बिश्वमा पुजीवादीहरुले जब गरिब र तल्लो स्थरका नागरिकलाई सुकुम्बासी कामदार बनाउन थाले तब जर्मन दार्शनिक कार्ल मार्क्सले ३० वर्षको उमेर सन् १८४८ मा कम्युनिस्ट घोषणापत्र प्रकाशित गरेपछि विश्वमा नै कम्युनिस्ट पार्टी स्थापनाको लहर चल्यो ।थुप्रै देशमा कम्निस्ट पार्टीको स्थापना भयो ।र केही देशमा कम्निस्टले शासन पनि गरे ।कम्निस्ट्को वास्तविक अर्थ थियो जस्को निजि सम्पत्ति हुदैन निजि लोभ र लक्ष्य हुदैन कम्निस्ट्को अर्थ थियो कि सबै बराबर सबै एउटै ।
पुजीवादी दलाल प्रवृत्तिका विरुद्ध लड्न सक्ने शब्द थियो कम्निस्ट गरिब पिछडिएका वर्ग सुकुम्बासीलाई पनि राज्य को आम नागरिक जस्तै समान स्थर थियो ।तर नेपालमा थुप्रै पार्टी कम्निस्ट छ्न पार्टी कम्निस्ट छ्न पार्टीका ब्यक्ति पुजीवादी दलाल छ्न लक्ष्य समाजवाद छ तर काम नातावाद कृतावाद परिवारवाद छ ।जुन बेला अमेरिका शब्द नै बिश्वमा थिएन त्यो भन्दा अगाडि नेपालको जन्म भइ सकेको थियो जब कोलोम्बसले अमेरिका पत्ता लगायो त्यस पछि आज अमेरिका कहाँ छ नेपाल कहाँ छ नेपालका कम्निस्ट र प्रजातान्त्रवादी हरु शब्दमा सिमित भए र ब्यबहारमा ब्यक्तिवादीमा लिप्त रहे त्यसैले आज नेपाल यहाँ छ ।
२०६४ साल तिर म सुकुम्बासीको सदस्यता शुल्क तिर्थे म मात्र होइन थुप्रै तर अहिलेका अब सुकुम्बासी आयोग बनाउदै राजनीति नियुक्ति खादै राज्यको पैसामा मोजमस्ती मात्र छ नतिजा शन्यू छ। नेपालमा थुप्रै आन्दोलन क्रान्ति भए र जनयुद्ध पछि पनि अब एउटा क्रान्ति हुन सक्छ त्यो क्रान्ति शब्द र बिचारका चिल्ला गफका विरुद्धको सशक्त लडाइ र युद्ध त्यो युद्धमा जनता होइनन् दलाल पुजीवादीहरु सहिद हुनेछ्न ✊✊✊