्याण्डलाई २ विकेटले पराजित गर्‍यो। ९८ रनको लक्ष्य नेपालले १९.५ ओभरमा ८ विकेट गुमाएर पूरा गर्‍यो। कुशल भुर्तेलले ३०, दीपेन्द्र सिंह ऐरीले १४, बसिर अहमदले १३ र किरण ठगुन्नाले १० रन बनाए। स्कटल्याण्डका सफयान शरीफ र माइकल लिस्कले २/२ विकेट लिए। यसअघि टस हारेर ब्याटिङ गरेको स्कटल्याण्ड १९.३ ओभरमा ९७ रनमै समेटियो। माइकल लिस्कले सर्वाधिक ४६ रन बनाए। नेपाली स्पिनर सन्दीप लामिछानेले ४ ओभरमा ११ रन दिँदै ४ विकेट लिए। करण केसी र दीपेन्द्र सिंह ऐरीले २/२ तथा ललित राजवंशीले १ विकेट लिए। यस जितसँगै नेपाल अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। नेपालले अब बिहीबार नेदरल्याण्ड्ससँग खेल्नेछ।...
आरसीबीको उत्सव शोकमा परिणत, विजय जुलुसमा भागदौड हुँदा ७ जनाको मृत्यु

आरसीबीको उत्सव शोकमा परिणत, विजय जुलुसमा भागदौड हुँदा ७ जनाको मृत्यु

Breaking News 1, खेलकुद, घटना, ताजा अपडेट, मुख्य समाचार
बेंगलोरु : आईपीएलमा पहिलो पटक च्याम्पियन बनेको रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)को उत्सव शोकमा परिणत भएको छ। चिन्नास्वामी स्टेडियम बाहिर फ्यानहरूको ठुलो भीड जम्मा भएको थियो। उत्सवको क्रममा रंगशाला भित्र र बाहिर अचानक भीड अनियन्त्रित भएपछि अराजकता मच्चियो। यसमा धेरै मानिस कुचिए र दर्जनौँ घाइते भएका छन्। घाइतेहरूमध्ये धेरैको अवस्था गम्भीर रहेको बताइएको छ। समाचार एजेन्सी रोयटर्सले टिभी च्यानलहरूलाई उद्धृत गर्दै भागदौडमा ७ जनाको मृत्यु भएको बताएको छ। साथै २५ जनाभन्दा बढी घाइते भएको बताइएको छ। फ्यानहरू ठुलो संख्यामा रंगशालामा पुगेका छन्। आरसीबीले १८ वर्षमा पहिलो पटक आईपीएलको उपाधि जितेको छ। अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा खेलिएको फाइनल खेलमा आरसीबीले पञ्जाब किंग्सलाई ६ रनले पराजित गर्‍यो। रजत पाटीदारको कप्तानीमा आरसीबीले इतिहास रचेको हो। मृतक र घाइतेको संख्या बढ्ने भा...
सुदूरपश्चिम प्रदेशको क्रिकेट टोली घोषणा

सुदूरपश्चिम प्रदेशको क्रिकेट टोली घोषणा

Breaking News 1, Breaking News 2, Breaking News 3, अछाम, कन्चनपुर, कैलाली, खेलकुद, डडेल्धुरा, डोटी, ताजा अपडेट, दार्चुला, बझाङ, बाजुरा, बैतडी, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी - एसिसी पुरुष यु–१६ इस्ट जोन कप–२०२५ को छनोटका लागि सञ्चालन हुने राष्ट्रिय प्रतियोगिताका लागि सुदूरपश्चिमको टोली घोषणा गरिएको छ।   सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका सचिव लक्ष्मणदत्त भट्टका अनुसार सचिन भट्टको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको हो। टोलीको उपकप्तानमा अविरल विक तथा सदस्यहरुमा भास्कर जोशी, हिमाल दौल्याल, रविन भण्डारी, आहन थलाल, रवि दमाई, विक्रम बोहरा, लोकेश चन्द, सुवोध तिवारी, राहुल साउद, सुशील रावल, रितेश विष्ट र आयुष चन्द रहेका छन्।   यस्तै वैकल्पिक खेलाडीमा रुद्रप्रसाद आचार्य, धु्रव लुहार, महेश देउवा र शङ्कर बोहरा रहेका छन्। हालै सम्पन्न प्रदेशस्तरीय छनोटमा उत्कृष्ट प्रर्दशन गरेका खेलाडीलाई टोलीमा समोवश गरिएको हो। प्रदेशस्तरीय छनोट प्रतियोगिता गत वैशाख २६ गतेदेखि बैतडीको दशरथचन्द क्रिकेट रङ्गशाला र कैलालीको फाप्ला क्रिकेट मैदानमा सञ्चालन भए...
पूर्वसभामुख महरा प्रकरणमा जोडिएकि रोशनी मृत फेला

