Advertisement

खेलकुद

एसियाली खेलकुदको क्रिकेटमा नेपाल क्वाटरफाइनलमा : माल्दिभ्स १ सय ३८ रनले पराजित

एसियाली खेलकुदको क्रिकेटमा नेपाल क्वाटरफाइनलमा : माल्दिभ्स १ सय ३८ रनले पराजित

अन्तर्राष्ट्रिय, खेलकुद, मुख्य समाचार
माल्दिभ्सलाई पराजित गर्दै नेपाल १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा प्रवेश गरेको छ । जेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा आइतबार भएको समूह ए को दोस्रो खेलमा माल्दिभ्सलाई १३८ रनले हराउँदै नेपालले अन्तिम आठमा स्थान पक्का गरेको हो । नेपालले अब क्वाटरफाइनलमा भारत, श्रीलंका, पाकिस्तान, बंगलादेशर अफगानिस्तानमध्ये एक टिमसँग खेल्नेछ । यी पाँच टिम सीधै क्वाटरफाइनल पुगेका हुन् भने नेपालसँगै तीन टिम पहिलो चरण पार गरेर क्वाटरफाइनल पुग्नेछन् । नेपालले दिएको २१३ रनको लक्ष्य पछ्याएको माल्दिभ्स १९.४ ओभरमा ७४ रनमै अलआउट भयो । माल्दिभ्सका लागि मुएवियाथ अब्दुल घानीले सर्वाधिक ३६ र सिउस फरिदले १० रन बनाए भने अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । माल्दिभ्सलाई अलआउट गर्न नेपालका फास्ट बलर अभिनाश बोहराले सानदार बलिङ गर्दै ३.४ ओभरमा ११ रन मात्र खर्चेर ६ विकेट लिए...
नेपाल थाइल्याण्डसँग पराजित, ग्लोबल क्वालिफायर पुग्न असफल

नेपाल थाइल्याण्डसँग पराजित, ग्लोबल क्वालिफायर पुग्न असफल

अन्तर्राष्ट्रिय, खेलकुद, मुख्य समाचार
मलेसियामा भइरहेको आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटमा कमजोर ब्याटिङ गरेपछि नेपाल थाइल्याण्डसँग ४६ रनले पराजित हुँदै बाहिरिएको छ । यस हारपछि नेपालको ग्लोबल क्वालिफायर पुग्ने लक्ष्य समेत पूरा हुन सकेन् । थाइल्याण्डले दिएको १०६ रन लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा सबै विकेट गुमाएर ५९ रनमै अलआउट भयो । नेपालका लागि कविता कुँवर अविजित रहँदै सर्वाधिक  १७ रन बनाइन् भने कविता जोशी र अप्सरी बेगमले समान १० रन जोडे । बाँकीले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपाललाई अलआउट गर्न थाइल्याण्डकी ताईपत्छा पुतावोङ र ओनिचा काम्चोन्फुले ३-३ विकेट लिइन् । नातया बुताथमले २ विकेट लिइन् । त्यसअघि बांगीस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले २ विकेट गुमाएर १०५ रन बनाएको थियाे । सुरूमै विकेट गुमाएपछि सुस्त सुरुवात गरेको थाइल्याण्डले ओपनर नानापात खोज्जारोएन्काईको अर्धशतक ...
एसिया कप : नेपालले भारतलाई दियो २३१ रनको लक्ष्य

एसिया कप : नेपालले भारतलाई दियो २३१ रनको लक्ष्य

अन्तर्राष्ट्रिय, खेलकुद, मुख्य समाचार
एसिया कपअन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा भारतलाई २३१ रनको लक्ष्य दिएको छ । श्रीलंकाको क्यान्डीस्थित पल्लेकेले रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४८.२ ओभरमा अलआउट हुँदै २३० रन बनाएको हो । नेपालका लागि आसिफ शेखले सर्वाधिक ५८ रन बनाए । उनले ९७ बलमा ८ चौका प्रहार गरे । सोमपाल कामीले ५६ बलमा २ छक्का र १ चौकासहित ४८ रन बनाए । त्यस्तै नेपालका ओपनर कुशल भुर्तेलले २५ बलमा ३ चौका र २ छक्कासहित ३८ रन बनाए । त्यस्तै दीपेन्द्रसिंह ऐरीले २५ बलमा ३ चौकासहित २९ रन बनाए । त्यस्तै गुल्शन झाले ३५ बलमा ३ चौकाको मद्दतमा २३ रन बनाए । नेपालका कप्तान रोहित पौडेल भने ५ रनमै आउट भए । रवीन्द्र जडेजाको बलमा रोहित शर्माले नेपाली कप्तान रोहितलाई क्याचआउट गरेका हुन् । त्यस्तै भीम सार्की ७ र कुशल मल्ल २ रनमा आउट भए । भारतका लागि रवीन्द्र जडेजा र मोहम्मद सिराजले ३/...
एसिया कप क्रिकेट : नेपालले भारतसँग खेल्दै

एसिया कप क्रिकेट : नेपालले भारतसँग खेल्दै

खेलकुद, बाजुरा, मुख्य समाचार, सुदूरपश्चिम
एसिया कप क्रिकेटमा नेपालले आज भारतसँग खेल्दै छ । खेल दिउँसो सवा ३ बजे श्रीलङ्काको पालेकेले इन्टरनेसनल क्रिकेट रङ्गशालामा हुनेछ । आजको खेलको विजेता टोली सुपर फोरमा पुग्नेछ । यस्तै, खेल रद्द भएमा भारतले सुपर फोरमा स्थान बनाउने छ । नेपाल र भारत पहिलो पटक सिनियर टोलीमा आमनेसामने हुन लागेका हुन् । नेपालले सन् २०१७ मा भने भारतको १९ वर्षमुनिको टोलीसँग खेलेको थियो । समूह ‘ए’ मा रहेका नेपाल र भारतले समान एक–एक खेलका छन् । उद्घाटन खेलमा नेपाल पाकिस्तानसँग २ सय ३८ रनले पराजित भएको थियो भने भारत र पाकिस्तानको खेल वर्षाका कारण रद्द भएको थियो । समूह ‘ए’ मा पाकिस्तान शीर्ष स्थानमा छ । त्यस्तै, भारत दोस्रो स्थानमा रहँदा नेपाल तेस्रो स्थानमा छ । पाकिस्तान सुपर फोरमा पुगिसकेको छ । भारतको एक खेलमा एक अङ्क छ । एक खेल खेलेको नेपाल अङ्कविहीन छ । यसैबीच, भारतीय तीव्र गतिका बलर जसप्रित बुमराहले एस...
एसिया कपः विश्व वरियतामा पहिलो नम्बरको पाकिस्तानसँग आज भिड्दै नेपाल

एसिया कपः विश्व वरियतामा पहिलो नम्बरको पाकिस्तानसँग आज भिड्दै नेपाल

अन्तर्राष्ट्रिय, खेलकुद
एसिया कप क्रिकेटमा पहिलो पटक सहभागिता जनाउन लागेको नेपालले आज (बुधबार) घरेलु टोली पाकिस्तानसित खेल्दैछ । एकदिवसीय वरियतामा विश्वको नम्बर एक राष्ट्र पाकिस्तानसँग आज एकदिवसीय वरियताको १५औं स्थानमा रहेको नेपालले भिड्दै छ।   विश्व वरियतामा पहिलो नम्बरमा रहेको पाकिस्तानसँग खेल्नु नेपालको लागि चुनौती र अवसर दुबै हो।   सोह्रौँ संस्करणको एसिया कपको उद्घाटन खेल पाकिस्तानको मुल्तान क्रिकेट रङ्गशालामा दिउँसो ३ः४५ बजे हुनेछ। एसिया कप पाकिस्तान र श्रीलङ्काले सञ्चालन गर्दैछन्। गत वैशाखमा सम्पन्न एसिसी प्रिमियर कपमा च्याम्पियन बनेपछि नेपाल एसिया कपका लागि छनोट भएको हो। उक्त प्रतियोगिताको फाइनल खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई सात विकेटले पराजित गरेको थियो।   एसिया कपमा १३ खेलमध्ये चार खेल पाकिस्तानमा हुनेछन् भने बाँकी नौ खेल श्रीलङ्कामा हुनेछन्। प्रतियोगित...
बझाङमा खेलकुद महासंघ जिल्ला कार्यसमिति पुनर्गठन गरीयो

बझाङमा खेलकुद महासंघ जिल्ला कार्यसमिति पुनर्गठन गरीयो

खेलकुद, बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङ : बझाङमा खेलकुद महासंघ जिल्ला कार्यसमिति पुनर्गठन भएको छ । विहिबार नेपाल खेलकुद महासंघका निबर्तमान केन्द्रिय सदस्य दिनेश रोकायाको अध्यक्षतामा नेपाल खेलकुद महासंघका केन्द्रीय सचिव विष्णु चन्दको प्रमुख आथित्यमा खेलकुद महासंघ जिल्ला कार्य समिति पुर्नगठन भएको हो ।महासंघको भेलाबाट नरेन्द्र बहादुर दौल्यालको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको छ । कार्यसमिति उपाध्यक्षमा सुरेश बहादुर सिहं, महिला उपाध्यक्षमा आरती भण्डारी चयन हुनुभएको छ । यस्तै सचीवमा प्रदिप कुमार खड्का, सह–सचीवमा पदम बहादुर खड्का र कोषाध्यक्षको जिम्मेबारी लक्ष्मी साउदले पाउनु भएको छ । खेलकुद महासंघ जिल्ला कार्यसमिति बझाङका निवर्तमान अध्यक्ष श्याम जोशीको कार्यकाल सकिएपछि नयाँ कमिटी बनाइएको खेलकुद महासंघ जिल्ला कार्यसमिति बझाङका सचीवमा प्रदिप कुमार खड्काले जानकारी दिनुभयो । अहिले शुदुरपश्चिमका पहाडी जिल्ला दार...
एआईबाट बाल यौन दुर्व्यवहारका तस्बिर बनाउन नदिन माग

एआईबाट बाल यौन दुर्व्यवहारका तस्बिर बनाउन नदिन माग

अन्तरबार्ता, अन्तर्राष्ट्रिय, खेलकुद, पर्यटन, ब्यापार, मनोरञ्जन, मुख्य समाचार, राजनीति, रोजगार, विचार, शिक्षा, समाचार, सूचना प्रविधि, स्वास्थ्य
बालबालिकाको क्षेत्रमा काम गर्ने एउटा अग्रणी परोपकारी संस्थाले यूकेका प्रधानमन्त्री ऋषि सुनकलाई एआईबाट निर्माण गरिने बाल यौन दुराचारसम्बन्धी तस्बिरहरूबारे ध्यानाकर्षण गराएको छ। यूकेले यसै शरद्ऋतुमा एआई सुरक्षाको विषयमा विश्वव्यापी सम्मेलन आयोजना गर्न लागेको छ। इन्टरनेट वाच फाउन्डेशन (आईडब्ल्यूएफ) ले इन्टरनेटमा भएका यौन दुर्व्यवहारसम्बन्धी सामग्रीहरू हटाउने गर्छ। उसले यसमा एआईमा आधारित तस्बिरहरू बढ्दो क्रममा देखिन थालेको जनाएको छ। गत महिना आईडब्ल्यूएफले पहिलो पटक एआई तस्बिरहरूको अभिलेख राख्न थालेको थियो। उसले विश्वभरिका पीडकहरूले बेलाबेलामा वास्तविकजस्ता देखिने तस्बिरका ग्यालरीहरू शेअर गर्ने गरिएको फेला पारेको थियो। “अहिले हामीले यस्ता तस्बिरहरू ठूलो सङ्ख्यामा देखेका छैनौँ। तर हामी केमा स्पष्ट छौँ भने अपराधीहरूले अभूतपूर्व स्तरमा वास्तविक जस्तै देखिने बाल यौन दुर्व्यवहारका तस्...
फिफा महिला विश्वकप: अहिलेसम्मकै ‘ठूलो प्रतियोगिता’ सुरु हुनुअघि गोलीकाण्ड

फिफा महिला विश्वकप: अहिलेसम्मकै ‘ठूलो प्रतियोगिता’ सुरु हुनुअघि गोलीकाण्ड

अन्तरबार्ता, अन्तर्राष्ट्रिय, खेलकुद, पर्यटन, बझाङ, बैतडी, मनोरञ्जन, मुख्य समाचार, रोजगार, विचार, शिक्षा, समाचार, सूचना प्रविधि, स्वास्थ्य
न्यूजील्यान्डको अकल्यान्डमा फिफा महिला विश्वकप सुरु हुनुभन्दा केही घण्टाअघि गोली चलेपछि दुई जनाको मृत्यु भएको छ। प्रहरी अधिकारीसहित अन्य छ जना घाइते भएका छन्। शहरको मुख्य व्यापारिक क्षेत्रस्थित एक निर्माण स्थलमा भएको घटनापछि स्थानीय समयअनुसार करिब साढे सात बजे बन्दुकधारी स्वयंको पनि मृत्यु भएको छ। त्यहाँका प्रधानमन्त्री क्रिस हिपकिन्सले उक्त आक्रमणलाई आतङ्कवादी गतिविधिका रूपमा नहेरिएको बताएका छन्। घटनाले विश्वकपमा पनि कुनै असर नपारेको र प्रतियोगिता योजनाअनुसार नै अघि बढ्ने उनले बताए। महिला विश्वकप फुटबल २०२३ क्विजः के तपाईँ यो खेल जित्न सक्नुहुन्छ महिला विश्‍वकप छनोटमा खेलाडीहरू ‘जोखिममा’ “प्रहरीले जोखिमलाई निस्तेज पारेको छ र क्विन स्ट्रिटमा भएको घटनापछि अहिले त्यहाँ कुनै खतरा छैन भन्ने कुरामा आम मानिस निर्धक्क हुन सक्छन्,” उनले भने। आक्रमणको कुनै राजनीतिक वा वैचारिक का...
सरकारले गर्ने ‘नीतिगत भ्रष्टाचार’ रोक्न अख्तियारको गुहार, के संसद्‌ले सुन्ला

सरकारले गर्ने ‘नीतिगत भ्रष्टाचार’ रोक्न अख्तियारको गुहार, के संसद्‌ले सुन्ला

अन्तरबार्ता, अन्तर्राष्ट्रिय, कैलाली, खेलकुद, पर्यटन, बझाङ, ब्यापार, मनोरञ्जन, मुख्य समाचार, राजनीति, रोजगार, विचार, शिक्षा, समाचार, सुदूरपश्चिम, सूचना प्रविधि, स्वास्थ्य
ललिता निवासको जग्गा अपचलन प्रकरणमा नेपाल प्रहरीले अनुसन्धान थालेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट देशका कार्यकारी प्रमुख जोगिने कानुनी छिद्रबारे चर्चा सुरु भएको छ। आयोगको निर्णय र सिफारिसहरू हेर्दा उसले भूतपूर्व वा पदासीन प्रधानमन्त्रीविरुद्ध मुद्दा चलाउन मिल्नेगरी कानुनी व्यवस्था गर्न पटकपटक माग गरेको देखिन्छ। सर्वोच्च अदालतले २७ वर्षअघि गरेको एउटा फैसलाले पनि मन्त्रिपरिषद्का नीतिगत निर्णय आयोगले हेर्न नपाउनेगरी रोक लगाइदिएको छ। तर अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन संशोधन विधेयक प्रतिनिधिसभामा विचाराधीन छ। राष्ट्रिय सभाबाट २०७९ चैत २७ गते पारित भएर प्रतिनिधिसभामा पुगेको ‘तेस्रो संशोधन ऐन २०७६’ दफावार छलफलका निम्ति वैशाख १५ गते राज्य व्यवस्था समितिमा पठाइएको थियो। कानुनी व्यवस्थाका लागि निरन्तर आग्रह ठूलो भ्रष्टाचार मुद्दा बनेको ललिता निवास प्रकरणमा आयोगले मन्त्रि...
एमडीएमएसमा अझै ३० लाखभन्दा बढी मोबाइल दर्ता हुन बाँकी, अब के हुन्छ

एमडीएमएसमा अझै ३० लाखभन्दा बढी मोबाइल दर्ता हुन बाँकी, अब के हुन्छ

अन्तरबार्ता, अन्तर्राष्ट्रिय, खेलकुद, पर्यटन, ब्यापार, मनोरञ्जन, मुख्य समाचार, राजनीति, रोजगार, विचार, शिक्षा, समाचार, सूचना प्रविधि, स्वास्थ्य
विदेशबाट ल्याइने मोबाइल फोन दर्ता गर्ने प्रणाली मोबाइल डिभाइस म्यानेजमन्ट सिस्टम (एमडीएमएस) लागु भएको डेढ महिना भइसक्दा अझै ३० लाखदेखि ४० लाख मोबाइल दर्ता हुन नआएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ। 'ग्रे मार्केट' भनिने नियमित व्यापारिक प्रक्रियाभन्दा बाहिरबाट आयात वा खरिद गरिएका त्यस्ता मोबाइल एमडीएमएसमा दर्ता नभएकाले तिनलाई हाल बारम्बार सन्देश पठाएर सजग गराइरहेको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले बताएका छन्। के हुन्छ कारबाही? जेठ १५ को बजेट भाषणलगत्तै सरकारले विदेशबाट फर्किएका नेपाली श्रमिकहरूका हकमा आफ्नो मोबाइल र थप एक थान मोबाइल ल्याउन पाउने र तिनको नि:शुल्क दर्ता गरिने नियम ल्याएको थियो। अन्य मानिसको हकमा आफूले बोकेको एउटा मोबाइलमात्र त्यसरी ल्याउन पाइने उक्त नियममा उल्लेख छ। “थप मोबाइल ल्याएमा आईफोनको हकमा १०,००० रुपैयाँ अनि अन्यको हकमा २०० देखि ३००० सम्म राजस...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज