Advertisement

कर्णालीमा एमाले नेतृत्वमा सरकार बन्ने सुनिश्चित, गण्डकी र सुदूरपश्चिममा अन्योल

Advertisement

गण्डकी र कर्णाली प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरुले तयारी थालेका छन् । दुवै प्रदेशका मुख्यमन्त्रीले हिजो राजीनामा दिएसँगै नयाँ सरकार गठनको तयारी भएको हो । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई आउँदो २७ गतेभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गर्नुभएको छ । कर्णालीका प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्रीको दाबीसहित प्रस्ताव पेस गर्न ७ दिनको समय दिनुभएको छ

गण्डकीमा तत्कालीन सत्ता साझेदार माओवादीले फागुन २३ गते समर्थन फिर्ता लिएपछि कांग्रेसका सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकार अल्पमतमा परेको थियो । विश्वासको मत जुटाउन नसक्ने भएपछि उहाँले राजीनामा दिनुभएको हो । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले हिजो विश्वासको मत लिएर मात्रै राजीनामा दिने तयारीमा रहे पनि केन्द्रीय नेतृत्वको दबाबपछि उहाँ पछि हट्नुभएको हो ।

सत्ता साझेदार दलहरुले गरेको सहमतिअनुसार कर्णाली प्रदेश एमालेको भागमा परेको छ । शर्माको राजीनामापछि अब एमाले संसदीय दलका नेता यामलाल कँडेल नेतृत्वमा कर्णालीमा नयाँ सरकार गठन हुने निश्चितजस्तै भएको छ । ४० सदस्यीय कर्णाली प्रदेशसभामा कांग्रेसका १४, माओवादी १३, एमाले सभामुखसहित १०, राप्रपा, एकीकृत समाजवादी र स्वतन्त्र एक-एक सांसद छन् ।

गण्डकी प्रदेशमा भने नयाँ सरकार गठन पेचिलो बनेको छ । अहिले ६० सदस्यीय गण्डकी प्रदेश सभामा नेपाली कांग्रेसका २७, नेकपा (एमाले)का २२, नेकपा (माओवादी केन्द्र)का सभामुखसहित आठ, राप्रपाका दुई र एक स्वतन्त्र सांसद छन् । मुख्यमन्त्रीका लागि दाबी पेश गर्न ३१ सांसदको समर्थन आवश्यक पर्छ । नयाँ गठबन्धनमा रहेका एमाले र माओवादीसँग ३० सांसद छन् । त्यसमा पनि सभामुखले हस्ताक्षर गर्न नपाउने व्यवस्था छ । प्रदेश सभामा ठूलो दल कांग्रेससँग २७ सांसद छन् । स्वतन्त्र सांसद राजीव गुरुङ अर्थात दीपक मनाङेको पनि समर्थन रहेकोले कांग्रेससँग सांसद संख्या २८ पुग्छ । राप्रपाका दुई सांसदले समर्थन गरेमा पनि ३० मात्रै पुग्छ । तर राप्रपाले सरकार बनाउने र भत्काउने खेलमा नलाग्ने जनाएको छ । दुवै पक्षले फागुन २७ गतेसम्म ३१ सांसदको हस्ताक्षर बुझाउन नसके संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठूलो दलको हैसियतले कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नै मुख्यमन्त्री नियुक्त हुनुहुनेछ ।

यसैबीच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिने तयारी गर्नुभएको छ । तर नागरिक उन्मुक्ति पार्टीभित्रको विवादले उहाँ अप्ठ्यारोमा पर्नुभएको छ । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले मुख्यमन्त्री शाहलाई विश्वासको मत नदिन ह्वीप लगाउनुभएको छ भने नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम संसदीय दलका प्रमुख सचेतक खुशीराम डगौरा थारूले विश्वासको मतको पक्षमा मतदान गर्न ह्वीप जारी गर्नुभएको छ । यसअघि अध्यक्ष श्रेष्ठले समानुपातिक सांसद एवम् प्रदेश सरकारकी कृषि राज्यमन्त्री इन्दिरा गिरीलाई पार्टीको निर्देशन नमानेको भन्दै पदमुक्त गरी प्रदेशसभा सचिवालयमा पत्र पठाउनुभएको थियो ।

आज विश्वासको मत लिने तयारीमा रहेका मुख्यमन्त्री शाहले कांग्रेसका १८ सिटसहित नागरिक उन्मुक्ति पार्टीका ७, राप्रपाका १ र स्वतन्त्र सांसद डा. तारा जोशीको समर्थनमा बहुमतका लागि आवश्यक २७ मत पुर्‍याउने रणनीति लिए पनि नागरिक उन्मुक्तिभित्रको विवादले अप्ठेरोमा पर्नुभएको छ ।

यसअघि राप्रपा र स्वतन्त्र सांसदसमेतको समर्थनमा बहुमत जुटाउने रणनीतिनुसार मुख्यमन्त्री शाहले नागरिक उन्मुक्ति पार्टीका ७ प्रदेश सांसदमध्ये पाँच जनालाई मन्त्री बनाउनुभएको थियो । ५३ प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिममा सरकार बनाउनका लागि २७ सांसदको समर्थन चाहिन्छ । नेपाली कांग्रेसका १८, नेकपा माओवादी केन्द्र सभामुखसहित ११, नेकपा एमाले १०, नागरिक उन्मुक्ति पाटीका ७, नेकपा एकीकृत समाजवादीका ४, राष्ट्रिय प्रजातन्त्र पार्टीका एक र एक जना स्वतन्त्र गरी ५२ जना सांसद रहेका छन ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

सारङ्गीको धुनसँगै पुर्ख्यौली पेसा जोगाउँदै यमबहादुर गन्धर्व

सारङ्गीको धुनसँगै पुर्ख्यौली पेसा जोगाउँदै यमबहादुर गन्धर्व

काठमाण्डाै- ढाका टोपी, घाँटीमा स्कार्फ, काँधमा सारङ्गी र जीवनभरको सङ्घर्षको अनुभूति बोकेर ६३ वर्षीय यमबहादुर गन्धर्व हरेक दिन नयाँ...
बझाङको पुरानो बसपार्कबाट अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोपमा ५ जना पक्राउ

बझाङको पुरानो बसपार्कबाट अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोपमा ५ जना पक्राउ

बझाङ- बझाङमा अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोपमा प्रहरीले ५ जनालाई नियन्त्रण लिएको छ । शुक्रबार राति ९:१५ बजेको समयमा सदरमुका...
सुदूरपश्चिममा राजस्वको दायरा विस्तार र प्रदेशको आम्दानी बढाउनुपर्नेमा जोड

सुदूरपश्चिममा राजस्वको दायरा विस्तार र प्रदेशको आम्दानी बढाउनुपर्नेमा जोड

धनगढी- सुदूरपश्चिम प्रदेशसभा सदस्यहरूले प्रदेशको विकासका लागि राजस्वको दायरा र आम्दानी बढाउनुपर्नेमा जोड दिएका छन्। प्रदेशसभाको आज...
बेल्जियममाथि स्पेनकाे जित, १६ वर्षपछि विश्वकप फुटबलको सेमिफाइनलमा

बेल्जियममाथि स्पेनकाे जित, १६ वर्षपछि विश्वकप फुटबलको सेमिफाइनलमा

बेल्जियमला हराउँदै स्पेन फिफा विश्वकप फुटबलको सेमिफाइनलमा पुगेको छ । अमेरिकाको लस एन्जलस स्टेडियममा आज बिहान भएको क्वार्टरफाइनल खे...
आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं- आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना छ। दिउँसो र राति नै भारी वर्षाको सम्भावना रहेको हो। दिउँसो कोसी, वाग्मती,...
गणेश नेपाली मृत्यु प्रकरण: संसद् र सडकबाट प्रधानमन्त्री बालेन शाहको राजीनामा माग

गणेश नेपाली मृत्यु प्रकरण: संसद् र सडकबाट प्रधानमन्त्री बालेन शाहको राजीनामा माग

काठमाडौं- मुगुका गणेश नेपालीको मृत्यु प्रकरणलाई लिएर प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गर्दै संसद् र सडक दुवैतर्फबाट विरोध चर...
केदारस्युँ गाउँपालिकाले सार्वजनिक गर्‍यो आर्थिक वर्ष २०८२ / ०८३ को वित्तीय प्रगति, ९० प्रतिशत बजेट खर्च

केदारस्युँ गाउँपालिकाले सार्वजनिक गर्‍यो आर्थिक वर्ष २०८२ / ०८३ को वित्तीय प्रगति, ९० प्रतिशत बजेट खर्च

बझाङ- केदारस्युँ गाउँपालिकाले आर्थिक वर्ष २०८२ / ०८३ को वार्षिक वित्तीय प्रगति सार्वजनिक गरेको छ। गाउँ कार्यपालिकाको कार्यालयले बि...
कैलालीमा बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

कैलालीमा बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

धनगढी- कैलालीमा १६ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा बर्दगोरिया गाउँपालिका–६ ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज