Advertisement

राजनीति

सुदूरपश्चिमका मुख्यमन्त्री शाहद्वारा राजीनामा

सुदूरपश्चिमका मुख्यमन्त्री शाहद्वारा राजीनामा

मुख्य समाचार, राजनीति, सुदूरपश्चिम
कैलाली : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिनुभएको छ । उहाँले हिजो प्रदेश प्रमुख नजिर मियाँलाई राजीनामा बुझाउनुभएको हो । मुख्यमन्त्री शाहले हिजो प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गर्नुभएको थियो । तर, विश्वासको मत पाउने अवस्था नभएपछि उहाँले राजीनामा दिनुभएको हो । सत्ता साझेदार नागरिक उन्मुक्तिका सबै सांसदले विश्वासको मत नदिने भएपछि मुख्यमन्त्रीले राजीनामाको विकल्प रोज्नुभएको हो । गएको वर्ष तत्कालीन मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत पाउन नसकेपछि संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेश सभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतले कांग्रेसका शाह मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । केन्द्रमा भएको सत्तासमीकरण फेरबदलसँगै नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाह अल्पमतमा पर्नुभएको थियो । म...
कर्णालीमा एमाले नेतृत्वमा सरकार बन्ने सुनिश्चित, गण्डकी र सुदूरपश्चिममा अन्योल

कर्णालीमा एमाले नेतृत्वमा सरकार बन्ने सुनिश्चित, गण्डकी र सुदूरपश्चिममा अन्योल

मुख्य समाचार, राजनीति
गण्डकी र कर्णाली प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरुले तयारी थालेका छन् । दुवै प्रदेशका मुख्यमन्त्रीले हिजो राजीनामा दिएसँगै नयाँ सरकार गठनको तयारी भएको हो । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई आउँदो २७ गतेभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गर्नुभएको छ । कर्णालीका प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्रीको दाबीसहित प्रस्ताव पेस गर्न ७ दिनको समय दिनुभएको छ गण्डकीमा तत्कालीन सत्ता साझेदार माओवादीले फागुन २३ गते समर्थन फिर्ता लिएपछि कांग्रेसका सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकार अल्पमतमा परेको थियो । विश्वासको मत जुटाउन नसक्ने भएपछि उहाँले राजीनामा दिनुभएको हो । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले हिजो विश्वासको मत लिएर मात्रै राजीनामा दिने तयारीमा रहे पनि केन्द्रीय न...
नागरिक उन्मुक्तिभित्र  विवाद : पार्टी नै विभाजनको संघारमा

नागरिक उन्मुक्तिभित्र विवाद : पार्टी नै विभाजनको संघारमा

मुख्य समाचार, राजनीति, सुदूरपश्चिम
धनगढी —सुदूरपश्चिम प्रदेश सरकार गठनमा निर्णायक रहेको नागरिक उन्मुक्तिभित्रको विवाद उत्कर्षमा पुगेर पार्टी नै विभाजनको संघारमा पुगेको छ । काठमाडौंको अनामनगरस्थित पार्टी कार्यालयमा सोमबार डाकिएको केन्द्रीय समिति बैठकमा दुई समूहमा विभाजित नेता–कार्यकर्ता हात हालाहालको अवस्थामा पुगेका छन्  पार्टीका संरक्षक रहेका रेशम चौधरी सुदूरपश्चिममा कांग्रेस नेतृत्वकै सरकारलाई समर्थन गरेर अघि बढ्ने अडानमा छन् भने पार्टी अध्यक्ष रहेकी रेशम पत्नी रञ्जिता श्रेष्ठ केन्द्रको नयाँ गठबन्धनअनुसार प्रदेशमा पनि जानुपर्ने अडानमा छिन् । पार्टीभित्र विवादको मुख्य कारण रेशम–रञ्जिताको फरक–फरक अडान हो । बैठकमा रञ्जिता पक्षधर रहेका टीकापुरका नगर प्रमुख रामलाल डगौरा थारू र नेता रमेश विकले आफूहरूमाथि रेशम पक्षधर नेता–कार्यकर्ताले कुटपिट गरेको आरोप लगाएका छन् । ‘प्रदेश सरकार बनाउनेमा विवाद भएको हो, केन्द्रदेखि प्रदेशसम्...
बझाङ उपनिर्वाचन : यस्तो छ विगतको अङ्क गणित

बझाङ उपनिर्वाचन : यस्तो छ विगतको अङ्क गणित

बझाङ, मुख्य समाचार, राजनीति
बझाङ – बझाङ प्रदेश सभा–१ को उपनिर्वाचनका लागि राजनीतिक सरगर्मी बढेको छ । आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी एक्ला एक्लै मैदानमा उत्रिने तयारीमा जुटे पनि अन्तिम घोषणा हुन भने बाकी छ । यस निर्वाचन क्षेत्रमा विगतदेखि मुख्यतया दुई दल कांग्रेस र एमालेको दबदबा रहँदै आएको छ । यसअघि कांग्रेसबाट निर्वाचित पृथ्वीबहादुर सिंहको निधन भएपछि हाल उपनिर्वाचन भई रहेको छ । अघिल्लो निर्वाचनमा कांग्रेस यस निर्वाचन क्षेत्रमा माओवादी र एकीकृत समाजवादी गठबन्धन गरेर चुनाव लडेका थिए ।  माओवादी र एकीकृत समाजवादीको साथ पाउँदा कांग्रेसका पृथ्वीबहादुर सिंह १७ हजार ११२ मतसहित विजयी भएका थिए । उनका निकटतम प्रतिस्पर्धी एमालेका अफिलाल ओखेडाले १३ हजार ३३६ मत पाएका थिए । भने राप्रपा नेपालका उम्मेदवारले ४२६ र राप्रपाका उम्मेदवारले ४०६ मत प...
उपचुनाव : दलहरुका आ–आफ्नै उम्मेदवार, माओवादी र कांग्रेसबाट टुंगो लाग्न बाँकी

उपचुनाव : दलहरुका आ–आफ्नै उम्मेदवार, माओवादी र कांग्रेसबाट टुंगो लाग्न बाँकी

मुख्य समाचार, राजनीति
कैलाली : आउँदो वैशाख १५ गते हुने प्रतिनिधिसभा अन्तर्गत इलाम २ र प्रदेशसभा अन्तर्गत बझाङ १ (क) मा मुख्य दलहरुका आ–आफ्नै उम्मेदवार हुने भएका छन् । सत्तारुढ पाँच दलले समेत छट्टाछुट्टै उम्मेदवारी दिँदैछन् । एमाले, रास्वपा र एकीकृत समाजवादीले उम्मेदवारको नाम टुंगो लगाइसकेका छन् भने माओवादी र जसपाबाट टुंगो लाग्न बाँकी छ । प्रमुख प्रतिपक्ष कांग्रेसबाट पनि उम्मेदवार चयन हुन बाँकी छ । एमालेले इलाममा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङका छोरा सुहाङ र बझाङमा दमन भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । यस्तै रास्वपाले मिलन लिम्बूलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । सिफारिस भएका अरु उम्मेदवारले समर्थन गरेपछि रास्वपाले हिजो लिम्बूको नाम टुंगो लगाएको हो । एकीकृत समाजवादीले इलाम–२ मा जितबहादुर राई र बझाङ–१ (क) मा वीरबहादुर सिंहलाई उम्मेदवार बनाउने निर्णय यसअघि नै गरिसकेको छ । इलाममा पहिचानवादी ...
बझाङ प्रदेश सभा उपनिर्वाचन : काँग्रेसले गर्‍यो १० जना उम्मेदवार सिफारिस

बझाङ प्रदेश सभा उपनिर्वाचन : काँग्रेसले गर्‍यो १० जना उम्मेदवार सिफारिस

बझाङ, मुख्य समाचार, राजनीति
बझाङ : आगामी वैशाख १५ गते बझाङ प्रदेश सभा निर्वाचन क्षेत्र नं –१ को लागि हुने उपनिर्वाचनमा नेपाली काँग्रेसले पनि उम्मेदवारको नाम सिफारिस गरेको छ । नेपाली काँग्रेसले उपनिर्वाचनका लागि १० जनाको नाम सिफारिस गरेको हो । केन्द्रीय समितिको परिपत्र अनुसार तीन जनाको नाम सिफारिस गर्नुपर्ने भएपनि बझाङ जिल्ला समितिको बैठकले भने १० जनाको नाम सिफारिस गरेको हो । पार्टीको मर्यादाक्रम अनुसार सिफारिस हुनेमा सत्यराज भण्डारी, शान्ति बोहरा पुजारा, जगत प्रसाद जोशी, अभिषेक बहादुर सिंह, नन्दकृष्ण जोशी, धुर्वराज उपाध्याय, बिष्णु कुमार सिंह (जगत), लोकेन्द्र बहादुर रोकाया, नारायण हमाल र अर्जुन स्याडा रहेका छन् । पार्टी कार्यालय बझाङमा आकांक्षीहरू बीच सहमति जुटाउने उद्देश्यले बैठक राखिए पनि कसैले आवेदन फिर्ता लिन मानेनन् । सहमतिको प्रयास विफल भएपछि सबै जनाको नाम केन्द्रीय समिति र प्रदेश समितिमा सिफारिस गरिएको ज...
बझाङ काङ्ग्रेसले सत्यराज भण्डारी सहित १० जनालाई गर्यो सिफारिस

बझाङ काङ्ग्रेसले सत्यराज भण्डारी सहित १० जनालाई गर्यो सिफारिस

बझाङ, राजनीति
बझाङ: नेपाली काङ्ग्रेस बझाङले नेता सत्यराज भण्डारी सहित दश जना सिफारिस गरेको छ । बझाङ जिल्ला बाट निर्वाचित साँसद तथा सुदुरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वी बहादुर सिँहकाे दुर्घटनामा परि मृत्यु भए पछि खालि भएको क्षेत्रमा निर्वाचन हुन लागेको हाे । सरकारले ईलाम र बझाङ गरि दुई स्थानमा बैशाख १५ गते निर्वाचन मिति तय गरेको छ । त्यसै बिच आज नेपाली काङ्ग्रेस कार्यसमिति बझाङले नेपाली काङ्ग्रेसका बाैद्बिक नेता सत्यराज भण्डारी सहित १० जनाकाे नाम सिफारिस गरेको काङ्ग्रेस नेताले बताउनु भएको छ । यतिबेला टिकटकाे लागि लडिरहेको काङ्ग्रेस बझाङकाे परिक्षाकाे रुपमा पनि याे सिटलाई लिन सकिन्छ । सुदुरपश्चिम प्रदेश सरकार गठन गर्न पनि बझाङकाे सिटले काङ्ग्रेसमा ठुलाे सफलता मिल्ने भएको कारण कतिपय नेताले जित्ने नेता उठाउन पर्ने माग राख्दै आएका छन । प्रदेश सरकार गठनमा यदि बझाङ काङ्ग...
नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ

राजनीति
नेकपा माओवादी केन्द्रका उपाध्यक्ष  एवम् पूर्व सभामुख कृष्णबहादुर महरालाई प्रहरीले रुपन्देहीमा नियन्त्रणमा लिएको छ । महरालाई कपिलवस्तुबाट पक्राउ गरेको प्रहरी महानिरीक्षक (आईजी) बसन्त कुँवरले जानकारी दिए । उनलाई काठमाडौं ल्याइँदैछ । इलेक्ट्रोनिक चुरोट (भेप) भित्र सुन लुकाएर तस्करी गरेको आरोप महरामाथि छ। यसअघि महरासँग आयोगले बयान समेत लिएको थियो । उनका छोरा राहुल महरा विद्युतीय चुरोट (भेप) मार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् । -अनलाइन खबर...
एमाले बैतडीमा ९० जनाको जिल्ला कमिटीले शपथ ग्रहण

एमाले बैतडीमा ९० जनाको जिल्ला कमिटीले शपथ ग्रहण

बैतडी, राजनीति
बैतडी: नेकपा एमाले बैतडीको ९० सदस्यीय नवनिर्वाचित जिल्ला कमिटी घोषणा गरिएको छ । जिल्लाको नवौँ अधिवेशनबाट अध्यक्षमा नरेश कुमार बिक सहित सम्पूर्ण पदाधिकारी सर्वसम्मत चयन गरिएका हुन । पार्टीको उपाध्यक्षमा लोकेन्द्र भण्डारी, सचिवमा हजारी साउद, उप(सचिवमा हर्क धानुक र पार्वती भट्ट सर्वसम्मत चयन भएका छन् । पाँच पदाधिकारीसहित ९० जनाको जिल्ला कमिटीले शपथ ग्रहण गरेको छ । पदाधिकारीको टिम सर्वसम्मत चयन भए पनि सदस्यमा बढी आकाङ्क्षी घोषणा गर्ने केही समय लागेको एमाले बैतडीले जनाएको छ । अध्यक्षमा निर्वाचित भएसंगै पाटन नगरपालिका ५ ओदाली घर भएका ४९ बर्षीय विकले दलित समुदायबाट एमाले बैतडीको नेतृत्व हाँक्ने पहिलो व्यक्तिको रुपमा समेत पहिचान बनाएका छन् । २०५३ सालमा नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको जिल्ला अध्यक्ष भइसकेका विक एमालेको जिल्लाको कमिटि सदस्यका साथै अञ्चल कमिटि सदस्यको जिम्म...
रास्वपाले बझाङमा हुने प्रदेश सभा उपनिर्वाचनमा उम्मेदवारी नदिने

रास्वपाले बझाङमा हुने प्रदेश सभा उपनिर्वाचनमा उम्मेदवारी नदिने

बझाङ, मुख्य समाचार, राजनीति
बझाङ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बझाङमा हुने प्रदेश सभा सदस्य उपनिर्वाचनमा भाग नलिने निर्णय गरेको छ। केन्द्रीय कार्यालय च:मतिमा सोमबार बसेको केन्द्रीय समिति बैठकले वैशाख १५ गते बझाङमा हुने प्रदेश सभा सदस्य निर्वाचनमा भाग नलिने निर्णय गरेको महामन्त्री डा. मुकुल ढकालले जानकारी दिए। बझाङको निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा क्षेत्र १ मा उपनिर्वाचन हुँदैछ। त्यस क्षेत्रमा २०७९ मंसिरमा भएको चुनावबाट नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंह विजयी भएका थिए। उनको दुर्घटनामा परेर निधन भएपछि यो क्षेत्र रिक्त छ। रास्वपाले २०७९ मा भएको प्रदेश सभा निर्वाचनमा पनि भाग लिएको थिएन। रास्वपाले इलाम क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनमा भने भाग लिने निर्णय गरेको छ। ०७९ मंसिरको चुनावमा त्यस क्षेत्रबाट नेकपा (एमाले) का उम्मेदवार सुवासचन्द्र नेम्वाङ विजयी भए पनि उनको गत भदौ २६ गते ...
सुदूरपश्चिममा ६ जना मन्त्री एउटै जिल्ला कैलालीका

सुदूरपश्चिममा ६ जना मन्त्री एउटै जिल्ला कैलालीका

राजनीति, सुदूरपश्चिम
 कैलाली : अल्पमतमा पर्दापर्दै मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिम प्रदेश सरकार विस्तार गरेका छन् । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाह नेतृत्वको कांग्रेस सरकार अल्पमतमा परेको हो । अल्पमतमा परेकै बेला शाहले बिहीबार राति असमावेशी ढंगले सरकार विस्तार गरे । सरकार विस्तार गर्दा पनि समावेशी बनाउन नसकेपछि मुख्यमन्त्री शाहको आलोचना भएको छ । सुदूरपश्चिममा ९ जिल्ला छन् । तर, सरकारमा दुई जिल्लामै समेटिएका छन् । सात सदस्यीय सरकारमा ६ जना मन्त्री एउटै जिल्ला कैलालीका छन् । आन्तरिक मामिला तथा कानूनमन्त्री शिवराज भट्टमात्रै बैतडीका हुन् । त्यसबाहेक मुख्यमन्त्री शाहसहित बाँकी सबै मन्त्री कैलालीका हुन् । कैलालीका कतिपय प्रतिनिधिसभाअन्तर्गत रहेका दुवै प्रदेशका सांसदले मन्त्री बन्ने सौभाग्य पाएका छन् । कैलालीमा प्रतिनिधिसभातर्फ ५ र प्रदेशसभातर्फ...
मेरो काम हेर्न केही दिन धैर्य गर्नुस् : गृहमन्त्री लामिछाने

मेरो काम हेर्न केही दिन धैर्य गर्नुस् : गृहमन्त्री लामिछाने

मुख्य समाचार, राजनीति
उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले आफ्नो काम हेर्न केही दिन धैर्य गर्न आग्रह गरेका छन्। मन्त्री भएको पर्सिपल्ट आज पहिलोपटक सामाजिक सञ्जालमा उनले आफू केही समय आन्तरिक तयारीमा रहेको जानकारी गराएका हुन्। शिवरात्रि, नेपाली सेना दिवस तथा नारी दिवसको शुभकामना दिँदै उनले आफू योजनासहित पदमा फर्केको दाबी गरेका छन्। “चेक लिस्ट“ सहित आएका  छौँ। 'कम्प्रोमाइज' हुन्न। केही समय “होम वर्क“ मा रहनेछौँ।’ गृहमन्त्री लामिछानेले फेसबुकमा लेखेका छन्।  यसअघि पुस १० गते भएको सत्ता समीकरणमा हालकै पदमा ४२ दिन रहँदा लामिछानेले गृह मन्त्रालयबाट डेलिभरी दिनेगरी काम सुरु गरेको दाबी गरेका थिए। गृहमन्त्रीको पदभार ग्रहण गर्नेक्रममा अस्ति उनले आफू थप निखारिएर पदमा पुनर्वहाली भएको बताएका थिए।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज