बझाङ- बझाङको बित्थडचिर गाउँपालिकामा प्रथम जय नेपाल वडाध्यक्ष कप २०८२ हुने भएको छ।
बित्थडचिर गाउँपालिका वडा नं. ९ को आयोजनामा “जय नेपाल वडा अध्यक्ष कप २०८२( खुल्ला वडा स्तरीय पुरुष क्रिकेट प्रतियोगिता) हुने भएको हो ।
सामाजिक सद्भाव, सहकार्य र युवाहरूको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको प्रतियोगिताका विजेताहरूलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगितामा प्रथम हुने टिमले ५१ हजार १ सय ५१ , ट्रफी मेडल र प्रमाणपत्र र ,द्वितीय टिमले नगद २५ हजार १ सय ५१ सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने वडाध्यक्ष तथा प्रवक्ता हरिचन्द्र जोशीले जानकारी दिए । साथै, उत्कृष्ट खेलाडी, बलर, ब्याट्सम्यान, फिनिसर तथा उदाउँदो खेलाडीलाई पनि नगद पुरस्कार दिइनेछ।
प्रतियोगिताका लागि टिम दर्ता शुल्क ५ हजार तोकिएको छ, भने टिम दर्ताको अन्तिम मिति बैशाख १५ गतेसम्म रहेको छ। खेलमा टेन्स बल प्रयोग गरिनेछ र हरेक खेल १२ ओभरको हुनेछ। प्रतियोगिता अन्तरगत आइसीसी का नियमहरू लागू हुनेछन्, तर एलविडव्यु( LBW) भने लागू नहुने जनाइएको छ।
खेलाडीहरूले अनिवार्यरूपमा नागरिकता प्रमाणपत्र वा परिचय खुल्ने कागजात र पासपोर्ट साइज फोटो बुझाउनुपर्नेछ।
वडा कार्यालयको आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत कार्यक्रम अनुसार गर्न लागिएको प्रतियोगिता बैशाख १६ गतेदेखि सुनकुडा माध्यमिक विद्यालयको प्राङ्गणमा सुरु हुने जनाइएको छ ।