पूर्वसभामुख महरा प्रकरणमा जोडिएकि रोशनी मृत फेला

Breaking News 1, Breaking News 2, Breaking News 3, खेलकुद, घटना, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौं : भक्तपुरको बालकोटमा एक महिला मृत फेला परेकी छन्। सूर्यविनायक नगरपालिका-३ स्थित एक घरमा ५० वर्षीय रोशनी शाही मृत फेला परेको प्रहरीले जानकारी दिएको छ। बालकोटको बृहस्पति मागैस्थित लक्ष्मीश्वर महतोको ३ तले घरमा डेरा गरेर बस्ने शाही मृत अवस्थामा फेला परेकी हुन्। जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता ढुण्डिराज नेउपानेका अनुसार आइतबार दिउसोसम्म पनि उनी बसेको कोठाको ढोका नखुलेपछि घरबेटीले प्रहरीलाई खबर गरेका थिए। जनप्रतिनिधिको रोहवरमा कोठा फोडेर हेर्दा सुत्ने कोठाको भुइमा उनको शव फेला परेको थियो। उनका श्रीमान उपत्यका बाहिर गएका थिए। केही दिनदेखि उनी कोठामा एक्लै रहेकी थिइन्। प्रहरीका अनुसार भित्रबाट चुकुल लगाएको अवस्थामा उनी कोठाभित्रै मृत भेटिएकी हुन्। जाजरकोट स्थायी घर भएकी शाहीका छोराछोरी विदेशमा रहेको बुझिएको छ। उनको शरीरमा कुनै चोटपटक भने छैन। घटनास...
आईपीएलमा बेङ्गलुरुको जित, राजस्थानलाई ११ रनले हरायो

आईपीएलमा बेङ्गलुरुको जित, राजस्थानलाई ११ रनले हरायो

Breaking News 1, अन्तर्राष्ट्रिय, खेलकुद, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौँ–  भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेङ्गलुरुले राजस्थान रोयल्सलाई ११ रनले पराजित गरेको छ। दुई सय ६ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १९४ रन मात्रै बनाउन सक्यो। यससँगै बेङ्गलुरुले रोमाञ्चक जित हात पार्‍यो। यसअघि, टस हारेर पहिला ब्याटिङ गरेको बेङ्गलुरुले २० ओभरमा ५ विकेटको क्षतिमा २०५ रनको बलियो स्कोर खडा गरेको थियो। जितसँगै बेङ्गलुरु ९ खेलबाट १२ अंक जोड्दै अंकतालिकाको तेस्रो स्थानमा पुगेको छ। उता, राजस्थानले भने ९ खेलमा मात्र ४ अंक जोडेको छ र तालिकाको आठौं स्थानमा झरेको छ। १० टोली सहभागी आईपीएलमा गुजरात टाइटन्स ८ खेलबाट १२ अंकसहित शीर्ष स्थानमा छ भने रनरेटको आधारमा दिल्ली क्यापिटल्स दोस्रो स्थानमा रहेको छ। आईपीएल अन्तर्गत आज बेलुकी ७:४५ बजे चेन्नई सुपर किङ्स र सनराइजर्स हैदराबाद आमनेसामने हुनेछन्।...
बझाङको बित्थडचिरमा प्रथम “जय नेपाल वडा अध्यक्ष कप २०८२ हुँदै, युवाको प्रतिभा उजागर गर्ने उद्देश्य

बझाङको बित्थडचिरमा प्रथम “जय नेपाल वडा अध्यक्ष कप २०८२ हुँदै, युवाको प्रतिभा उजागर गर्ने उद्देश्य

