महिलाहरुलाई आत्मनिर्भर बनाउदै सुर्खेत को चौकुने गाउँपालिका
चौकुने गाउपालिकाले कृषक महिला युवा हरुलाइ आत्म निर्भर बनाउने अभियान चलाउदै आएको छ । आज घर मा बसेर पनि आफ्नो खाली समय मा पनि काम गर्न सक्ने भनेर गाउपालिका ले दुना टपरि बनाउने ७ दिने तालिम अभियान चलाएको छ । उक्त तालिम हाल लाई १० जनालाई दुना टपरी सम्बन्धि सीपमूलक तालिम प्रदान गरेको छ । बाकी आगामी वर्ष हरुमा पनि थप्दै जाने र गाउँपालिका भरि का महिलाहरुलाई पनि आत्मनिर्भर बनाउने प्रतिबद्धता पालिका अध्यक्ष खड्क बि.क (बिवश) ले गरेका छन ।
अध्यक्ष ले प्रत्येक एक/एक जनालाइ रोजगार दिन नसके पनि आफ्नो कार्यकालमा हजार जनालाइ स्वरोजगार र आत्मनिर्भर गरेर नै छाड्ने प्रतिबद्धता गरेका छन । उक्त रकम जुटाउन आफुले पालिका को गाडी त्यागेर आफ्नो बाइक चलाउदै आएको पनि बताए । आफुले गरिबी नजिक बाट देखेको हुदा आफुले गरिब लाई उठाउन र समाज रुपान्तरण को लागि मात्र अध्यक्ष बनेको बताएक...












