Advertisement

खेलकुद

केदारस्यूँ गाउँपालिका २ जुवमा लाग्ने बिर्सती मेला सम्पन्न,, थलिनौबिसमा लाग्ने बिर्सतीको अवसरमा आयोजित भलिबल प्रतियोगिता सुरु

केदारस्यूँ गाउँपालिका २ जुवमा लाग्ने बिर्सती मेला सम्पन्न,, थलिनौबिसमा लाग्ने बिर्सतीको अवसरमा आयोजित भलिबल प्रतियोगिता सुरु

Breaking News 1, खेलकुद, बझाङ, मनोरञ्जन, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको केदारस्युँ गाउँपालिका २ जुवमा लाग्ने बिर्सती मेला सम्पन्न भएको छ । हरेक वर्ष भाद्र २० गतेदेखि सुरु भएर २१ गतेसम्म चल्ने बिर्सती मेला सनिबार सम्पन्न भएको हो । प्राचिन कालदेखि नै मनाइदैँ आएको बिर्सती मेला यस वर्षपनि देवी देउताको पुजा आरधना गर्नुका साथै देउडा खेलेर धुमधामका साथ मनाइएको स्थानीयले जानकारी दिएका छन । देवीदेउतालाई नमान्ने सिजापति राजालाई देवीभगवतीले पराजित गरेको उपलक्षमा हरेक वर्ष भाद्र २०गते बिर्सती मेला मनाउने गरेको कालिका देउताका धामी उमेश विक जानकारी दिनुभएको छ । मेलाका विशेष करिया जुव, मरगाउँ, चौडामका स्थानीयवासीलाई मानिन्छ । मेलाको अवसरमा देउडा प्रतियोगिताको आयोजना गरिएको थियो । स्थानीय कला संस्कृतिको जगेर्ना गर्ने उदेश्यले देउडा प्रतियोगिताको आयोजना गरिएको मेला व्यवस्थावन समितिले जनाएको छ । आमन्त्रित देउडीया जयलक्ष्मी खड्का र प्रयागराज उपाध्याय बिच घम्साघम्स...
अस्ट्रेलियाली ओपनर क्रिस लिन एनपीएलमा सुदूरपश्चिम रोयल्सबाट खेल्ने

अस्ट्रेलियाली ओपनर क्रिस लिन एनपीएलमा सुदूरपश्चिम रोयल्सबाट खेल्ने

Breaking News 1, खेलकुद, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
अस्ट्रेलियाका पावरफुल ओपनिङ ब्याटर क्रिस लिन नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सबाट खेल्ने भएका छन्। सुदूरपश्चिमले बुधबार सामाजिक सञ्जालमार्फत एक पोस्ट सार्वजनिक गर्दै विदेशी खेलाडी भित्र्याउने संकेत गरेको थियो। पोस्टमा उल्लेख गरिएको "३९५५ रन र २२० छक्का" भन्ने तथ्यांक लिनले बिग ब्यास लिगमा गरेको प्रदर्शनसँग मेल खाने भएकाले विदेशी खेलाडी उनी नै भएको पुष्टि भएको हो। क्रिस लिनले बिग ब्यासमा १२७ खेल खेलेर ३९५५ रन र २२० छक्का प्रहार गरेका छन्। उनले अस्ट्रेलियाको राष्ट्रिय टोलीबाट समेत १८ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्, जसमा उनले २९१ रन जोडेका छन्। सबै किसिमका टी–२० क्रिकेटमा उनले ५ शतकसहित २९३ खेलबाट ८३५५ रन बनाएका छन्। सुदूरपश्चिमले आधिकारिक घोषणा भने अझै गरेको छैन। शुक्रबार उनीबारे औपचारिक जानकारी सार्वजनिक गर्ने जनाइएको छ।...
अखिल नेपाल खेलकुद महासंघ सुदूरपश्चिम अध्यक्षमा खत्री

अखिल नेपाल खेलकुद महासंघ सुदूरपश्चिम अध्यक्षमा खत्री

Breaking News 1, खेलकुद, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- अखिल नेपाल खेलकुद महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्षमा ललित खत्री निर्विरोध चयन भएका छन्। शनिबार धनगढीमा सम्पन्न महासंघको प्रथम सम्मेलनले खत्रीको अध्यक्षतामा ४१ सदस्यीय प्रदेश समिति गठन गरेको हो। जिल्ला खेलकुद विकास समिति कैलालीका पूर्वअध्यक्ष खत्री नेतृत्वको समितिमा रघुबीर पार्की, चन्द्रबहादुर बोहरा र हिक्मतबहादुर शाही उपाध्यक्ष भएका छन्। त्यस्तै, सचिवमा सविन गिरी, सहसचिवमा जङ्गबहादुर डगौरा र कोषाध्यक्षमा वर्षा साउद निर्विरोध चयन भएका छन्।...
साफ यू–१७ महिला फुटबल : नेपालको दोस्रो खेल आज भूटानसँग