Breaking News 1, खेलकुद, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको बित्थडचिर गाउँपालिकामा प्रथम जय नेपाल वडाध्यक्ष कप २०८२ हुने भएको छ। बित्थडचिर गाउँपालिका वडा नं. ९ को आयोजनामा “जय नेपाल वडा अध्यक्ष कप २०८२( खुल्ला वडा स्तरीय पुरुष क्रिकेट प्रतियोगिता) हुने भएको हो । सामाजिक सद्भाव, सहकार्य र युवाहरूको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको प्रतियोगिताका विजेताहरूलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगितामा प्रथम हुने टिमले ५१ हजार १ सय ५१ , ट्रफी मेडल र प्रमाणपत्र र ,द्वितीय टिमले नगद २५ हजार १ सय ५१ सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने वडाध्यक्ष तथा प्रवक्ता हरिचन्द्र जोशीले जानकारी दिए । साथै, उत्कृष्ट खेलाडी, बलर, ब्याट्सम्यान, फिनिसर तथा उदाउँदो खेलाडीलाई पनि नगद पुरस्कार दिइनेछ। प्रतियोगिताका लागि टिम दर्ता शुल्क  ५ हजार तोकिएको छ, भने टिम दर्ताको अन्तिम मिति बैशाख १५ गतेसम्म रहेको छ। खेलमा टेन्स ...
मुम्बई इन्डियन्सको शानदार जीत, अंक तालिकामा तेस्रो स्थानमा उक्लियो

मुम्बई इन्डियन्सको शानदार जीत, अंक तालिकामा तेस्रो स्थानमा उक्लियो

Breaking News 1, अन्तर्राष्ट्रिय, खेलकुद, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौँ— भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले सनराइजर्स हैदराबादलाई ७ विकेटले पराजित गर्दै पाँचौं जित दर्ता गरेको छ । यससँगै मुम्बई १० अंकसहित अंक तालिकाको तेस्रो स्थानमा पुगेको छ । हिजो भएको खेलमा हैदराबादले दिएको १४४ रनको लक्ष्य मुम्बईले १५.४ ओभरमै ३ विकेट गुमाएर पूरा गर्‍यो । कप्तान रोहित शर्माले ७० रनको विस्फोटक इनिङ खेले भने सूर्यकुमार यादव ४० रनमा अविजित रहे । हैदराबादका जयदेव उनादकट, इशान मालिङ्गा र जिशन अन्सारीले समान रूपमा एक–एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ८ विकेट गुमाएर १४३ रन बनाएको थियो । सुरुआतमै कमजोर प्रदर्शन गरेको हैदराबादले १३ रनमै ४ विकेट गुमाएको थियो । उसका हेनरिक क्लासेनले ७१ रनको संघर्षपूर्ण इनिङ खेले । मुम्बईका तर्फबाट ट्रेन्ट बोल्टले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए भने दीपक चाहरले...
दिल्लीको शानदार जित, लखनउलाई ८ विकेटले हरायो

दिल्लीको शानदार जित, लखनउलाई ८ विकेटले हरायो

Breaking News 1, अन्तर्राष्ट्रिय, खेलकुद, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौँ- भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत मंगलबार भएको खेलमा दिल्ली क्यापिटल्सले लखनउ सुपर जायन्ट्सलाई ८ विकेटले पराजित गरेको छ। एक सय ६० रनको लक्ष्य पछ्याएको दिल्लीले १७ ओभर ५ बलमै मात्र २ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। दिल्लीका अभिषेक पोरेलले आक्रामक ५१ रन बनाए भने कप्तान अक्षर पटेलले ३४ रन जोडे। केएल राहुल ५७ रनमा अविजित रहे। लखनउका एडन मारक्रमले दिल्लीका दुई विकेट लिए। यसअघि टस हारेर पहिला ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५९ रन बनाएको थियो। एडन मारक्रम र मिचेल मार्सले ८७ रनको साझेदारी गरे। मारक्रम ५२ र मार्स ४५ रनमा आउट भए। दिल्लीका बलर मुकेश कुमारले उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट लिए। यो जितसँगै दिल्लीले १२ अंकसहित अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। समान १२ अंक भए पनि रनरेटका आधारमा गुजरात टाइटन्स शीर्ष स्थानमा छ। लखनउ भन...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज