Advertisement
Tuesday, April 29
Shadow

बझाङ उपनिर्वाचन : यस्तो छ विगतको अङ्क गणित

Advertisement

बझाङ – बझाङ प्रदेश सभा–१ को उपनिर्वाचनका लागि राजनीतिक सरगर्मी बढेको छ । आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी एक्ला एक्लै मैदानमा उत्रिने तयारीमा जुटे पनि अन्तिम घोषणा हुन भने बाकी छ ।

यस निर्वाचन क्षेत्रमा विगतदेखि मुख्यतया दुई दल कांग्रेस र एमालेको दबदबा रहँदै आएको छ । यसअघि कांग्रेसबाट निर्वाचित पृथ्वीबहादुर सिंहको निधन भएपछि हाल उपनिर्वाचन भई रहेको छ ।

अघिल्लो निर्वाचनमा कांग्रेस यस निर्वाचन क्षेत्रमा माओवादी र एकीकृत समाजवादी गठबन्धन गरेर चुनाव लडेका थिए ।  माओवादी र एकीकृत समाजवादीको साथ पाउँदा कांग्रेसका पृथ्वीबहादुर सिंह १७ हजार ११२ मतसहित विजयी भएका थिए । उनका निकटतम प्रतिस्पर्धी एमालेका अफिलाल ओखेडाले १३ हजार ३३६ मत पाएका थिए । भने राप्रपा नेपालका उम्मेदवारले ४२६ र राप्रपाका उम्मेदवारले ४०६ मत पाएका थिए ।

अहिले एमालेबाट जिल्ला अध्यक्ष दमनबहादुर भण्डारी र एकीकृत समाजवादीबाट दिलबहादुर सिंह टिकट लिएर बझाङ गइसकेका छन् ।कांग्रेसले चैत २० मा उम्मेदवार टुङ्गो लगाउने छ भने माओवादीले उम्मेदवारी दिने निर्णय गरे पनि उम्मेदवार चयन गर्न सकेको छैन ।यद्यपि सत्ता साझेदार एमाले, माओवादी र एकीकृत समाजवादीले साझा उम्मेदवार खडा गर्ने सम्भावना कायमै छ । एकीकृत समाजवादीले उपनिर्वाचनमा बझाङलाई बटम लाइन बनाएको छ ।बझाङको प्रदेश सभामा दिलबहादुर सिंहलाई समर्थन गरे वैशाख १५ मै हुने इलाम–२ को प्रतिनिधिसभा निर्वाचनमा एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाई समर्थन गर्ने एकीकृत समाजवादीको सर्त छ ।

उपनिर्वाचनमा साझा उम्मेदवार बनाउने विषयमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबिच चैत १२ मा छलफल भएको थियो । उक्त छलफलमा अध्यक्ष नेपालले बझाङ एकीकृत समाजवादीले पाउनुपर्ने अडान राखेका थिए । एमाले अध्यक्ष ओलीले आफ्नो उम्मेदवार ‘ब्याक’ नहुने जवाफ दिएपछि एकीकृत समाजवादीले उम्मेदवार नै खडा गरिसकेको छ ।२०१५ को आम निर्वाचनमा बझाङको निर्वाचन क्षेत्रबाट कांग्रेस विजयी भएको थियो ।

बझाङ प्रदेश सभा–१ मा समानुपातिकतर्फ एमालेले १३ हजार, कांग्रेसले १० हजार, माओवादीको ३५ सय, एकीकृत समाजवादीको ४ हजारको हाराहारीमा मत पाएको दलहरूको दाबी छ । यद्यपि निर्वाचन आयोगले बझाङ प्रदेश सभा १ र २ को समानुपातिक मत परिणाम छुट्टाछुट्टै सार्वजनिक गरेको छैन । निर्वाचन आयोगका अनुसार उपनिर्वाचनमा करिब २५ सय नयाँ मतदाता थपिएका छन् ।

कल्पना उपाध्याय

कल्पना उपाध्याय कामना टेलिभिजनद्वारा सञ्चालित कामना टुडे अन्लाईन पत्रीकामा बझाङबाट पत्रकारिता गर्नुहुन्छ । उहाँ समसामयिक विषयमा कलम चलाउनुहुन्छ ।

प्रतिक्रिया

Advertisement

छुटाउनुभयो कि ?

वाइसीएल नेपाल डडेल्धुराको अध्यक्षमा महता चयन

वाइसीएल नेपाल डडेल्धुराको अध्यक्षमा महता चयन

डडेल्धुरा : नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको युवा संगठन वाइसीएल नेपाल डडेल्धुराको तेस्रो जिल्ला सम्मेलन सम्पन्न भएक...
सुदूरपश्चिममा माओवादी अभियान: प्रचण्ड आज र भोलि कञ्चनपुर

सुदूरपश्चिममा माओवादी अभियान: प्रचण्ड आज र भोलि कञ्चनपुर

कञ्चनपुर : सोमबारदेखि नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशमा अभियान संचालन गरेको छ । हुलाकी राजमार्ग केन्द्रीत माओवादीले जनत...
आज यिँ प्रदेशमा चट्याङ सहित वर्षा हुने

आज यिँ प्रदेशमा चट्याङ सहित वर्षा हुने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । यसका स...
हुलाकी सडकको अवस्था विरुद्ध बेलौरिका जनता आन्दोलित

हुलाकी सडकको अवस्था विरुद्ध बेलौरिका जनता आन्दोलित

बेलौरी । कञ्चनपुरको बेलौरी नगरपालिका–८ र ९ का स्थानीयवासी हुलाकी सडक निर्माणमा ठेकेदारको लापरवाही र आफुहरुले खेप्नुपरेको सास्तीका ...
बझाङको बुंगलमा रहेको गोइचनगाड जलविद्युत आयोजना तीन वर्षदेखि बन्द

बझाङको बुंगलमा रहेको गोइचनगाड जलविद्युत आयोजना तीन वर्षदेखि बन्द

बझाङ: बझाङको बुंगल नगरपालिका–१ गोइचनमा रहेको गोइचनगाड लघु जलविद्युत आयोजना विगत तीन वर्षदेखि बन्द हुँदा स्थानीयवासी अन्धकारम...
कैलालीको चुरेमा पानीको हाहाकार: नागरिकलाई पानीकै दुख

कैलालीको चुरेमा पानीको हाहाकार: नागरिकलाई पानीकै दुख

गर्मी याम सुरु हुनै लाग्दा कैलालीको चुरे क्षेत्रमा रहेका बस्तीमा खानेपानीको चरम अभाव हुनु थालेको छ । पानीका मुहान सुक्दै जान थालेप...
शिक्षक आन्दोलन अन्तिम लडाइँमा पुगेको छ : महासंघ अध्यक्ष सुवेदी

शिक्षक आन्दोलन अन्तिम लडाइँमा पुगेको छ : महासंघ अध्यक्ष सुवेदी

नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले शिक्षक आन्दोलन अन्तिम लडाइँमा पुगेको बताएका छन्। फेसबुकमार्फत उनले आन्दोलनमा ...
स्रोत नखुलेको करिब ४३ लाख रुपैयाँ सहित भारतीय नागरिक पक्राउ

स्रोत नखुलेको करिब ४३ लाख रुपैयाँ सहित भारतीय नागरिक पक्राउ

कपिलवस्तु : स्रोत नखुलेको ४२ लाख ९० हजार ४ सय ४४ रुपैयाँसहित भारतीय नागरिक परेका छन्। इलाका प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज