गृहमन्त्री लामिछाने विरुद्धको मुद्दामा अन्तिम बहस हुँदै, आजै फैसला हुनसक्ने
अधिवक्ता अनुपम भट्टराईले दर्ता गराएको रिटमा रिट निवेदक र सरकारी वकिलको मात्र बहस सकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो। मंगलबार लामिछानेका तर्फबाट बहस हुनेछ। । त्यसपछि नपुगेको जवाफी बहस सकेर फैसला सुनाउने छ।
सर्वोच्चले आजै बहस सकेर फैसला सुनाउने सम्भावना रहेको देखिन्छ। सर्वोच्चले सहकारीका विषयमा लामिछानेका बारेमा गर्ने व्याख्याले उनेका आगामी दिनबारे निर्णय दिने छ।
गत शुक्रबार रिट निवेदकका तर्फबाट अधिवक्ता अनुपम भट्टराई, रमण कर्ण वरिष्ठ अधिवक्ताहरू सुरेन्द्र भण्डारी, दिनेश त्रिपाठी लगायतले बहस गरेका थिए । उनीहरूको बहसपछि सरकारका तर्फबाट नायब महान्यायाधिवक्ता टेकप्रसाद घिमिरे, सहन्यायाधिवक्ता सूर्य दाहाल लगायतले बहस गरेका थिए
बहसमा लामिछानेलाई निलम्बनको माग रिट निवेदकले उठाएका थिए भने सरकारी वकिलले महान्यायाधिवक्ता कार्यालयबाट जारी भएको पत्रले क्लिन चिट दिएको नभई सूचना मात्र दिएको दा...