साफ यू–१७ महिला फुटबल : नेपालको दोस्रो खेल आज भूटानसँग

Breaking News 1, अन्तर्राष्ट्रिय, खेलकुद, ताजा अपडेट, समाचार
काठमाडौँ- १७ वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा नेपालले आज भूटानसँग खेल्दैछ। खेल भूटानको चाम्लिमिथाङ रंगशालामा नेपाली समयअनुसार बेलुकी सवा ६ बजे सुरु हुनेछ। प्रतियोगिताको पहिलो खेलमा नेपाल भारतसँग ७–० ले पराजित भएको थियो। नेपाल, भूटान, भारत र बंगलादेश सहभागी प्रतियोगिता डबल राउन्ड रोबिन आधारमा हुँदैछ। लिग चरणपछि शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ। नेपालले पर्सि आइतबार र भदौ ११ गते सोमबार बंगलादेशसँग, भदौ १३ गते भारतसँग र भदौ १५ गते भूटानसँग खेल्ने कार्यक्रम छ। प्रतियोगिता आगामी अगस्ट ३१ तारिखसम्म सञ्चालन हुने छ।...
नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० दोस्रो संस्करण मङ्सिर १ देखि सुरु हुने

नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० दोस्रो संस्करण मङ्सिर १ देखि सुरु हुने

Breaking News 1, खेलकुद, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौँ– नेपाल क्रिकेट सङ्घ (क्यान)ले आयोजना गर्ने नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेटको दोस्रो संस्करण आगामी मङ्सिर १ गतेदेखि सुरु हुने भएको छ। क्यानले आज जारी गरेको विज्ञप्तिमा दोस्रो संस्करण मङ्सिर १ देखि २७ गतेसम्म सञ्चालन हुने उल्लेख गरिएको छ। यसअघि एनपीएलका लागि खेलाडीहरूको मिनी अक्सन सम्पन्न भइसकेको छ। प्रतियोगिताको विस्तृत तालिका पछि सार्वजनिक गरिने क्यानले जनाएको छ। पहिलो संस्करणमा जनकपुर बोल्ट्सले उपाधि जितेको थियो।...
टप इन्ड टी–२० : नेपाल आज मेलबर्न रेनेगेड्ससँग पाँचौँ खेल खेल्दै

टप इन्ड टी–२० : नेपाल आज मेलबर्न रेनेगेड्ससँग पाँचौँ खेल खेल्दै

Breaking News 1, अन्तर्राष्ट्रिय, खेलकुद, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौँ- अस्ट्रेलियामा जारी टप इन्ड टी–२० शृङ्खलामा आफ्नो पाँचौँ खेलमा नेपाल आज मेलबर्न रेनेगेड्ससँग प्रतिस्पर्धा गर्दैछ। खेल पार्मस्टनमा नेपाली समयअनुसार बिहान ११:१५ बजे सुरु हुनेछ। लगातार तीन खेलमा पराजय भोगेको नेपालले चौथो खेलमा होबर्ट हरिकेन्स एकेडेमीलाई ६६ रनले पराजित गर्दै पहिलो जित निकालेको हो। यसअघि नेपाल पहिलो खेलमा आयोजक नर्दन टेरिटोरी स्ट्राइकस, दोस्रो खेलमा बङ्गलादेश ‘ए’ र तेस्रो खेलमा मेलबर्न स्टार्ससँग पराजित भएको थियो। शृङ्खलामा ११ टोली सहभागी छन् र हरेक टोलीले लिग चरणमा ६ खेल खेल्नेछ। नेपालले पर्सि शुक्रबार पाकिस्तान साहिन्ससँग आफ्नो छैटौँ खेल खेल्ने तालिका रहेको छ। टप इन्ड टी–२० शृङ्खला तथा त्यसपछिका अभ्यास खेलहरू नेपालले आगामी आईसीसी टी–२० विश्वकप छनोटका तयारीका रूपमा अस्ट्रेलियामै खेलिरहेको हो।...
टप इन्ड टी–२० सिरिजमा आज नेपाल मेलबर्न स्टार्ससँग भिड्दै

टप इन्ड टी–२० सिरिजमा आज नेपाल मेलबर्न स्टार्ससँग भिड्दै

Breaking News 1, अन्तर्राष्ट्रिय, खेलकुद, ताजा अपडेट, समाचार
काठमाडौँ- अष्ट्रेलियामा जारी टप इन्ड टी–२० सिरिज अन्तर्गत आज नेपालले आफ्नो तेस्रो खेल खेल्दैछ। नेपालले अष्ट्रेलियाको बिग बास लिग टिम मेलबर्न स्टार्ससँग खेल्नेछ। खेल नेपाली समय अनुसार बिहान सवा ७ बजे सुरु हुने छ। यसअघि नेपालले बंगलादेश ए र एनटी स्ट्राइकसँग पराजय भोगिसकेको छ। मेलबर्न स्टार्सले भने खेलिएका दुई खेलमा एक जित र एक हार व्यहोरेको छ। कप्तान रोहित पौडेलको नेतृत्वमा १५ सदस्यीय नेपाली टोली अष्ट्रेलिया पुगेको हो। टोलीमा उपकप्तान दिपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ सेख, कुशल मल्ल, गुलशन झा, आरिफ सेख, भीम सार्की, रुपेश कुमार सिंह, सोमपाल कामी, नन्दन कुमार यादव, करण केसी, रिजन ढकाल, लोकेस बम र शहाब आलम रहेका छन्। आमाको निधनका कारण अनुपस्थित ललित राजबंशीको स्थानमा आलम अष्ट्रेलिया गएका हुन्। अगस्ट १४ देखि २४ तारिखसम्म अष्ट्रेलियाको डार्विनमा भइरहेको प्रतियोगिताम...
कैलालीको गौरीगंगामा अर्जुन बम लोकतान्त्रिक खेलकुद संघको नगर संयोजकमा निर्वाचित

कैलालीको गौरीगंगामा अर्जुन बम लोकतान्त्रिक खेलकुद संघको नगर संयोजकमा निर्वाचित

Breaking News 1, कैलाली, खेलकुद, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बढैपुर- नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल लोकतान्त्रिक खेलकुद संघ, गौरीगंगा नगरस्तरीय संयोजकमा अर्जुन बम सर्वसम्मत रूपमा निर्वाचित भएका छन्। नेपाली कांग्रेसका सक्रिय कार्यकर्ता तथा तरुणदलका नेता समेत रहेका बमलाई पार्टीमा खेलकुद क्षेत्रमार्फत निरन्तर योगदान पुर्‍याउँदै आएको भन्दै राजिपुरमा सम्पन्न भेलाले निर्विरोध नेतृत्वको जिम्मेवारी दिएको हो। नवगठित नगर कार्यसमितिमा उपाध्यक्षमा योगेश थापा, सचिवमा शेरबहादुर देउबा, सह–सचिवमा रामचन्द्र चौधरी र कोषाध्यक्षमा चन्द्रा बम सर्वसम्मत चयन भएका छन्। त्यसैगरी सदस्यमा सुभाष देउबा, जगत सापकोटा, विराज सुनार, विशाल रावल, गोपाल रावल, मानबहादुर साँउद, नारायण सुनार र दिपेन्द्र कठायत रहेका छन्। कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस गौरीगंगा नगर सभापति पहल विक्रम चन्दले लोकतान्त्रिक खेलकुद संघले संगठनलाई अझ सशक्त र गतिशील बनाउन योगदान पुर्‍याउ...
एएफसी महिला यू–२० छनोटपछि नेपाल स्वदेश

एएफसी महिला यू–२० छनोटपछि नेपाल स्वदेश

Breaking News 1, अन्तर्राष्ट्रिय, खेलकुद, ताजा अपडेट, समाचार
काठमाडौँ- एएफसी २० वर्षमुनिको महिला एशियन कप छनोट खेल खेलेर नेपाली टोली आज स्वदेश फर्किएको छ। घर फर्किनुअघि नेपालले आइतबार समूह ‘ए’ को अन्तिम खेलमा उत्तर कोरियासँग ११–० को भारी हार बेहोरेको थियो। भूटानको थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा भएको खेलमा बलियो उत्तर कोरियाले पहिलो हाफमा ५ र दोस्रो हाफमा ६ गोल गरेको थियो। छनोटमा नेपालले ३ खेल खेल्दै १ जित, १ बराबरी र १ हारसहित ४ अंक जोड्न सफल भयो। पहिलो खेलमा भूटानसँग १–१ को बराबरी खेलेको नेपालले दोस्रो खेलमा साउदी अरेबियामाथि १–० को जीत हासिल गरेको थियो। समूह ‘ए’ मा सबै खेल जितेको उत्तर कोरिया ९ अङ्कसहित समूह विजेता बन्दै अर्को वर्ष थाइल्यान्डमा हुने एशियन कपमा प्रवेश गरेको छ।...
च्याम्पियन फाइटर रविन्द्रलाई दुर्गाथलीको बधाई र एक लाखभन्दा बढी सहयोग

च्याम्पियन फाइटर रविन्द्रलाई दुर्गाथलीको बधाई र एक लाखभन्दा बढी सहयोग

Breaking News 1, खेलकुद, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- बझाङी बाघ उपनामले चिनिने नेपाली एमएमए फाइटर रविन्द्र ढाँटलाई दुर्गाथलि गाउँपालिकाले बधाई तथा आर्थिक सहयोग गर्ने घोषणा गरेको छ । केही दिनअघि भारतको नोएडामा सम्पन्न म्याट्रिक्स फाइट नाइट-१७ (MFN-17) मा भारतीय खेलाडी चुनरङ कोरेनलाई पराजित गर्दै वाटरवेट च्याम्पियनसिप टाइटल आफ्नो पोल्टामा पार्न सफल ढाँटलाई पालिकाले उक्त सहयोग गर्ने घोषणा गरेको हो । गाउँपालिकाले रविन्द्रको आगामी खेल यात्रा अझ सफल होस् भन्ने शुभकामनासहित उनलाई रु. १,११,१११ (एक लाख एघार हजार एक सय एघार रुपैयाँ) आर्थिक सहयोग गर्ने घोषणा गरेको छ। गाउँपालिका अध्यक्ष दिल बहादुर थापाले बधाई सन्देश जारी गर्दै ढाँटका उपलब्धिले नेपाली खेलकुद क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा सम्मानित बनाएको उल्लेख गरेका छन्। साथै, भविष्यमा अझ ठूला उपलब्धिहरू हासिल गर्ने विश्वास समेत व्यक्त गरेका छन्।   ...
नेपाल खेलकुद महासङ्घ बझाङको अध्यक्षमा पुनः दौल्याल

नेपाल खेलकुद महासङ्घ बझाङको अध्यक्षमा पुनः दौल्याल

Breaking News 1, खेलकुद, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ– नेपाल खेलकुद महासङ्घ जिल्ला कमिटी बझाङको तेस्रो अधिवेशन शनिबार सम्पन्न भएको छ। अधिवेशनले नरेन्द्र दौल्याललाई दोस्रो कार्यकालका लागि पुनः अध्यक्षमा निर्विरोध चयन गरेको हो। उपाध्यक्षमा सुनिल बोहरा र आरती भण्डारी, सचिवमा प्रदीप खड्का (पुनः चयन), उप–सचिवमा सुनिल धामी र करनकान्त जोशी तथा कोषाध्यक्षमा दीपक विष्ट निर्वाचित भए। सदस्यमा १५ जना चयन भएका छन्। कार्यक्रममा प्रदेश अध्यक्ष प्रकाश चन्दले बधाई दिँदै बझाङलाई खेलकुदमा उदाहरणीय बनाउने अपेक्षा राखे। नेकपा एमाले बझाङ अध्यक्ष दिलबहादुर भण्डारीले पनि सफल कार्यकालको शुभकामना व्यक्त गरे। अधिवेशनमा खेलकुद क्षेत्रका अगुवा, संघ–संस्थाका प्रतिनिधि, पत्रकार र युवाहरूको उपस्थिति थियो।...
नेपाल आईसीसी ओडीआई वरीयतामा १७ औं स्थानमै यथावत्

नेपाल आईसीसी ओडीआई वरीयतामा १७ औं स्थानमै यथावत्

Breaking News 1, खेलकुद, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाण्डौ— नेपाल अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) वरीयतामा १७औं स्थानमै यथावत् रहेको छ। आईसीसीले सार्वजनिक गरेको पछिल्लो वरीयतामा नेपालले अघिल्लो स्थान जोगाउन सफल भएको हो। वरीयतामा पाकिस्तान र बङ्गलादेशले मात्र स्थान सुधार गरेका छन्। पाकिस्तान एक स्थान माथि उक्लिँदै चौथो स्थानमा पुगेको छ। यसअघि पाकिस्तान पाँचौं स्थानमा थियो भने अहिले श्रीलङ्का पाँचौं स्थानमा झरेको छ। त्यस्तै, बङ्गलादेशले पनि एक स्थान सुधार गर्दै नवौं स्थानमा उक्लिएको छ। वेस्ट इन्डिज भने एक स्थान तल झरेर १०औं स्थानमा पुगेको छ। अन्य १६ टोली भने अघिल्लो वरीयतामै यथावत् छन्।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज